A+ A A-

स्व. खपाङ्गी मगरको ओनलाइन मिडिया र सामाजिक सन्जालमा योगदानको चर्चा !

बिजय हितान
यूके, असोज १ - गोरेबहादुर खपाङ्गी मगरको निधन पछी अन्लाइन  मिडिया र सामाजिक सन्जालमा उनको जिवनि र योगदान प्रती बहसका भेल नै उर्लेका छन ।

मोटरसाइकल दुर्घट्ना पस्चात लामो समय उपचारको शैयामा सुस्ताएका खपाङ्गी मरणपरान्त फेरी ब्युंझेका हुन कि भन्ने आभास भैरहेको छ । प्रतिपक्षीको राजनीति गर्ने, त्यसैमा आदिवासी जनजाती मुलका नेताले यस्तो चर्चाको सिखर चुमेको खपाङ्गी पहिलो ब्यक्ती हुनपर्छ । त्यसैले यो एक ऐतिहासिक अवस्था भएको मैले अनुभव गरिरहेको छु ।

आज उनको निधन भएको केही हप्ता बितिसक्दा पनि नेपाल र देसबिदेसका अन्तरकुन्तरमा उनलाई स्रदान्जली दिने कार्यक्रम अझै सिद्दिएको छैन । किन यिनलाई यसरी मान्छेहरुले स्रदा ब्याक्त गरिरहेका छन भनी अध्यन गर्दै जाँदा उनका निम्नलिखित भनाइहरु मलाई पाठक माझ बाँडन उचित लाग्यो ।

खपाङ्गीका ति दर्शन कती त अहिलेको राजनैतिक छितिजमा सान्दर्भिक भएर पनि ब्याबहारमा लागु भैसकेका छन । तर उनका कती बिचारलाइ अझै समिक्षा गर्दै जानुपर्ने देखिन्छ । त्यसैले उनका सिद्दान्तप्रती ब्रिहत बहस र छलफलको खाँचो छ । आउने दिनहरुमा राजनैतिक पार्टि र अन्य सँघसंस्थाले यस बिषयमा चर्चा परिचर्चा गर्दै खपाङ्गीलाई अंमर तुल्याउने कार्य गर्नेछन भन्ने मैले आशा राखेको छु ।


  • सङ्घियता जातिय मुक्तिकालागी नभै बिकासका लागि हो ।
  • नेपालमा देखिएको समस्याको खास जड बर्गिय भन्दा जातिय हो । 
  • राज्यको निकायमा जातजातिलाई जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गराएमात्र देश बिकास सम्भव हुन्छ ।  
  • म सिंहदरबार छिर्ने सपना देखाउँछु, तिमी (जनजाती र दलित युवा) अमेरिका पुग्ने सपना देख्छौ, कहाँबाट हुन्छ तिम्रो मुक्ती ?
  • बुलेटले होइन ब्यालेटद्वारा सत्तामा पुग्नपर्छ, त्यसकालागी सर्बप्रथम समुदाय चेतनशिल बन्नु पर्छ (जातिय मुक्तिकालागी सश्स्त्र संघर्षको सल्लाहदिनेहरुलाई लक्षित)।
  • मैले दशैमा राजाको हातबाट टिका धार्मिक शहीष्णुता दर्साउन लगाएको हुँ ।
  • राजा खुशी हुन्छन कि भन्ने चाहनाले मैले टोपी माथि सारेर निधार थापेकै हुँ । मैले जनजातिकै काम गराउन राजाको हातको दशै टिका थापेकै हुँ । 
  • कुनै एक जाती, बर्ग, धर्मको वर्चश्व होइन सबैको समान सहभागिताले राज्य बलियो हुन्छ ।
  • राजनीतिक चक्रब्युहभित्र वहिष्करणमा पर्न गएको र जसरी सल्लाको वनमा एक्लो साल किचरिक्क परेर आँफै मर्छ त्यस्तै हुने देखेर मैले कम्युनिष्ट पार्टी छोडेको हुँ । 
  • दिलैदेखी उनिहरु जनजातिका समस्याहरुप्रती सकारात्मक कहिल्लै हुन सक्दैनन । 
  • जनजातिको एउटा साझा राजनीतिक मन्च निर्माण गरेर चुनावी प्रतिस्प्रधामा जानुपर्छ ।
  • यो समाजमा मुसाले छोएको भात खाइन्छ तर जनजातिले छुएको भात नखाने चलन छ ।
  • जुन राजनैतिक पार्टिमा आदिवासी जनजाती नेत्रुत्वमा छैनन त्यो पार्टिबाट जनजातिको मुक्तिको बाटो देख्नु उपयुक्त छैन ।
  • हेर! यो जनजाती पार्टिमा गएछ भन्दाखेरी लाज मान्छन । हिँजो खपाङ्गी पनि नेकपा माले छोडेर यो पार्टिमा आउँदा त्यसैगरि भन्थे तर उसले लाजले मुख छोपेन । समस्या के हो भने म जनजाती हुँ भनेर समाजमा चिनाउन डराएका कारण ।
  • आदिवासी जनजाती महासंघले नेत्रुत्वकारी होइन समन्वयकारि भूमिका खेल्नु पर्छ ।    
  • हामीले सिमित भुमिको मालिकको कुरा होइन राष्ट्रको मालिक हुने कुरा सोँचिनुपर्छ ।
  • भुमिपुत्रले यो देशको निती निर्माता बन्नको लागि सत्तामा जानु पर्छ ।
  • हामीले बोकेको बन्चरोको धार पञ्चायततर्फ धेरै हान्यौ, अब उप्रान्त आफ्नै कम्युनिष्टतर्फ हान्नुपर्छ ।
  • देखिएका गैरतागाधारी पार्टी कार्यकर्तालाई प्रत्येक जातिबाट एक/एक जनालाई नेकपा (माले) को केन्द्रिय समितिमा राखेमा पार्टिको गती दुरत्तर हुँदै जानेछ ।
  • म हिँजो पनि मेची महाकाली जुन रफ्तारमा गइरहन्थेँ  आइरहन्थे, त्यसमा समयसापेक्ष केही कमी हुन सक्छ तर यात्रा निरन्तर छ ।
  • म कुनै जाति जातित्व बिरोधि होइन, जातिवादको बिरोधि हुँ, जातिय निरङ्कुशताको बिरोधि हुँ ।
  • जातिवाद बिरोधको आन्दोलन तुहिएको छैन । तुहिएको भए कसरी अशोक राइ जन्मन्थे ? कसरी चैतन्य सुब्बा जन्मन्थे ?     
 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर