A+ A A-

सामाजिक उत्पीडनलाई संधैका लागि समाप्त पार्न चर्को आवाज उठाउने पहिलो नेता खपाङ्गी नै थिए !

बहुयामिक  व्यक्तित्व  गोरे बहादुर खपाङ्गीको  एक चर्चा  !

त्रिलोक सिंह थापा मगर

प्रारम्भ :

बहुप्रतिभाशाली गोरे बहादुर खपाङ्गी मगर सम्पूर्ण मगर समुदाय, आदिवासी जनजाति एंव सिङ्गो नेपाल राष्ट्रका राष्ट्रिस्तरका जननेता थिए ।
Image may contain: Chet Bahadur Ale, textमेची देखि महाकाली सम्म उनि लोकप्रिय तथा जनप्रिय थिए । क्षमतावान, आटीला, साहसी, पौरखी, कर्मनिष्ट, कुशाग्र बुद्धि भएका योग्य प्रशासक, सामाजिक तथा राजनीतिक नेता र अभियन्ता थिए । अत्यन्त प्रभावकारी व्यक्तित्व तथा प्रभावशाली वक्ता थिए । नेपाली समाजमा सदियौ देखि व्याप्त रहेको सामाजिक एवं जातीय भेदभाव, एकतावादी सोच, एकलवादी जातीय थिचो मिचो, हाली मुहाली, सामाजिक र आर्थिक शोषणको विरुद्ध जीवनको प्रारम्भ देखि अन्त सम्म प्रतिकार गर्दै निरन्तर संघर्ष गर्दै आएका थिए ।

जातीय उत्पडिन :
त्यस वेला नेपालमा जातीय उत्पडिनको विरुद्ध तथा विरोधमा बोल्न र मुख खोलन सक्ने हिम्मत तथा साहस कुनै पनि  राजनीतिक एंव सामाजिक नेताको हुदैन थियो । सामाजिक एंव राजनीतिक मंच वाट जातीय विभेद र सामाजिक उत्पीडनलाई संधैका लागि समाप्त पार्न चर्काे स्वरमा आवाज उठाउने पहिलो नेता खपाङ्गी नै थिए ।

नेपाली समाजमा युगौ देखि दमनमा पारिएका, थिचिएका, तथा शोषित आदिवासी पीडित भूमिपुत्र जनजातिलाइ निद्राको अवस्था वाट जागरुक वनाउन, घचघचाउन, तथा दासता बाट उनमुक्तिका बाटोमा डोराउन उहाँले अग्रणी भूमिका खेलेका थिए । सदियौ देखि राज्यसत्तामा आधिपत्य एंव एकाधिकार राख्दै आएका शासक एंव प्रशासक हरुका विरुद्ध संघर्ष तथा प्रतिकार गर्नका लागि संरचना बनाउने संञ्जालका रचियता थिए । जातीय उत्पीडनको विरुद्ध आन्दोलनको प्रारुप तयार गर्ने पहिलो नेता पनि उनि नै थिए ।  उनले नेत्तत्व गरेका अन्दोलन क्रान्तीकारी होइन प्रजातान्त्रिक थियो । उनले शुरु गरेको संघर्ष साम्प्रादायिक होइन सामाजिक परिवर्तन थियो । उनले उठाएको विद्रोह उत्पीडित गर्ने वर्गमा सोच एंव बिचार धारामा परिवर्तन ल्याउनु थियो । उनको विरोध हिंसात्मक होइन शान्तिप्रिय थियो । उग्रवादी दृष्टिकोण होइन मानसिक परिवर्तन थियो ।

जीवनको गतिविधी :
गोरे बहादुर खपाङ्गी मगर आफ्नो उपरोक्त लक्ष्य एवं धारणका लागि जीवन भरि सामाजिक तथा राजनैतिकअभियन्ताको रुपमा निरन्तर लागि राख्नु भएको थियो । उन्को छोटो जीवनमा धेरै उतार चढाव आयो । उनि कहिले उकालो त कहिलो ओरालो लागे । तै पनि आफ्नो निर्धारित लक्ष्य प्राप्तिका लागि सदैव अडिग र प्रतिबद्ध रहे । कहिले पनि र कुनै समयमा पनि उनको जीवनमा बिचलन, बिराम, बिश्राम र थकानले बाटो छेक्न सकेन । त्यसैले होला अमेरिका साउथ एशियन युनिर्वस्टीका विद्वान प्राध्यापक लउर एम हेरनले आफ्नो अनुशन्धान पत्रमा यसरी उल्लेख गरेका थिए "A blessed orator and charsmeatic leaders Gore Bahadur Khapangi (who) led peaceful movement for social change in the himalayan countires of Nepal (2001)". ।

बाल्य काल्य :
गोरे बहादुर खपाङ्गी मगरको जन्म वि.स २००३ साल फागुन २५ गते आमा स्वर्गिय पदम माया खपाङ्गी मगर बुबा स्वर्गिय अमृत बहादुर खपाङ्गी मगरको दोश्रो सन्तानको रुपमा उदयपुर जिल्लाको थाक्ले, दमै डाँडामा जक्लेनी भन्ने ठाउँमा भएको हो । २ बर्ष नपुग्दै बाबाको मृत्यु पश्चात महोत्तरी जिल्लाको रामनगर गा.वि.स. वडा नं. ३ मा बसाई सराई गर्नु भएको थियो ।

शिक्षाः
रामनगरको बकैना ,पीपलगांछी भन्ने ठाउंमा ठुलो पिपलको बुंटा मुनि भुखमलाल कर्ण बाट उहांले प्रारम्भिक शिक्षा लिनु भएको हो । महोत्तरी जिल्लाको गौशाला स्थित श्री त्रिभुवन माध्यामिक विद्यालय वाट वि.सं. २०२० सालमा एस.एल.सी (मैट्रिक) उतीर्ण गर्नु भयो । त्यस पछि रामसागर बहुमुखी क्याम्पस जनकपुर बाट प्रवेशिका प्रमाण तह (बी.ए) पास गर्नु भयो । त्रिभुवन विश्वविद्यालय बाट शिक्षा शास्त्रको अंग्रेजी साहित्यमा स्नातकोत्तर उतीर्ण गर्नु भयो ।

व्यवसाय :
औपचारिक शिक्षा समाप्त भए पछि जीविका उपार्जनका लागि नेपाल सरकारको अर्धसरकारी सस्थानमा नेपाल सुर्ती कम्पनीमा अधिकृत स्तरमा जागिरे हुनु भयो । सो कम्पनीको काम मुख्यतः किसानहरुबाट सुर्ती संकलन गर्ने, विक्री गर्ने, सो वापत नाफा तथा कमिशन लिने दिने थियो । यस प्रकार व्यापारी संस्थामा बुद्धिजिवी खपाङ्गीको अभिरुची नहुन स्वाभाविक नै थियो । कारण विद्यार्थी जीवन कालमा उनी माथि माक्र्सवाद र लेनिन वादको सैदान्तिक छाप परि सकेको थियो । क्रय विक्रय कमीशन तथा नाफा खाने खुवाउने सस्ंथानमा उनि कसरी टिक्न सक्थे र फलतः केही समय पछि सो पदवाट स्वेंच्छाले राजीनामा गरे ।
जिविका चलाउनका लागि केही न केही व्यवसाय गर्नु पर्नै थियो । वि.सं. २०२९ सालमा रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित गौरी शंङकर माध्यामिक विद्यालयमा प्रधानअध्यापक पदमा नियुक्ती पाउनु भयो । त्यस बेला मगर जनजातिका व्यक्ति पनि प्रधानअध्यापक हुन सक्छ ? र भनेर कतिपय स्थानिय मगरहरु उनिलाई हेर्न आएका थिए ।

राजनीतिक जीवन :
गोरे बहादुर खपाङ्गी मगरले नेपाली समाजमा विद्यमान रहेको आर्थिक विभेदको अनुभव गरि सकेका थिए । किसान, श्रमिक र गरीव वर्ण माथि केही मुठ्ठी भर सामन्ती जमिन्दार र ठालूहरुको चरम आर्थिक शोषणा, मानसिक र शारारिक अत्याचार लाई उहाँले प्रत्यक्ष रुपमा देखेका थिए । आफै महशुस गरेका थिए । एउटा वर्ग दिन प्रतिदिन सप्रिदै जाने र अर्काे वर्ग दिन प्रतिदिन पिल्सिदै जाने तथा थिचिदै जाने देखेर उनि ज्यादै विचलित थिए । जमीनदार र बुर्जवा वर्गको विरुद्ध बहुसङंख्यक मिहेनती जनताको पक्षमा गरिने अन्दोलन नै वर्गिय मुक्ति को आन्दोल हो भनेर खपाङ्गी वाम पन्थी बिचार धारा संग निकट भै सकेका थिए । उनि विद्यार्थी जीवनमा वामपन्थी विचारधाराका वामपन्थी सगंठन अखिल नेपाल विद्यार्थी संगठनमा सक्रिय सदस्य पनि भई सकेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन :
मुलुक भरका शिक्षकहरुको साझा संस्थाको रुपमा राष्ट्रिय शिक्षक संङगठनको स्थापना गर्न खपाङ्गी सक्रिय थिए । वि.सं. २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना गर्दै त्यस संस्थाको केन्द्रीय समितिको संस्थापक सदस्यमा चयन हुनु  भयो । त्यस पछि जनमत सङग्रहको (२०३६) समयमा रामेछाप र दोलखा जिल्लामा अध्यापनरत शिक्षकहरु लाई सङगठित गर्दै बहुदलीय व्यवस्थाको पक्षमा प्रचार गर्दै हिड्नु भयो । यसै अवधिमा खपाङ्गी लोकप्रिय वामपन्थी नेता भइ सक्नु भएको थियो । तत्कालीन सरकार र राज्य उनि संग अत्यन्त आक्रोशित थियो । बिना कुनै अपराध र आधारमा उनलाई विद्यायलयको परिसरबाट हतकडी लगाएर गिरफ्तार गरियो । लगभग १४ महिना सम्म जेलमा अत्यन्त कष्टपूर्ण र अपमान जनक जीवन बिताउनु भयो ।


आम निर्वाचन (२०४३)
जेलको कष्टमय जीवन पश्चात वि.सं. २०४३ सालमा राष्ट्रिय पंचायत का लागि सम्पन्न भएको आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माले) को तर्फ वाट खपाङ्गी उम्मेदवार हुनु भयो । पंचायती निर्वाचनमा उम्मेदवार लाई जिताउन तथा हराउनका लागि राज्यका प्रशासनिक अंग नै संलग्न हुने गरेको थियो । त्यस बेला खपाङ्गी राज्यको आखाँको कसिंगर थिए । उनी उक्त निर्वाचनमा पराजित हुन भयो । तत्पश्चात उनि फर्केर विद्यालय जानु भएन । नेपाल कम्युनिष्ट पार्टी को सक्रिय कार्यकर्ता भएर पार्टी संगठन विस्तार तथा वामपन्थी बिचारधाराको प्रचारमा लाग्नु भयो । उहाँको राजनीतिक जीवनको कथा यसरी नै शुरु भएको तथा विकसित भएको देखिन्छ ।

राजनीतिक दलमा जातीय विभेद :
नेपाली जनताले वि.सं. २००७ सालमा प्रजातन्त्रको प्राप्तीको लागि राणाहरुको एकतन्त्री शासन बाट मुक्ति पाउन सशस्त्र क्रान्ती गरेका थिए । सो क्रान्तीमा अनगनित आदिवासी जनजातीका कर्मठ कायकर्ताको रगत बगेको थियो । वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त भए पछि सक्तामा आफ्नो वर्चस्व कायम राख्न तथा एकाधिकार स्थापित गर्न क्षेत्री तथा वाहुनहरुको बीच हानथाप शुरु भएको देखिन्छ । जे सुकै कारण तर्क तथा व्याख्या गरेता पनि क्षेत्री राजाले आफ्नो सक्ता सुरक्षित राख्न बाहुनले नेतृत्व गरेको बुहदलिय प्रजातन्त्रलाई समाप्त पार्न सफल भए । तत्पश्चात एक दलिय पंचायत व्यवस्थ लागु गरे । जुन २०६४ सालको जनआन्दोलन बाट समाप्त हुन गयो ।

नेपाल कम्युनिष्ट पार्टी (माले)
नेपालमा विद्यमान वर्गिय विभेद र शोषणलाई जडै देखि समाप्त पार्न वि.सं. २००६ सालमा ५ जना नेवार समुदायका सदस्यहरुले मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । स्थापनाको २ वर्ष पछि २००८ साल असोज महिनामा कलकत्तामा सम्पन्न भएको नेकपाको पहिलो सम्मेलन मा १४ सदस्यीय केन्द्रिय समीति गठन भयो । त्यसमा ५० प्रतिशत बाहुन, २१ प्रतिशत क्षत्री ठकुरी, १४ प्रतिशत नेवारको ७.१४ प्रतिशत मुसलमानको सहभागिता थियो । वि.सं. २०१० सालमा सम्पन्न दोश्रो महाधिवेशनमा ४७.०५ प्रतिशत बाहुन, २३.५२ प्रतिशत क्षत्री ठकुरी २३.५२ प्रतिशत नेवार ५.८८ प्रतिशत मुसलमान समावेश थिए । वि.स.. २०१४ सालको महाधिवेशनमा २९.४१ प्रतिशत वाहुन ४१.१७ प्रतिशत क्षत्री ठकुरी २३.५२ प्रतिशत नेवार र ५.८८ प्रतिशत मुसलमान थिए ।
क्रमश..........
(स्मृतिग्रन्थ प्रकाशनका लागी प्राप्त लेख लेखककै अनुरोधमा छापीएको - राज्यसत्ता , ८२ बर्षे लेखक मास्टर मित्रसेन थापा मगर प्रतिष्ठानका अध्यक्ष तथा राजनीतिक बिश्लेशक हुनुहुन्छ )।
 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर