A+ A A-

मगर साझा प्रकाशन संस्था किन ?

No description available.

डा. त्रिलोक सिंह थापा मगर 

प्रारम्भः
गत साता सामाजिक संजालमा मगर समुदायका चिरपरिचित लेखक÷इतिहासकार मनोज घर्तीमगर र विष्णु कुमार सिंजाली मगर दुवै जनाले अत्यन्त समसामयिक र सान्दर्भिक विषयको उत्थान गर्नु भएको थियो ।
क) मगर समुदायमा लेखनको खडेरी छ ।
ख) मगर समुदायसंग अनुसन्धान, अध्ययन र खोजका अथाह विषयवस्तु र सामग्रीहरु छन् ।
ग) मगरको इतिहास के हो ? संस्कार, परम्परा र संस्कृति के हो ?
घ) यदि सो खोजी गरिएन भने मगरको पहिचान र अस्तित्व नै मेटिने सम्भावना देखिन्छ ।


क) मगर र मगरातः
१. नेपालको कुल जनसंख्यामा १८ लाख भन्दा बढि मगरको जनसंख्या छ । २ लाख हाराहारी भन्दा बढी प्रवासमा बसोवास गरेको पाइन्छ । मगरको आफ्नै १२ र १८ मगरात राज्य थियो । “दुःख पाए मगरात राज्य जानू” । गैरमगर समुदायमा प्रचलित यो उखानबाट प्रमाणित हुन्छ, मगर जनजाती मुल वासस्थानको कुनै समयमा तुलनात्मक रुपमा अत्यन्त विकसित राज्य थियो । शासन प्रणाली थियो । स्वर्णिम इतिहास थियो । उच्च सभ्यता थियो । खुशीयालीमय व्यवस्था थियो ।
२. त्यस समय मगराती सभ्यता, धर्म संस्कृति, सामाजिक परम्परा रीतिथिती र भाषा, सामाजिक संरचना अत्यन्त माथि पुगेको सहज अनुमान गर्न सकिन्छ । मगरहरुको आफ्नै बेग्लै जीवन पद्धती, जीवन दर्शन तथा धार्मिक आस्था थियो । मगरहरु ज्यादै सुखी सम्पन्न ढंगले जीवन यापन गरेको अनुमान गर्न सकिन्छ ।


ख) आन्तरिक उपनिवेशको प्रभावः
१. कालान्तरमा आन्तरिक उपनिवेशी शासनको षड्यन्त्र र जालझेलले गर्दा विस्तारै विस्तारै मगरात राज्यसत्ता छिन्न भिन्न र लोप हुंदै गयो ।

२. आदिवासी मगर जनजातीको इतिहास, संस्कृति, सामाजिक परम्परा के कस्तो थियो । सो को लिखित दस्तावेज छैन । जनजातीमा लिखित वा रेकर्ड गर्ने चलन विश्वको कुनै पनि मुलुकमा पाइदैन ।
३. मगरको केही लिखित इतिहास भए पनि त्यस समयका शासकहरुले पेलेर नष्ट गरेको प्रमाण भेटिन्छ । गण्डकी क्षेत्रमा त मगर भाषा बोल्न समेत बन्देज थियो ।
४. राजा रण बहादुर शाहले नेपाली खस भाषा बाहेक अन्य भाषा प्रयोग गर्न पाइदैन भन्ने उर्दी जारी गरेका थिए । चन्द्र शम्शेरको पालामा अन्य कुनै भाषामा लेखिएका तमसुक कागज अदालतमा प्रमाणको रुपमा मान्य हुंदैन भनी आदिवासीका भाषा प्रयोग निषेध गरिएको थियो ।
५. तात्कालीन शासन र शासकको नीति नै “एक भेष र एक देश” को नीति अन्तर्गत आदिवासी जनजाती मुलवासीको भाषा र संस्कृति सकेसम्म निर्मूल गर्ने, समाप्त पार्ने प्रयास भयो ।

ग) वर्तमान आधुनिक शासन व्यवस्थाः
१. वर्तमान आधुनिक शासन र आधुनिक राजनीति प्रणालीले नयां अवधारणा ल्यायो । अनादिकाल वा आदिकालदेखि बसोवास गरेको हरेक आदिवासी जनजातीको हक अधिकार सुरक्षित गर्न उनीहरुको इतिहास, भाषा, सामाजिक र सांस्कृतिक परम्परा जोगाउनु राज्यको मुख्य दायित्व हुनेछ ।
२. आदिवासीको इतिहास र संस्कृति विश्वको अमूल्य सम्पदा हुन्, यसको रक्षा, संरक्षण र सम्बर्धन गर्नु नितान्त आवश्यक छ ।
३. यसै अवधारणा अन्तर्गत संयुक्त राष्ट्र संघले आइ. एल. ओ. ९क्ष्ीइ० कन्भेन्सन १०७ पनि ल्यायो । विश्व आदिवासी अन्तरर्राष्ट्रिय दशक (सन् १९९५—२००४) को रुपमा मनाउने क्रम शुरु भयो ।
४. यसै क्रममा नेपाल सरकारले २०५४ असारमा “राष्ट्रिय जनजाती विकास समिति”, त्यसपछि २०५६ मा विधेयकद्वारा २०५८ मा राष्ट्रिय आदिवासी प्रतिष्ठान स्थापित गर्ने प्रशंसनीय काम ग–यो । तर सो प्रतिष्ठानको उपाध्यक्षमा आजसम्म अनुसन्धानमा अनुभवी प्राज्ञिकको नियुक्ति भएको देखिदैन । फलस्वरुप जनजातीको ऐतिहासिक खोजबारे प्रयाप्त शोध कार्य हुन सकेको छैन । अन्य जागरण कार्यक्रम प्रशंसनीय छ ।
अतः मगर समुदाय, मगरका नेतृत्ववर्ग, बुद्धिजिवी र अविभावकहरुको संयुक्त प्रयास र साझा सहयोगबाट “मगरको इतिहार खोजौं” अभियान संचालन गरौं ।

घ) केही विचार एवं सुझावहरुः

मगर साझा प्रकाश ः
१. नेपाल मगर संघ केन्द्रिय समितिको रोहवरमा नाफामुलक “मगर साझा प्रकाशन संस्था” कम्पनी ऐन अनुसार स्थापना गरिने,
२. नेपाल मगर संघ केन्द्रिय समिति र अन्य मगर संस्थाले यसको शेयर किन्ने,
३. मगर व्यवसायी र अन्य मगरहरुलाई शेयर किन्न प्रोत्साहन गर्ने,


ङ) मगर साझा प्रकाशनको काम, कर्तव्य र अधिकारः
१. मगर जनजाती विषयहरुमा मगर र गैर मगर लेखकहरुको कृति प्रकाशन गर्ने,
२. आदिवासी जनजातीका रचनाहरु प्रकाशित गर्ने,
३. मुलुक भित्र र विदेशमा प्रकाशित पुस्तकहरु विक्री वितरण गर्ने,
४. पुस्तकका लेखकहरुलाई उचित पारिश्रमिक प्रदान गर्ने ।


च) “मगरात” तीन महिने पत्रिका प्रकाशनः
१. नेपाल मगर संघ केन्द्रिय समितिले “मगरात” तीन महिने पत्रिका संघको मुखपत्रको रुपमा प्रकाशन व्यवस्था मिलाउनु पर्ने ।
२. सो पत्रिकाको प्रकाशन “मगर साझा प्रकाशन” ले अनिवार्य रुपमा प्रकाशित गर्ने,


छ) तीन महिने “मगरात” पत्रिकाको विषय वस्तुः
१. मगर र मगरात सम्बन्धी विषयवस्तुमा खोजपूर्ण र अनुसन्धानमुलक लेख र प्राज्ञिक छलफल र वहस,
२. नेपाल मगर संघ केन्द्रिय समिति तथा भातृ संस्थाहरुका गतिविधीका सूचना सम्प्रेषण,
३. मगर जाती विषयक घटनाबारे सूचना सम्प्रेषण,
४. मगर युवाहरुका लागी उपयोगी सूचना जस्तो लोकसेवा आयोग, शिक्षा छात्रवृत्ति र अन्य आर्थिक अवसरबारे जानकारी आदि ।

ज) मुखपत्रको व्यवस्थापनः
१. व्यवस्थापन समिति,
२. वितरण र बिक्री मुलुकभित्र र बाहिर मिलाउने समिति,
३. सम्पादक मण्डललाई उचित पारिश्रमिकको व्यवस्था गर्ने,


झ) “मगर, मगरात अध्ययन अनुसन्धान संचालन कोष”ः
१. नेपाल मगर संघ केन्द्रिय समितिले “मगर, मगरात अध्ययन अनुसन्धान संचालन कोष” छुट्टै एकजना अनुभवी उमेरको पाको प्राज्ञिक वा प्रशासनिक अनुभव भएको व्यक्तिको अध्यक्षतामा गठन गर्ने,
२. अनुसन्धान, अध्ययन विषयवस्तु “छनोट र सल्लाहकार समिति” गठन गर्ने,
३. अक्षय कोषको अध्यक्षता नेपाल मगर संघको पदाधिकारी हुन नपाउने तर संघको प्रतिनिधित्वको लागी अरु समितिमा बस्न पाउने छ ।


ञ) कोषको कार्यविधिहरुः
१. अनुसन्धानकर्ताहरुले अध्ययन अनुसन्धानका प्रस्तावहरु ९एचयउयकबकि० आव्हान गर्ने,
२. आवश्यक परे विषय समेत तोक्ने,
३. छनोट समितिले प्रस्तावहरु ९एचयउयकबकि० छनोट गर्ने र अनुसन्धानकर्ता तोक्ने,
४. प्रस्तावहरु ९एचयउयकबकि० सारांश वा टिप्पणी र बजेट (आर्थिक रकम विभिन्न स्वदेश तथा विदेशमा दाताहरुलाई रकम जुटाउन पठाउने),
५. प्रगति अनुसार अनुसन्धानकर्तालाई रकम उपलब्ध गराउने र मोनिटरिङ गर्ने,
६. अनुसन्धान पत्रको उपलब्धिबारे प्रतिवेदन तयार गर्ने र वितरण गर्ने,
७. “मगर साझा प्रकाशन”मा छपाउने व्यवस्था मिलाउने,


ट) मगर जनशक्तिको प्रशिक्षण वा अनुशिक्षणः
१. कुनै पनि अनुसन्धानकर्ता आफ्नो समुदायको अनुसन्धान गर्न विज्ञ हुन्छ भन्ने धारणा सही होइन । भाषाले गर्दा अलि सजिलो हुनसक्तछ तर मुख्यतः तालीम हो ।

२. पहिले कोषले अनुसन्धानकर्ताको अल्पकालीन अनुसन्धानात्मक शीप तालीम संचालन गर्ने,
३. प्रशिक्षित अनुसन्धानकर्तासंग अनुभव साटासाट गर्ने,
४. अनि मात्र अनुसन्धान शुरु गर्ने गराउने,
५. प्रगति विवरणको आधारमा इन्सटलमेन्ट रुपमा रकम हस्तान्तरण गर्ने र प्रगति प्रतिवेदन लिने,
६. अनुसन्धानबाट उपलब्ध कृतिको मूल्यांकन गरी मगर साझाबाट प्रकाशन गर्ने गराउने,
७. यसरी मगर जनशक्तिको विकास हुंदा ठुलो समूह गठन गरी अनुसन्धान अघि बढाउने प्रयास गर्न सकिनेछ । १) प्रकाशन २) तालीम ३) कोष संकलन ४) अनुसन्धान ५) आर्थिक आर्जनको यो चक्र हो ।

निष्कर्षः
मगर समुदायको जनसंख्या आदिवासी जनजातीमा सबभन्दा बढी छ । साक्षरतामा गैर मगरहरु भन्दा पनि बढी छ । विदेशमा र स्वदेशमा मगर जाती हरेक क्षेत्रमा उच्च अवस्थामा छन् भन्ने अनुमान गरिन्छ । नेपालमा पनि मगर युवा जनशक्तिको प्रगती हरेक क्षेत्रमा तुलनात्मक रुपले प्रशंसनीय छ । कुनै अन्य समुदायको तुलनामा कम छैन । तैपनि मगर जनशक्तिको राजनैतिक, प्राज्ञिक, शैक्षिक, सामाजिक, आर्थिक, खेलकुद र सांस्कृतिक क्षेत्रमा प्रगतिको निरन्तर प्रयास आवश्यक छ । कारण सदियौं देखि अन्य जनजाती जस्तै मगरहरु तात्कालीन शासकहरुको थिचोमिचोमा परेका इतिहास साक्षी छ । अतः रोकिनु हुंदैन । यो युद्ध पहिचानको हो । मगरको पहिचान हो । संस्कृति सभ्यता सामाजिक परम्पराको संरक्षणको हो । मगरको बहुमुखी उत्थानको लागि हो ।

जय मगरात ।

(बहस, छलफल, प्रतिक्रिया र सुझावको लागि प्रेषित)

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६