A+ A A-

सरकार र ठूला पार्टीबाट होसियार ! जनजाति


पार्टीहरुले आदिवासी जनजातिको माग सम्बोधन नगरेको अवस्थामा जनजाति सभासदहरु आफ्नो समुदायको अधिकारको लागि लड्ने की पार्टीको झण्डा मुनी लुरुलुरु गोलबद्ध हुन जाने । थारो गाई जस्तो त्यो पार्टीमा लागेर के प्राप्त हुन्छ भन्ने प्रश्न उठ्छ कि उठ्दैन ?  ठूला दलहरुले आफू समस्या पर्दा अफठ्यारोमा पर्दा आदिवासी जनजाति मधेशी महिला दलितसँग सम्झौता गर्छन् । जब उनीहरु सत्तामा पुग्छन् तब उनीहरु हामीलाई पिठ फर्काउने गर्छन् । यस्ता कृयाकलापबाट पाठ सिकेर हामी यो सरकारसँग र नेपालका ठूला पार्टीहरुसँग सधै होसियार रहनुपर्दछ । एउटा जातिले खाएको खाए अरुले हेरेको हेर् यै । एउटा जातिले सत्ता चलाएको चलाए अरु हेरेको हेर् यै हुने हो भने यसले सामाजिक सदभावना  कायम गर्न सक्दैन । राष्ट्रिय विखण्डनबाट कसैले पनि जोगाउन सक्दैन ।

पृथ्वी सुब्बा गुरुङ्ग
संयोजक, जनजाति ककस

 


संघीयता र धर्मनिरपेक्षताबाट पछाडि फर्कन सकिन्छ कि भनेर विभिन्न षडयन्त्र भएको हामीले देखेका छौं । तर उनीहरुको षडयन्त्र सफल हुने देखिदैन । किनभने  एउटा बच्चा आमाको कोखबाट भुइमा झरी सकेपछि आमाको कोखमा फर्कन सक्दैन । ठीक त्यसै गरी  गणतन्त्रमा गईसकेको मुलुक राजतन्त्रमा फर्कन सक्दैन । संघीय शासन प्रणालीमा गइसकेको मुलुक केन्द्रिकृत शासनमा फर्किन सक्दैन । धर्मनिरपेक्ष मुलुक हिन्दु धर्म सापेक्ष बन्न सक्दैन । यो नै नेपाली जनताको चाहना हो । यथार्थता पनि ।  

यहाँ ठूला दलहरुले आफू समस्या पर्दा अफठ्यारोमा पर्दा आदिवासी जनजाति मधेशी महिला दलितसँग सम्झौता गर्छन् । जब उनीहरु सत्तामा पुग्छन् तब उनीहरु हामीलाई पिठ फर्काउने गर्छन् । सम्झौता पालना होला भनेर बस्नुलाई हाम्रो कमजोरी ठान्छ र पछाडि फर्किन्न् । यस्ता कृयाकलापबाट पाठ सिकेर हामी यो सरकारसँग र नेपालका ठूला पार्टीहरुसँग सधै होसियार रहनुपर्दछ ।

संघीय शासन प्रणाली पहिचान संस्कृति भाषाको आधारमा हुनुपर्दछ । कोशी प्रदेश वा सगरमाथा प्रदेश बनाउनु भनेको क्यान्सर लागेको विरामीलाई पखालाको औषधी खुवाउनु जस्तै हो । कोशी नदी वा सगरमाथाले संघीयता खोजेको होइन । यहाँका आदिवासी जनजाति दलित मधेशी मुस्लिम खोजेका हुन । तशर्थ उनीहरुको वास्तविक समस्या समाधान गर्नका लागि पहिचानको आधारमा प्रदेश निर्माण गरिनुपर्दछ । १०० भन्दा बढी जाति बसोबास गर्ने र ९२ भन्दा बढी भाषाभाषी भएको मुलुकमा एउटै जातिको प्रधानमन्त्री राजा हुनु दुर्भाग्य हो । एउटै जाति र भाषाले बाँकी सबै जाति र भाषामाथि दमन गर् यो भनेरै राज्यपुर्नसंरचना गर्नु परेको हो । आदिवासी जनजातिहरुले पनि अझै अवसर पाएका छैनन् भने दलित र महिलाहरु झन टाढाको कुरा भयो ।

धेरै भाषा धेरै जाति र धेरै क्षेत्रका जनताको माग सम्बोधन गर्नकै लागि हामीलाई पहिचान सहितको संघीयता चाहिएको हो ।  ठूला पार्टीका नेता र शासकहरु पहिचानको आधारमा संघीयतामा गयो भने मुलुक टुकि्रन्छ भन्छन् । चित्रबहादुर केसीजीले एक पटक आदिवासी जनजाति दलित मधेशी र ठूला पार्टीका नेताहरुले मुलुकलाई जातीय आधारमा प्लटिङ गर्दैछ भनेका थिए । केसीको जनमोर्चा राप्रपा नेपाल र नेमकिपालाई मेरो प्रश्न छ । बहुजातीय मुलुकमा एउटाले शासन गरेर अरुमाथि दमन भईरहन्छ भने त्यो विचारले  यो मुलुकलाई एकतावद्ध बनाएर राख्न सक्दैन । एक भाषा एक धर्म एक संस्कृतिले बहुभाषा बहुसंस्कृति बहुधर्ममाथि राज गरिरहन्छ भने त्यसले राष्ट्रिय एकता कायम गर्दैन । सामाजिक द्वन्द बढाउँछ । राष्ट्रिय एकता कायम राखी राख्न लेप्चाले वा दलित भन्न पाउनु पर् यो म यहाँको बासिन्दा मात्रै होइन नागरिक पनि हुँ भनेर ।

एउटा जातिले खाएको खाए अरुले हेरेको हेर् यै । एउटा जातिले सत्ता चलाएको चलाए अरु हेरेको हेर् यै हुने हो भने यसले सामाजिक सदभावना  कायम गर्न सक्दैन । राष्ट्रिय विखण्डनबाट कसैले पनि जोगाउन सक्दैन । हामीलाई चाहिएको शासन प्रणाली आफूले आफैमाथि शासन गर्न पाउने प्रणाली हो । काठमार्डौ केन्द्रित शासन प्रणालीबाट यो सम्भव छैन । हामी पराईबाट शासित हुन चाँहदैनौं । त्यस्तो अवसर संघीय शासन प्रणालीले मात्रै दिन सक्छ । के यो भन्नु ठूला जाति विरोधी कुरा हो र । साधन स्रोतमा स्थानीय जनताको अग्राधिकार भएन भने सुनको डल्लामाथि सुत्ने कँगाल बन्छौं ।  सुशील कोइराला झलनाथ खनाल र पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने प्रणालीबाट सामाजिक द्वन्द समाधान हुन सक्दैन । सार्मथ्यको आधारमा प्रदेश बन्यो भने कर्णालीको गरिब वा लिम्बुवानको लेप्चा राष्ट्रपति वा प्रधानमन्त्री कहिल्यै बन्न सक्दैन । मगरात तमुवान लिम्बुवान वा थुप्रै थुप्रै स्वायत्त प्रदेश प्राप्त नभएसम्म हामी सम्झौताहिन संघर्षमा लागिरहन्छौं ।

आदिवासी जनजातिको पनि केही केही पार्टीहरु छन् । तर तिनीहरुले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सकिरहेका छैनन् । प्रभाव पार्न सक्ने पार्टी भनेको माओवादी काँग्रेस र एमाले नै हो । तर यि पार्टीहरुले आदिवासी जनजातिको माग सम्बोधन गर्छ कि गर्दैन । नगरेको अवस्थामा जनजाति सभासदहरुसँग एउटा चुनौति खडा हुन्छ । आफ्नो समुदायको अधिकारको लागि लड्ने की पार्टीको झण्डा मुनी लुरुलुरु गोलबद्ध हुन जाने । थारो गाई जस्तो त्यो पार्टीमा लागेर के प्राप्त हुन्छ भन्ने प्रश्न उठ्छ कि उठ्दैन  ठूला पार्टी जनजातिका लागि दुध दिने गाई हुनु पर् यो । थारो गाई हुनु भएन । जनतासँग गरेका वादा भुलेर छुद्र संकीर्ण समुदायको प्रतिनिधित्व गरेर पार्टीको नेतृत्व गरिरहेका छन् । यो हामीले भोगि रहेको कुरा हो । हाम्रो आन्दोलनको मुख्य बाधक पनि त्यहि हो ।

आदिवासी जनजातिहरु एकजुट हुने हो भने कसैले हाम्रो अधिकार खोस्न सक्दैन । किनकी हामी मिल्नु भनेको ४० प्रतिशत जनता एकत्रित हुनु हो ।  अहिलेलाई हाम्रो संर्घषको केन्द्र विन्दु भनेको पेरिसडाँडा सानेपा र वल्खु हो । संविधानमा आफ्नो अधिकार लेखाउन सम्बन्धीत पार्टी जनजाति नेताहरुले संघर्ष गर्नसक्नु पर्दछ । हामीले बाध्य पार्न सक्नुपर्दछ । जातीय संघ संस्था आआफ्ना जातिलाई जनजाति ककसको झण्डामुनी गोलबद्ध हुन दवाव दिनुपर्दछ । तबमात्रै हामीलाई अधिकार दिन नचाहने सरकार र ठूला दलहरु हामीसँग वार्ता गर्न सम्झौता गर्न र अधिकार दिन बाध्य हुनेछन् । हामी एक जुट हुन सक्यौं भने जति ठूलो सुनामी र भुइचालोको पनि सामना गर्न सक्नेछौं ।  हामी एक जुटु हुनु भनेको कुनै सन्यासी दशनामी वा वाह्रनामी विरुद्धको कुरा होइन । यो समानताको कुरा हो । न्यायको कुरा हो । लोकतन्त्रको कुरा हो । गणतन्त्रको कुरा हो । कुनै कुलमा जन्मिएकै आधार प्रधानमन्त्री बन्न पाउने वा नपाउने हुनु हुँदैन । झलनाथ खनाललाई खनाल  वाहेक अरु जातिका मान्छे प्रधानमन्त्री बन्न पाउँदैन भन्ने चिन्तन छ भने त्यसलाई आजैदेखि फालिदनुपर्दछ । सुशिल कोइराला वा पुष्पकमल दाहालमा त्यो चिन्तन छ भने आजै फालिदिनु पर्दछ । झलनाथको ठाउँमा अशोक राई पुष्पकमलको ठाउँमा रामबहादुर थापा र सुशिलको ठाउँमा केबी गुरुङ्ग पनि त नेता हुन सक्छ । यो लोकतान्त्रि मान्यता हो ।

एउटा व्यक्तिले कुनै जातमा जन्मिएको कारणले आफूलाई अरु भन्दा विशेष ठान्छ भने एकाधिकार पाउनुपर्छ भन्ने मान्यता राख्छ भने त्यो तानाशाही र जातीय एकाधिकारवादी चिन्तन हो । कसैको झण्डा र घोषणापत्र हेरेर लोकतान्त्रिक हो की तानाशाही भन्ने विश्वास गर्दैर्नौ । त्यो व्यवहार हेरेर मात्रै विश्वास गछौर्ं ।  यो हाम्रो आन्दोलन मुलुकको हितमा छ ।

एउटा सानो उदाहरण भन्छु । यो जनजातिले पनि नेपालीमा गजबको भाषण गर्दौ रहेछ भन्दा तँपाईलाई सम्मान गरे जस्तो लाग्ला । तर यो सिधै हेपेको हो । नेपाली भाषा जान्ने मान्छे कथित ठूलो जातिकै हुन्छ भन्ने मानसिकताको उपज हो । त्यो जातीय अहँकारवाद हो । प्रधानमन्त्री बन्ने क्षमता एउटा जातिमा मात्रै छ भन्नु नै जातीय अहँकारवाद हो । जातीय साम्प्रदायिकता हो । एउटा जातीयको एकाधिकार स्विकार्ने होइन अब हामी कल्पना गर्न तयार छैनौं । त्यसको निन्दा गर्छौ भत्स्रना गर्छौ विरोध गर्छौ ।

हामीले पहिलो विश्व युद्ध लड्यौं अर्काका लागि । दोस्रो विश्वयुद्ध लड्यौं अर्काका लागि । नागल्याण्डमा काश्मिरमा अफगानिस्ता फोकल्याण्डमा लड्यौं अर्काका लागि । वीर चक्र पायौं अशोक चक्र पायौं अर्काका लागि । आफ्नै लागि के गर् यौं  । अब आफ्नै लागि लडाईको मोर्चामा जानु पर्दछ । हामी मुख्य मन्त्री मात्रै होइन प्रधानमन्त्री र राष्ट्रपति चाहिन्छ ।

(आदिवासी जनजाति सभासदसभा ककसका संयोजक गुरुङ्गद्वारा धरानमा आयोजित आदिवासी जनजाति अन्तराष्ट्रिय सम्मेलनमा व्यक्त मन्तव्यको सम्पादित अंश)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर