A+ A A-

आदिबासि जनजातिका बारेमा सम्बोधन गरिनुपर्ने अन्य समस्याहरु

बिजय हितान

प्रारम्भ :

आज (आदिबासी जनजाति) का राजनैतीक मात्रै होइनन अन्य मुद्दालाई पनि सम्बोधन गरिनुपर्ने देखिन्छ । आज समुदायमा सामाजिक, सैक्षिक, आर्थिक, साँस्कृतिक र अन्य धेरै पक्षमा समस्याहरु बिद्धमान छन । यि समस्याहरु सर्बप्रथम त आफ्नै कमी कमजोरिका उपलब्धी हुन । राज्यको बिभेदित नितिको प्रतछ्य प्रभाव त छँदै छ । भेदभावपूर्ण नितिलाई औंला ठडाइ-ठडाइ उज्गार गरिन्छ तर आफ्नै कमी-कमजोरिलाई औंल्याईएको भने हुँदैन । तिनका समाधानका उपाय न त कसैले बहस गरेको सुनिन्छ न त निराकरणका कुनै कार्ययोजना बनाइएको छ ।

आजका यि अन्य मुद्दालाई कसैले न उठाएको भने होइन । तिनलाई बोकेर हिंडने केही अभियन्ता जन्मेकै हुन । तर जनसहभागीताको अभावले गर्दा तिनिहरु ओझेल परेका हुन । यसको एक कारण राजनीति गर्नेलाई नेता मान्ने सामाजिक अभियन्तालाई नेता नमान्ने संस्कारले गर्दा हो । सामाजिक समस्याप्रती बोल्ने ब्यक्तिहरुलाई नेता भनिन्न र समाजमा तिनलाई उच्च सम्मान दिइन्न । राजनीति गर्ने नेतालाई मात्रै पुज्ने संस्कारले आजका अन्य इस्यु ओझेलमा परेका हुन । मिडियाले राजनैतिक भाषाण छांट्नेलाई मात्रै फ्रन्ट लाइनमा हेडलाइन बनाइदिन्छ । ति नेतालाई माला र खादा ओडाइन्छ । कुनै भेलामा सम्मानका साथ अगाडिको कुर्चिमा स्थान दिइन्छ । तिनै नेताको फेरी ढाड पछाडि कुरो काटिन्छ ।   आज (आदिबासी जनजाती) राजनीति बाहेक अन्य आयामतिर उन्मुख नहुनाका केही कारणहरु छन । एउटा त हो, मिडियाले राजनैतिक भाषण छाँटने ब्याक्तिलाई माथि उठाइदिनु अनी समाजमा उसलाई एक हिरोको रुपमा हेरिनु । तर अन्य बिषयका ज्ञाता र अभियन्ताहरुलाई सामान्य ब्यक्तिको रुपमा हेरिन्छ । एउटा पार्टिको झोला बोकेर राजनीति गर्ने ब्यक्ती भोली मन्त्री होला र गाउँमा बाटोघाटो ल्याइदेला भन्ने भ्रमले हो त्यसो गरिएको । राजनैतिक समाधानको रोड म्याप कोरियो । अब तलका मुद्दालाई सम्बोधन गरिने पनि रोड म्याप निर्माण गर्न जरुरी छ ।

सामाजिक- 

नेवार समुदाय बाहेक नेपालमा अन्य आदिवासी जनजाती सामाजिक बिकासको गतिमा पछी परेका छन । ब्याक्तिबादी तथा कुटुम्बबादी सोंच हावी हुनु यसको प्रमुख कारण हुन ।  ब्यक्ती-ब्याक्ती, समुदाय-समुदाय, क्षेत्र-क्षेत्र, वा संगठन-संगठन बिच सहकार्य गर्नाको धेरै फाईदा छन । नबिन बस्तुको निर्माण, छिटो र छरितो कार्यसम्पादन, थोरै लगानी धेरै लाभ हुनसक्छन । आज समुदायभित्र यसरी कोलाबरेसनमा परीयोजना चलाएर फाईदा लिएको बिरलै पाईन्छ । संगठन निर्माण, र ब्याबस्थापन कसर गर्ने भन्ने कुरामा पनि चुकेको देखिन्छ । बरु अरुको  सङ्गठनमा इमान्दार र अनुशासित बनेर काम गर्ने बानी हुन्छ । यस्ता गुण भएका समाजका ब्यक्तीहरु कहिल्लै मालिक बन्न सक्दैनन, सधैं मजदुर रहिरहेर जिउनुपर्ने बाद्ययता आउँछ । यो समस्या आज समुदायमा हिंज पनि टडकारो थियो, अैले पनि छ, र भोली पनि रहिरहनेछ । अब प्रश्न उठ्छ आज समुदायमा यस्ता समस्याको हल कसले गरिदिने ?

शैक्षिक- 

 

आज शिक्षामा पिछाडी परेको घाम जस्तै छर्लङै छ- राज्यको नितिले हो या बंसानुगत बिशेषताले । स्रोत र साधन सिमित रहेको राज्यलाई सधैं दोस देखाउनु भन्दा अगुवाहरुले आ-आफ्नो समाजमा शैक्षिक क्रांति ल्यान सक्छन । नेवार समुदायको आफ्नै भाषा छ तर पनि उनिहरुमा राष्ट्रिय स्तरका बौद्दिक ब्यक्तित्व पनि छन । त्यसैले सबैले नेवार समाजको मोडल अङ्गिकार गरेमा शैक्षिक बिकास सम्भव छ ।

आम-चेतनसिल बन्न शिक्षा अनिबार्य हुनैपर्छ भन्ने छैन । सामाजिक पृष्ठभूमी बलियो छ भने प्राय सबै बिषयमा न्युनतम सचेतना राख्न सकिन्छ । सामान्य जागरुकताको कमी हुँदैन । तर दुर्भाग्य भन्न पर्छ आज मा सामान्य जागरुकताको स्तर अन्य जात भन्दा तल छ । यसैको कारण, उदाहरणको लागि, जोखिम आङ्कलन गर्ने छमता छैन । हालैको महाभुकम्प पीडितहरुमाझ सर्बेछण गर्ने हो भने अधिकतम पीडित जाती आज पृष्ठभूमी भएकाहरु छन । कस्तो भुभागमा बस्ती बस्दा प्राकृतिक प्रकोपबाट टाढा रहन सकिन्छ भन्ने जागरुकताको कमी पाईन्छ । बाजे बाराजु जुन भुमिमा बस्दै आए त्यँही रमाइरहने स्वाभावका भएर हो । त्यो ठाउँ पहिला आबाद योग्य थियो होला तर बातावरणिय परिवर्तनले  त्यो अवस्था अैले नहुन सक्छ । 

यि गहन बिषयलाई कुन नेताले सम्बोधन गरेका छन त ? यि बिषयमा जागरुकता देखाउने सामाजिक अभियन्ता को खाँचो छ । त्यस्ता ब्यक्तिहरु उत्पादन गरी बस्ती बस्तीमा पठाउन जरुरी छ । भोट हाल्नुस हामी सिंहदरबारमा पुग्नपर्छ भन्नेको भने कमि छैन ।

आर्थिक- 

आर्थिक उन्नतिलाई आज का संगठनले प्राथमिकताको सुचिमा पिछाडी राखेका छन । संगठनका बिधानमा पहिलो प्राथमिकता भाषा संस्कृतिको सम्रक्षण र सम्बर्धनलाई दिईएको हुन्छ । अब यसलाई परिवर्तन गरी पहिलो उद्देस्य समाजको आर्थिक उन्नती भनेर लेखिन जरुरी छ । आधुनिक युगको अर्थब्यबस्था र यसको महत्व बारे अधिकतम जनसङ्ख्या अनभिज्ञ छन । पैसा धेरै छ भन्दैमा त्यो ब्यक्ती धनी बन्दैन । थोरै पैसाले धेरै बनाउन सक्ने सिप हुनपर्छ । थोरै पुँजिले धेरै उत्पादन गर्न सक्ने कला हुनपर्छ । चुस्त तरिकाले आर्थिक कारोबार चलाऊन सक्नुपर्छ । बलियो अर्थतन्त्र समाजको मियो भने पनि हुन्छ ।  मावोबाद र मर्क्सबादका भाषाण दिने मात्रै होइन, 'माग र आपुर्ती, क्रेता र बिक्रेता बिचका सम्बन्ध जस्ता अर्थशास्त्रका सिद्दान्तका ज्ञ्याता पनि जन्माउनु पर्ने हुन्छ । सिँह दरबारको कुर्ची मात्रै होइन राष्ट्र बैङ्कको कुर्ची पनि ताक्न जनसक्ती तयार पार्नपर्छ । बस्ति-बस्तीमा मितब्यायिताको जनजागरण कार्यक्रम ल्याउन पर्छ । अगुवा संस्थाहरु आज समुदायमा पुगेर शनिबारे बिहीवारे बजारको स्थापना गरी घरमा उब्जेको साग-सब्जी देखी पालेको भैंसी सुङुर; पारेको जाँडा, तोङ्बा र रक्सी बिक्री गर्न सक्ने माइक्रो इकोनोमीको ब्याबस्था गराइदिनुपर्छ ।

साँस्कृतिक-

आज समुदाय सांस्कृतिमा धनी मानिन्छ । लिखित पद्दति बिनाको र भनाइको आधारमा एक पुश्ताबाट अर्को पुष्तामा हस्तान्तरण भइरहेकोले कयौं जातिका सँस्क्रिती लोपान्मुख अवस्थामा छन । तिनको सम्बर्धन र सम्रक्षणको खाँचो छ कला कृतिको रुपमा, मुर्तिको रुपमा, संघ्रालयको रुपमा; साहित्य, चलचित्र, अडियो भिडियो सि डि को रुपमा । यिनैलाई आर्थिक स्रोतको रुपमा परीणत गर्न पनि सकिन्छ । यसका बचावका लागि केही संगठनहरु खोलिएका छन ता पनि राजनैतिक मुद्दालाई जस्तो प्राथमिकताकासाथ अगाडि बढाइएको पाइँदैन ।

प्रबिधि तथा स्रोत-साधनको प्रयोग- औजार खेलाउन जान्नाले काम छिटो हुन्छ । शरीरलाई आराम हुन्छ । समयको बचत हुन्छ । उब्रेको समयले अर्को काम फत्य गर्न सकिन्छ । जसले छोटो समयमा धेरै काम सिध्याउन सक्छ त्यही समाज बिकास क्रममा अगाडि लम्कने हो । सही औजारको प्रयोगले गरिएको काम राम्रो बलियो पनि हुन्छ । आजमा कस्तो औजार कतिबेला प्रयोग गर्नपर्छ भन्ने कुराको ठीक जानकारी छैन । अनी आफ्नो वरीपरी उपलब्ध स्रोत र साधनलाई समयानुकुल ठीक ठाउँमा प्रयोग भएको हुँदैन । आफैले भारी बोक्ने तर गधा खच्चड प्रयोग नगर्ने बानी हुन्छ । हो, प्रक्रितीको समिप्यले पर्यावरण बचावमा आजको महत्वपूर्ण भूमिका हुन्छ । तर गरिवी र तालिमप्राप्त ज्ञानको अभावले पर्याबरणलाई सखाप पनि परेका हुन्छन । बन्यजन्तु, जडिबुटी र बनस्पतिलाई जोगाउँदै कसरी आफ्नो जिविको पार्जन गर्नुपर्छ भन्ने शिक्षा तिनलाई कसले दिने ? बैज्ञानीक ढंगले कृषि गरेर बाँच्न कसले सिकाउने ? यि बिषयमा ज्ञान दिलाउनु  एक जिम्मेवार संस्थाको दायित्व हुन्छ ।

भाषा- 

जातिय भाषा बचाउलाइ राजनैतिक भाषणमा ठुलै स्वरले फुकेपनी व्यबहारमा केही भएको छैन । अङ्रेजी हिन्दी भाषाको चपेटामा र अन्य तत्वको प्रभावमा मात्र्यु भाषाहरु जनजिब्रोबाट हराइरहेका छन । सरकारलाई प्रेसर दिएर पाठ्यक्रम निकाल्न सकिन्छ । भाषिक विद्वान जन्माउन सकिन्छ । दुइचार जनाले ब्याक्तिगत प्रयास गरेता पनि संस्थागतरुपमा भाषा सम्रक्षण कार्य अगाडि बढेको छैन । एक विद्यार्थीलाई ने. बि. संघको नेता हुन प्रोत्साहन गरिन्छ तर,उदाहरणकोलागी,राइ/लिम्बु भाषाको शिक्षक हुन गरिदैन ।

कृषि- 

कृषि देसको मुल पेशा हो । एक पाथी कोदो छरेर पाँच पाथी उमार्न अधिकांसले जानेका हुन्छन । सबैका घरमा कुख्रा, बाख्रा, भैंसी जस्ता जनावर पालिएका हुन्छन । आफ्नो जिबिकोपार्जनको लागि गरिएको कृषिलाई उध्योग भन्न मिल्दैन । जब कृषि सामग्री उत्पादन गरेर बजारमा बेचिन्छ र पैसा आर्जन हुन्छ अनी मात्रै त्यसले उध्योगको रुप लिन्छ । आज जिवन निर्बाहको लागि मात्रै कृषि गर्छन् ना कि अर्थ उपार्जनको लागि । अन्य जाती र आजको कृषि कृयाकलापमा तुलना गरियो भने जमिन आसमानको फरक पाईन्छ । एउटै भुभागको एउटै छेत्रफल रहेको बारीमा,उदाहरणकोलागी,आजले ५ मुरी अन्न फलाएका हुन्छन भने अर्को जातले सात मुरी फलाएको हुन्छ । सात मुरी फलाउनेले उन्नत जातको बिउ कँहा पाईन्छ भनी खोज्छ । सरकारी अनुदानको रासायनिक मल खोजेर छर्ला । समयमा सिंचाइ गर्ला । पाँच मुरी फलाउनेलाई यसरी खोज्न अल्छि लाग्ला । कृषि बैज्ञानीकहरुबाट परामर्स लिन लाज लाग्ला । मौसमको ख्याल राख्न नसक्नाले समयमा सिँचाइको ब्याबस्था मिलाउन नसक्ला ।

उपसम्हार हो, सफल राजनैतीक आन्दोलन पस्छात कुनै समाज एकैचोटि टुप्पैमा पुग्ला तर तिनका जरा बलियो हुन पर्यो । मैले माथि उठाएका बिषयहरु भनेको जरा बलियो बनाउने दबाइहरु हुन । अग्लो छानो मात्रै भएर भएन गहिरो जग पनि बसाल्न पर्यो । मैले उजगार गर्न खजेको सन्दर्भ चम्किलो गजुरको साथसाथै मजबुत पिलरको पनि हो । राजनैतिक खिचडी सबैले पकाइरहेका छन । लाग्छ, यो बढी पाकेर पनि गली सक्यो । बाँडिचुँडि खान पनि थालियो । तर सामाजिक, सैक्षिक, आर्थिक, साँस्कृतिक जस्ता क्रम:श आटो, ढिंडो, रोटी र तिउन कस्ले पकाउँदैछ ? कती पाकी सक्यो ? कतै काँचै पो छ कि ? कसैले चासो राखेको देखिदैन ।

प्रबासमा नेपाल आदिबासि जनजाति महासंघका दर्जनौ साखा सङ्गठन खोलिएका छन । ति सबै नेपालको राजनैतिक मुद्दामा अल्झेको देख्छु । सबैको स्रोत र साधन राजनैतिक मुद्दामा मात्रै केन्द्रित गरिंदै आर्थिक सहयोग जुटाएर राजनैतिक अभियानलाई मात्रै पठाइन्छ । यस्तो कृयाकलापले चिरस्थाई परिवर्तन ल्यान सक्दैन । राजनैतिक जिम्मा संघिय समाजबादी र जनमुक्ती जस्ता राजनैतीक पार्टिलाई दिएर माथि औंल्याइएका बिषयमा महासंघका  साखा कृयासिल हुन आवश्यक छ ।

डाणुपन्यु बोकेका सत्ता पक्षसँग बहिरगर्मन होइन सहकार्य गर्नतिर उन्मुख हुन पर्यो । आजका राजनैतिक गराइ र भनाइले देशमा सामाजिक सदभावना बिथोलिएको आरोप लाग्ने गरेको अवस्थामा 'सर्प पनि मरोस लट्ठी पनि न भाँचियोस' भन्ने भनाइ यस सन्दर्भमा उपयुक्त देखिन्छ ।

(बिजयले बेलायतको बाताबरण बिश्वबिध्यालय बाट बाताबरणमा स्नाकोत्तर गरेका छन भने आदिबासि जनजाति महासंघ बेलायतका सचिब समेत हुन)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर