A+ A A-

दृष्टिविहीन जीतबहादुर राईबाट प्यूठानका बाढीपहिरो पिडितहरुलाई सहयोग

भावेश भूमरी

श्रावण,३२—कहिलेकाहीँ जीवनमा अति अचानक आउने घटनाले मन थाम्न गाह्रो हुन्छ । आज मलाई यस्तै भइरहेको छ र गतिमा कुदेको मनलाई सम्हाल्दै लेख्न बसेको छु । कारण बिहान म फेसबुकमा प्यूठानका बाढीपहिरो पिडितहरुको सहयोग अनि मेरै सिर्जनाका बारेमा करिब २०/२५ जनाको लाइनमा कुरा गर्दै थिएँ ।

एउटा अपरिचितजस्तो लाग्ने जीतबहादुर राई भाइ दाइ नमस्ते भनेर कुरामा जोडिनुभयो । मैले अलि ढिलो गरी उत्तर दिएँ नमस्ते भाइ । भाइको एकछिनमा उत्तर आयो । अगाडि कुरा गरेका म्यासेज हेरेँ भाइलाई मैले एकपटक नमस्ते भाइ भनेको रहेछु । यत्तिमै यति नजिक एकैछिनमा भाइले मेरो नम्बर माग्नुभयो मैले नम्बर दिएँ । भाइको फोन आयो । मैले अलि विस्तारमा सोधेँ । भाइले म दृष्टिविहीन हुँ दाइ भनेपछि म खुब झस्केँ । एकछिन कुरा भयो अनि म यताबाट फोन गर्छु भाइ भनेर फोन काटी फोन डायल गरेर सम्पर्क गरी अलि लामो कुरा गरेँ । मैले भाइ तपाईंलाई हामीले सहयोग गर्नुपर्ने बेलामा कसरी तपाईंको सहयोग लिनु भन्दा भाइले मेरो मनै जित्ने गरी केही वाक्य भन्नुभयो । भाइले अहिले खाना पकाएर खानु छ दाइ, म एक्लै बस्छु कोठामा, बिहानको १० बजेपछि म गौशाला आइपुग्छु भन्नुभयो । मैले स्वीकारेँ । मेरो मनभरी अनेक कुरा खेले ।

भाइले ठ्याक्कै १०:२० मा फोन गर्नुभयो र भन्नुभयो म गौशाला प्रहरी कार्यालयअगाडि छु । म गौशालातिर लागेँ । पशुपतिमा पूजाआजा भएकाले बाटो एकदमै घुइँचो थियो, हतार हतार पुगेँ म गौशाला । भाइ सेतो छडी टेकेर उभिँदै हुनुहुँदो रहेछ । मैले बोलाएँ र नजिकैको एउटा चिया पसलमा लगेँ । मैले सर्वप्रथम भाइको जन्मघर सोधेँ, धनकुटाको आँखीसल्ला वडा नं ६ मा रहेछ । बाबाको नाम टङ्बहादुर राई र आमाको नाम धनकुमारी राई रहेछ । भाइको जन्म २०४४ साल चैत्र २८ गते भएको रहेछ । २०६४ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौँ आउनुभएका जीतबहादुर राईले सोही समयदेखि परिलक्षित नामक संस्थाको थोरै छात्रवृत्तिमा आफ्नो शिक्षा अगाडि बढाउँदै आएर अहिले नेपाली विषयमा स्ताकोत्तर ९एम्ए० दोस्रो वर्षको परीक्षा दिई शोध कार्यमा लाग्नुभएको रहेछ । उहाँ भक्तपुरको सानो ठिमीमा एक्लै बस्नुहुँदो रहेछ । खाना पकाउने, भाँडा माझ्ने, लुगा धुनेलगायतका सबै सबै काम गर्नुहुँदो रहेछ । उहाँका कुरा सुन्दा म अचम्ममा परिरहेको थिएँ । विशेषतस् उहाँमा गीत गाउने शोख रहेछ । धेरै रेडियो एफएमका नियमित स्रोता पनि हुनुहुँदो रहेछ । तपाईंका गीतहरुको म फ्यान हुँ दाइ भन्दै मेरा धेरै गीतहरु कण्ठै सुनाउनुहुँदा म झन् झन् अचम्ममा परेँ । भाइले खाली समयमा अगरबत्ती बेच्नलाई भक्तपुर, ललितपुर र काठमाडौँका धेरै गल्ली गल्लीमा पुगेको कुरा गर्नुभयो । त्यतिबेलै भाइको फोन आयो, म बिजी छु पछि फोन गर्छु भन्नुभयो । मैले जिज्ञासा राखेँ भाइ तपाईंका फोन, सामान र पैसा हराएको छैन रु उत्तर आयो, दाइ एकपटक मोबाइल चोरिदिएको छ कोठाबाटै, त्यतिबेला म पानी भर्दै थिएँ ।

भाइले भन्नुभयो मैले दाइका सबैजस्ता स्टाटसहरु हेर्छु, खुब राम्रा लाग्छन् । कति गम्भीर कुरा जो दृश्टिविहीन हुनुहुन्छ उहाँले मेरा हरेक स्टाटसहरु हेर्नुहुन्छ । जो दृश्टिपूर्ण हुनुहुन्छ प्रायले देख्नुहुन्न । प्यूठानका बाढीपहिरो पिडितहरुका बारेमा मैले राखेका सबैजस्ता स्टाटस पढ्नुभएको रहेछ । कस्तो अचम्म, इच्छा भए केहीले नरोक्ने रहेछ । मैले मेरो कन्फ्युजन राखेँ, भाइ तपाईंले कसरी हेर्नुहुन्छ यसरी रु भाइको उत्तर आयो, दाइ मेरो मोबाइल बोल्छ, म त्यसको सहाराबाट हेर्छु । म अवाक भएँ, नाजवाफ भएँ ।

भाइले यो मेरो प्यूठानका बाढीपहिरो पिडितहरुलाई सहयोग हो भन्दै मतिर पैसा तेर्साउनुभयो । मैले फोटो खिच्न लगाउँछु भन्दै होटलकै भाइलाई बोलाएँ । मैले पैसा कति छ भनेर सोधेँ रु। १५००/- छ दाइ भन्नुभयो तर गन्दा रु। १५५०/- थियो । त्यसमा मैले भाइलाई रु. ४५०र( फिर्ता दिएँ गाडी भाडा भनेर अनि रु. ११००/- राखेँ । मैले प्यूठानमा भाइको नाममा रु. १५००/- नै राखिदिने छु । होटलबाट निस्कने बेलामा भाइले भन्नुभयो मेरी जेठी दिदी पनि दृष्टिविहीन नै हुनुहुन्छ र गाउँमै बस्नुहुन्छ । त्यतिबेला मेरो मन झन् खिन्न भयो । भाइलाई भक्तपुर जाने बस चढाएर म काठमाडौँका विभिन्न ठाउँमा भ्याउनुपर्ने कामतिर लागेँ । आज दिनभरी मनमा भाइकै मात्र कुरा खेलिरह्यो । यत्तिको मन जित्ने मान्छे सायद मैले कमै पाएको छु ।

धन्य जीतबहादुर राई भाइ, जीवनमा मैले तपाईंबाट अति महत्वपूर्ण कुरा सिकेको छु । वास्तवमा कति कुरा सिक्नलाई विश्ववद्यालय जानै पर्दैन । यहाँ धेरैले सोच्नुहोला रकमको कुरा, म ठान्छु जीत भाइको चरित्र, सोचाइ, व्यवहार, सङ्घर्ष दायित्वबोधका कुरा । उहाँले जुन रकम दिनुभएको छ बाढीपहिरो पिडितहरुलाई, सोच्नुस् त मासिक रु. ३०००/- छात्रवृत्ति पाएर, सेतो छडीको सहाराले अगरबत्ती गल्लीगल्ली र पसलहरुमा बेचेर अनि बाँकी खर्च दाइ, बाबासँग जुटाएर कस्तो संघर्ष गर्दै हुनुहुन्छ १ उहाँले कति दिनमा यो रकम जम्मा गर्नुहुन्छ होला रु जीत भाइ, तपाईं स्नातकोत्तर उत्तीर्णपछि क्याम्पस पढाउने अनि गीत सङ्गीतको सेवामा लाग्ने जुन लक्ष्यमा हुनुहुन्छ, तीमध्ये गीत सङ्गीतका काममा मेरो पक्कै सहयोग हुने छ । धरानमा आफ्नै स्वरमा एउटा गीत रेकर्ड गरी बसेका भाइलाई म एउटा गीत रेकर्डमा हरेक पक्षबाट सहयोग गर्ने छु । अरु सहयोग पनि मबाट भइरहने छ भाइलाई ।

मलाई एउटा प्रश्न सोध्न मन लागेको छ, कहीँ भगवान् छन् भने यस्ता राम्रा मान्छेलाई किन यो दुनियाको दृश्यबाट टाढा राखेको होला । यहाँ दिनमा लाख लाख कमाउनेहरु तिनै पिडितको नाममा आएको रकम पचाउन होडबाजी गरिहरेका छन् । धनाड्यहरु कतै ५ रुपैयाँका लागि जस्तै काम गर्न पनि पछि पर्दैनन् । जीतबहादुर राईजस्ता दृष्टिविहीन मायालु मनहरुले आफूले पाएको थोरै छात्रवृत्ति र अगरबत्ती बेचेको पैसा खल्तीमा च्यापेर त्यही पैसाको माध्यबाट समाजसेवा र सहयोगका हात दिँदै हिँड्नुहुन्छ ।

हामी घन्टौँ फेसबुकमा फजुल गफ गर्दै समय व्यतीत गर्छौँ । कहिलेकाहीँ त अनावश्यक नितान्त व्यक्तिगत स्वार्थपूर्तिकै लागि गनथन गरेका हुन्छौँ । मान्छे आइदिन्छन् भाइ, बहिनी र असल साथी बनेर अनि समस्या देखाउँछन् बाबाआमाको बिरामी र हज्जारौँ रकम ठगेर भाग्छन् । यो विषयबाट म पनि मुक्त छैनँ । मलाई लागेको छ, सहर या जताततै हज्जारौँ खाइदिएर हिँडेकाहरु सामाजिक काममा वेखबर बसिदिन्छन् । हामीले अनावश्यक मोजमस्तीमा हज्जारौँ उडाएका छौँ, फेसबुकमै भेटेका प्रेमका छाडा नकावधारीहरुले हज्जारौँ लुटिदिएका छन् ।

र अन्तयमा भन्न र सोध्न मन लागेको छ, हामी अनावश्यक भनिने सस्ता मनोरञ्जनका फोटा या विषयलाई हज्जारौं लाइक, सयौँ कमेन्ट र दर्जनौ शेयर गरेर प्रोत्साहन गर्छौँ । जीत भाइजस्ता व्यक्तिसँग एक शब्द बोल्नसम्म हिचकिचाउँछौँ । कहीँ कतै केही गरिदिन मान्दैनौँ । धन्य धन्य जीत भाइ, आफ्नो समस्या कहिल्यै नदेखाई एकपटक नमस्ते भाइ मात्र भनेको व्यक्ति किन समाजको समस्यामा यसरी जुट्नुहुन्छ रुरु यो सानो स्टोरी बनाउनुको कारण यहाँहरुले प्यूठानका बाढीपहिरो पिडितहरुलाई अनिवार्य सहयोग गर्नुहोस् भन्ने होइन, सहयोग यहाँहरुको स्वेच्छामा भर पर्छ तर कारण यति हो हामी बाँचेको समाज र हाम्रा व्यवहार।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर