A+ A A-

हिन्दू धर्म परीत्याग नगरे सम्म दलितले मुक्ती पाउने छैनौ ।

--गाउका धेरै नपढेका दलितले बुझेको कुरा शहरमा बस्ने, दलित मुक्तिको भाषण गर्नेहरूले नै बुझ्न सकिरहेका छैनन्। त्यसैले त कतिपय दलित अगुवा आफ्नै दलित जातिहरूमा विहेवारी चलाउदैनन्, विभेद गर्छन्। किनकि तिनको दिमाग ब्रामणवादको भाइरस भरिएको छ। हिन्दू दर्शनले ,सिद्दान्तले सिकाउछ पहिलेको काल्पनिक जुनीमा पुण्य कमाउन नसकेर हामी सानो जात भएको भनेर सिकाउछ । भगवानले श्रीजना गरेको चत्तुर्वण भन्छ। यस्तो सोच आफै पालेर हामीले आमूल परिवर्तन कसरी गर्न सक्छौ?

डा.मित्र परीयार

नेपाली दलित आन्दोलन अलगथलग हुदै गएको छ। 20४६ सालको सेरोफेरोमा कांग्रेस र एमालेसंग, 20५२ सालपछि माओवादी रक्तपातसंग एकाकार हुदै मुक्तिको लागि लड्ने हाम्रा नेताहरू, अगुवाहरू यी पार्टीहरू जस्तै दिशाहीन, उर्जाहीन, जोशरहित बन्दै गएको आभाष हुन्छ ।

तमाम कानूनी र राजनैतिक परिवर्तनका वावजूद झन धेरै दलितहरू काटिदैछन्, मारिदैछन्, कुटिदैछन्, लखेटिदैछन्। नया नेपालका प्रहरी, प्रशासक, पार्टी, सरकार सबै कानून अनुसार पीडितलाई न्याय दिन हैन अपराधी बचाउनै उद्दत हुन्छन्। सारा तमासा देखेर पनि कानमा तेल हालेर बस्छन् हाम्रा धेरै अगुवा!

दिनभर दलित गोष्ठीमा खादा लाउने र भाषण ठोक्नेहरू धेरै छौ। तर त्यो अजित मिजारको चिसो लाशप्रति कसैको चासो छैन, मारिएकी वडा सदस्य मना सार्कीको परिवारले न्याय पाए नपाएको कसैलाई मतलब छैन।

नेताले कसैलाई गएर ठोक भनेर अराउदा ठोक्छौ, भ्रष्ट नेताको बचाउमा आफ्नो सम्पूर्ण समय र वौद्देकिता खर्चिन्छौ। यसरी हाम्रो मुक्ति सम्भव छ? बदलिदो पर्स्थितिमा झनै उत्पीडनमा परेका दलितको न्याय र डिग्निटी कसरी प्राप्त गर्ने हो?

मलाई लाग्छ हामीले डा अम्वेदकरलाई चिन्न जरुरी छ, उनको प्रमुख विचार समात्नुपर्छ। देखिसकियो, को बामपन्थी, को प्रजातान्त्रिक भनेर मात्रै खासै उपलब्धी हुदैन, भएन। खै के फरक छ पन्चायत, कांग्रेसी र कम्युनिष्ट सत्तामा?!!

अम्वेदकरले भने जस्तै हाम्रो प्रमुख बाधक ब्रामणवाद हो। ब्रामणवादलाई निस्तेज पार्न जातीय व्यवस्था समूल नष्ट गर्नुपर्छ - सामान्य सुधारले पुग्दैन। We should annihilate caste, not just reform it.

अम्वेदकरले नै भने जस्तै हिन्दू रहेर जातीय विभेद हटाउन असम्भव छ। उनले नया बौद्दमार्ग आविस्कार गरे, जसलाई नवयाना भनिन्छ। उनको वुद्दिजम माला जपेर ओम माने पेमे होम भन्दै हिड्ने लामा जस्तो हैन। लड्ने, भिड्ने धर्म हो अन्यायसंग जुध्ने परम्परा हो।

जुन देशमा बसिन्छ, त्यो देशको कानून, नियम मान्नै पर्छ। त्यस्तै, जुन धर्म अपनाइन्छ, त्यसैको दर्शन र सिद्दान्त मानिन्छ। छुवाछुत र विभेद हिन्दू धर्म र संस्कारको प्रमुख सिद्दान्त हो ,मेरुद्न्ड हो । यो कुरा हजारौ दार्शनिकले, मानवशास्त्रीले लेखेका छन्। छुतअछुतको व्यवबारबाट वाक्क भएर निक्कै दलित कृस्चियन बनेका छन्, जहा कमसेकम धर्मकर्म गर्दा विभेद छैन।

तर गाउका धेरै नपढेका दलितले बुझेको कुरा शहरमा बस्ने, दलित मुक्तिको भाषण गर्नेहरूले नै बुझ्न सकिरहेका छैनन्। त्यसैले त कतिपय दलित अगुवा आफ्नै दलित जातिहरूमा विहेवारी चलाउदैनन्, विभेद गर्छन्। किनकि तिनको दिमाग ब्रामणवादको भाइरस भरिएको छ। हिन्दू दर्शनले ,सिद्दान्तले सिकाउछ पहिलेको काल्पनिक जुनीमा पुण्य कमाउन नसकेर हामी सानो जात भएको भनेर सिकाउछ । भगवानले श्रीजना गरेको चत्तुर्वण भन्छ। यस्तो सोच आफै पालेर हामीले आमूल परिवर्तन कसरी गर्न सक्छौ?

कतिपय बामपन्थी साथीहरू भन्नुहोला नास्तिक भए नि हुन्छ। तर, मानिस भएपछि जन्म, मृत्यु संस्कार मान्नै पर्यो, चाडबाड मान्नै पर्यो। तर हिन्दू चलन ब्रामणवादी छ। तागाधारी र गैरतागधारी भनेर विभेद संस्थागत गर्छ। हरेक विहेमा दमै, कामी अलग्गै बसेर खानुपर्छ, जीवनका प्रत्येक निर्णयमा उच्चजातीय पण्डितको पकड रहन्छ। छोराछोरीको नाम समेत।

मोदीको अतिवदी हिन्दू नीतिको पीडा खप्न नसकेर धेरै भारतीय दलित कृस्चियन, बौद्द, सिख र मुस्लिम धर्ममा लागेका छन्। हाम्रो बामपन्थी राज्य पनि कम हिन्दूवादी, जातिवादी छैन। यो fact मनन गर्दै हामीले धर्म परिवर्तनको लहर श्रीजना गर्नुपर्छ। म पनि छिट्टै भिड्न आउनेछु। आखा उघारौ र जातीय व्यवस्था जरैदेखि उखेलौ। तर याद गरौ कि नालीमा बसेर सफा हुन कदापि सकिदैन।

डा.परीयार मानव बिज्ञान र सन्स्क्रिती अध्ययन अनुसन्धान बिभाग लन्डन किङ्स्टोन बिस्वोबिधालय संघ सन्म्बन्धित छन । 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर