A+ A A-

आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर भूलका निम्ति क्षमा माग्न चाहन्छु

जातीय विकास, संस्कारहरूको विकासमा मगर जाति पछि, ब्राह्मण अगाडि छ । किनकि यो ऐतिहासिक तथ्य हो, त्यहाँ अन्तरविरोध छ । ती संस्कारबाट हामी आएका छौँ । इतिहासको यो कठघरामा उभिएर म आफ्ना कमजोरी र भूलप्रति क्षमायाचना गर्दै छु । सायद मेरो केही 'बालहठ' भयो, मेरो नियतमा त्यस्तो थिएन । त्यसले आप\mनो आत्मीयको चित्त दुखायो र म आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर ती सबै भूलका निम्ति यो उचाइबाट क्षमा माग्न चाहन्छु ।  हाम्रो सम्बन्धलाई हेर्दा अर्को भूल मैले आफ्नै कमान्डरलाई जित्न खोजेर गरेँ । सिपाहीले कमान्डरको आदेश मान्दैन वा आदेशप्रति उदासीन हुन्छ भने त्यो सिपाहीले कमान्डाई जित्न खोजेको हुन पुग्छ वस्तुगत रूपमा । मैले कमान्डरलाई जित्न खोजेँ, नियतले होस् या अज्ञानताले । त्यहीँबाट समस्या पैदा भए ।

रामबहादुर थापा बादल

 

अहिले ठोस र मूर्तरूपमा जनता र हाम्रा कार्यकर्ता तथा सहयोद्धाको दिमागलाई खराब गरेको, उथलपुथल गरेको, शंका/जिज्ञासा/अविश्वास/आक्रोश वा खुसी पनि भनौँ त्यस्तो पैदा गरेको सवाल हो- अध्यक्ष कमरेडसँग मेरो सम्बन्ध के हो ? हेडक्वाटरप्रति मेरो सम्बन्ध के हो ? र, कमरेड प्रचण्डप्रति मेरो धारणा के हो ?

मैले अध्यक्ष र मेरो सम्बन्धलाई दुई भागमा बाँडेको छु । सम्बन्धलाई वस्तुगत ऐतिहासिक विकासमा हेर्नुपर्‍यो । वस्तुगत जगत् र इतिहासबाट पृथक् गरेर हेर्नु आदर्शवादी मूल्यांकन हुन्छ । तसर्थ हाम्रा सम्बन्धका दुइटा पाटा छन्- एउटा हो औपचारिक सम्बन्ध, कमान्डर र सिपाहीको सम्बन्ध । अध्यक्ष र केन्द्रीय सदस्यबीचको सम्बन्ध । प्रस्ट देखिने सम्बन्ध यो हो । यो सम्बन्धको समीक्षा गर्ने उचाइमा सम्बन्ध कस्तो रह्यो ? इतिहासले यो सम्बन्धमा कस्तो मूल्यांकन गर्छ ? यो प्रश्न नयाँ प्रश्न होइन । यो पुरानै प्रश्न हो तर नयाँ सन्दर्भमा, नयाँ पहलमा र आवश्यकतामा उठेको त्यसकारणले यो नयाँ छ ।

पार्टी सम्बन्धभन्दा बाहिर हाम्रो अर्को सम्बन्ध छ । त्यो कमरेडली सम्बन्ध । संगठनात्मक सम्बन्ध त दुनियाँलाई जगजाहेर छ । म केन्द्रीय सदस्य छु, उहाँ अध्यक्ष । तर, इतिहास केलाएर हेर्दा उहाँ र मबीच कम्युनिस्ट कमरेडको सम्बन्ध छ, आत्मीय सम्बन्ध । एकातिरबाट हेर्दा हामी तल र माथि छौँ, अर्कोतिरबाट हेर्दाखेरि एउटै ठाउँमा । त्यसकारण हामीले यो सम्बन्धको द्वन्द्वात्मकतालाई पयुजन गर्नुपर्ने हो, त्यसमा कमीकमजोरीहरू रहे । यतातिरबाट हेर्दा उता छुट्ने, उतातिरबाट हेर्दा यता छुट्ने । हाम्रो आत्मीय कमरेडली सम्बन्ध हेर्दा मान्छेहरू इष्र्यालु भए । हाम्रो आत्मीय सम्बन्ध देखेर धेरैले इष्र्या गरे । कतिसम्म भने हाम्रै श्रीमतीहरू पनि इष्र्यालु भए । धेरै सफलतामा हामीले हर्ष मनायौँ, विफलतामा रातभर रोयौँ । जनयुद्ध, नयाँ पार्टी, नयाँ सेना, नयाँ मोर्चा कसरी बनाउने भनेर हामीले सिरानचोकमा तालिम गर्‍यौँ, मनाङ पनि पुग्यौँ, सिस्ने-जलजलाका भीरमा पनि गोरेटो कोर्ने कोसिस गर्‍यौँ । भीमसेननगरदेखि रामपुर, कणर्ालीको किनारदेखि रुकुम-रोल्पासम्म हाम्रो सम्बन्ध चलिरह्यो । चितवनको अध्ययन मण्डलबाट सुरु भएर हामी यहाँसम्म आइपुगेका छौँ ।

तर, बीचमा हाम्रो यात्रामा धेरै उबडखाबड पनि आए । यो इतिहासको क्रममा हामीले दुइटा रिलेसन हेर्छौं । यसबीचमा सम्बन्धमा अन्तर्विरोध पनि देखिएका छन् । तिनै दुइटा फ्युजन पनि भएका छन्, फ्युजनले चिजलाई माथि लगेको छ भने डिफ्युजनले समस्या ल्याएको छ । व्यक्तिगत सम्बन्धमा मात्रै होइन, कस्तो कम्युनिस्ट पार्टी बनाउने भन्ने कुरामा पनि हामी लाग्यौँ । माक्र्स र एंगेल्सजस्तो सम्बन्ध -मैले आफैंलाई एंगेल्स भन्न खोजेको होइन) बनाएर पार्टी बनाउने योजना बनाएका छौँ । अहिले २१औँ शताब्दीको पार्टी बनाउने कुरा छ । माक्र्स-एंगेल्सको पालाको १९औँ शताब्दीको कुरा हो । लेनिन-स्टालिनको सम्बन्ध २०औँ शताब्दीको होला । माओको युग पनि त्यही हो । तर, अहिलेको युगमा हामीले केवल प्रचण्ड र बादलको मात्रै होइन, लालध्वज -बाबुराम भट्टराई) को सम्बन्धको अन्तरसम्बन्धलाई कसरी हेर्ने त ? यसलाई कुन-कुन कोणबाट हेर्न जरुरी छ ? औपचारिक अर्थमा मात्र हेर्ने कि अनौपचारिक रूपमा पनि हेर्ने ? कम्युनिस्ट विचारका आधारमा कमरेडली पनि हेर्ने कि संगठनका आधारमा मात्र हेर्ने ? यी अन्तरसम्बन्धलाई नयाँ उचाइमा उठाउन सर्वहाराबीचको सम्बन्धलाई २१औँ शताब्दीमा कसरी परिभाषित गर्न जरुरी छ ? कसरी विकास गर्न जरुरी छ ? खास सवाल यो हो भन्ने मलाई लाग्छ । छोटोमा भन्दा मैले सम्बन्धमा औपचारिक मात्रै भूमिका खेल्नुपर्ने हो कि अनौपचारिक मात्रै ? कुन अर्थमा मैले त्यहाँ के त्रुटि गरँे ? के कमजोरी गरेँ ? म त्यो कमजोरी, त्यो गल्तीप्रति आत्मसमीक्षा र ऐतिहासिक आत्मआलोचना गर्न आज यो कठघरामा उभिएको छु । इतिहासको अगाडि मैले त्यो बयान दिँदै छु ।

मलाई लाग्छ, एउटा कमान्डरले आप\mनो सिपाहीबाट के अपेक्षा गर्छ । एउट प्रश्न हुन्छ, एउटा कमान्डरले त्यसको फर्मेसनबाट त्यसले के अपेक्षा गर्छ ? भन्दा के फर्मेसनले कमान्डरको आदेशलाई निसर्त पालना गरोस् । त्यो मर्न नहिच्किचाओस् आदेश दिएपछि भन्ने अपेक्षा गर्छ । सारमा यही हो । एउटा कमरेडले, एउटा आत्मीयले, मित्रले अपेक्षा गर्ने चिज के हो । त्यसले दुःखमा साथ देओस् । अप्ठ्यारोमा हलो नअड्काओस् । बरु त्यो अप्ठ्यारो फुकाउनका निम्ति साथ देओस् भन्ने चाहन्छ । मलाई लाग्छ, मेरो कमजोरी भनेको त्यहीँ कतै छ । मैले अहिले यहाँ उभिएरभन्दा एउटा आत्मीयले गर्ने अपेक्षा सायद मैले पूरा गर्न सकिनँ । मैले आधारभूत कुरै गर्न नसकेको होइन, त्यस्तो भएको भए सायद हामी यहाँ उभिएका हुने थिएनौँ । इतिहासका खास मोडहरूमा एउटा मित्रका जो अपेक्षा थिए, मैले एउटा कमरेडको त्यो भावना बुभ\mन सकिनँ सायद । त्यसको प्रतिक्रिया के हुन्छ ? आशंका हुन्छ, पीडा हुन्छ, त्यो आँसुमा व्यक्त हुन्छ । सायद मैले एउटा आत्मीयको आँसु बगाएँ । इतिहासको यो कठघरामा उभिएर म आफ्ना कमजोरी र भूलप्रति क्षमायाचना गर्दै छु । सायद मेरो केही 'बालहठ' भयो, मेरो नियतमा त्यस्तो थिएन । त्यसले आप\mनो आत्मीयको चित्त दुखायो र म आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर ती सबै भूलका निम्ति यो उचाइबाट क्षमा माग्न चाहन्छु ।

हाम्रो सम्बन्धलाई हेर्दा अर्को भूल मैले आफ्नै कमान्डरलाई जित्न खोजेर गरेँ । सिपाहीले कमान्डरको आदेश मान्दैन वा आदेशप्रति उदासीन हुन्छ भने त्यो सिपाहीले कमान्डाई जित्न खोजेको हुन पुग्छ वस्तुगत रूपमा । मैले कमान्डरलाई जित्न खोजेँ, नियतले होस् या अज्ञानताले । त्यहीँबाट समस्या पैदा भए । त्यसले पनि आँसुहरू बगायो । मैले कमान्डरका अगाडि हार्नुपथ्र्यो, निसर्त आदेश पालना गर्नुपथ्र्यो । सायद मैले गरिनँ कतैकतै । त्यसकारण मैले जित्न खोजेँ कमान्डरलाई र म हारेँ । म त्यो हार स्वीकार गर्छु । म मेरो कमान्डरलाई जित्न चाहन्छु तर जितेर होइन, हारेर । आप\mनो कमान्डरअगाडि म आज आप\mनो हार स्वीकार गर्छु । आफ्नो कमान्डरको जितमा म उहाँलाई मुठ्ठी उठाएर सलाम गर्छु । कमरेडहरू, सायद म अलि भावनाको उत्कर्षमा आएँ । तर, मलाई लाग्छ मैले सही गरिराखेको छु ।

कमरेडहरू, मेरो यति मात्रै कमजोरी छैन । म अझ बढी कमजोरीहरू स्वीकार गर्न चाहन्छु । हामीले यो पार्टी निर्माण गर्ने क्रममा, क्रान्तिको सुरुवात गर्ने क्रममा एक-अर्कालाई वाचा दिएका थियौँ कि दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो यो आत्मीय सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिने छौँ तर हामी झुक्ने छैनौँ, टुट्ने छैनौँ । हामीले वाचा गरेका थियौँ । पटकपटक त्यो वाचा हामीले स्मरण पनि गरेका हौँ । तर, कमरेडहरू हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्‍यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी र हाम्रो सम्बन्ध धमिरा लागेको सम्बन्धजस्तो भयो । त्यो पूरा भत्किएको, ध्वस्त भएको त छैन तर धमिरा पस्यो त्यो दरारबाट । मलाई लाग्छ, सायद त्यसमा मेरो मुख्य कमजोरी रह्यो । मैले कमरेड प्रचण्डलाई भन्ने गर्थें- म उचाइ वा शिखर होइन, म शिखर हुन चाहन्न र मेरो त्यो विशेषता पनि होइन । म त आधार हो कमरेड, म एउटा जग हो । उचाइलाई कायम राख्न म जग मजबुत हुनुपर्छ । जग मजबुत भएन भने उचाइ रहँदैन, त्यो गल्र्यामगुर्लुम टि्वनटावर जसरी ढल्छ, उचाइ धेरै भयो भने जग पनि भासिन्छ भन्ने हामी मूल्यांकन गथ्र्यौं ।

इतिहासमा हाम्रो सम्बन्ध यस्तो थियो, अहिले पनि आधारभूत रूपमा यस्तै छ भन्छु । तर, एउटा चिज घुस्यो धमिरा बनेर, लिनप्याओ घुस्यो । हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइयो । साँच्चि यस्तै हो त ? के हाम्रो होक्जा र लिनप्याओकै सम्बन्ध हो ? इतिहासका तथ्यहरूले सावित गर्छन्- हामी होक्जा वा लिनप्याओ हो कि होइन ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले यसको जवाफ दिनुपर्छ इतिहासमा र म अहिले त्यही जवाफ दिन उभिएको छु । मैले आप\mनो आत्मीयता सिध्याउन उहाँसँग मितेरी गाँसेको होइन, अध्यक्षलाई सिध्याउन म कमरेडी आम्र्स बनेको होइन । कुनै पनि तथ्यले त्यो पुष्टि गर्दैन । तर, किन त्यस्तै भइरहेको छ त ? किन हामीबीचमा मिल्दैन त ? किन आशंकाहरू रहन्छन् ? यो प्रश्न त मेरो पनि छ इतिहासलाई । इतिहासले मलाई प्रश्न गर्छ भने वा जनताले मलाई प्रश्न गर्छन् भने मेरो पनि जनतालाई प्रश्न छ । म पनि त जनता हुँ, म नेता मात्रै होइन । म जनता र नेताको फ्युजन हुँ । म जनताको हैसियतले यहाँ उपस्थित नेताहरूलाई सोध्छु, के म लिनप्याओ हो ?

२१औँ शताब्दीका जनताले जवाफ दिनुपर्छ । कमरेड अध्यक्ष होक्जै हो त ? त्यो जवाफ पनि दिनुपर्छ । यो जवाफ नदिईकन हामी अगाडि बढ्न सक्दैनौँ । हाम्रो सम्बन्धको ऐतिहासिक समीक्षा गर्दा म सम्झन्छु- म एउटा मगर जातिबाट आएँ । कमरेडहरू, मगर परिवारमा जन्मन खोज्ने मेरो इच्छा त थिएन । मगर भन्ने एउटा जाति हो । जनताको एउटा हिस्सा हो र यो मगर जातिको परिवेशसहित, त्यसको संस्कारसहित म आएँ । अध्यक्ष प्रचण्ड, तपाईं ब्राह्मण परिवारमा जन्मेर आउनुभयो । ब्राह्मण परिवारमा जन्मिछु भनेर जन्मनुभएको त होइन । त्यो ऐतिहासिक परिवेश र संस्कारसहित तपाईं आउनुभयो र इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराइदियो । एउटा कम्युनिस्टका रूपमा हाम्रो त्यहाँ फ्युजन भयो तर आफ्ना सीमासहित, ती हाम्रा संस्कारसहित । हाम्रो चेतनाले त्यहाँ प\mयुजन गरायो । तर, हाम्रा अन्तरविरोध हाम्रा संस्कारमा छन् । हाम्रो माक्र्सवादमा हामीबीच अन्तरविरोध छैन तर संस्कारमा अन्तरविरोध छ ।

सायद म नेतृत्वको प्रश्नमा अराजकतावादी छु । ज्ञान, चेतनाको हिसाबले त माक्र्सवादले सत्ता, नेतृत्व चाहिन्छ, एउटा संक्रमणकालीन सत्ता हुनुपर्छ भन्छ । चेतनाका हिसाबले एकदम म सहमत छु, त्यही हो माक्र्सवाद । तर, मेरो संस्कारले त मलाई पछाडि तान्छ । सायद मेरो संस्कार र चेतनाबीच यहाँनेर अन्तरविरोध छ । मैले त्यसमा फड्को हान्न सकिनँ अथवा यो अन्तरविरोधमा समस्या पैदा भए । तपाईंको संस्कारको पृष्ठभूमि र माक्र्सवादबीच पनि अन्तरविरोध छ । त्यसले पनि तपाईंलाई पछि तान्न खोज्छ वा अगाडि बढाउन खोज्छ । सत्ताको महत्त्व बुभ\mने, नेतृत्वको महत्त्व बुभ\mने कुरामा तपाईं मभन्दा अगाडि हुनुहुन्छ, इतिहासले पुष्टि गरेको कुरा त्यही हो । तर, त्यसको महत्त्वलाई अति जोड दिँदा त्यो सर्वसत्तावादमा जान्छ, नोकरशाहीमा जान्छ र त्यो कम्युनिस्ट सम्बन्ध हुन सक्दैन । मेरो संस्कार मानौँ यहाँ साम्यवाद आइसक्यो, जम्मै यहाँ गौप्राणी भइसके, सबै हामी बराबर हौँ भन्ने खालको छ । यतातिरबाट हेर्दा त्यो एकदम उग्रजस्तो देखिन्छ । म अब एकैचोटि साम्यवादमा पुगेर त्यही बहस गर्न खोजेँ । तात्कालिक अवस्थाबाट हेर्दा म पछि परेँ त्यहाँ ।

जातीय विकास, संस्कारहरूको विकासमा मगर जाति पछि, ब्राह्मण अगाडि छ । किनकि यो ऐतिहासिक तथ्य हो, त्यहाँ अन्तरविरोध छ । ती संस्कारबाट हामी आएका छौँ । ती जातिहरू सर्वसत्तावादमा जाने वा विसर्जनवाद, अराजकतावादमा जाने खतरा । यो दुइटाको मिलन राज्यको अस्तित्वलाई स्वीकार नगर्ने । भोलिको समाजमा सत्ताको विलोपीकरणतिर हुन्छ । तर, अहिले नै अस्वीकार गर्दा त्यसले विसर्जनतिर लग्छ । त्यसलाई विलोपीकरणको दिशातिर नलाने, त्यसलाई आवश्यकताभन्दा बढी जोड दिने । औपचारिक सम्बन्धमा बढी जोड दिँदा कम्युनिस्ट सम्बन्ध टुट्छ । कम्युनिस्ट सम्बन्धमा त हामी साम्यवादी हौँ । जब हामी संगठनात्मक सम्बन्धमा आउँछौँ, हामी अहिलेको सत्ता वा धरातलमा उभिनुपर्छ । यसलाई मैले फ्युजन गर्न सकिनँ, मेरा कमजोरी त्यहाँ पैदा भए । मैले अस्ति पोलिटब्युरो बैठकमा पनि राखेँ । मैले लेखेर पनि दिएको छु शुद्धीकरणको वेलामा । नेतृत्वसम्बन्धी अवधारणामा वा त्यसको प्रयोगमा मेरा कमजोरी रहे र त्यताबाट सायद यी आशंका पैदा भए । जस्तो गोर्खा बैठकको बारबार कुरा आउँछ । गोरखा बैठकमा मैले नेतृत्वको विरोध किन गरेँ ? मैले मन्दताको कुरा गरँे, तीव्रताको गरिनँ । त्यो तीव्रता र नेतृत्वको प्रश्न छ त्यहाँ । पटकपटक लिनप्याओको कुरा आयो, त्यो गोरखा सिटिङबाट पुष्टि हुन्छ । अझ सिज -सिस्ने-जलजला) अभियानमा पनि त्यो आउँछ । यो सबै एउटा शृंखला बनेको छ । साँच्चै त्यस्तै हो कि यो कृत्रिम हो ? यो अवसरवादी शृंखला हो कि यो क्रान्तिकारी हो ? मभित्र के अन्तरविरोध छ ? त्यो शृंखला र मभित्रमा अन्तरविरोध छ । त्यो अन्तरविरोधले अन्त प्रभाव पारिरहेको छ । मैले यहाँ आत्मसमीक्षा गर्न र मभित्रका कमजोरीलाई उल्लेख गर्न खोजेको हो । मैले औपचारिक र अनौपचारिक तथा कम्युनिस्ट सम्बन्धलाई राम्रोसँग हाँक्न सकिनँ । किन यसले नेतृत्वको कुरा उठाउँछ ? होइन, मैले त मानिराखेकै छु, सहयोग गरिराखेकै छु । सायद यसमा उहाँले -प्रचण्ड) मलाई बुझाउन नसक्ने मैले उहाँलाई बुझाउन नसक्ने भयो । त्यसकारण मैले आत्मसमीक्षा गर्दा विनम्रतापूर्वक भन्नुपर्छ- नेतृत्वसम्बन्धी प्रश्नमा मैले कमरेड अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने क्रममा आप\mनोतर्फबाट जुन भूमिका खेल्नुपथ्र्यो मेरो सचेत वा अचेत या संस्कारगत तथा प्रवृत्तिगत कारणले धेरै ठेस पुगेको छ । अब म आफ्ना कमजोरीबाट डकुमेन्टको स्पि्रट, जनताको भावना र कार्यकर्ताको चाहनाबमोजिम नयाँ उचाइमा उठ्ने प्रयत्न गर्नेछु । म त्यो प्रतिबद्धतासहित यो ऐतिहासिक बैठकमा नयाँ संकल्प लिन चाहन्छु । कमरेड अध्यक्ष, कमरेड प्रचण्डलाई म यो विश्वास दिलाउन चाहन्छु । म कमरेड अध्यक्षको अपेक्षामा अधिकतम रूपमा खरो उत्रिन प्रयास गर्नेछु । कमान्डरको हरेक आदेशलाई निसर्त पालन गर्ने संकल्प लिन चाहन्छु ।

अन्तिममा, म सबै कमरेडलाई यो संकल्प अझै मजबुत बनाउन, यो प्रतिबद्धतालाई अझ बढी सिमेन्टेड बनाउन अरू कमरेडको पनि सहयोगको अपेक्षा गर्छु । म कमरेड अध्यक्षलाई २१औँ शताब्दीको विश्वक्रान्तिको, नेपाली क्रान्तिको र अहिले नेपाली क्रान्तिको प्रत्याक्रमणको महानायक वा कमान्डरलाई म सफलताको निम्ति शुभकामना दिन चाहन्छु र आप\mनो प्रतिबद्धता पुनः एकपटक रेड सल्युट टक्र्याएर व्यक्त गर्न चाहन्छु ।

नयाँ पत्रिकाबाट

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर