A+ A A-

नेपाल पछि परेको शासकहरु एक्लै हिड्नाले अनि एकल शासन लाद्नाले

प्रकृतिको सुन्दर देश नेपाल  जहाँ बिश्वमा नभएका धेरै मनोरम हिमाल, पहाड़, तराई, बन, जंगल  अनि बिभिन्न जातजाती, धर्म, भाषा र संस्कृतिहरुले भरी पुर्णछ मानौ नेपाल एउटा शयौ फुलहरुको बगैचा हो तर जब कथा कथित एकाताको शुत्रपात भो तब नेपालको त्यो सौदर्यतामा एक किमिसको बलात्कार को शुत्रपात भयो । बलात्कार यस कारणकी त्यस बेला देखि बिभिधता लाई एक पछि अर्को गर्दै पुर्ण रूपमा नेष्तेज र प्रतिबन्ध  गर्दै लगियो । बिभिधताको बगैचा लाई निमोठियो, भिन्न बिचार, भाषा, धर्म र संस्कृती भएकाहरुलाई क्रमबद्द रुपमा उन्मूलन को निति अख्तियार गरियो । अनि २४० वर्ष भन्दा बढ़ी एक पछि अर्को गर्दै शासन र शासकहरु त परिवर्तन भए, केवल अनुहार फरक तर भाषा, जात र बिचार उही सन्कुचित भएकाहरु जस्ले त्यही एकल शासन र प्रबिर्ती निरन्तरता दिदै लगे परिणाम आज देश मागीखानेमा परिणत भएकोछ ।  
धेरै आन्दोलनहरु भए, उपलब्धिहरु पनि भए र शाशन ब्याबस्थाहरु पनि धेरै  बदलीए तर ती परिवर्तन केवल शाशकहरु मै सिमित रह्यो । प्रजात्रन्त्र पनि आयो र अहिले लोक तन्त्र पनि छ तर अझै पनि त्यो परिवर्तन साधरण जनता सामु पुग्न सके, छैन, छ त केवल मुठ्ठी भरका नेताहरुको लागी र उही शासकहरुको लागी मात्र  ।  नयाँ ब्याबस्था र नेताहरु त धेरै आए तर अझै पनि सोचमा परिवर्तन छैन र सदिऔकाल देखि पीड़ित आदिवासी, सीमान्तकृत, दलित,र मधेसीहरुलाई  नेपालको मुल धारमा ल्याउने छाटकाट छैन । 
आन्दोलनको समयमा नेताहरु ठुला ठुला कुरा गर्छन र जब उनिहरु सिंगदर्बारको गेट भित्र छिर्छन  त्यस दिन देखि कहिले पछि फर्केर हेर्दैनन उनिहरु अनि भुल्छन सारा बचन र बाधाहरु । तर पनि हामी जनताहरु चुपचाप सहेर बसेकाछौ ख़ासगरी आदिवासीहरु आफ्नै थाक थलो, धर्म संस्कृती अनि आफ्नै देशमा दोश्रो दर्जाको नागरिक भएर पनि प्रतिकारको निति अपनाएको छैन अहिले सम्म ।  आखिर यो कहिले सम्म रु कहिले सम्म हामी शासित हुनु पर्ने आफ्नै जन्म थलोमारु के शाशक बर्ग र हामीहरुको रगतको रंग भन्नछ की रु नत्र होईन भने नाकको आकर हेरेर गरिन्ने ब्याबहार कहिले सम्म ? 
हामीले आश गरेको थिऔ २४० वर्षको शाहहरुको पतन पश्चात सबै नेपाली नागरीकहरुले सामान अधिकार पाउनेछ, सबैको पहिचान स्वीकार गरिनेछ तर यहाँ त उल्टो पो भै रहेको छ । हिंजो आन्तरिम संबिधान मै घोश्राणा गरिएको संघियतालाई अहिले संस्थागत गर्नुको सट्टा एक पछि अर्को खेल भै रहेकोछ जनतालाई अधिकार दिन नचाहनेहेरुले ६२ र ६३ को जनआन्दोलनको ले दिएको म्यान्डेट भुलेर । ठुला पार्टीका नेता भनाउदाहरु उही पुरानो सोचले ग्रसित छन मानौ अझै परिवर्तनलाई आत्मसाथ गर्न सकेको छैन उनिहरु । अझै पनि आफ्नै हाली मुहाली कायम गर्ने घृणित खेलमा लागेकाछन उनिहरु ।
लगभग ८०-८५% जनताहरुलाई राज्यको मुलधार बाट बन्चित गरीएको अवस्थाछ, सरकार र कर्मचारीको त कुरै नगरौ, राजनीतिक पार्टी अनि सन्चार माध्यमहरुमा पनि उनिहरु कै पकड़छ । मुस्किलले २३% भएकाहरुले  देशको शासन, सरकारी कामकाज, न्यायलय, सेना र प्रहरहीको उच्च तहमा उनिहरुको  ८६% उपस्थितिछ, त्यसैले त स्वच्छ ब्याबसाय र निष्पक्ष समाचार लेख्ने कलम पनि उही घृणित र सन्किर्ण मानसिकता बाट ग्रसितछ जुन कुरा में ७,८, र ९ मा आदिवासी जनजातीहरुको बन्दको बेला शिर्ष नेताहरुको  भनाई र पत्रकारहरुका रूपधारण गरेका अहन्कारहरुको ब्याबहार बाट प्रष्ट भएकोछ । न्यायको लागी लड्छौ, बिभेद भयो, र समनाता हुनु पर्यो के भनेका थिए आदिवासीका नेतालेस् कलम चलाएर उजागर गर्ने बचन गरेका खकारले बोल्नै दिएन र हाम्रो आवज सुन्ने सम्म धैर्य गरेनन । के यो बिभेद होईन न रु अचम्मको कुरा के हो भने पश्चिममा अखण्डको नाममा १९ दिन बन्द हुँदा एउटा झिंगा मरेन रे, बन्द भब्य रूपमा सफल भयो र तर त्यही ठाऊमा आदिवासी थारुहरुको  लाखौ जनताको सहभागिता भएको आन्दोलनको समाचार सम्म छापीएन अझ आदिवासीहरु को आम हड़तालमा बन्दसुरु अगाबाई काठमान्डू को गोदाममा आलु कुहियो रे १ अनि समाचारको शिर्षक पनि केवल भडकाऊपाराको मात्र । के यो सन्चार माध्यमले गरेको बिभेद होईन हामी माथी रु के हामी लाई बिभेदको बिरुद्द बोल्लने अधिकार सम्म छैन देशमा ? 
भन्छन उनिहरु नै हामी सबै नेपाली, एक नेपाली, एक नेपाल अनि अखण्ड नेपाल रे १ सायद उनिहरुले भनेको अखण्ड उनिहरुकै हाली मुहाली, उनिहरु मात्रै हुनु पर्ने होला क्यारे १ नत्र संघीयता जस्तो समसामयिक माग र आवश्यकता लाई देश टुक्राऊन पाईन्न, संघियता चाहिन्न भन्नुको के अर्थरु अनि सदियौ वर्ष शोषित आदिवासीहरु लाई पहिचान देऊ भन्दा अत्तालिएर सामजिक सदभाब बिग्रियो रे, देश टुक्रिने भो रे १ नबुझ्ने ले त यी कुरा गर्छन नै तर प्रजातन्त्रको वाकलत गर्ने, उत्पीडनका बिरुद्द आवज उठाऊछौ भन्नेहरु नै आज आदिवासी, मधेसी र दलितहरुको बिरुद्द किन ? के प्रजातन्त्र उनीहरूले भनेको कुरा यस यस गर्दै गए मात्रै हुने हो ? गाई राष्ट्र जनवार हुनै पर्ने, अनि हिन्दु पर्वको मात्र मनोमानी हुनु पर्ने सायद यही होला उनीहरूले भनेको अखण्ड । ३८ प्रतिसत भन्दा धेरै जनसंख्या भएको आदिवासीहरुको त कुरै छैन, न राज्य ले सम्मान गरेको न मीडियाले लेखेकोछ । उल्टो बलबुताले भ्याए बिरोध गर्नमा खर्चेकाछन देशको ढीकुटी र पत्रकारका कलमहरु ।
अब तपाईहरु आफै भन्नु होस के यो सम्भबछ एउटा चक्का बिगारेर दौड जित्छु भन्नुरु यही कारणले आज प्रकृतिको सुन्दर देश र बिभिधताले भरी पुर्ण नेपाल बिकास होईन पछौटे पनमा गुज्रिराहेकोछ  । कसरी सम्भव छ लंगड़ोले एक्लै हिमाल चढ़नु रु यही वास्तविकता लाई बुझेर आदिवासी, मधेसी, दलित र मुस्लिमहरुले अधिकार र पहिचानका कुरा उठाएका हुन । यथार्त पनि हो समाजमा सबै जात, धर्म र भाषाको समान रूपमा सहभागिता भयो भने त्यो समाज समृद्द र विकसित हुन्छ ।
अन्तमा लामो समय पश्चात बिभिन्न आरोह, अवरोह पार गर्दै नेपाल नया संबिधानको संघारमा आईपुगेकोछ । यस  एकदमै सम्बेदनशील घडीमा नेपाल  सरकार, शासक वर्ग, राजनितिक पार्टीहरु, स्वच्छ पत्रकारहरु  र तमाम सजन नेपालीहरुलाई आवहान गर्द छु अब एकल सासन सम्भब छैन, यसले देशको भलो गर्दैन र देश झन झन उधोगतीमा  लाग्ने हुँदा संघीय गणतन्त्र नेपालको संबिधान मा  आदिवासी, मधेसी, दलित र मुस्लिमहरुका पहिचानलाई सुनिस्चता गरियोस र नेपाल र नेपालीहरु लाई मुख  र धम्कीले होईन स्वच्छ मन र भावनले एकता गरियोस  तब मात्र हाम्रो देश नेपालको बिकास सम्भब छ, तब मात्र एकता र सदभाब सम्भब छ किन भने नेपाल ४ जात ३६ वर्णको फुलबारी मात्र होईन बरु बिश्वको सबै भन्दा धेरै आदिवासीहरुको थाक थालो हो नेपाल  र शयौ जातिहरूको स्वाभिमान भएको देश हो हाम्रो नेपाल ।
दिपेश लिम्बु

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर