A+ A A-

गोरे बहादुर खपाङ्गी बहुयामिक व्यक्तित्व थिए !

त्रिलोक सिंह थापा मगर

गतअंकको बांकी अंश ...................
Image may contain: Chet Bahadur Ale, text

यी सवै अधिवेशनको केन्द्रीय समिति (पोलिट ब्यूरो) मा जनजातीको पहुँच शून्य वा न्यून रहेको देखियो । गत २०७५ सालको जेठ ३ गते पछि गठित ने.का.प.को केन्द्रिंय समितिमा वाहुन ३३.१० प्रतिशत, क्षत्री ठकुरी १५.४१ प्रतिशत नेवार ३.८५ प्रतिशत आदिवासी जनजाति १२.६१ प्रतिशत को सहभागिता देखिन्छ । विगतको ६० वर्षको अन्तरालमा ने.का.प.को केन्द्रीय समितिमा जनजातिको संलग्नता देखियो । त्यो पनि वास्तवमा माओवादी पार्टी संगको एकीकरण भए पछि को परिमाण हो जस्तो लाग्छ ।

ने.क.पा.मा खस आर्य:
नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय समितिमा खस आर्य वाहुन क्षेत्रीको वाहुल्यता र एकाधिकार देखिन्छ । यसै क्रममा ३५ देखि  ४० प्रतिशत जनसंख्इा भएको आदिवासी जनजाती दलित समुदायको केन्द्रीय समितिमा उपस्थिती न्यून रहेको देखियो । नेपाल कम्पयुनिष्ट पार्टी (माले) लाई समावेशी र सर्वहाराको पार्टी बनाउन का लागि पार्टीका नेताहरु लाई खपाङ्गीले त्यस बेला केही सुझाव पेश गरेका थिए । “मैले पंचायत को उत्तरार्थमा भन्न थालेका थिएँ कि गैरतागाधारी पार्टी कार्यकार्ता लाई प्रत्येक जाति वाट १/१ जनालाई ने.क.पा. (माले) को केन्द्रीय समितिमा राखेमा पार्टीको गति द्रुत हुदै जाने छ, यो कुरा बाहुनको नेतृत्वमा रहको ने.का.प. (माले) लाई पचेको रहेन छ” । (राष्ट्रियभेला २२ पौष २०६९) त्यस वेला खपाङ्गी को उक्त सुझाव लाई साम्प्रदायिक विचार हो भनेर मान्यन्त्मा दिएनन् ।

ऐतिहासिक विभेद :
नेपालमा जन वर्गिय अन्र्तरविरोध होइन जातीय अन्तरविरोध देखियो । वर्ग संघर्ष भन्दा पनि जातीय संघर्ष र जातीय प्रतिस्पर्धाले जडोगाडेको देखियो । उदाहरणका लागि नेपालको प्रथम मुलुकी ऐन लाई लिन सकिन्छ । सौ ऐनले बाहुन लाई चोखो, उच, ज्ञान, गुणीजात ऋषी मुनिका सन्तान भनेर प्रमाणित गरेको रहेछ । सो ऐन अनुसार “एउटै किसिमको अपराधमा मतवालीको टाउको काट्नु र बाहुन जातको कपाल काटे मात्र पुग्दछ” भनेर व्यवस्था गरेको रहेछ । यस प्रकार नेपालमा जातीय विभेद, उत्पीडन, पक्षपातपूर्ण नीति, एवं जातीय शोषणका कतिपय आधार हरु राज्यसक्ताले नै सिर्जना गरेको तथ्य देखियो ।


राष्ट्रिय जनमुक्ति मोर्चा:
उच्च जातिविाद र खस आर्य ब्राम्हणको अहङकरवाद, एव राज्य सक्ताको हरेक निकायमा उनिहरुको प्रभूत्व लाई जडै दखि निर्मुल पार्नका लागि उत्पीडित आदिवासी जनजातिलाई संगठित, एकत्रित, एकबद्धता तथा परिचालन गर्न गराउन आवश्यक छ भनेर खपाङ्खी निष्कर्शमा पुगेका थिए । सदियौ देखि निदाएका आदिवासी जनजाती समाजमा उन्मुक्तीको बिचारधारा प्रवाहित गर्न, जागरुक बनाउन, आफ्नो मौलिक हक, हित र अधिकार प्रति सचेत हुन, आफ्नो गुमेका राज्य लाई पुनः प्राप्त गर्न संगठित प्रयासको आवश्यकता रहेको निक्यौलमा पुगे । फलस्वरुप जातीय पहिचान तथा जातीय मुक्तिको मुद्धालाई सशक्त ढंगले अघि बढाउनका लागि राजैतिक ढंगबाट संघर्ष गर्न २०४७ सालमा नेपाल राष्ट्रिय जन मुक्ति मोर्चा गठन गरे ।

नेपालमा वर्ग संघर्ष होइन जातीय संघर्ष छ भनेर जातीय मुक्तिको लागि समाजवादको अवधारणमा निम्न लिखित मुद्धाहरु सो मोर्चाले अघि सारे ।
(क) संघीय सरकार तथा स्थानीय स्वशासन
(ख) जातीय जन संख्याको आधार सामुनुपातीक प्रतिनिधित्व ।
(ग) धार्मिक, भाषिक, तथा सास्कृतिक समानता तथा राज्यको हरेक निकायहरुमा आरक्षणको व्यवस्था ।
(घ) शिक्षामा विशेष छात्रवृत्तिको व्यवस्था ।
(ङ) जाति, धर्म, संस्कृति, भाषा, इतिहास र भुगोलको आधारमा पहिचान गरि प्रदेशको निर्माण गर्ने ।
(च) श्रोत साधन, उत्पादनका साथै अवसरमा(opporuntiy) पनि समानुपातिक  वितरणको व्यवस्था मिलाउनु पर्ने ।

आदिवासी जनजाति संघ र संगठन :
गोरे बहादुर खपाङ्गी मगरको सामाजिक एंव राजनैतिक गतिविधीको आदिवासी जनजाती समुदायमा परोक्ष र प्रत्यक्ष रुपमा प्रभाव पर्न थालेको थियो । वास्तवमा “खुकुरीको चोट आचानो लाई थाहा हुन्छ”। त्यसैका लागि वि.सं. २०४४ सालमा “सर्वजातीय अधिकार मंच” “नेपाल जातीय महासंघ २०४६”, उत्पीडित “जातीय उत्थान मंच २०४६”, “नेपाल सदभावना पार्टी २०४७” “ नेपाल जनजाती पार्टी २०४७” “लिम्बुवान मुक्ति मोर्चा २०४७, नेपाल मगोल किरात अर्गनाइजेशन २०४७ आदि जनजाती सम्बन्धीत राजनैतिक दलहरु स्थापना भएको पाइन्छ ।
राष्ट्रिय जन मुक्ति पार्टी:
गोरे बहादुर खपाङ्गी मगरको पहलमा नेपाल राष्ट्रिय जन मुक्ति मोर्चा तथा नेपाल राष्ट्रिय जनजाति पार्टी माघ ६ गते २०४८ सालमा एकीकृत भई राष्ट्रिय जनमुक्ति पार्टीको नाममा स्थापना भयो । वास्तवमा जातीय पहिचानको मुद्धा सशक्त ढंगले उठाउन रा.ज.मु.पा. पहिलो पार्टीको रुपमा देखा परेको ।

यस पार्टीले :–

क) दार्शनिक, सैद्धान्तिक तथा वैचारिक रुपमा जातीय विभेद हटाउन तथा जातीय मुक्ति हासिल गर्न आफ्नो मूल उदेश्य, लक्ष्य र सिद्धान्त प्रतिपादित  गर्यो ।
ख) जन जातिमा अज्ञानता, गरीबी, पछौटेपन र अशिक्षाका कारण एकात्मक जातीय शासन भएको हुदाँ सो को विरुद्ध संघर्ष गर्नै कार्यनीति निर्धारीत ।
ग) सत्ताको विकेन्द्रीकरणको सिद्धान्तमा आधारित संधात्मक शासनको आधारमा समावेशी प्रतिनिधीत्व हुने शासन व्यवस्थको नीति निर्धारण  गर्यो ।
घ) नेपाल मूलतः बहुजातीय, बहुभाषिक बुहुधार्मिक तथा बहुसास्कृतिक मुलुक भएकोले सबै समुदाय जातजातिको हित संरक्षण एव र्सवधनको पक्षमा पहल गर्न नीति अपनाइयो ।

उपरोक्त सन्र्दभमा हेर्दा गोरे बहादुर खपाङ्गी मगर तथा एम.एस.थापा मगर सस्थापक सदस्य रहेको राष्ट्रिय जनमुक्ति पार्टी उपेक्षित एंव शोषित समुदायको पक्षमा वकालत गर्ने तथा एकल जातीय अधिपत्य र एकाधिकार हरुको विरुद्ध संघर्ष गर्ने पार्टीको रुपमा उदाएको देखियो । प्राध्यापक हरेनले आफ्नो कार्य कार्यपत्रमा यसरी उल्लेख गरका छन् :

" To establish decentralized federal government with politics of proportional representation in parliamentary seat as well as educational and professional opportunities"


वि.सं. २०५६ को आमनिर्वाचन:
 वि.स. २०५६ मा सम्पन्न भएको आम निर्वाचनमा खपाङ्गीले पाल्पा क्षेत्र नम्वर २वाट उमेदवारी दिनु भयो । झन्डै ६५ देखि ७४ प्रतिशत मगरहरुको बसोबास गरेका क्षेत्र भएता पनि उक्त चुनाव मा सोचे र आशा गरेको मत प्राप्त गर्न सक्नु भएन । उनको उम्मेदवारी को विरुद्ध सबै राजनितिक पार्टी एक ठाउँमा उभिएका थिए । मगर जनजातिको निद्रा अझ पनि बियूँझको थिएन । चुनावमा धेरै प्रकारको स्टेट्रजी हुन्छ ( शाम दाम दण्ड भेद) सो वाट खपाङ्गी अनभिज्ञ थिए । फलस्वरुप उहाँ र उहाँका पार्टीका उम्मेदवारहरु  अधिराज्यको कुनै ठाँउ मा जित्न सकेनन् । तै पनि कुल ९२,५६७ भन्दा बढी मत उहाँको पार्टीले प्राप्त गरेको थियो । अर्थात कुल मत संख्या को १ प्रतिशत मत राष्ट्रिय जनमुक्ती पार्टीले प्राप्त गरेको थियो । वि.सं.२००६ सालमा जन्मेको नेपाल कम्युनिष्ट पार्ठी र २०४८ सलामा स्थापना भएको राष्ट्रिय जन मुक्ति पाटीको तुलना गर्ने हो भने आम–निर्वाचनको परिमाण आशाजनक नै देखियो ।

महिला, बालबालिका, समाज कल्याण मन्त्री (वि.सं. २०५९)
पूर्व राजा ज्ञानेन्द्रले मुलुकमा  क) आमनिर्वाचन गराउन, ख) शान्ती सुरक्षा बहाल गर्न, ग) मुलुकको आर्थिक स्थिती ठीक पार्न आदि शर्तहरुमा साथ लोकेन्द्र बहादुर चन्दको अध्यक्षतामा मत्री परिषद गठन गरेका थिए । सो भन्दा अघि केही कम्यूनिष्ट नेताले मन्त्रि परिषदमा प्रवेश गर्न प्रयास गरेको सुनियो को थियो । खपाङ्गी लाई महिला, वालवालिका तथा समाज कल्याण मन्त्री बनाइयो । आफ्नो मन्त्री कालमा आदिवासी जनजातिको कल्याणका कतिपय कार्य गर्नु भयो । त्यस मध्ये चार देखि सात कक्षा सम्म सस्कृति विषय आनिवार्य पढ्नु पर्दा आदिवासी जनजातिका विद्यार्थीलाई राम्रा अंक प्राप्त हुदैन थियो । धेरै जसो आदिवासी जनजातीका विद्यार्थीहरु उच्च शिक्षा पढ्न बाट वन्चित हुने गरेका थिए । खपाङ्गीको प्रयासमा अनिवार्य संस्कृत विषय लाई विद्यालयवाट हटाइयो । यस वाट आदिवासी जनजातिका विद्यार्थीहरुलाई ठूलो राहत प्राप्त भयो  त्यस्तै सरकारी संचार माध्यमवाट आदिवासी जनजातीको आफ्नो मातृ भाषामा समाचार प्रसार गर्न तथा प्रकाशन व्यवस्था मिलाइयो । यसवाट आदिवासी जनजातीको मातृ भाषाको सरंक्षण गर्न धेरै सहयोग प्राप्त भयो । गैर सरकारी संचार माध्यमले पनि आदिवासीका मातृ भाषामा कार्यक्रम संचालन गर्न प्रतिस्पर्धा गरेको देखिन्छ । सरकारी पाठशालामा मातृ भाषामा पढाउने अभियान लाई खपाङ्गीले निकै प्रोत्साहित गरेको पाइयो । यस्तै कतिपय कार्यहरुमा पनि मन्त्रीको रुपमा खपाङ्गीको  योगदान अविष्मरणीय रहेको छ ।

दशैको टिका:
जुन निकाय अथवा प्रणालीमा (System)  व्यक्ति संलग्न हुन्छ त्यस निकायको परम्परा नियम पालन गर्नु पर्नै सामान्य चलन र धारणा हो । तै पनि दंशैको अवसरमा पुर्व राजाको हात बाट टिका ग्रहण गरेकोमा संचार माध्यम तथा उनको विरोधीहरुमा खपाङ्गी ज्यादै आलोचित भए ।

क्रमश..........
(८२ बर्षे लेखक मास्टर मित्रसेन थापा मगर प्रतिष्ठानका अध्यक्ष तथा राजनीतिक बिश्लेशक हुनुहुन्छ )।
गतअंकको लेख > http://www.rajyasatta.com/analysis/12866-2018-07-07-06-07-19

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर