A+ A A-

हामीलाई गोर्खा भर्तीमा पठाएर नेपालमा राज गरे

हाम्रा कलिला नानी भाषा र संस्कारविहीन बनाइए । एकातिर नेपाली समाजले हाम्रा सन्ततीलाई 'बेलायती लाहुरेको सन्तान' भनेर अपहेलित गर्‍यो, अर्कोतिर बेलायतीले 'गोर्खे' भनेर अपमान गरे । अहिले गोर्खाली र तिनका सन्तान दिशाविहीन अवस्थामा पुगेका छन् । अपसंस्कार र अपसंस्कृतिको सिकार बनेर उनीहरूको भविष्य अन्धकारतिर उन्मुख छ । विश्वमा बहादुर कहलिएका यी बहादुरका सन्तती न नेपाली भए न त बेलायती नै ! उनीहरूले नेपालमा 'लाहुरेको छोराछोरी' भनेर जागिर पाउँदैन र बेलायती शासकले 'गोर्खेका छोराछोरी' र योग्यता नपुगेको भनी जागिर दिँदैन । कुनै जागिर नभएपछि यी युवायुवती स्वाभाविक रूपले विकृतिको भासमा फस्दै गइरहेका छन् ।

पदमबहादुर गुरुङ

बेलायती साम्राज्यलाई बचाउनका निम्ति नेपाली युवाले सन् १८५७ को भारतको सिपाही विद्रोहदेखि लिएर प्रथम र द्वितीय विश्वयुद्धलगायत अनेकौँ डरलाग्दा युद्ध लडे । ती युद्धमा कति गोर्खा मारिए, कति घाइते भए वा युद्धमा हराए भन्ने तथ्यांक बेलायती साम्राज्यले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । यस विषयमा नेपाल सरकारले पनि कुनै चासो देखाएको पाइएन । तथापि, विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार विश्वको जनसंख्याको अनुपातमा सबैभन्दा बढी मर्नेमा गोर्खाली नै थिए । तथ्यका अनुसार ती युद्धमा करिब ६० हजार गोर्खालीले जीवन उत्सर्ग गरेका थिए । युद्धमा एकजना मर्छ भने दुईभन्दा बढी घाइते हुन्छन् । यसैबाट अनुमान गर्न सकिन्छ कि कति गोर्खाली घाइते भएका थिए । कुनै पनि युद्धमा नेपाल 'पक्षका रूपमा' संलग्न थिएन । तर, तत्कालीन नेपालका जहानियाँ राणाशासक र बेलायती साम्राज्यले आ-आप\mनो स्वार्थका निम्ति गोर्खालीलाई बेलायतको पक्षबाट युद्धमा होमिन बाध्य बनाए । ती युद्धमा गोर्खाहरूले आप\mनो बहादुरी प्रदर्शन गरे । त्यसबापत भिक्टोरिया क्रसलगायत अनेकौँ तक्मा पनि दिई टोपल्यो । बेलायतका तत्कालीन शत्रु मानिएका राष्ट्रका सेनाहरूलाई गोराहरूको आदेशमा इमानदार गोर्खाहरूले मारे । नाजी, जर्मनलगायत विभिन्न बेलायतविरोधी राष्ट्रहरूको पञ्जाबाट बेलायतलाई मुक्त गराए । फलतः बेलायत विश्वमा एउटा सर्वशक्तिमान राष्ट्र बन्न पुग्यो र विश्वले शान्ति पायो । शान्ति स्थापनापछि विकास दु्रतगतिमा अघि बढ्यो । छिमेकी मुलुक भारत र चीनको विकास पनि दोस्रो विश्वयुद्धपछि नै भएको हो । तर, नेपालको भने अधोगति सुरु भयो ।

गोर्खालीले बेलायतको पक्षबाट लड्दा यति ठूलो बलिदान नगरेको भए न विश्वमा शान्ति स्थापना हुन्थ्यो न त बेलायत सर्वशक्तिमान राष्ट्र बन्थ्यो । यो तथ्य बेलायतले कदापि बिर्सन मिल्दैन । हो, यसैले गर्दा बेलायतले विश्वसामु हामीलाई बहादुर पनि बनाई टोपल्योे । नोकरीको दौरान बेलायतकै संस्कार र जीवनशैलीअनुसार बाँच्न पनि सिकाइदियो । हामी नेपाली समाजमा निकै हुनेखानेजस्तो पनि देखियौँ । हामीलाई नेपाली समाजभन्दा फराकिलो ढंगले बाँच्न सिकाइदियो । यति, प्राप्त गर्न हामीले के-के गुमायौँ ?

१. बेलायतले नेपाली युवालाई भर्ती गर्दा नेपालको कुल जनसंख्या करिब ४० लाख मात्रै थियो । त्यतिवेला राष्ट्र निमार्णका निम्ति ती युवाशक्ति आप\mनै राष्ट्रलाई अत्यावश्यक थियो । ती युवा देशमै बसेका भए, जहानियाँ राणाशासनविरुद्ध उतिवेलै संघर्षमा उत्रिने थिए । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र त्यतिवेलै आइसक्थ्यो । र, दुई मित्रराष्ट्र चीन र भारतजसरी नेपालले पनि विकासको गति लिएर अहिले एसियाको स्विट्जरल्यान्ड बनिसक्थ्यो । यसको हकदार सबै नेपाली हुने थियौँ । हामी पनि विकसित राष्ट्रका नागरिकजस्तै सम्पन्नशाली भइसकेका हुन्थ्यौँ । नेपाल र नेपालीको बर्बादीको मुख्य कारण तत्कालीन जहानियाँ राणाशासक र बेलायती शासकको स्वार्थ नै थियो भन्ने तथ्य हामी नेपालीले कदापि भुल्न मिल्दैन ।

२. विश्वयुद्धपछि पेन्सन वा राहतको त कुरै छाडाँ, आलो घाउको उपचारसमेत नगरी हजाराँ गोर्खालीलाई खाली खुट्टा नेपाल फर्काइयो । बेलायती माटो र राजमुकुटका लागि लड्दा घाइते तथा अपांग शरीर, तिनका निर्दोष परिवारका लागि बोझ हुन पुग्यो ।

३. बेलायती संस्कार र जीवनशैलीमा जिउन अभ्यस्त भइसकेका हामी आपनै गाउँमा फर्किंदा सयौँ कागको माझमा एउटा सेतो बकुल्ला बस्न गएजस्तो भयौँ । आप\mनोे सामाजिक संस्कार र रीति-रिवाजमा घुलमिल हुन नसकेर बसाइँ सर्दैै सहर पस्यौँ । फलतः हामी भूगोल, भाषा, संस्कृति र सभ्यताविहीन बेवारिसे नागरिकजस्तो बन्न पुग्यौँ ।

४. हाम्रा कलिला नानी भाषा र संस्कारविहीन बनाइए । एकातिर नेपाली समाजले हाम्रा सन्ततीलाई 'बेलायती लाहुरेको सन्तान' भनेर अपहेलित गर्‍यो, अर्कोतिर बेलायतीले 'गोर्खे' भनेर अपमान गरे । अहिले गोर्खाली र तिनका सन्तान दिशाविहीन अवस्थामा पुगेका छन् । अपसंस्कार र अपसंस्कृतिको सिकार बनेर उनीहरूको भविष्य अन्धकारतिर उन्मुख छ । विश्वमा बहादुर कहलिएका यी बहादुरका सन्तती न नेपाली भए न त बेलायती नै ! उनीहरूले नेपालमा 'लाहुरेको छोराछोरी' भनेर जागिर पाउँदैन र बेलायती शासकले 'गोर्खेका छोराछोरी' र योग्यता नपुगेको भनी जागिर दिँदैन । कुनै जागिर नभएपछि यी युवायुवती स्वाभाविक रूपले विकृतिको भासमा फस्दै गइरहेका छन् ।

५. बेलायती संस्कार र जीवनशैलीमा बाँच्न अभ्यस्त भइसकेका गोर्खालीलाई नेपाल फर्केपछि केहीलाई मात्र अति न्यून पेन्सन दिइयो । यसले बिहान-बेलुकाको हातमुख जोर्नसमेत धौधौ भएपछि बाध्य भएर लाहुरेहरू 'सेकेन्ड करियर' को खोजीमा विश्वमा भांैतारिन पुगे । तर, युद्धमा बहादुर कहलिएका गोर्खालीले जहाँ गए पनि चौकीदारभन्दा माथिको जागिर पाउँदैनन् । र, मर्दासमेत 'मृत्यु संस्कार'का लागि चन्दा उठाउनुपर्ने अवस्था भयो । (स्मरण रहोस् : भिसी लक्षिमान गुरुङ बेलायतमै मर्दा उनको मृत्यु संस्कारका लागि चन्दा उठाउनुपरेको थियो)

६. बेलायती शासकको नजरमा 'बहादुर' बन्ने होडबाजीमा आप\mनो र जन्मभूमिको सर्वश्व गुमाउनुबाहेक हामीले पाएको एक मात्र विशेष उपहार हो ः -विश्वको नजरमा) गोर्खे भनेका 'रक्तपिपासु र ज्यानमारा' हुन् भन्ने परिचय । विश्वसामु नेपालीको यस्तो अपमानपूर्ण परिचय र पहिचान बनाइयो । दुई सय वर्षसम्म बेलायती साम्राज्यको बफादारीपूर्ण सेवा गरेबापत हामीले प्राप्त गरेको उपलब्धि यही नै हो भन्दा अत्युक्ति नहोला ।

गेसो आन्दोलनका दौरान बेलायत सरकारले गेसो र विशेषगरी गेसोका सभापति पदमबहादुर गुरुङको नामै किटेर करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको सुनियोजित प्रचार गरायो । दुवै देशका शासकले आतंककारी घोषणा गर्नसमेत पछि परेनन् । बेलायतबाट प्रकाशित 'सागा' म्यागेजिनमा ३८ लाख पाउन्ड उठाएर नेपालको कम्युनिस्ट आन्दोलनमा लगानी गरेको छ र गेसोका नेतृत्व आइआरए-रिपब्लिकन आर्मी) जस्तै आतंककारी हो, भन्ने समाचार छाप्न लगाइयो । जनरल काउनले गेसोलाई समाप्त पार्न योजना बनाएर तत्कालीन राजा वीरेन्द्रलाई पेससमेत गरे । जब यसरी दुवै देशका शासकले गेसोलाई घेराबन्दी गरेपछि गेसोले पनि उसका नियतबारे अध्ययन गर्दा अनेकौँ रहस्य खुल्दै गए । ती रहस्य यसप्रकार छन् :

१. गोर्खालीको दुई सय वर्षसम्मको सैनिक सेवालाई बेलायत सरकारले बेलायती सैनिक सेवाको मान्यता नदिएको रहस्य खुल्यो ।

२. गोर्खालीलाई प्रदान गरिने आठ फिगरको आर्मी नम्बर बेलायती सैनिकको आर्मी नम्बरसँग मेल खाँदैन ।

३. गोर्खालीलाई बेलायती सेनामा भर्ती गर्दा बेलायती संसद्ले पास गरेको आर्मी नियम, कानुनअनुसार भर्ती नगरी बि्रगेड अफ गोर्खाजका अफिसरहरूको तजबिजले बनाएको नियमानुसार भर्ती गरेको रहस्य पत्ता लाग्यो । अफिसरहरूको तजबिजले बनाएको नियमानुसार भर्ती गरिएको हुनाले गोर्खालीले सामान्य गल्ती गर्दा पनि अफिसरहरूको सनकको भरमा सरकारलाई थाहै नदिई सेवाबाट बर्खास्त गरेर नेपाल पठाइन्छ । उदाहरण ः (अमेरिकाको हवाई द्वीपमा भएको विवादमा एक सय ११ जनाको एक गोर्खा कम्पनी नै खारेज गरेर फिर्ता पठाइए)

४. गोरा अफिसरले बनाएको तजबिजले नियमानुसार भर्ती गरिएकाले नै गोर्खालीलाई समान सुविधा र पेन्सन नदिएको भन्ने रहस्य खुल्यो ।

उपर्युक्त रहस्यबाट प्रश्न उठ्छ, 'हाकिमको तजबिजले बनाएको नियमअन्तर्गत भर्ती गरेर युद्धमा लैजान पाइन्छ कि पाइँदैन ?' हाकिमको तजबिजले बनाएको नियमानुसार सेनामा भर्ती गरेर युद्धमा लगिन्छ भने त्यो घोर अपराध र गैरकानुनी हुन्छ । यदि, यो अपराध र गैरकानुनी ठहरियो भने, यसको जवाफदेही सम्बन्धित सरकार हुनुपर्छ कि पर्दैन ? गेसोको मूल सवाल भनेको यही हो । हाम्रा पुर्खालाई युद्धमा किन मानवढाल

बनाइयो ? सम्बन्धित पक्ष अन्तर्राष्ट्रिय अदालतको कठघरा र फासीको तखतामा उभिनुपर्छ कि पर्दैन ? गेसो यसको जवाफ सम्बन्धित सरकारसँग माग्छ । यी र यस्ता रहस्य खुल्नेरहेछ र पो ! गेसो र उसका नेतृत्वमाथि दुवै देशका शासक यसरी खनिएका रहेछन् । गेसोलाई समाप्त पार्न केही भूपू सैनिकलाई संगठन खोल्न लगाएर गेसोविरुद्ध प्रयोग गरिएको रहेछ भन्ने स्पष्ट हुन्छ । आफूलाई मानवअधिकार र प्रजातन्त्रको ठेकेदार दाबी गर्ने बेलायती शासकले दुई सय वर्षदेखि आप\mनै माटो र राजमुकुटका लागि रगत र पसिना बगाउँदै आएका आफ्ना राष्ट्रसेवकलाई यस्तो व्यवहार गर्नु बेलायती शासकको कस्तो नैतिकता र नीति हो ?

२१ वर्षसम्म गेसोले अनवरत रूपमा न्यायिक संघर्ष गर्‍यो । गेसोले दुवै देशका न्यायप्रेमी जनताका साथै सञ्चारमाध्यमबाट सहयोग र समर्थन पायो । परिणामत : बेलायती उच्च अदालतले बेलायत सरकारले गोरखासम्बन्धी बनाएको नीति 'अन्लफुल, इलिगल एन्ड इरासनल' छ र समानताको सिद्धान्तका आधारमा नीति बनाई समानता देऊ' भन्ने आदेश जारी गर्‍यो । बेलायती संसद्मा समेत गोर्खालीलाई समानता दिने कि नदिने भन्ने सम्बन्धमा चार घन्टासम्म बहस चल्यो । सदनमा मतदान हँुदा गोर्खालीको पक्षमा २१ मत बढी पर्‍यो । र, बेलायत सरकार समानताका नीति ल्याउन बाध्य भयो । गोर्खाली र तिनका परिवार बेलायत जान थाले । उनीहरूले सुविधा पनि पाउन थाले । तर, गोर्खालीलाई दिइएको सुविधा सैनिक सेवाको नभई शरणार्थीलाई दिइने सुविधा थियो भन्ने रहस्य खुलेको छ । जब कि हामी शरणार्थी होइनाँै, हामी त दुई सय वर्षअघिदेखि बेलायतका लागि लड्दै आएका बेलायती राष्ट्रसेवक हौँ । आपना लागि लड्दै आएका राष्ट्रसेवकलाई शरणार्थीको दर्जामा राख्नु बेलायती शासकको कस्तो मानवअधिकार हो ? यहाँनिर प्रश्न के उठ्छ भने, 'अन्य देशका लाखाँै नागरिकले बेलायतमा आएर बसोवास गरे सबै सुविधा पाउने, तर गोर्खालीले त्यो सुविधा पाउन २१ वर्षसम्म यति ठूलो कठोर संघर्ष गर्नुपर्ने कारण के ?'

उल्लिखित तथ्यबाट प्रमाणित हुन्छ कि, नेपाली र नेपालको बर्बादीको मुख्य कारण बेलायती साम्राज्य र तत्कालीन नेपालका शासक नै हुन् । यो तथ्यलाई, हामी नेपाली कसैले पनि कदापि भुल्नुहँुदैन । बेलायतको समृद्धि गोर्खाहरूको रगतले लत्पतिएको छ । बेलायती सरकारका भव्यताका प्रत्येक पर्खालमा गोर्खालीको रगत र पसिना पोतिएको सत्यतालाई बेलायती शासकले कदापि भुल्न मिल्दैन । बेलायतको प्रत्येक भव्यतामा बेलायती शासकको जति हक र अधिकार गोर्खाको पनि छ । तर, आज बेलायतमा जाने गोर्खालाई शरणार्थीको दर्जा दिइएको छ ।

बेलायती शासकले गोर्खा-गोर्खाबीच विभाजन गरेर गेसो आन्दोलनलाई शिथिल पार्न १९९७ अघि र पछि भन्ने षड्यन्त्रपूर्ण नीति ल्यायो । १९९७ अघिकालाई केही नदिने, १९९७ पछि अवकाश पाएका वा भर्ती भएकालाई सबै प्रकारका सुविधाका साथै बेलायती नागरिकता दिने एकतर्फी घोषणा गर्‍यो । यसले गर्दा अब भर्ती भएर जाने कुनै पनि गोर्खाली नेपाल फर्केर आउने छैनन् । र, उनीहरूको एक पैसा रेमिट्यान्स पनि आउने छैन । एकतर्फी रूपमा यस्तो आपत्तिजनक निर्णय गरिँदासमेत नेपाल सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

पहिलो र दोस्रो विश्वयुद्धमा असाधारण वीरता प्रदर्शन गरेका १३ जना गोर्खालीले भिसी पाएका थिए । ती सबै पदक विभिन्न बहानामा चतुर गोराहरूले भिसीको घर-घरमा गएर ललाइ-फकाई अमूल्य तक्मा सित्तैमा लगेका छन् । यसले पनि प्रमाणित हुन्छ कि चतुर गोराहरूले गोर्खाहरूको उर्वर जवानी त लुट्यो नै ! जीवनको उत्तरार्द्धमा समेत पीडा र अपमान दिन छाडेनन् ।

गोरखा स्मारक किन ?

अब बेलायत सरकारसँग समानता मात्रै होइन, हाम्रा पुर्खालाई युद्धमा किन मानवढाल बनाइयो ? कुन-कुन देशमा लगेर, कति मारिए ? कति हराए, कति घाइते भए ? यसरी मारिएका वा घाइतेलाई क्षतिपूर्ति दिइयो कि दिइएन, यदि दिइएन भने किन दिइएन ? गोर्खालीलाई संस्कार र भाषाविहीन किन बनाइयो ? विश्वमा जिम्मेवार हुँ भनेर आफूलाई दाबी गर्ने बेलायतले दुई सय वर्षसम्मको गोर्खालीको सैनिक सेवालाई किन मान्यता दिएन ? यिनै सवाललाई नेपाली जनतालगायत विश्वसामु छर्लंग पार्ने र दुई सय वर्षदेखि गोर्खालीले बगाउँदै आएको रगत र पसिना मूल्यको खोजी गर्ने उद्देश्यका साथ गेसोले दोस्रो चरणको आन्दोलनका रूपमा स्याङ्जाको फेदीखोला-८ स्थित साल्मेडाँडामा रहेको तीन सय रोपनी क्षेत्रफल जग्गामा गोरखा स्मारक बनाउन लागेको हो । यो स्मारक विश्वको महत्त्वपूर्ण र आकर्षक नमुना स्मारक बन्नेछ । हामी यसलाई एसियाको 'इपर' घोषणा गर्नेछौँ । यो विश्वको आकर्षणको केन्द्र बन्नेछ र यहाँ हरेक वर्ष विश्वभरका हजारौँ पर्यटक आउनेछन् । यसले नेपाललाई ठूलो आर्थिक लाभ र सयाँै युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर पनि मिल्नेछ । यो स्मारकको डिजाइन वरिष्ठ वास्तुकलाविद् इन्जिनियर शंकरनाथ रिमालले गरिरहनुभएको छ । अब केही दिनमै यो डिजाइन सार्वजनिक हुनेछ ।

स्मारकको पहिलो खण्डमा दुईवटा विश्वयुद्ध र अनेकौँ क्षेत्रीय युद्धमा बेलायती पक्षबाट लड्दा ज्यान गुमाएकाहरूको सम्मानमा समाधि, करिब एक सय ४० फिट अग्लो अत्याधुनिक टावर, म्युजियम र प्राज्ञिक अध्ययन स्रोतकेन्द्रलगायत आकर्षक शान्तिबाटिका निर्माण गरिनेछ । दुई सयजनाको क्षमता रहने यस अत्याधुनिक टावरमा अत्याधुनिक रेस्टुराँ पनि रहनेछ । टावरबाट पोखराका सबै पर्यटकीय स्थलको मनोरम दृश्यका साथै अन्नपूर्ण, धौलागिरि, गणेश हिमाललगायत दर्जनौँ हिमशिखर नजिकैबाट अवलोकन गर्न सकिनेछ । दोस्रो खण्डमा एकै ठाउँमा नेपालका ११ जातजातिका संस्कृतिको विशिष्ट पहिचान दिने सांस्कृतिक घर निर्माण गरिनेछन् ।

गोर्खालीहरू विश्वमा जहाँ-जहाँ मारिएका थिए, ती देशबाट अस्तुको रूपमा एक मुठी माटो ल्याउनेछाँै । स्मारकको पिँधमा त्यो माटो राखेर आ-आफ्नो संस्कारअनुसार जातीय पुरोहितहरूद्वारा पितृको चिरआत्मको शान्तिका लागि पूजा गर्न लगाउँछौँ । उनीहरूको सम्मान र सम्झनाका लागि यस स्मारकमा पल्टनियाँ काइदाले प्रत्येक बिहान-बेलुका बिगुल र पाइप बजाइनेछ ।

गोरखा म्युजियम किन ?

यो म्युजियम-संग्रहालय)संसारका म्युजियमभन्दा फरक विषयवस्तुको हुनेछ । यसमा अन्य म्युजियममा जस्तो गोर्खाहरूको गौरवशाली वीरगाथाको परिचय र गुणगान हुनेछैन, बरु गोर्खालीलाई बेलायती सेनामा भर्ना सुुरु गर्दा नेपालीहरूको आर्थिक, समाजिक, राजनीतिक, सांस्कृतिक अवस्था कस्तो थियो ? भर्तीप्रथाले हामी र हाम्रो राष्ट्रको कसरी बर्बादी भयो, अहिलेसम्म पनि बेलायती शासकले रोजगारी दिने नाममा कसरी मानव व्यापार गरिरहेको छ ? र, गोर्खामाथि गरिएको शोषण र विभेदका तथ्यहरूको स-प्रमाण अभिलेख राखिनेछ । गेसो आन्दोलनको दौरान गेसोलाई समाप्त पार्न गरिएका अनेकौँ षड्यन्त्रका अभिलेख राखिनेछ ।

गेसोेलाई प्राप्त जानकारीअनुसार युद्धमा गुरुङ, मगर, राई, लिम्बू, तमाङ, शेर्पा, थकाली, नेवार क्षेत्री, बाहुन र दलित जातिका मारिएका थिए । यिनै जातिको संस्कार र संस्कृतिअनुसार परम्परागत सांस्कृतिक घर बनाउँनेछौँ । घर निर्माण भएपछि आपनो जातिको संस्कृतिअनुसार काजक्रिया गरी रोइरहेका पितृको आत्मालाई स्वर्ग तार्नेछौँ । यो कार्यमा विश्वका सञ्चारमाध्यमलाई निमन्त्रणा गरिनेछ । करोडौँको लगानीमा निर्माण हुने यो गोरखा स्मारक विश्वको एउटा अनौठो सम्पदा र नमुना तीर्थस्थल हुनेछ । यो स्मारकले नेपाल र विश्वभर छरिएर रहेका हामी नेपालीको स्वाभिमानको यथार्थबारे विश्वसामु बताउँनेछ । नेपालको अहिलेको गिर्दो अवस्था र दुर्गति हुनुमा बेलायती साम्राज्य र तत्कालीन नेपालका शासक नै जिम्मेवार छ भन्ने छर्लंग पारिनेछ ।

आपनै भूमिमा, आपनै राष्ट्रको सामाजिक, आर्थिक र भौतिक समृद्धिका लागि अहोरात्र जुट्नुपर्ने यस घडीमा तपाईं, हामी रोजगारी र आर्थिक अवसरको खोजीमा दुनियाँका विभिन्न मुलुकमा भौंतारिएका छौँ । तिनै मुलुकको समृद्धिका लागि आफ्नो प्रतिभा र ऊर्जा लगानी गरिरहेका छौँ । यता, हाम्रो मुलुक संसारका अति गरिब मुलुकको सूचीबाट माथि उठ्न सकेको छैन । यसका पछाडि तत्कालीन नेपालका शासक र बेलायती साम्राज्यको गलत नीति नै जिम्मेवार छ भन्ने गेसोको निष्कर्ष हो । जतिवेला बेलायतले नेपालीहरूलाई भर्ती गर्न थालेको थियो । त्यसवेला नेपाल र नेपाली गरिब थिएन, बरु अहिले विश्वका समृद्ध मुलुककै हाराहारीमा थियो । हामीले बचाइदिएका ती मुलुक दोस्रो विश्वयुद्धलगत्तै सम्पन्न भएर नेपालीलाई रोजगारी दिने स्थानमा पुगे, नेपाल तिनका लागि कामदार उत्पादन गर्ने कारखाना मात्र बन्न पुग्यो । यसै कारण हामी स्वाभिमानी नेपाली विश्वका विभिन्न मुलुक पुगेर उनीहरूकै सेवा गर्न बाध्य भयाँै । तत्कालीन शासकहरूले हाम्रो स्वाभिमान गुमाइदिए । हाम्रो राजनीतिक र आर्थिक दिशा भताभुंग बनाइदिए ।

गोरखा स्मारक त्यही परम् उद्देश्यसाथ बनाउन लागेका हौँ, जसबाट नेपालीको स्वाभिमान उठोस् । हाम्रो गर्वका रूपमा बनाउन लागिएको गोरखा स्मारक निर्माणमा आर्थिक तथा मानसिक सहयोग पुर्‍याउन सकेको खण्डमा त्यो उद्देश्य पूरा गर्न सकिनेछ । तपाईंहरूको विवेकपूर्ण समर्थन र लगानीले हाम्रो राष्ट्रिय स्वाभिमानले शिर ठाडो पार्न मद्दत पुग्नेछ । यस स्मारकले नेपालको पर्यटन क्षेत्रमा समेत नौलोद्वार खुल्नेछ । त्यस क्षेत्रमा लगानी गर्न इच्छुकहरूलाई लगानी गर्नेका लागि प्रशस्त मार्गसमेत खुल्नेछन् ।

(गोरखा भूतपूर्व संघ(गेसो)का सभापति पदबहादुर गुरुङ्गले काठमाडौंमा सम्पन्न पाँचौ गैरआवासी नेपाली विश्वसम्मेलनमा प्रस्तुत कार्यपत्र)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर