A+ A A-

थारू समुदायमा बढ्दैछ, अन्र्तजातिय विवाह

कमल चौधरी
Image may contain: 2 people, people sitting and fire
बुटवल - समाज परिवर्तनशिल छ । हिजोको समाज आज विलकुल फरक छ । त्यसैले होला थारु समाज शिक्षा र संचारको विकास संगै विस्तारै परिवर्तनका दिशामा अगाडी बढेको पाइन्छ । जसको असर थारु समुदायको विवाह संस्कार र पद्धातिमा पनि विस्तरै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परिवर्तन आउनु स्वभाविक हो ।

हुन त विगतमा अन्र्तजातिय विवाह गरेकै कारण सामाजिक संस्कारहरुमा सामेल हुन बन्देज लगाउने परिपाटी थियो । त्यतिबेलाको समाजमा आफ्नो खुसी र चाहना भन्दा पनि परिवार र समाजको हितको रुपमा विवाहलाई हेरिन्थ्यो । सो इच्छाले मनोमानी रुपमा विवाह गर्नुलाई परिवार र समाज विपरित मानिन्थ्यो तर आजको समाजमा परिवार र समाजभन्दा पनि विवाह स्वयम् व्यक्तिको चाहनामा हुनुपर्छ भन्ने मान्यताको विकसित हुँदै गएको देखिन्छ ।

त्यसैले थारु बहुल्यता भएको वडा, नगर, तथा जिल्लाहरुमा अन्र्तजातिय विवाह बढ्दै गएको देखिन्छ । जसको एउटा उदहरण हो कपिलबस्तु बाणगंगा नगरपालिका । कपिलबस्तुको बाणगंगा नगरपालिकाको विवाह दर्ताको रेकर्डमा हेर्ने हो भने, आर्थिक बर्ष २०७०/७१ देखि २०७३/७४ मा १ सय २८ जना थारुले अन्र्तजातिय विवाह गरेको देखिन्छ । विगतमा अन्र्तरजातिय विवाह कम हुने गरेको र पछिल्लो एक दशक यत थारु समुदायमा अन्र्तजातिय विवाहमा बृद्धि भएको बाणगंगा नगरपालिकाका अभिलेख शाखाका कार्मचारी दिपा जि.सीले जनकारी गराए । कुनै जमाना थियो बाबुआमाले नै इच्छाएको व्यक्तिसंग विवाह हुन्थ्यो । तर आजको युवापिढी जीवनसाथी आफ्नो ढंगले छनौट गर्न थालेका छन् । आप्mनो भावना र चाहना अनुसार जीवनसाथी रोज्ने प्रवृत्ति अधिक मात्रमा बढीरहेको छ । जसको कारण पनि पराम्परागत, ऐतिहासिक, मौलिक र परम्परागत संस्कारहरु विस्तरै हराउदै गएको पाउँन सकिन्छ । आजको समाजमा हरेक संरचना र मान्यताहरुमा अन्तविरोधहरु कायम छन् । पुराना पुस्ता र नयाँ पुस्ताका बीचमा बैचारिक द्धन्द्ध चलेको छ । पुराना पुस्ताले चलिआएको संस्कार र चलनलाई निरन्तरता दिन चाहन्छन् । भने आजको नयाँ पुस्ता यसलाई परिमार्जित गर्दै समयानुकुल बनाउन चाहन्छन् । त्यसैको एउटा उदाहरण हो अन्र्तजातिय विवाह पद्धति । छोराछेरीहरु समाज र परिवारभन्दा पनि आफ्नो जिवन आफ्नो हिसाबले आफुले मनपाराएको व्यक्तिसंग विताउन चाहन्छन् । त्यसैको कारण थारु समुदायमा अन्र्तरजातिय विवाह दिन प्रतिदिन बद्दै गएको देखिन्छ ।

अन्तरतजातीय विवाहले मान्यता पाउँदै
वर्तमान समयमा थारु समाजमा अन्र्तजातीय विवाहले मान्यता पाउँदै गएको देखिन्छ । परम्परागत रुपमा चलिआएको मागी विवाहको सट्टा युवा पुुस्तामा प्रेम विवाहको प्रचलन बढ्नका कारण शिक्षा चेतनाको बृद्धि भई स्वतन्त्रता पूर्वक आफुले मन पराएको जीवनसाथी छान्ने प्रवृत्तिको विकास भएको छ । वास्तमा सूचना एवम् विज्ञान प्रविधिको तिब्र विकाससंगै आफुले मन पराएको जीवनसाथी छान्ने प्रवृत्तिको विकासले गर्दा मन मिलेको खण्डमा जातभात नहेरी प्रेम गर्ने प्रवृत्ति बढेको कारणले यसको प्रभाव थारु समुदायमा पनि अन्र्तजातिय विवाह बढ्दै गएको थारु अगुवाहरु बताउँछन् ।

थारु कल्याणकारीणी सभा कपिलबस्तुका जिल्ला अध्यक्ष जन्जीर प्रसाद चौधरीले थारु समाज परिवर्तन हुँदै सकारात्मक दिशामा अगाडी बढ्दै गएकोले वर्तमान समयमा आएर जातभात छुवाछुत भन्ने कुरा विस्तारै हट्दै गएको बताउँनुभयो । हुन त शुरुमा विवाहको बेला स्वीकृति नदिने बाबुआमा पनि विवाह पछाडीको केही समयपछि सकारात्मक हुँदै जानु स्वभाविक हो । जनचेतनाको लागि भन्दै कतिले त मागेरै अन्तरजातीय विवाह गर्ने परिपाटी बसाल्दै गएको पनि देख्न सकिन्छ । जसकारण अझ अन्र्तजातीय विवाहलाई प्रोत्साहन गरेको पाईन्छ । कानुनी रुपमै पनि जातभातको आधारमा छुवाछुत र भेदभाव गर्नेलाई सजायको व्यवस्था गर्नुको साथै अन्र्तजातीय विवाह गर्नेलाई विभिन्न किसिमको प्रोत्साहन सहित रकमको व्यवस्था गरेको देखिन्छ । जसले गर्दा थारु समुदायमा पनि अन्र्तरजातिय विवाहले मान्यता पाउदै गएको देख्न सकिन्छ ।

विवाह पद्धातिमा आएको परिवर्तन
विवाह पुरुष र स्त्री दुई आत्माहरुको पारस्परिक मिलन गराउने एउटा महापवित्र सामाजिक बन्धन हो । यो प्रायः हरेक मानिसको जीवनमा हुने गर्छ । यो अत्यन्त महत्वपूर्ण बन्धन हो तर यो जति महत्वपूर्ण तथा अत्यावश्यक उत्सव हो त्यतिकै जटील काम पनि हो । किनकि दुई आत्माहरुको जीवनभरिको सुख र दुःखको साधारणत यही विवाह रुपी बन्धनमा भर पर्दछ । असल गुणयुक्त केटा र केटी (बेहुला र बेहुली) को छनौट भई विवाह उत्सव सम्पन्न हुन सक्यो भने दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ अर्थात् ती दम्पतिहरु जीवनभरि सुखी र खुशी हुन्छन् भने नमिलेका कुराहरु भएका बेहुला बेहुली बीचमा विवाह भएमा ती जोडीहरु आजीवन दुःखी हुन्छन् भन्ने विश्वास गरिन्छ ।

त्यसकारण यो विवाह प्रक्रियालाई सफल बनाउने उद्देश्यले थारु जातिमा बेहुला बेहुलीको छनौट देखि विवाह उत्सव सम्पन्न गर्न विभिन्न सामाजिक तथा धार्मिक विधिहरु अपनाउने गर्नेगरिन्छ । यी महत्वपूर्ण प्रक्रियाहरुमध्ये सबैभन्दा पहिले केटा र केटीको छनौट प्रक्रियालाई यो समाजले अति महत्वपूर्ण प्रक्रियाको रुपमा लिने गरेको पाईन्छ । थारु जातिमा प्रायः अभिभावक आयोजित (मांगी) विवाह परम्परा कायम छ अर्थात् अभिभावकहरुले नै केटीको लागि केटा तथा केटाको लागि केटीको छनौट गर्ने र विवाहका लागि महत्वपूर्ण निर्णयहरु लिने र विवाह गरिदिने चलन छ । शायद पहिला पहिला थारु जातिमा बालविवाहको चलन रहेको हुनाले अहिले पनि अभिभावकहरुले नै केटा केटीको छनौटदेखि लिएर विवाहको सम्पूर्ण व्यवस्था मिलाउने गर्दछन् । समाजशास्त्री डोर बहादुर विष्टले “सवै जातको फुलबारी ” पुस्तकमा १८–१९ बर्षकी तरुनी केटीले १०–८ बर्षको केटासंग विवाह गर्ने कुरा उल्लेख गरेका छन् । त्यस्तै उनले विवाह गर्दा वा अरु पारिवारिक र समाजिक पर्व मनाउदा आफ्नै जातिको पुरोहित, गुर्वासंग पुजा पाठ गरेको कुरा उल्लेख गरेको पाईन्छ । पहिले थारु समुदायमा पनि दाजुको मृत्युभएमा भाउजूलाई देवारले श्रीमातीको रुपमा स्याहार्नुपथ्यों । यसरी भाउजू विवाह, बहुपत्नी विवाह लगायत थारु समुदायमा पनि समाजिक प्रर्थाहरु नभएको होईन । तर समय परिवर्तन संगै आजभोली थारु समुदायमा विवाह पद्धातीमा परिवर्तन आएको छ । उनीहरु मागी विवाह गरे पनि आफुभन्दा कम उमेरका युवाती संग विवाह गर्न थालेका छन् । त्यस्तै शिक्षा, संचार माध्यमको विकास र विस्तार संगै पछिल्लो समयमा थारु समुदायमा अन्र्तरजातिय विवाह बढ्दै गएको देखिन्छ । आफ्नै समुदाय भित्र मात्रै विवाह गर्नुपर्छ भन्ने यी थारु समुदायहरु अन्य ग्रैह थारु संग विवाह गर्ने परिपाटीले गर्दा थारु समुदायको जिवन पद्धातीमा सकरात्मक तथा नकरात्मक दुवै पक्षाबाट प्रभाव परेको देखिन्छ ।

विवाहपछिको प्रभाव
अन्र्तजातिय विवाहमा बृद्धि भए पनि अझै हाम्रो थारु समाज परापूर्व कालदेखि नै पितृसत्तात्मक पुरुष नै सर्वोसर्वा ठान्ने प्रवृत्ति आजको दिनसम्म पनि रहेको देखिन्छ । जसको कारण महिलाहरुलाई सानो गल्तीमा पनि दोषि ठान्ने अनि उसको व्यक्तिगत स्वतन्त्रता माथि पनि पुरुषहरुले अंकुश लगाउने हुँदा यसबाट पनि महिलाहरु अछुतो हुन सकेका छैनन । त्यही समाजले अन्र्तजातिय विवाह गर्दा पुरुषलाई सजिलै छुट दिएको हुन्छ भने, महिलालाई अनेक लान्छना लगाई दोषी देखाएको पाइन्छ । यसरी अझै पनि अधिकांश महिलाहरुलाई विवाह पछाडी धेरै समय सम्म पनि परिवारमा प्रवेश नदिएको देखिन्छ । त्यस्तै विवाह पछाडी जातिय हैसियत कम गर्ने प्रबृत्ति आजको दिनसम्म पनि देखिन्छ । कुनै पनि धार्मिक संस्कारमा अरु सरह प्रवेश नदिने गरेको पाईन्छ । हुन त कतिपय शिक्षित परिवार अन्र्तजातिय विवाहको पक्षमा देखिएता पनि सामाजिक मान, प्रतिष्ठामा आच आउने डरले गर्दा आफ्नो छोराछोरीलाई यो विवाहमा सोझै स्वीकृति दिन नसकेको पनि देखिन्छ । विवाह पछाडीको पारिवारिक सन्तुष्टीलाई हेर्दा विवाह लगत्तै स्वीकार नगर्ने तर केही समय पछी परिवार सामान्य बन्ने गरेको धेरै देखिन्छ भने केहीको भने आजको दिनसम्म पनि पारिवारिक सम्बन्ध नसुध्रिएको पाइन्छ जो विवाह पछाडी संघर्ष गरेर नाम र दाम कमाउने हुन्छन् । उनीहरुलाई समाज र परिवारले त्यसपछि हेर्ने दृष्टिकोण राम्रो बन्दै गएको छ ।

यसरी समाजमा राम्रो सफलता प्राप्त गर्ने जोडीलाई समाजले हेर्ने दृष्ट्किोण सकारात्मक भए पनि उत्पीडित, गरिव समुदायले अन्र्तजातिय विवाह गरेकोमा हाम्रो थारु समाजले नकारात्मक दृट्रिकोणले हेर्ने परिपाटी कायम नै छ । हुन त अन्र्तजातीय विवाह परम्परागत संस्कारलाई बिस्तारै परिमार्जित गर्दै नयाँ संस्कृतिको विकास हुँदै जानु पक्कै पनि सर्हानीय कुरा हो । तर थारु समुदायको भेष भुषा, भाषा, धर्म संस्कृति यी यस्ता विवाह पद्धतीमा आएको परिवर्तन संगै भुल्दै जानु राम्रो होइन ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी