A+ A A-

के नासिन - मासिन थालेकाहुन् - 'बाहुन !'

८/१० महिनाअघिको घटना हो, चिया खाएर बसिरहेका साथीहरूका छेउमा एकजना 'ह्यान्डसम' युवक आए । ती आर्मीको जागिर छाडेर युएन सभिर्समा जान लागेका मेजर हिमाद्री थापा मगर रहेछन् । एकैछिन बसेर हिँड्ने वेलामा उनले 'तपाईंहरू सबै बाहुनजस्तो लाग्यो, बाहुनको भविष्य छैन ।

-आनन्दराम पौडेल

किनभने बाहुनहरू एक्लाएक्लै बाँच्छन्, जो संगठित हुँदैन त्यो सिद्धिन्छ' भने । हुन पनि बाहुनहरूबीच टिम-स्पिरिट, टिम-कल्चर र टिमवर्क हुँदैन । एउटा बाहुनले अर्को बाहुनलाई अपनत्वको नजरले कहिल्यै हेर्दैन, बरु एउटा पण्डितको एरियामा अर्को पण्डित आइपुग्यो भने त्यहाँ सौहादर््रता र हार्दिकता हैन, भित्रैदेखि हुंकार सुरु हुन्छ ।

हिमाद्रीले जुन निष्कर्ष दिए त्यो सही थियो, तर कारण त्यति मात्रै हैन । बाहुनले आफ्नो भाषा, संस्कृति, मूल्य, जीवनदृष्टि र परम्परा उहिल्यै छाडिसके, तर विश्व इतिहासमा कहीँ-कतै नभएको संकीर्णताचाहिँ अँगालेर बसेका छन् । बुहारी अर्को जातकी भई भने नातिलाई बाहुनको पंक्तिमा राख्दैनन् । बाहुनी नै विवाह गरे पनि तलबितल परेको रहेछ भने त्यसका सन्तानलाई जैसी भनेर हुत्याउँछन् । कसैलाई कुमाई भनेर फाल्छन् । बाहुनको पंक्तिबाट निकाल्न दसै द्वार खुला छन्, तर बाहुनको पंक्तिमा ल्याउने एउटै प्रवेशद्वार छैन । निष्कासन द्वार १० गोटा, तर प्रवेशद्वार शून्य भएकाले यो चाँडै नै लोपोन्मुख जातिमा पर्ने निश्चित छ । एकातिर भाषा, संस्कृति, मूल्य र जीवनदृष्टि छाडेर भित्रभित्रै खोक्रा भएका, आफ्नो पहिचान अनुहार गुमाएका, संख्याका हिसाबले लोपोन्मुखमा पर्ने निश्चित भइसकेका र टिम-कल्चर नभएका एक्लेवीरहरू सिद्धिने नै हो, त्यस्ताको भविष्य छैन, हामीले भन्यौँ । 'त्रिकालदर्शी, जगतै कपाउने, कठै ! उही ब्राह्मणवर्ग हुन् भने, दरिद्र कुत्तासरी आज भो किन ? तँलाई मालुम छ कि यो कुरा भन ?' भनेर लेखनाथ पौड्यालले लेखेको सम्झन पुग्यौँ । सँगसँगै पत्रकार साथी टीकाराम राईले भन्ने गरेको 'नेपाली विषयका शिक्षक र संस्कृतका प्राध्यापकले पनि अरूसरह तलबभत्ता पाउँछन् नि, तर यी पिलन्धरे बाहुनको गति हेर्नुस् त, छुस्स दाह्री, नकोरेको जिङरिंग कपाल, कच्याककुचुक परेको कमिजसुरुवाल र पेटभरि खान नपाएको अनुहार'को चित्र झलक्क अगाडि आयो ।

नेपालमा जेठ महिनाको सुरुका २ हप्ता आन्दोलनकालका रूपमा रह्यो । जताततै आन्दोलनै आन्दोलन र आन्दोलनबाहेक कतै केही देखिएन । यस्तो लाग्थ्यो, श्वाससमेत आन्दोलनकै लिइरहेछौँ र प्रत्येक गाँसमा आन्दोलन निलिरहेछौँ । नयाँ र नौला नामधारी समूहरूसमेत हुँदो नहुँदो माग तेस्र्याएर उत्रेका थिए । हुँदाहुँदा काँठे, टपरे भनिएका बाहुनले समेत छिटपुट आन्दोलन गरेको देखेर आश्चर्य लाग्यो, तर त्यसले दुईटा निष्कर्षमा पुर्यायो । एउटा गणनामा राख्न आवश्यक नदेखेर अन्यमा राखिएकाले समेत राज्य अत्यन्तै निरीह र थला परेको अवस्थाको फाइदा लिँदारहेछन् भन्ने ज्ञान मिल्यो । अर्कोचाहिँ छरिएको भए पनि अस्तित्व बाँकी रहेको जीवलाई पेलेर भित्तैमा पुर्याउने हो भने त्यसमा पनि अनपेक्षति प्रतिरोधशक्ति उम्रने रहेछ भन्ने बुझयिो ।
पहिचान गुमाएकाले मात्र बाहुनहरू सिद्धिन्छन् भनेका थिएनौँ, सारजति छाड्दै र रद्दीहरू पक्रँदै गएकाले भनेका थियौँ । मैले केही ठूला पण्डितसँग प्रश्न गरेको थिएँ- रामायणकालीन समाज, महाभारतकालीन समाज, वेद, पुराण, उपनिषद् र शास्त्रमा कहाँ छ छुवाछुत ? 'मिन्स' भएको ६ दिनसम्म आफ्नै छोरीबुहारीले घरमा पस्न त परै जावस् घरको करेसासमेत छुन हुँदैन भनेर कुन शास्त्रमा लेखेको छ ? काजकिरिया गर्न कोरामा बसेको वेलामा किरियापुत्रले मात्र ढिकुरो पूजा गर्नुपर्ने, तर उनका पत्नीहरूले चाहिँ ढिकुरोको छेउमै जान नहुने भनेर कुन शास्त्रले निषेध गरेको छ ? गीता, उपनिषद्को गहिरो अध्ययन गरी हिन्दू बनेका पश्चिमा र इस्कोनका सदस्यलाई किन मन्दिर प्रवेश गर्न दिइँदैन ? केही पण्डितले यी सबै गलत भइरहेछन् भनेर स्विकारे । यस्ता मनगढन्ते रुढी जुन समुदायको जीवनशैली बनेको छ त्यसको भविष्य डिलैमा पुगिसकेको छ भनेर ठोकुवा गर्न सकिन्छ ।
जबसम्म श्रमविभाजन र कर्मका आधारमा जातलाई हेरियो तबसम्म जातिव्यवस्था समाजलाई बोझ थिएन । प्राचीन कालमा मिश्र, चीन, जापान, रोम र युनानमा पनि जाति व्यवस्था थिए, तर त्यो पेसा र कर्मका आधारमा भएकाले जति रह्यो संगतिपूर्ण नै देखियो । तर, हिन्दू समाजमा भने जब रुढिवादीले जातिव्यवस्थालाई कर्मआधारितबाट जन्मआधारित बनाए, त्यहीँदेखि यो हाम्रो समाजका लागि अवैज्ञानिक र कलंकपूर्ण बोझ बनेर रह्यो । बुद्धकालीन समाजसम्म आइपुग्दा हिन्दू समाज रुढिवादीको पकडमा आइसकेको देखिन्छ । किनकि रुढिवादी जातिव्यवस्थाको विरोध सर्वप्रथम बौद्ध र जैन धर्मावलम्बीले गरे । तत्पश्चात् सिद्ध र नाथ साहित्य तथा कबिरजस्ता निर्गुणी सन्तका वाणीमा जाति व्यवस्थाको प्रखर विरोध भेटिन्छ । स्वामी दयानन्द सरस्वतीले आर्य समाज गठन गरी जन्ममा आधारित जातिव्यवस्था तथा हिन्दू समाजमा जमेर बसेका रुढिविरुद्ध युद्धस्तरमा अभियान चलाए ।
प्रा. दिनेशराज पन्तले वि.सं ५२२ मा मानदेवले स्थापना गरेको चाँगुनारायण स्तम्भमा उल्लिखित 'ब्राह्मणलाई दान दिँदै' भन्ने शिलालेख, लेलेमा भेटिएको विसं ६६२ को शिवदेव र अंशुवर्माको अभिलेखमा गोष्ठीको चर्चासँगै बारम्बार उल्लेख गरिएको ब्राह्मणको सन्दर्भ र नरेन्द्रदेवको अनन्तलिंगेश्वरमा उल्लिखित 'ब्राह्मणलगायत चान्डालहरू सबै' भन्ने जस्ता इतिहास-प्रमाणलाई अगाडि सारेर बाहुनहरू यस भूमिमा अनादिकालदेखि नै बसोवास गर्दै आएका रहेछन् भनेर सिद्ध गर्नुभएको छ । अनादिकालदेखि बसोवास गर्दै आएका भए पनि अध्ययन, अध्यापन, यज्ञअनुष्ठान, स्वाध्याय र परमार्थ चिन्तनमा आत्ममग्न भएर रहने तथा समाजसँग अन्तरघुलन भएर सक्रिय भूमिकामा नरहने भएकाले उनीहरूको सशक्त उपस्थिति भेटिँदैन । समाजमा अन्तर्घुलन नभए पनि उनीहरूको आत्मविश्वास र अडानचाहिँ दह्रै देखिन्छ । रणबहादुर शाहले तिरहुतकी विधुवा बाहुनीसँग विवाह गर्न खोज्दा ती विधुवाले राखेको सर्त सुनेपछि यो सर्त त हाम्रा बाहुनले पक्कै स्वीकार गर्दैनन् होला भनेर हच्केका थिए । सम्पूर्ण भारदार लागेर बाहुनलाई सम्झाए पनि रणबहादुरका सन्तानका नाममा 'विक्रम' शब्द जोड्ने सहमति भएपछि मात्र मानेका हुन् ।
होला, बाहुनहरू आदिवासी नै होलान् । क्षेत्रीहरूको त झन् सिन्जामा राज्य नै थियो । सवाल यो होइन । सवाल के हो भने, के अहिले जात-जातलाई उचाल्ने र राजनीतिक अभीष्ट साँध्ने वेला हो र यो ? एकअर्कामा रङमगिएर कुनै जातको पनि छुट्टै, अलग्गै, विशिष्ट र मौलिक पहिचान बाँकी छैन । नयाँ पुस्ताको दिमागमा त झन् जातको 'ज' पनि बाँकी छैन । हामीले अब जात-जातको आवरणमा पुराना ठालुलाई पुनस्र्थापित गर्ने कि जातपातभन्दा सीमान्तीकृत वर्गको उत्थानलाई प्राथमिकता दिने, निक्र्योल गर्नुपर्ने वेला आएको छ ।

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

नयाँ पत्रिकाबाट

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर