A+ A A-

खस, आर्य र मङ्गोलबीच विद्रोह भए हामी आफ्नै देशमा शरणार्थी पक्का

नेरुता मोक्तान तामाङ्ग
Image may contain: 1 person, outdoor
काठमाडौं, साउन २८ - मङ्गोल नेशनल अर्गनाइजेसन को सदस्यता मात्रै मङ्गोल अरे अरू सबै बाहुन क्षेत्री हुन भन्नुहुन्छ उहाँ ” मङ्गोल हुँ तर मङ्गोल अर्गनाइजेसन को सदस्य होइन । हो म आदिवासी हुँ कुनै आदिवासी संस्थामा आबद्ध छुइन । जस्तै हिन्दू हुँदैमा सबै राप्रपाका हुन भन्ने हुँदैन । म आदिवासी हुँ कि मङ्गोल हुँ कि के हो मलाई  एउटै नामकरणमा अल्झिनु रहनु छैन विरोध गर्नुहोस् अथवा समर्थन जो भएपनि ‘म’ र “उ” त्यही समुदायको मान्छे हौं  जो २५० वर्ष पहिले देखि राज्य द्वारा शोषित र पीडित समुदायको नागरिक हौं । त्यसो भन्दै मा बाहुन लखेटौं भन्नू बुद्धिमानी ठानिँदैन किनकी यहाँ कसैले कसैलाई लखेट्ने अधिकार छैन न त हिम्मत छ न यो सम्भव नै छ ।

समग्रमा बाहुन लगायत आम जनतालाई समेटेर नलगे सम्म त्यो राजनीतिक दलले न त गन्तव्य नै निर्धारण गर्न सकिन्छ  न त भविष्य । जस्तै- आदिवासी जनजाति एवं मङ्गोल समुदायलाई परास्त गरेर जाँदा सफल हुन्थ्यो भने प्रचण्डले पनि हाम्रो समुदायको मुद्दा लाई डस्टबिनमा हालेर जान्थे होला तर यथार्थमा उत्पीडित जाती, वर्ग , समावेशी , समानुपातिक , जातीय समानता , धर्मसंहिता सहितको धर्मनिरपेक्ष राष्ट्र , सँघिय लोकतान्त्रिक गणतन्त्र , सँघिय कानुन सहितको सँघिय प्रदेश जस्ता थुप्रै परिवर्तनका मुद्दाहरू लाइ छोडेर गएको भए माओवादी को न गन्तव्य हुन्थ्यो न त कुनै भविष्य नै । इतिहासमा खस आर्यले जस्तै गल्ती गरे पनि वहाँहरूको पुर्खाको बद्ला वर्तमान खस आर्य सँग लीन खोज्नु एक मूर्खता बाहेक अरू केही होइन । लोकतान्त्रिक गणतन्त्र ल्याउनुमा बलिदान दिनेहरू खस आर्य पनि सयौं छन् ।

विगत जस्तै भएपनि परिवर्तनकारी बाहुनहरूको राष्ट्र प्रतिको योगदानलाई घृणा गर्न मिल्दैन । तर त्याग्नै पर्ने घमन्ड खस आर्यमा पनि प्रशस्तै छन् । जस्तैः धर्मनिरपेक्ष राष्ट्रमा गाई काट्नेलाई जेल, धर्मको नाउमा महिलालाई शिवको बाहानमा लिङ्ग ढोग्न लगाउने, दलितलाई मन्दिर प्रवेश निषेध आदि, महिलाहरू महिनावारि मा छाउपडी प्रथा आदि । राष्ट्रको हरेक निकायमा खस आर्य नै हुनै पर्छ भन्ने जस्ता अहम् र घमण्डतालाई उनीहरूले त्याग्नै पर्छ । अनपढ अशिक्षित पुर्खाले त्यही मान्दै आएका हुन भन्दै अहिले एक्काइसौं शताब्दीका शिक्षित वर्गका परिवर्तनशील युवाहरूले पनि त्यही पुरातनवाद अंङ्गाल्दै बस्न सुहाउँछ ? खस आर्यले अनावश्यक घमन्ड त्यागेन भने भोलिका दिनमा बाहुन लाई पनि समेट्दै लगेर देशलाई समृद्धि तिर धकेल्नु पर्छ भन्नेहरू पनि मङ्गोल हु भन्दै अराजक सिद्धान्त डोर्याउन थाल्नेछ ।

अन्ततः जातीय विद्रोह नभई नश्लिय विद्रोह हुन सक्छ । त्यसो हुन पुगेमा, खस आर्य र मङ्गोल बीच विद्रोह हुँदा समग्रमा सिङ्गो देशलाई घाटा हुनेछ । त्यसपछि सार्वभौम सत्ता सम्पन्न र समृद्धि राष्ट्र होइन हामी आफ्नै देशमा फेरि पनि शरणार्थी हुने छौं । किनकी हामी र हाम्रो राष्ट्र कमजोर भएपछि छिमेकी राष्ट्रको हस्तक्षेप बढ्छ । अन्त देश नै छिमेकी राष्ट्रमा गाभियो भने हामी आफ्नै देशमा शरणार्थी हुन्छौं कि हुँदैनौं त प्रश्न तपाइँलाई ? अवगत नै होला अहिले पनि नेपालको कुनै राजनीतिक दल चोखो छैन ।  दार्जिलिङ देखि लिएर युरोप अमेरिका , संयुक्त राष्ट्र महासँघ सम्मको इसारामा चल्ने गर्छन् प्रत्येक राजनीतिक पार्टी । उनीहरू बीच के कस्ता गोप्य आन्तरिक सम्झौता भएका छन् म लगायत करोडौँ आम नागरिक अनविज्ञ छौं । त्यसैले दुबै पक्षहरूले आ-आफ्नो अहमता त्यागौं र देशको रक्षा गरौं ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी