A+ A A-

एकजातीय सत्ता बचाउन बाहुनवादी बौद्धिकहरु टुप्पी कसेर लागेकाछन् !

द्वन्द्वबाट नै समाज रूपान्तर हुने गर्दछ । यो द्वन्द्ववादको वैज्ञानिक नियम हो । तर, नेपालको वर्तमान द्वन्द्व वैज्ञानिक द्वन्द्ववादमाभन्दा पनि साम्प्रदायिक द्वन्द्वतिर बाहुनवादी बौद्धिक जमातले जबरजस्ती धकेलिरहेका छन् । जातीय मुक्तिको प्रस्तावनामा  किन बाहुनवादी बौद्धिक जमात साम्प्रदायिक र सङ्कीर्ण मनोविज्ञानको ढाटमा अल्झिएका हुन्, यो बुझ्न बाहुनवाद र बाहुनवादी मनोविज्ञान र संस्कृतिलाई बुझ्न जरुरी छ ।

-सूर्य माखिम

यो किनभने, बाहुनवादी मनोविज्ञान र संस्कृति नै त्यो कारण हो जसले सारा बौद्धिकहरू समग्र मुलुक रूपान्तरणका लागि सुझावका नाममा ध्वङ्सात्मक भ्रमहरु उत्पन्न गरिरहेका छन् ।स्तम्भकार चङ्की श्रेष्ठ ‘अभय’ले मूल्याङ्कनको पूर्णाङ्क १७९ मा बाहुनवादबारे लेखेका छन्- ”ब्राह्मण  भएर जन्म, पुरोहित्याइ गर, दुनियाँलाई अर्ती देऊ, नर्कको डर देखाऊ र परिश्रम बिना नियमित आय आर्जन गर । क्षेत्री भएर जन्म, युद्ध गर, राजकाज गर, अर्जुनले जस्तो वीरता देखाऊ, सुपुत्र कर्ण र सुद्र एकलब्यको कौशलतालाई मान्यता नदेऊ, युधिष्ठिरले जस्तो अर्ध सत्य बोल र गुरु द्रोणको शीर कटाएर युद्ध जित । वैश्य भएर जन्म, व्यापार व्यवसाय गर, धन कमाऊ । प्रज्ञा, प्रतिष्ठा, युद्ध र वीरतामा ध्यान नदेऊ । सुद्र भएर जन्म, ती तीनै वर्गको सेवा गर, सेवाभन्दा बढी सोच्यौ भने तिमीलाई मृत्युदण्ड हुनेछ ।” यी बाहुनवादी सभ्यताको चुरो कुराहरू हुन् ।
अहिले पनि बाहुन बौद्धिक जमातहरू बाहुनवादी मानसिकताभन्दा सारमा बाहिर आउन सकेका छैनन् । हिन्दू समाज सारमा कानुनले होइन धर्मशास्त्रले चलेको हुन्छ । यसै कारण, नेपालमा बाहुन र क्षेत्रीको अघोषित सर्वोच्चता छ । जुनसुकै ‘वाद’ वा ‘परिवर्तन’को नाम दिए पनि बाहुनवादीहरू पुरानै वा केही सुधारिएको ‘नव९बाहुनवादी’ संरचनाको निरन्तरता चाहन्छन् । विगतमा झैँ ती वर्गको एकछत्र हालीमुहालीलाई नै लोकतन्त्र, समानता र अधिकार हो भन्ने भ्रम अहिले पनि राख्छन् । त्यसैले, राज्यमा पहुँच, पहिचान, प्रतिनिधित्व, समानता, अधिकार र विकासका लागि बहु९राष्ट्रिय राज्य निर्माण, धर्मनिरपेक्ष राज्य र गणतन्त्रका कुरा साम्प्रदायिक, विखण्डनकारी र देशद्रोही देख्छन-बाहुनवादीहरू ।
नेपालको २५० वर्षको राज्य संरचना र शासनसत्ता अति हिन्दू जातिवादी र साम्प्रदायिक थियो । निश्चय नै त्यस कालखण्डमा बाहुन समुदायले राज्यबाट प्रत्यक्ष वा परोक्षरुपमा पक्षपोषित भए र गैर-बाहुनहरू उपेक्षित थिए जसको कारक तत्व भनेको त्यही ‘बाहुनवाद’ हो । तसर्थ, २५० वर्षको अति हिन्दू जातिवादी र साम्प्रदायिक राज्यसत्ताको समूल अन्त्य र नेपालको बहुलवादी समाजलाई सह- अस्तित्वको सिद्धान्तको आधारमा समानता र समतामुलक समाज निर्माण नै वर्तमान
जातीय मुक्ति आन्दोलनको प्रस्तावना हो । बाहुनवाद आफैमा शोषक, सामन्ती र उत्पीडक समाज९ब्यवस्था हो । विश्वमै शोषक, सामन्त र उत्पीडक वर्गबीच समान तीन चरित्रहरू हुन्छन् । प्रथम, सकारात्मक रुपान्तरणका प्रगतिशील विचारहरूलाई उनीहरू मन पराउँदैनन् र ती जनताबाट उठेका प्रगतिशील विचारलाई गर्भमै तुहाइदिन सबैखाले हत्कण्डा प्रयोग गर्छन् । दोस्रो, त्यसका बावजुत पनि ती प्रगतिशील विचार जनतामा स्थापित् हुँदैगयो भने त्यसका विरुद्ध भ्रमात्मक कठोर वैचारिक आक्रमण गर्छन् । र तेस्रो, कठोर राजनीतिक आक्रमणबीच पनि ती विचारहरू जनतामा सशक्त बन्दै गए भने ती विचारका मुद्दाहरू आफ्नो बनाउने कोसिस गर्छन् र आफ्नो आयु लम्ब्याउने सपना देख्छन् । नेपालको जातीयरवर्गीय समाज र राजनीतिको खेल मैदानमा यी चिन्तन, चरित्र र विधिको सर्वाधिक प्रयोग हुँदै आएको छ तर असफल रुपमा । यही चरित्र, चिन्तन र विधिले १०४ वर्षे राणाहरूको अन्त्य भयो ।
भर्खरै, २५० वर्ष लामो शाहवंशको अन्त्य भयो । कांग्रेस, एमाले त्यो बाटोको आधा यात्रा पार गरिरहेका छन् भने माओवादी त्यस लाइनको चौबाटोमा उभिएर अलमल्लमा परेको छ । उसले कुन बाटो तय गर्छ थाहा पाउन लामो समय कुर्नु पर्नेछैन । नेपालको ऐतिहासिक यस तथ्यलाई सिंहावलोकन गरेर भन्न सकिन्छ, जातीयमुक्तिको विजय अनिवार्य र बाहुनवादको पतन अवश्यम्भावी छ । चालीसको दशकमा सङ्गठित रुपमा सुरुभएको नेपालको जातीय मुक्ति आन्दोलनलाई राज्यका मुलधारमा रहेका राजतन्त्रवादी, वामपन्थी र दक्षिणपन्थी यी तीनवटै शक्तिले गर्भपतन गराउने सबैखाले प्रयास गरेका थिए । सारमा ती तीनवटै शक्तिहरू बाहुनवादी नै हुन् । तर, जातीय मुक्ति आन्दोलन नेपालका आदिवासीलगायत उत्पीडित पक्षबाट उठाइएको मौलिक आन्दोलन भएकोले गर्भपतनबाट जोगिएर समग्र नेपाली जनमानसमा यो फैलँदै गयो र ६० को दशकमा आइपुग्दा वैकल्पिक राजनीतिक सङ्गठनको रुपमा स्थापित हुँदै गइरहेको छ । यो स्थापित राजनीतिक विचारलाई असफल बनाउन यतिबेला नेपालका बाहुनवादी चिन्तनले ग्रसित बौद्धिक जमात जातीय मुक्ति आन्दोलनमा कठोर वैचारिक आक्रमण गरिरहेका छन् । यसका बाबजुत यो आन्दोलन राष्ट्रिय राजनीतिमा अवश्यम्भावी बन्दै गयो भने अहिले कठोर वैचारिक हस्तक्षेपमा लाग्ने बाहुनवादीहरू जातीयमुक्ति आन्दोलनको जन्मदाता र संरक्षक भएको नाटक गर्छन् र जातीय मुक्ति आन्दोलनको सफलतापछि पनि पुनः राष्ट्रिय राजनीतिको केन्द्रमा आफै बस्ने सिल्ली नीति अख्तियार गर्नेवालाछन् । जस्तो, आदिवासीहरूले ४० को दशकमा संघीय गणतन्त्र र धर्मनिरपेक्ष राज्यको मुद्दा उठाउँदा साम्प्रदायिक, विखण्डनकारी र देशद्रोहको अभियोग लगाउने कांग्रेस, ऐमालेका सिल्ली जमातहरू आज ती विषयहरू आफूले उठाएको ढोङ मच्चाइरहेका छन् ।

मानवशास्त्री डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘फ्याटालिज्म एण्ड् डिभलप्मेन्ट’मा नेपालको विकासमा बाहुनवाद नै सबैभन्दा ठूलो बाधक मानेका छन् । विष्टको यो अध्ययन किन पनि बस्तुगत छ भने २५० वर्ष यताको राज्ययन्त्र चलाउने विचार बाहुनवाद थियो । त्यही बाहुनवाद जसले नेपाल र नेपालीहरूलाई विश्वको प्रगतिशील समाजबाट सबैभन्दा फेदीमा ओराल्ने काम गर्‍यो । कांग्रेसको ‘जय नेपाल’ र कम्युनिष्टहरूको ‘लाल सलाम्’ नै नेपालमा बाहुनवादको रक्षाकवज बन्दै आएको छ । जातीय मुक्ति आन्दोलनका ‘जय लिम्बुवान,’ ‘जय-खम्बुवान,’ ‘जय थरुहट,’ ‘जय तामाङसालीङ,’ आदि नै बाहुनवादी राज्ययन्त्र भत्काउने अहिलेका दर्शन हुन् । बाहुनवाद शब्द सुन्ने बित्तिकै सिङ्गै ब्राहृमण समुदाय आफ्नो अपमान भएको महसुस गर्छन् । सत्य केहो भने बाहुनवाद बाहुन समुदायलाई अपमान गर्ने शब्दिक अर्थ र भावार्थ दुबै होइन । किन यसरी बुझ्दछन् भने बाहृमण समुदायको आक्रमणमा परेको मनोविज्ञानले यसरी नै बुझ्न प्रेरित गरिरहेको हुन्छ । मनोविज्ञान यस्तो कुरा हो जो सत्य पहिल्याउनुभन्दा बढी तत्काल प्रतिक्रिया जनाउन अग्रसर हुन्छ । यथार्थमा बाहुनवादभित्र सबै बाहुन कुलमा जन्मेकाहरू पर्दैनन् । बाहुनवादी ती हुन् जो धर्म र ईश्वरको नाममा समाजमा आफ्नो सामन्ती सर्वोच्चता कायम गर्न चाहन्छन् ।
बाहुनवादी हुन ब्राहृमणको कोखमा जन्मिनु अनिवार्य छैन, जो समाजलाई कानुन र विधिले होइन हिन्दू धर्मशास्त्रले चलाउन खोज्छ ती सबै बाहुनवादी नै हुन् । वर्तमान नेपालको पहिचानसहितको संघीय गणतन्त्रको स्थापना बाहुनवादको विस्थापन पनि हो । बाहुनवादको अनिवार्य अन्त्यविना नयाँ नेपालको प्रारम्भ हुनै सक्दैन । त्यसैले, संघीयता र जातीय मुक्ति आन्दोलनका विरुद्धमा बाहुनवादी बौद्धिकहरू लागेका हुन् यो अस्वभाविक छैन । तर यो बाहुनवादी तथाकथित बौद्धिक वर्गको आक्रमणलाई नचिरिकन मुक्ति आन्दोलनले जित्न सम्भव हुने छैन । साम्यवादी राज्यसत्ताले समानताको नाममा बलपूर्वक मानिसलाई दास बनाउँछ । धर्मसत्ताले यस्तो तन्त्र बनाउँछ, जसले मानिसलाई मानसिक दास बनाएको हुन्छ । हिन्दू आर्यन सभ्यताबाट दीक्षित बौद्धिक वर्ग अहिले पनि आफूहरू बाहुनवादी धर्मसत्ताका शासक र अरुलाई दास सम्झने मनोविज्ञानबाहिर आउन सकेका छैनन् ।
यसैकारण, यतिबेला सबै जाति र भाषीको राज्यमा समान प्रतिनिधित्व, पहुँच, पहिचान र अधिकार स्थापित् हुनुपर्छ भन्दा ब्राहृमण बौद्धिकहरू बाहुनवादी सामाजिकसत्ताको आलोचना र आफ्नो आक्रमण सम्झन्छन् । यो नै अहिलेको नेपालबाट भनिने गरेको नयाँ नेपाल रुपान्तरणको लागि फलामे ढोका भइदिएको छ । यो कुरा बाहुनवादी बौद्धिक जमातले जबसम्म महसुस गर्दैनन् तबसम्म नेपाली राजनीतिले प्रगतिशील बाटो तय गर्न कठिन हुनेछ वा मुक्तिका लागि तिनीहरुलाई अब कठोर बैचारिक आक्रमण अनिवार्य भइसक्यो ।
अहिलेको नेपाली समाजमा भइरहेको चेतनाको द्वन्द्व भनेको राजनीतिको नाममा लादिएको बाहुनवादी राजनीतिक, सामाजिक र धार्किकसत्ताको विघठन र सहअस्तित्ववादी जनसत्ता गठनबीचको हो । बाहुनवादी बौद्धिक वर्ग पहिचानसहितको संघीयता, धर्मनिरपेक्ष राज्य र गणतन्त्रको विरुद्धमा टुप्पी कसेर लागेका छन् । ठीक यहीनेर प्रश्न उठ्छ, बाहुनवादी बौद्धिकहरू समानता चाहन्छन् कि असमानता रु बहुलवादी नेपाली समाजमा समान न्याय चाहन्छन् कि एकजातीय न्याय रु नेपाल र नेपाली जनताको अग्रगमन चाहन्छन् कि प्रतिगमन रु शोषक र शोषित वर्गको अन्त्य चाहन्छन् कि निरन्तरता रु अब स्पष्ट कित्ता कोरेर रुप र सार दुबैअर्थमा उनीहरूले आफूलाई यो इतिहासले सुम्पेको कठघरामा उभिएर बोल्नुपर्दछ, लेख्नुपर्दछ ।
बाहुनवादी बौद्धिक वर्गको चरित्र के पनि छ भने आदिवासीसँग हुँदा उसकै कुरा बोलिदिने, दलितसाग बस्ता उसकै पक्षमा वकालत गरिदिने र महिलासाग बोल्दा नारी मुक्तिको गीत गाउने र ताली नै ताली खाने र छुट्टिने बित्तिकै होच्याउनेमात्र होइन साम्प्रदायिक र विखण्डनकारीको लेवल लगाइदिने यो नै बाहुनवादी बौद्धिकताको सबैभन्दा कुरुप पक्ष हो । यो चरित्र सच्चिनु शतप्रतिसत अनिवार्य छ ।

अन्त्यमा, कहिलेकाहीँ जातीय मुक्ति आन्दोलको कार्यदिशा जानेर वा नजानेर बाहुनविरोधीजस्तो हुने गरेको छ । जसले न्यायको पक्षमा लडिरहेका र समर्थनमा रहेका बाहुन र क्षेत्रीहरू हच्किने स्थिति आउनसक्छ । संघीय गणतन्त्र र जातीय मुक्ति आन्दोलनको निशाना बाहुन र क्षेत्रीलाई बनाइयो भने त्यो अर्को खाले बाहुनवादी वा पुरानै खाले सामन्ती राज्य सत्ताको नक्कलमात्र हुनेछ । जसले मुलुकलाई अग्रगमनतिर लैजादौन र जातीय मुक्तिको कार्यदिशा र लक्ष्य त्यो होइन । जातीय मुक्ति आन्दोलनको आगामी कार्यदिशामा यस्ता कमजोरीहरू सचेतताकासाथ सच्याउनु पर्दछ ।

माखिम लिम्बुवान राजनीति गरिरहेका बौद्धिक नेता तथा संचारकर्मी हुन्


नेपालप्लसबाट

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर