A+ A A-

वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ?

जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई विस्थापित गराई यहाँको राज्यसत्ता एवं अन्य स्रोत-साधनमाथि एकलौटी हकभोग कायम गरेको' जस्तो चरम साम्प्रदायिक एवं विखण्डनकारी सोचलाई अभियानको रुपमा प्रचारमा ल्याउन पुग्दा हाल देशमा जातीय विद्वेष र क्षेत्रीय वितण्डा अभूतपूर्व ढंगले मौलाउन पुगेको छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् ।

प्रा.डा. सुरेन्द्र के.सी.

विषय-प्रवेश

२०४६\०४७ को राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिमा पहिचान र प्रतिनिधित्वको नाममा जातीय राजनीतिले उल्लेख्य प्रोत्साहन पाउन थाल्यो । एकपछि अर्का जातीय संस्थाहरु खुल्न थाले । कोही आफूलाई जनजाति त कोही आदिवासी भन्न थाले । पाश्चात्य शिक्षादीक्षा एवम् राजनीतिबाट प्रभावित मात्र होइन आफ्नो श्रीसम्पत्ति र भविष्य नै उतै थन्क्याएर तत्कालका लागि देशीय राजनीतिको दोहन गर्न नेपालको नीति निर्णयको तहमा जमेका स्वार्थी एवम् ढोंगी नेताहरुले मुलुकको भविष्य एवम् सदियौंदेखिको जातीय एवम् धार्मिक सहिष्णुतामाथि पर्न सक्ने असरको आंकलन नै नगरी जनजाति उत्थान प्रतिष्ठान कार्यदल २०५३ गठन गरी त्यसैको सिफारिसमा हावा र हचुवाका भरमा पहिचानमा आइसकेका १०१ जात-जातिमध्ये
६१ लाई 'नेपालका जनजाति' का रुपमा सूचीकृत गर् यो । ती जनजातिहरु निम्नानुसार थिएः
१ किसान         २ कुमाल             ३ कुसवाडिया              ४ कुसुण्डा                ५ गनगाई                   ६ गुरुङ              ७ चिम्टन                ८ चेपाङ         ९ छन्त्याल                  १० छेरोतन      ११ जिरेल            १२ झाँगड                   १३ ठिमतन             १४ डोल्पो                    १५ ताङवे            १६ ताजपुरिया           १७ तामाङ         १८ तोप्केगोला            १९ थकाली        २० थामी           २१ थारु                     २२ थुदुम                   २३ दनुवार                  २४ दराई            २५ दुरा                    २६ धानुक           २७ धिमाल               २८ नेवार           २९ पहरी          ३० पि्रु                      ३१ वनकरिया             ३२ बरामो                   ३३ बाह्रगाउँले        ३४ बोटे                  ३५ व्याँसी           ३६ भुजेल घर्ती        ३७ भोटे        ३८ मगर               ३९ मनाङे                  ४० माझी                  ४१ मार्फाली                  ४२ मुगाली           ४३ मेचे                  ४४ राई              ४५ राउटे               ४६ राजवंशी    ४७ राजी               ४८ लार्के                   ४९ लिम्बू                 ५० लेप्चा                    ५१ ल्होपा              ५२ ल्होमी                ५३ शेर्पा           ५४ सतार               ५५ सियार       ५६ सुनुवार         ५७ सुरेल                   ५८ स्यांग्टन               ५९ हायू                      ६० वालुङ              ६१ ह्याल्मो ।

स्वभावतः त्यसको लगत्तै उक्त सूचीको पक्ष विपक्षमा उल्लेख्य कि्रया-प्रतिकि्रयाहरु शुरु भए । कोही किन उक्त जनजातीय सूचीमा सामेल हुने जिज्ञासा राख्न थाले भने कोही चाहिँ 'जनजाति' शब्द 'हीन' भएको हुँदा आफूलाई त्यसमा सूचीकृत हुन इच्छुक नरहेर त्यहाँबाट आफ्नो नाम हटाउने माग राख्न इच्छुक देखिए । उता अरु कोही चाहिँ आफूहरु त्यसमा सूचीकृत हुन इच्छुक रहेको  प्रतिकि्रयासम्म दिने अन्यथा संघर्षमा जानेसम्मका चेतावनी दिन थाले । तथापि सूचीकृत जनजातिहरुको सरकारमाथि दबाब दिने र स्वयंलाई राज्यसंयन्त्रको मूलप्रवाहमा ल्याइनु पर्ने अडान र मागमा कुनै शिथिलता होइन तीव्रता नै आयो । एकाध जनजातिहरु कहिले उक्त सूचीबाट हट्ने वा सामेल हुने प्रकि्रया भए तापनि त्यसको मूलभावनामा कुनै कमी आएन । त्यसको विपरीत तिनीहरु स्वयंलाई 'आदिवासी' भन्न थाले र सरकारले पनि तिनको मागमा एकपछि अर्को उदार व्यवहार देखाउँदै गयो ।

अन्ततः २०५८ सालमा त्यसले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ जारी गर्दै नेपालमा उक्त जातिहरुको विशेष स्थितिलाई प्रत्याभूति प्रदान गर् यो । उक्त ऐनको परिच्छेद १ को क मा सोको परिभाषा गर्दै भनियो-
आदिवासी\जनजातिू भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज छुट्टै सांस्कृतिक पहिचान छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ ।

तदनुरुपको उक्त सूचीमा २०५४ मा तय भएको ६१ संख्याको सट्टा ५९ कायम गर्दा नयाँ सूचीमा स्यांगतन ठिमतेन र मनाङे जस्ता 'जनजाति' सामेल नदेखिए पनि एउटै थकालीका थकाली तीनगाउँले बाह्रगाउँले र मार्फाली एवं वालुङ तोप्केगोला डोल्पो ह्याल्मो व्याँसी थुदामलगायतका गाउँको आधारमा जातिकृत दर्जन बढी जातीय समूहलाई यथावत नै राखियो । धेरै विवाद आएपछि जनजाति महासंघले स्वेच्छाले यी जनजातिलाई क सङ्कटापन्न समूह ख अत्यन्त पाखा परेका समूह ग पाखा परेका समूह घ सुविधाबाट विाचत समूह ङ परिष्कृत समूह गरी विभिन्न ५ समूहमा विभक्त गरे तापिन त्यसभित्र परेका कपोलकल्पित जनजातिहरुको नामावली सुधार्ने तर्फ कुनै तदारुकता देखाइएको छैन । त्यसको विपरीत यस सूचीमा नामाकृत हुन आउनेको ताँती र एकपछि अर्को पृथक पहिचानका साथ त्यहाँ सूचीकृत भई स्वयंलाई राज्यको मूलप्रवाह र अन्य सुविधाबाट लाभान्वित गराउने दौड जारी नै रह्यो ।

अर्कोतर्फ यी जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई विस्थापित गराई यहाँको राज्यसत्ता एवं अन्य स्रोत-साधनमाथि एकलौटी हकभोग कायम गरेको' जस्तो चरम साम्प्रदायिक एवं विखण्डनकारी सोचलाई अभियानको रुपमा प्रचारमा ल्याउन पुग्दा हाल देशमा जातीय विद्वेष र क्षेत्रीय वितण्डा अभूतपूर्व ढंगले मौलाउन पुगेको छ । त्यसमा पनि आदिवासी जनजाति दलित र मधेशीको नाममा तिनका बीच भएको घोषित कार्यगत एकताको कारण सामान्यतया मधेशी पहाडी विशेषतः क्षत्री बाहुन तथा अन्य जाति जनजातिबीचको अन्तरविरोध क्रमशः कटुतातर्फ अग्रसर भइरहेको आभास हुन थालेको छ । ठाउँठाउँबाट यी जातिका मानिसहरुमाथि दुव्र्यवहार हुन पुगी तिनीहरु विस्थापित हुन  थालेका खबरहरु बारम्बार काठमाडौंमा ठोक्किन थालेको अवस्था छ । स्वभावतः यो स्थितिमा सबैले आ-आफ्नो जातीय
पहिचान इतिहास र सत्यतथ्य प्रकाशमा ल्याउनैपर्ने भएको छ । अन्यथा तिनका लागि पश्चातापबाहेक अन्य बाँकी रहने दैखिदैन ।

नेपालमा क्षत्री-बाहुनको प्राचीनता
नेपालको लिखित र प्रामाणिक इतिहास इस्वीको पाँचौ शताब्दी अर्थात् ई ४६४ को मानदेवद्वारा स्थापित चाँगुनारायण स्तम्भले पुष्टि गरेको छ । राजा मानदेव वैशालीबाट काठमाडौं उपत्यका पसेका लिच्छविवंशीय क्षत्री थिए भन्ने तथ्य चाँगु स्तम्भको शिलापत्र स्वयंले यसरी स्पष्ट पारेकोः 'क्षात्रेर्णाजनवाश्रयेण विधिना दीषाश्रितोहं स्थितः' अर्थात् क्षत्रीको धर्मबमोजिम दीक्षा लिएर म बसिरहेको छु । यसै गरी शिलालेखमा ब्राह्मणको प्रसंग पनि आउँछ । धर्मदेवकी रानी अर्थात् राजा मानदेवकी आमा राज्यवतीले ब्राह्मणहरुलाई दान दिँदै सतीव्रतमा रहेको प्रसंग त्यहाँ परेको छ । यति मात्र होइन
लिच्छविकालका अधिकांश अभिलेखहरुमा बारम्बार क्षत्री-बाहुनलगायत चार वर्ण अठार जातिको प्रसंग आउने गर्छ । परिस्कृत संस्कृत भाषामा लेखिएका लिच्छविकालीन अभिलेखहरु स्वयंले त्यस बखतको समाजमा हिन्दू धर्ममा ब्राह्मण र क्षत्री जातिको झन् वर्चश्व थियो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ किनभने चाँगुस्तम्भबाहेक अन्य लिच्छवि अभिलेखहरुमा पनि यी जाति र नेपालको वर्ण व्यवस्थाबारे यथेष्ट उल्लेख गरिएको पाइन्छ ।

हिजो आज 'चार वर्ण छत्तीस जात' भनेझैं तिनताका 'चार वर्ण अठार जात' भन्ने चलन रहेको तथ्यलाई पनि उक्त अभिलेखहरुले स्पष्ट पार्दछन् । यस तथ्यलाई संवत ४२८ को थानकोट आदित्यनारायणको वसन्तदेवको अभिलेखमा पनि उत्तिकै अकाट्य ढंगले पुष्टि गरिएको छ । जसमा जय पल्लिका ग्राममा बस्ने ब्राह्मण   मुखियालगायत गाउँका अठारै जातका गृहस्थीहरुलाई कुशल मंगल सोधेर आज्ञा भएको छ भन्ने सुस्पष्ट व्याख्या परेको छ । यताबाट नेपालमा लिच्छविकालदेखिनै क्षत्री-बाहुनलगायत अठारै जातिको अस्तित्व मात्र होइन वर्चश्व नै रहेको छ बरु लिच्छविकालीन अभिलेखहरुलाई केस्राकेस्रा केलाउने प्रा।डा। जगदीशचन्द्र रेग्मी जस्ता संस्कृतिसाधकहरुको निष्कर्ष के छ भने लिच्छविकालमा गुरुङ मगर र यस्तै मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पनि पाइँदैन । संभवतः यी जाति पछि मात्र नेपाल आएका थिए भनी उनले आफ्नो पुस्तक 'लिच्छवि संस्कृति' मा उल्लेख गरेका छन् ।


उपर्युक्त आधारहरुबाट क्षत्री-बाहुनहरु नेपालका कति प्राचीन जाति रहेछन् भन्ने अकाट्य प्रमाण मिल्छ । दुर्भाग्य लिच्छविहरु पनि किरातहरुकै जस्तो विस्थापित हुन पुग्दा यो परम्परा र समाज अविच्छिन्न रहेन । आठौं-नवौं शताब्दीपिछ काठमाडौंको सत्ताबाट लिच्छविहरु एकाएक ओझेल पर्न पुगे र इतिहास एकप्रकार अन्धकारमा पर्न गयो । काठमाडौंको शासन पनि उपत्यकामै सीमित रहन थाल्यो । एकैचोटी बाह्रौं शताब्दीमा काठमाडौंमा राजा ठकुरी र प्रजा गैर ठकुरीको नेवार राज्य देखापर्न पुग्यो भने सुदुरपश्चिमबाट खसहरुले बेलाबेलामा काठमाडौं उपत्यका नै हान्ने अन्यथा पूर्वमा चेपे-मस्र्याङ्दी र पश्चिममा कुमाउ गढवाल अनि उत्तरमा तिब्बतको गुंगेसम्मको विस्तृत राज्यमा अधिकार जमाउन सफल भए । इतिहासमा यसलाई ुखस साम्राज्यु भन्ने नाम दिइयो ।

खस र क्षत्रीसम्बन्धी विवाद


खस र क्षत्री समवयी शब्द भए तापनि यिनको समधर्मिता र भिन्नताबारे हाम्रो समाजमा उति बहस र विवाद हुन सकिरहेको छैन । कतिले रुप जे भए तापनि सारमा यी दुवै समधर्मी शब्द नै हुन् भनेका छन् भने कतिले यिनीहरु विपरार्थी शब्द नै हुन भन्ने गरेका छन् । तिनीहरुका विचारमा वर्णव्यवस्थाको सोपानबाट हेरिदा क्षत्री-ब्राह्मणपछिको विशिष्ट जाति हो भने खस धेरै तलको जाति हो । त्यसैले क्षत्री उच्च जात हो भने खस हीन जातिका रुपमा लिइन्थ्यो । अतः यी दुइका बीच कुनै तादात्म्यता नै छैन । यिनको उद्भव एवं आगमन प्रकि्रया समेत समान छैन । अझ तिनीहरु त कहाँसम्म भन्छन् भने खस भनेका हिन्दूधर्मी तागाधारी पवित्र जाति हुन् खस भनेका वर्ण व्यवस्थाभित्र नपर्ने मतवाली अवैदिक क्षत्री हुन् । त्यसैले हामीले पनि यही विपरार्थी सोचभित्रबाट क्षत्री र खसका बारेमा  विचारविमर्श एवं खोज-अनुसन्धान गर्नुपर्ने हुन्छ किनभने यसभित्र उल्लेख्य सत्यता रहेको पनि प्रतीत हुन्छ । यिनीहरु साना वा ठूला वा उच वा हीन हुन कि होइनन् भन्ने कोणबाट भन्दा पिन
यिनीहरुको वास्तविक उद्भव एवं आगमन प्रकि्रयाको कोणबाट यो विषय अनुसन्धेय बन्न पुगेको हो ।

आगमन प्रकि्रया
माथिल्ला प्रसंगमा नेपालमा क्षत्री जातिका मानिसहरुको आगमन प्रकि्रयाबारे थोरै उल्लेख गरियो । त्यसरी हेर्दा स्वयं लिच्छविकालका राजाहरुले आफूहरु क्षत्रिय रहेकोमा गौरव गर्ने गरेका प्रसंगबारे पनि उल्लेख गरियो । यसबाहेक लिच्छिव अभिलेखहरुको मसिनो अवलोकन गरिएको खण्डमा लिच्छविकालमा क्षत्री जातिको समाजमा उल्लेख्य प्रभुत्व उपस्थिति एवं हैसियत रहने गरेको फेला पर्छ तर स्वयं लिच्छवि इतिहासमा क्रमभंगता आउन पुग्दा आज ती लिच्छविकालीन क्षत्री-बाहुनहरु को हुन् र कुन हालतमा रहेका छन् त्यो भन्न त्यति सजिलो छैन । कतै तिनीहरु सबै नेवारी समुदायमा सम्मिलित भइसकेका त होइनन् किनभने यो समाज कुनै स्वतन्त्र र स्वायत्त समाज नभई गोपाल किरात र लिच्छविकालमा जात-जातिको सम्मिलन एवं सम्मिश्रणबाट नै विकसित बनेको यथार्थ हाम्रा सामु समुपस्थित नै छ । यसमा लिच्छवि समाजको कति योगदान रह्यो  कसैले पनि यसतर्फ ध्यान दिन सकिरहेको छैन ।


उता यस तथ्यलाई घोर उपेक्षा गर्दै एकैचोटी बाह्रौं शताब्दीमा भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्मको बचाउका लागि मात्र क्षत्री-बाहुनहरु नेपाल पसेका हुन् भन्ने एकोहोरो रट लगाउने र त्यही अन्धविश्वासमा आफूहरु रम्ने एउटा सतही प्रवृत्तिले सबैलाई गाँजेको देखिन्छ । यसलाई पूर्ण सत्य मान्नु ठूलो गल्ती हुनेछ । यी मध्ये को खसबाट हिन्दूकृत भई क्षत्री बनेका जाति हुन् को लिच्छविकालीन क्षत्री हुन् र को बाह्रांै शताब्दीबाट नेपाल प्रवेश गरेका क्षत्री हुन् सबैको ठीकठीक एवं वास्तविक निरुपण गरिनु अत्यावश्यक छ ।

यसको विपरीत कर्णाली भेगमा बसोबास गरेका खसहरुको इतिहास केलाउनमा आनाकानी ढिलासुस्ती र बेइमान प्रवििध अवलम्बन गरिए तापनि यस जातिको अस्तित्व र सत्यासत्यमा सदाकाल पर्दा हाल्न सक्ने स्थिति विद्यमान देखिन्न । किनभने त्यहाँका खसले हालसम्म पनि अविच्छिन्न रुपमा आफ्नो बसोबास पृथक भाषा धर्म संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दै खस जातिको सामूहिक पहिचान प्रस्तुत गर्न कुनै कसर बाँकी राखेका छैनन् । जसअनुसार तिनको इतिहास हेर्दा एकसमयमा तिनीहरु पूर्वमा चेपे-मस्र्याङ्दी पश्चिममा कुमाउ-गढवाल र उत्तरमा तिब्बतको गुंगेसम्म विस्तारित भएको तथ्यलाई माथि पिन उल्लेख गरियो । यसैगरी यस जातिको इतिहास हेर्दा िसंजा उपत्यका प्रवेश गर्नुपूर्व २ सय वर्षसम्म कुमाउ उपत्यकाको शासक वर्गका रुपमा रहिसकेको तथ्य पनि त्यत्तिकै प्रामाणिक छ ।खस जातिको पूर्वरुप एवं नेपालसम्मको आगमन प्रकि्रया हेर्दा यिनीहरु बेविलोनियाको कस्साइटबाट इरान र इराकको सिमानामा पर्ने खशिस्तानको बासिन्दाको हैसियतमा स्वयंलाई नामाकृत गरेको प्रतीत हुन्छ ।त्यहाँ यिनीहरु 'कस' जातिका रुपमा प्रसिद्ध भए जसलाई अंग्रेजहरुले 'कस्साइट्स' भन्ने नाम दिए । यिनै कसहरु कालान्तरमा 'खस' भए । यिनीहरु मूलतः अवैदिक आर्य थिए र पश्चिमेसियाबाट भारत प्रवेश गर्ने क्रममा ईसापूर्व प्रथम सहस्राब्दीमा यिनीहरु वर्तमान अफगानिस्तान तथा पाकिस्तानको उत्तरी भाग र काश्मिरको दुर्गम क्षेत्रमा पर्ने बाल्हीक प्रदेशमा आइपुगे । जसलाई बाहिक प्रदेश पनि भनियो ।


जो हाल भारतको पंजाव प्रान्त वरिपरि छ । यसले वर्तमान काश्मिर क्षेत्रलाई पनि समेट्यो । त्यसैले कस जातिको मीर अर्थात् बसोबास क्षेत्र भएको कारणले यो क्षेत्र पनि खसमोहिरबाट काश्मिर भएको सम्मका भनाईहरु पनि प्रचलनमा छन् । यही क्रममा यिनीहरु वर्तमान कुमाउ-गढवालसम्म आइपुगे र यिनै खसहरु क्रमशः कुमाउबाट वर्तमान नेपालको पश्चिमााचल क्षेत्रमा स्थानान्तरण हुन थाले । उक्त क्रममा सत्ता प्राप्त गर्ने खसहरु ठकुरी त अन्य कतिपय तागाधारी क्षत्री बन्ने प्रकि्रया सुरु  भयो । कति खसहरु ब्राह्मण पनि बने कि यो पनि कम चाखलाग्दो र अनुसन्धान विषय होइन !
पश्चिम नेपालमा खसहरुलाई 'पावई खस' पनि भनिएको पाइन्छ । त्यसको अर्थ हो - पाखा-पखेरामा बस्ने मानिस । यी पावइहरु हाल पनि जुम्ला बझाङ र जाजरकोटका ग्रामीण भेगहरुमा उल्लेख्य संख्यामा बसोबास गर्छन् । यिनीहरु जनै लगाउँदैनन् र मदिरा पनि सेवन गर्छन् तर स्वयंलाई खस नभनी क्षत्री भन्न मन पराउँछन् । वस्तुतः यिनीहरु प्राचीन खसका वास्तविक उत्तराधिकारी हुन् ।

ऐतिहासिक तथ्य
उपर्युक्त आधारमा के भन्न सकिन्छ भने नेपालका क्षत्री-बाहुन यहाँसम्म कि दलितहरु समेत भारतको मैदानी भागबाट आएका क्षत्री-बाहुनभन्दा पृथक आगमन प्रकि्रया पृथक पहिचान र पृथक इतिहास छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् । किनभने यिनै क्षत्री-बाहुनहरु सम्पूर्ण नेपालमा बसाई सर्दै हालको मेची अाचल ताप्लेजुंग जिल्लासम्म विस्तारित भएका छन् । इतिहासकार सूर्यमणि अधिकारीले आफ्नो ुखस साम्राज्यको इतिहासु नामक पुस्तकमा भूमिसँग जोडिएका त्यस्ता क्षत्री-बाहुनहरुको थर देहायबमोजिम उल्लेख गरेका छन् । अतः यस लेखकलाई के लाग्छ भने अब उप्रान्त यी क्षत्री-बाहुनहरु आफ्ना पुर्खा खोज्न भारतको उज्जैन वा मध्य प्रदेशतर्फ भौंतारिन पुग्ने छैनन् र आफूहरु कर्णालीभेकसँग अविच्छिन्न ढंगले गाँसिएको र त्यहीँका गाउँ माटोबाट उब्जिएको भूमिपुत्र आदिवासी भएकोमा गौरव गर्ने छन् । यिनले स्वयंलाई हिन्दू भएकोमा गौरव गर्नुपर्ने पनि कुनै कारण रहने छैन वस्तुतः यिनीहरु पछिबाट नै हिन्दूकृत गरिएका हुन् ।


सोहीक्रममा यिनीहरु ठकुरी क्षत्री वा राणासम्म बनेका छन् । अन्यथा प्रथम राणा प्रधानमन्त्री स्वयं रामकृष्ण कुँवरका नाति वालनरिसंह कुँवरका पुत्र वीरनरिसंह कुँवर भएको सोहीक्रममा पछिबाट 'जंगबहादुर राणाजी' हुन पुगेको इतिहासका सम्पूर्ण पानामा यत्रतत्र पाइने तथ्यबाट कोही पनि अनभिज्ञ छैन नै । तर यो नेपाली खस बाहुनको धर्म तथा जाति पहिचानको सानो नमूना मात्र हो यथार्थमा धेरैको हकमा यो अवस्था समान ढंगले लागू हुने देखिन्छ तर थप अनुसन्धान पछि मात्र यसको सत्यसत्य प्रकाशमा आउन सक्नेछ ।

तलका दृष्टान्त हेरौः
१ खस साम्राज्यका सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरु
अधिकारी - दराको हाकिम
कार्की - राजस्व अधिकृत
भट्ट - राजपुरोहित वा धर्माधिकारी
भण्डारी - राजकीय कोषको प्रमुख
लेखक - लेखक
महतारा - ग्रामप्रमुख
रोकाया - महताराको सहयोगी
थापा - सैनिक दर्जा
खड्गा - सैनिक दर्जा
राना - सैनिक दर्जा
बुढा - सैनिक दर्जा
बुढाथोकी - सैनिक दर्जा
२ कर्णाली प्रदेशका गाउँका नामबाट उत्पत्ति भएका थरहरु
जिल्ला गाउँ थर
जुम्ला धिता धिताल
पाण्डुसेरा पाँडे
सिाजा िसंजापित
चौडीलागाउँ चौलागाइर्ँ
प्याकुरी प्याकुरेल
सिम्खाडा सिम्खडा
अछाम तिमिल्सैन तिमि_िल्सेना
घमिराउ घिमिरे
देवकोट देवकोटा
ढुंगानी ढुंगाना
ढाँकु ढकाल
वजगाउँ वजगाईँ
रिमा रिमाल
स्वाँरा स्वाँर
घोडासैन घोडासैनी
पुडासैन पुडासैनी
धमाली धमला
दर्ना दर्नाल
कुइँका कुइक्याल
चाल्सा चालिसे
वारला बराल
बझाङ रेगम रेग्मी
सोत सोती
खार खरेल खराल
सुवाडा सुबेडा सुवेदी
वयाना बानिया
बाजुरा जमकट्टी जमरकटेल
छाती छन्त्याल
कुँडी कुड्याल
वेलकाँटे वेलकँटिया
खातिवाडा खाती
बैतडी गाजरी गजुरेल
डोटी डोटेखोला डोटेल
निरौली निरौला
ओझाना ओझा
बोगटान बोगटी
मुडभरा मुडभरी
मुगु खनाया खनाल
कालैगाउँ कल्याल
खत्याड खतिवडा
दैलेख लामाछान्नी लामिछाने
बाँस्कोट बाँस्कोटा
बाँस्तोली बाँस्तोला
सातला सत्याल
लुयाटी लुइँटेल
बस्ताकोट बस्ताकोटी
चापागाउँ चापागाईँ
नेपा नेपाल
रिजु रिजाल
पोखर पोखरेल
लम्सु लम्साल
लम्जी लम्जेल
दह दाहाल
गैह्रा गैर् हे
भूर्ति भूर्तेल
पराजुल पराजुली
कोइराली कोइराला
दवाडा दवाडी
कट्टी कट्टेल
भुषाकोट भुषाल
सुइय सुेल
वड वडाल
मोडासैन मरासैनी
गुरगाउँ गुरागाईँ
कालिकोट खिड्किसैन खिसर्िने
भर्ता भर्ताल
राँचु रुचाल
गेला गेलाल
वाजाडा वाजाडे
बाँझकोट बाँझकोटा
रुकुम सर्पुकोट सापकोट सापकोटा
दाङ रजौरा रजौरिया
माझगाउँ मझगैयाँ

निष्कर्ष
नेपालको प्रामाणिक र लिखित इतिहास लिच्छविकालबाट शुरु हुन्छ । सोही समयदेखि नेपालमा हिजो आज कतिपयले 'भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्म र जात बचाउन' बाह्रौं शताब्दीमा नेपाल प्रवेश गरेका भनेर प्रचार गर्ने गरेका क्षत्री-बाहुनहरु पनि नेपालमा आदिकालदेखि बसोबास गरिआएको तथ्यलाई उक्त लिखित इतिहासले किटानीका साथ पुष्टि गर्दछ । अन्त्यमा ती खसहरु अवैदिक आर्य नै थिए र मत पनि ग्रहण गर्थे । त्यसैले तिनीहरु मतवाली क्षत्री कहलाउँथे । पछिबाट यिनीहरु हिन्दूकरण र वर्णव्यवस्थाको परिधिभित्र ल्याइए । जंगबहादुरले एउटा इस्तिहार पनि जारी गरे जसअनुसार कुनै पिन खसले स्वयंलाई खस भन्न नपाउने त्यसको सट्टा क्षत्री भन्नुपर्ने बाध्यात्मक व्यवस्था तोकिएको कुरा बाबुराम आचार्यले 'नेपालको सांस्कृतिक परम्परा' नामक  पुस्तकमा उल्लेख गरेका छन् । स्वभावतः यसपछि यिनलाई आफ्नो जातीय पहिचान प्रस्तुत गर्नमा कानुनी अड्चन पैदा भयो किनभने हुकुमी शासनमा जंगबहादुरको आदेश नमान्नेतर्फ कल्पनासम्म गर्न सकिन्नथ्यो । अर्कोतर्फ हिन्दूकरणको प्रकि्रयाले गर्दा खसहरुमा आफ्नो पहिचानमा उभिन हीनताबोध हुन थाल्यो । यस तथ्यलाई हामीले आफ्नै युगमा अनुभूत गर् यौं । गाउँघरमा हिजो आज पनि क्षत्रीलाई गाली गर्न पर् यो भने जातबाट खसेको खसेत्रो भन्ने शब्द प्रयोग गरिएको सुनिन्छ । तर वास्तविकता के हो भने खसहरु नेपालका वास्तविक आदिवासी र भूमिपुत्र हुन् जसको नाममात्र होइन जातसमेत भूमिकै नामबाट बनेको छ । त्यसैले सरकारले यस जातिलाई आदिवासीको सूचीमा नराखेर 'अन्य' सम्म भन्न पुग्नु खस जातिप्रतिको बेइमानी त छँदै छ सँगसँगै यो इतिहासको पनि घोर उपेक्षा हो ।

(क्षेत्री आवाजबाट)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर