A+ A A-

चीनले राजनीतिक विकासमा नाटकीय परिवर्तन गरेको देखिन्छ !

त्रिलोक सिंह थापा मगर

सन् १९४९ देखि सन् १९७८ सम्म जनवादी गणतन्त्र चीनमा केन्द्रित आर्थिक प्रणाली थियो । सम्पूर्ण आर्थिक व्यवस्था राज्य बाट संचालन हुने व्यवस्था थियो भनेर विज्ञ हरुको भनाइ छ । माओ को अवसान पछि चीनमा बजारमुखी मिस्रित अर्थ व्यवस्थाको सुरुवात भयोको पाइन्छ । सन् १९७८ देखि आर्थिक उदारीकरणले गर्दा सामजिक, आर्थिक , राजनीतिक विकासमा चीनले नाटकीय परिवर्तन हासिल गरेको देखिन्छ ।

 


राज्य स्तरमा पुँजीवाद र जनस्तरमा निजीकरणको (state capitalism and private sector ) मिस्रित अर्थ व्यवस्था (mixed economy )तथा समन्वयबाट चीनको आर्थिक सरचनामा तीव्र गतिले विकास भयोको हो भनेर विज्ञहरुको निस्कर्ष र भनाइ छ । यसरि चीन को आर्थिक व्यस्था बजार मुखी र निजी ब्यापार माथि आश्रीत छ भनेर अनुमान गरिन्छ । निजि व्यापार र राज्य ले संचालन गरे को ठुलो ठुलो उद्योग बीच सहकार्य र समन्वय बाट बिस्वको उदीयमान र अग्रणी अर्थ व्यवस्थातिर तीव्र गतिले चीन अघि बढी रहे को छ ।
जनवादी गणतन्त्र चीन निकट भविस्यमा बिस्वको सब भन्दा बढी सक्तिशालि अर्थ व्यवस्था हुने मुलुकको रुपमा उभिने छ भनेर अनुमान गरियीको छ । अत दान अनुदान ऋण सहुलियत धन आदि लिनु वा माग्नु भन्दा पनि नेपालले चीन बाट आर्थिक विकासको प्रविधि र रणनीति(Development technique and strategy ) सिखुनु पर्ने हो ।
दान ,अनुदान ,सहुलियत ऋण ,धन र ऋण आदि त चीन सरकार बाट बिगतका वर्षो देखि नेपालले प्राप्त गर्दै आइ रहेको छ /कठिन समय मा सहयोग र उपहार नेपाल ले सजिलै संग प्राप्त गर्दै गरे को छ । नेपाल लाइ आफ्नो खुट्टामा खडा हुन र आत्मनिर्भर बनाउनका लागि इट्टा कारखाना ,जुता कारखाना , पेपर मिल र कपडा कारखाना आदि चीन सरकार ले स्थापना गरेकै थियो । हाम्रा बरिस्ठ राज्यनेताहरुले उदारीकरण को नाममा जम्मै बेचेर हजम गरेको सर्विदितनै छ । अझ खान पुगे को छैन जस्तो छ ।

जे होस् गत असार ५ गते २०७५ देखि चीनको भ्रमणमा रहेका प्रधान मन्त्रि के पी शर्मा ओली को जनवादी गणतन्त्र चीन का रास्ट्रपति सी जिन पिङ् ,प्रधान मन्त्रि ली खाछियंग र राष्ट्रिय जन कांग्रेस का स्थायी समिति का अध्य्क्ष ली झ्याँग्सू संगको भेट घाट र दुइ पक्षिय वार्ता भयै लगतै १० वटा समझ दारीपत्र ४ वटा लेटर अफ एस्चैंगे (letter of exchange )तथा रेलवे कनकतिविटीका लागि समजदारी पत्रमा दुवै मुलुकका प्रतिनिधिहरुको हस्ताक्षर भयो को छ । प्रधान मन्त्रि के पी शर्मा ओलीको कुटनीति सफल नै भयो को छ । यसरीछिमेकि मुलुक चीन सरकारको बिश्वाश प्राप्त गर्न पनि एक प्रकारको ठुलो कुटनीति उपलब्धि नै मान्न सकिन्छ ।
२१ जुन २०१८ अर्थात् आसर ७ गते २०७५ मा नेपाल र जनवादी गणतन्त्र चीन द्वारा जारी गरियो को संउक्तबिज्ञप्ति अनुसार बहुआयामिक क्नेतिविटी बढाउन, बन्दरगाह , रेलमार्ग , हवाई मार्ग , र संचार को सम्बद्ध विस्तार गर्न दुवै पक्ष सहमत भयो कोछन ।

यसो को अर्थ उतर बाट पनि अब हामी लाइ आवस्यक पर्ने माल सामान आयात गर्ने द्दोखा ( door open )खुल्न गयो को छ । दुवै छिमेके बाट पारवहनको सुबिधा प्राप्त हुने छ । उतर र दखिन दुवै पटी दुवै तिर पारवहन विस्तार हुने छ । अब नाका बन्दिको ब्रह्मास्त्र चल्यो भने सजिलै संग निसस्त्र गर्न सकिन्छ ।
भारत को प्रधान मन्त्रि मोदी र चीनको रास्ट्रपति सी जिन पिङ् दुवैले काठमाडौँ सम्म रेल पुराई दिने वाचा गरे का छन् । ढिलो र चाँड रेल काठमाडौँ सम्म आइ पुग्छ । दुवै मुलुक को माल गाडीरेल मा दुवै मुलुक को बिभिन् माल समान नेपाल मा आयात हुन्छ  । नेपली ले रोजेर मल समान किन पाइने छ ।
यसरी हेर्दा हिजो सम्म नेपालआवस्यक माल समान को आयात का लागी पुर्णरुपमा भारतमाथी निरर्भर थियो । अब सो निर्भरता घट्ने छ , आवस्यक माल समान का आयात गर्न अब चीन माथि निर्भरता बढने छ । नेपाल को निर्भरता एउटा मुलुक बाट अर्को मुलुकमा सर्ने छ । यस प्रक्रिया बाट नेपालको स्मर्धी र सुखी नेपालको निर्माण गर्न के सहयोग मिल्ने छ ? एक प्रशन छ ?
 
तसर्थ जब सम्म दुवै मुलुकको माल गाडीरेलमा नेपालको आफ्नो उत्पादन(production )अर्थात् मेडइन नेपाल को छाप भयोको माल समान निर्यात(export ) गर्न सकिदैन तब सम्म सुखी र स्मर्धी को सपना साकार हुदैन । त्यसको लागि राजनीतिक दार्शनिकको भ्रम ,बाट मुक्त हुनु पर्छ/पपुलिस्ट सपना कोस्थान मा यथार्थवादी सोच हुनु पर्छ ।

हाल लाई सान साना योजनाको मध्यम बाट ( micro level project ) राष्ट्रिय उत्पादन (national production )लाइ अघि बढाउनु पर्छ  । मुख्यत कृषिमा सघन कृषि कार्क्रम(integrated agricultural based production )लाइ संचालन गर्नु पर्दछ । उदाहरणा क लागि
सात नम्बर को प्रदेश मा सघन जैविक तरकारी(organic vegetable )उत्पादन गरेर भारत कोराजधानी दिल्ली(Delhi )को बजार मा निर्यात गर्न सकिन्छ / दिल्ली शहरको जनसंख्या नेपाल को कुल जनसंख्या भन्दा पनि बढी छ । त्यहाँ जैविक तरकारी मांग अत्यधिक छ ।
गण्डकी क्षेत्र मा मगर गुरुङ ले बुनाई गर्ने राद्ही पाखी लाई प्रोशिधित गरेर चीन को तिब्बतप्रदेश मा निर्यात गर्न सकिन्छ । फल फूल मह (Honey )वैज्ञानिक रुप मा उत्पादन गरे को मा चीन भारत र त्योस्रो मुलुक समेत मा निर्यात गर्न सकिन्छ ।
दुइ नम्बर प्रदेश मा माछा उत्पादन मा विर्धी (increase ) गरेकोमा भारतको कलकता बजार मा निर्यात गर्न सकिन्छ । एक नम्बर प्रदेश को चिया चिरयतो अदुवा जडी बुटी र अन्य किर्शी आधारित बिबिध उत्पादन हरु भारत चीन र अन्य विदेश मा निर्यात गर्न सकिन्छ । अब निर्यात गर्न सजिलो हुने छ कारण कनेकतटीवितीले नया अवसर प्रदान गर्द छ र गर्ने छ ।
नेपाली उत्पादन हरुमा कुनै किसिम को बनावटीपन हुनु हुदैन । सरकार को सम्बधित निकाय ले निरन्तर मुल्याकन( monitoring) गर्नु पर्छ/गुण स्तर मा ( quality control mechanism )सरकार को ध्यान र नियन्त्र हुनु पर्छ ।
त्यसको लागि सरकारको सम्बन्धित बिभाग ले कृषि उत्पादन बारे वैज्ञानिक तालिम ,मल जल , बिउ बिजन र सहुलियत ऋण अनुदान आदि को व्यवस्था सुपरिवैछन तथा उत्पादन को इन्स्योरंस आदि को व्यवस्था गर्नु पर्छ । यस्तो संयन्त्र स्थापित गर्नु पर्छ जसमा उत्पादनको पुरा पुरा आर्थिक लाभ किसानले प्राप्त गर्न सकोस । किसान को उत्पादन दलाली को हातमा नपरोस । अनि किसान उत्साहित हुन्छ ।
कृषि मा आधारित (aggro based industry )उद्योग स्थापना गर्नु आवस्यक छ  तर के गर्ने ? छापा अनुसार एक नम्बर प्रदेश मा ५ लाख टन भन्दा बढी दुध उत्पादन भयो तर बजार छैन ?२ नम्बेर प्रदेश मा उखु किसान को चिनी मिल ले दिनु पर्ने रकम भुक्तानी भयो को छैन । जनक पुर् मा आप बिक्रि नभयेर कुहियै को छ , बजार छैन  कतै अदुवा सुख्दै छ भने कतै चिया को बजार छैन । कतै माछा बिक्रि न भयेर मर्दै छ । यो सब को व्यस्थापन कसले गर्ने ? सरकार र सब्धित निकाय कता छन् ?यसरि कसरि सुखी नेपाल र स्मिर्धि नेपाल हुने हो ? माल गाडी बाट?

तै पनि नेपाल को जल जमिन जंगल तथा पर्यटन को समुचित विकास सदुपयोग उचित परिचालन ,तथा वैज्ञानिक आधारमा उत्पादन हुनु पर्छ । सो भयो को खण्डमा भारतीय र चीनको मालगाडी मा राखेर उनि हरु को देशमा नेपाली उत्पादन ( made in Nepal )सजिलै सित् सो निर्यात गर्न मिल्छ ।
भारत को माल सामान चीन लाई र चीन को उत्पादन भारत लाई निर्यात मात्र गर्ने हो भने नेपाल लाइ कति कमिशन प्राप्त हुने छ ? यस बाट नेपाल को स्मिर्धि र सुखी नेपाल को सपना कसरि साकार हुने हो ?यो मुख्य प्रश्न हो ? सुखी र स्मिर्धि नेपाल को सपना पुरा गर्ने हो भने चीन जस्तै सम्पूर्ण प्रयास र प्रयत्न गर्न युद्ध स्तर मा काम कारवाही हुनु पर्छ,आत्म निर्भरता को बाटो मा हिनु पर्छ ।

(लेखक: मास्टरमित्रसेन थापा मगर प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर