A+ A A-

गोलमेच सम्मेलनबाट मात्र निस्कन्छ राजनीतिक निकास : सुरेश आले मगर

माओवादी शान्ति प्रकृयामा आइसके पछि प्रचण्ड र बाबुराम भट्टराईमा भयङकर विचलन आयो जसले गर्दा उनीहरु बर्गिय आत्म समर्पणवादको भासमा जाकिन पुगे । नेपाली कांग्रेस र एमाले जस्ता बर्ग शत्रुसंग उनीहरुको सम्वन्ध, निकटता बढ्दै गयो र पार्टीको लाइन पनि उनीहरुले छोड्दै गए । भारतीय विस्तारवाद ‘र’ संगको घनिष्टता र उठबस उनीहरुले बढाइरहे । उनीहरु क्रान्ति र जनताबाट टाढिदै गएर दक्षिणपन्थी र नव संशोधनवादी बन्न पुगे । माक्सवाद लेलिनवाद् र क्रान्तिमा आस्था राख्नेहरुले उनीहरुसंग संगै बस्न उचित ठानेन् । हुन त केही समय उनीहरु रुपान्तरण हुन्छन् कि भन्ने आशले उनीहरुसंग पनि हामीले सहकार्य गर्यो । तर कुकुरको पुच्छर बाह्र बर्षसम्म ढंग्रोमा राखेर निकाल्दा पनि उस्ताको उस्तै भन्ने नेपाली उखान झै उनीहरु सुध्रिएनन् । त्यसकारण उनीहरुसंग विद्रोह र सम्वन्ध विच्छेद् गरेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी ̶  माओवादी जन्मिएको हो ।
अहिले देशमा संवैधानिक र राजनीतिक संकट गहिरिरहेको बेला पार्टी फुट्दा कसैलाई फाइदा पुग्दैन । संविधानसभाको दुखत् अवसान पछि देशमा राजनीतिक शुन्यता पैदा भएको छ । हाम्रो एजेण्डा र गणतन्त्रलाई पार्टी फुटले असर पार्दैन। यसले संकटलाई झन् गहिरो बनाउने र  समाधान गर्ने पनि होइन । पार्टी फुटले नेपाल कम्युनिष्ट पार्टी माओवादी जो संस्थापन पक्ष छ उसलाई निश्चत नै असर पुग्छ । एउटै पार्टी भए जस्तो दुई वटा बन्दा कदापी राम्रो हुन्न । यसले नेतृत्वका साथै आम जनतामा पनि एक खालको निराशा पैदा गराउँछ । क्रान्तिकारी जो माक्र्सवादी लेलिनवादी माओवादीहरु संगै बस्न सक्दैनन् र बस्न पनि हुन्न । त्यसरी बस्दा क्रान्तिकारीहरुको नै क्षयिकरण हुन जान्छ । त्यसकारण पनि बेग्लै पार्टीको आवश्यकता परेको हो । तर हामीलाई विश्वास छ यो बैचारिक र दुई लाइन संघर्षलाई जनताले सही कार्यदिशा कसको रहेछ भन्ने कुरा पहिचान गरेर हाम्रो पक्षमा लामबद्ध हुदै जाने छन् । भविष्यमा हामीलाई त्यस्तो असर पर्छ जस्तो लाग्दैन ।
हुन त माओवादी विं सं. २०५१ सालमा पनि माओवादीबाट केही मानिस निस्केर नेकपा एकता केन्द्र बनेको थियो । निर्मल लामा, नारायणकाजी श्रेष्ठ लगायत जो जनयुद्धमा जान चाहेनन् उनीहरु पार्टीबाट बाहिर निस्केकै हुन् । त्यस बेला पार्टीमा निर्मल लामाको राम्रै हैसियत स्थापित थियो, तर उनीहरु माओवादीमा बसेर जनयुद्ध गर्न नचाहेर बाहिरिए पनि जनयुद्ध सफल भएरै छोड्यो । उनीहरुको बहिर्रगमनले पार्टीमा एउटा रौ पनि हलिएन । क्रान्तिकारी लाइन माओवादीमा ठीक थियो । यस्तो फुट पार्टीले पहिले पनि व्यहोरी सकेको छ । वास्तविक क्रान्तिकारीलाई त्यस बेला पनि असर परेन । साच्चै क्रान्तिकारी पार्टीलाई अवको फुटले दरिलो बनाउने छ । वास्तविक माओवादी भनेर जनताले अबका दिनमा हामीलाई नै चिन्ने छन् किन भने माओवादी भनेर चिनेको प्रचण्ड र बाबुरामको कारणले होइन । माओवादी चिनिएको उसको विचार र कार्यनीति अनि रणनीतिले हो । माओवादीको कार्यनीति र रणनीति  कसले बोकेर हिडेको छ भन्ने अव जनताले प्रष्ट थाहा पाउने छन् । त्यो नीति बाबुराम र प्रचण्डले बोक्न सक्दैनन् र बोक्ने पनि छैनन् उनीहरु त्यसबाट विचलन भैसकेका छन् ।
माओवादी माक्र्सवादमा आस्था राख्ने भएकाले संघर्षमा विश्वास गरि हिड्छ । बर्ग संघर्ष अपरिहार्य हुन्छ । जसले बर्ग सघर्ष गर्दैन त्यो माओवादी नै हुन्न । बर्ग सघर्षमा ढिला चाँडो हतियार त उठ्छ नै । नवगठित नेपाल कम्युनिष्ट पार्टी ̶  माओवादी पार्टीले अहिले नै हतियार उठाउँने कुरा गरेको छैन । देशलाई त्यस्तो आवश्यकता नपर्दासम्म हामीले हतियार उठाउँदैनौँ । अहिले अरु तयारी गर्दछौ । अहिले नै हामीले चाहेर पनि जनविद्रोहमा जाने अवस्था छैन । माओवादी एक ढिक्का भएको र प्रचण्ड क्रान्तिकारी लाइन नछोडेको खण्डमा मात्र जनविद्रोहमा जाने अवस्था थियो, तर प्रचण्डले त्यो लाइन छोडेर बर्ग शत्रुसंग घाँटी जोड्न पुगे । त्यसकारण उनीबाट हामीले त्यो कुरा संम्भव देखेनाँ । अहिले नै हामीले जनविद्रोह गर्न सक्दनौ । अहिले हामी त्यसको तयारीमा लाग्दछौ । पछि हामीले हतियार उठाउन सक्छौ ।
अहिले पार्टीको कार्यनीति जनविद्रोह नै हुन्छ । अहिले पार्टीलाई संगठित बनाउँदै अगाडि बढ्छौ । आम जनता माओवादी किन दुई वटा भयो भन्ने कुरामा अलमलिनुका साथै नयाँ पार्टीको औचित्यताको पनि प्रश्न उठाइरहेको बेला जनतालाई त्यो बारेमा प्रस्ष्ट पार्न हामी लाग्ने छौ । माओवादी पार्टीबाट जम्मा दुई व्यक्ति प्रधानमन्त्री हुनु, २० जना जति मन्त्री हुनु र केही सभासद् हुनु त्यो क्रान्ति होइन । त्यो आमूल परिर्वतन होइन । क्रान्तिको लागि अझ धेरै गर्न बाँकी छ । त्यो कुरा जनतालाई बताउँदै जानेछौ  । जनताले कुरा बुझे पछि जनविद्रोहका लागि तयार पनि हुनेछन् । अहिलेको परिस्थिति क्रान्ति र जनविद्रोहका लागि उपयुक्त भए पनि हामी अहिले कमजोर छौ । त्यसकारण हामीले त्यसका लागि तयारी गदै जान्छौ र एउटा अनुकूल स्थिति आए पछि जनविद्रोह सफल र पूर्ण अवश्य हुन्छ नै ।
व्यवस्थापिका संसद्को पुनःस्थापनाको माग अहिले तिब्र रुपमा उठ्न थाले पनि त्यसले काम दिने वाला छैन । संसद्को पुनःस्थापनाबाट उही पुरानै व्यक्तिहरु आउने छन् । त्यसले मुलुकको राजनीतिक समस्या समाधान गर्दैन । सरकारले मंसिर ७ गते संविधानसभाको निर्वाचन घोषणा गरे पनि त्यो संभव थिएन निर्वाचन आयोगले पनि त्यो कुरा संभव थिएन भन्ने बस्तुगत रुपमै पुष्टि गरिदियो । संविधानसभाको निर्वाचन संभव छैन । संविधानसभाको दोस्रो निर्वाचन अहिलेको अन्तरिम संविधानले परिकल्पना गरेको छैन । गएको संविधानसभाको निर्वाचनमा १८ बर्ष उमेर पुगेकाले मात्र मतदान गर्न पाए । यो ६ बर्षको अवधिमा धेरै नै व्यक्ति बालिक मताधिकार प्राप्त गर्ने वाला छन् । उनीहरुको बारेमा के हुने त्यो संविधानले व्यवस्था गर्नु पर्छ । व्यवस्थापिका संसद् नभएको अवस्थामा संविधान संशोधन गर्ने पनि कसले ? त्यसैले निर्वाचन गराउनका लागि संवैधानिक, आर्थिक र व्यवहारिक संकट छ । ०६३ सालको चैत्रमा त हामीले संविधान बनाउँछौ भनेर जनता माझ दलहरु गए । अव राजनीतिक दलहरु जनतामा गए भने उनीहरु नाङगेझार हुने छन् । यी संकट बाहेक राजनीतिक दलहरु बीचमा सहमति विना निर्वाचन संभव देखिन्न । राजनीतिक सहमति विना आगामी मंसिर ७ मा मात्र होइन कहिल्यै पनि निर्वाचन हुन सक्दैन । ज्ञानेन्द्रले बल पूर्व निर्वाचन गराए झै गरे मात्र त्यो संभव देखिन्छ । यसको विकल्प सबै पक्षको गोलमेच सम्मेलनमा गरेर अन्तरिम सरकार बनाउने त्यस अन्तरिम सरकारले संविधान निर्माणलाई अगाडि बढाउन सक्छ । यसको बैद्यताका लागि व्यवस्थापिकाको निर्वाचन गर्ने निर्वाचित भएर आएको बडीले काम गर्दछ । यो आर्थिक हिसावले र अरु हिसावले पनि उपयुक्त हुन्छ । संविधानसभाको निर्वाचन र त्यसले बनाउने संविधान भन्दा यो बढी उपयुक्त हुन्छ । तर यसका लागि पनि राजनीतिक सहमति आवश्यक हुन्छ नै । राजनीतिक सहमति विना त व्यवस्थापिका संसद्को पुनःस्थापना गर्न पनि सकिन्न । त्यसैले सर्ब पक्षीय गोलमेच सम्मेलन अहिलेको उपयुक्त विकल्प हो ।
(नवगठित नेपाल कम्युनिस्ष्ट पार्टी – माओवादीका केन्द्रिय सदस्य सुरेश आले मगरसंग कुराकानीमा आधारित)
(राज्यसत्ता नेपाल व्युरो)

Error: No articles to display