A+ A A-

नेपालको राष्ट्रिय झण्डा र राष्ट्रियताको सवाल

जीवन मंगोल

 असार,२१

सच्चा इमान्दार इतिहासकारको अभावले नेपालको वास्तविक इतिहास पढ्न र सुन्न पाइँदैन । एकाध विद्वानहरुले खोज गरेको भए तापनि उचित तरिकाले प्रचार प्रसारमा राज्यका सामन्तीहरुले प्रतिवन्ध लगाएर न्यायिक वर्जित गरेको हुँदा साँचो इतिहासको सट्टा राजा–महाराजाहरुको गुनगानले भरिएका मोटा मोटा इतिहास पढाइन्छ, पढिन्छ र त्यसैलाई आधार मानी विश्लेषण गरिने हुँदा नेपालको सत्य इतिहास डोकोले छोपे जस्तै छोपिएको छ ।

भारतीय इतिहासको कुनै कालखण्डमा सामन्ती राजाहरुले प्रयोग गरेको धार्मिक प्रयोजनका निम्ति स्थापना भएको कुनै पनि व्यवस्था वा नीति नेपालमा लाद्दा के त्यो राष्ट्रियता झल्किन्छ रु वर्तमान नेपालको राष्ट्रिय झण्डा कहाँबाट र कसको प्रतिनिधित्व गर्ने गरी निर्माण गरियो रु यी तथ्यलाई जान्न आवश्यक छ । नेपालका राष्ट्रवादी भन्नेहरुले यो आयातित कथित नेपालको राष्ट्रिय झण्डा विश्वकै फरक र नमूनाको रुपमा प्रचार गरेको पाइन्छ । साँच्चै यो देशको राष्ट्र झण्डा यही माटोले कल्पना गरेको हो रु अवश्य पनि होइन । नेपालको हिन्दू आर्य बाहुन क्षेत्रीहरुलाई मात्र प्रतिनिधित्व गर्ने झण्डा हो ।

यसभित्र मंगोलहरुको अस्तित्व मेटिएको छ । त्यसैकारण नयाँ झण्डाको परिकल्पना गरी प्रस्ताव समेत मंगोल नेशलन अर्गनाइजेशनले पेश गरिसकेको एक दशक हुन लागिसकेको छ । वास्तवमा यो आवाजलाई अन्य साना दलहरुले पनि समर्थन गरेको पाइन्छ । कतिपयले जलाउने समेत धम्की दिएको भए तापनि खासै साहस देखाएको भने पाइँदैन । यसरी राजनीतिक तवरले गम्भीर रुपमा प्रश्न उठेको छ । तर पनि यथार्थ बाहिर ल्याउन सकेको छैन । अहिले प्रचलित राष्ट्र झण्डा १६ डिसेम्बर १९६२ देखि आधिकारिक रुपमा कायम गरिएको हो । सन् १९६२ भन्दा अघिको झण्डामा केही परिमार्जन गरी ल्याइएको झण्डा कस्तो थियो भन्ने सवालमा अहिले जस्तै चन्द्रसूर्य नै थियो । त्यसको परिमार्जित रुप चन्द्र सूर्यमा नाक, कान, आँखा, टुप्पी धरी समेत रहेको मानव आकृति देखिन्थ्यो ।

यस्तो झण्डा सन् १९६१ सम्म कायम रहेको पाइन्छ । पृथ्वीनारायण शाहका पूर्खाहरु वर्तमान भारतका राजपूतहरुको वंशावली अनुसार चन्द्रवंशी सूर्यवंशी र अग्निवंशी एउटै समुदायमा पर्ने उल्लेख छ । कथित हिन्दू ग्रन्थले पनि चन्द्र र सूर्यको प्रसंग जोडेको प्रशस्तै भेट्न सकिन्छ । पहिलेका शाह राणाहरु आफूलाई चन्द्र र सूर्र्यका सन्तान मानेका छन् । यसै आधारमा हालको झण्डामा चन्द्र सूर्य अंकित गरिएको हुन सक्ने विद्वानहरुको तर्क रहेको छ । अझ त्यसबेला “हनुमानध्वज, गरुडध्वज” भनेर आफूलाई चिनाउँथे । भारतका राजपूतहरुले पनि हनुमानध्वज, गरुडध्वज मान्दछ । र पृथ्वीराज चौहानको झण्डा समेत माथिबाट हनुमान र तल सूर्यमा ओम अंकित झण्डा फहराएका थिए ।

उनै पृथ्वीराज चौहनको झण्डा पृथ्वीनारायण शाहले हनुमानको ठाउँमा चन्द्र राखी नेपालको झण्डाको रुपमा फहराउन थालेको हो भन्न सकिन्छ । यस कुरामा विश्वास नलागेको खण्डमा वर्तमान भारतकै अजयगढ राज्यको झण्डा हेर्न सकिन्छ । जुन पृथ्वीनारायण शाहकै खलकले त्यसको निरन्तरता दिएको पाइन्छ । नेपालको प्रचलित राष्ट्र झण्डा र अजयगढ राज्यको झण्डामा खासै भिन्नता छैन । दुई चुच्चोका माथिल्लो भागमा नेपालको झण्डामा चन्द्र अंकित रहेको छ भने अजयगढ राज्यको झण्डाको माथिल्लो भागमा चन्द्र नभएकोले मात्र फरक देखिन्छ । तर, तल्लो चुच्चोमै चन्द्र, सूर्य अंकित गरिएको छ । यो परिमार्जित रुप हो । पहिला हनुमान माथि र सूर्य तल थियो । सन् १९४८ पछि परिमार्जन भएको झण्डा पहिले १८७७ देखि अजयगढमा

आधिकारिक लागू गरेको पाइन्छ । भारत वर्षमा मोहम्मद गजनीले भारतवर्षभरि आफ्नो अधिकार स्थापित नगरे पनि हिन्दूहरुलाई मार्न उनीहरुको धनसम्पत्ति नष्ट गर्न थालेपछि त्यहाँका हिन्दूहरु माग्ने भएका थिए । सन् ११७३ मा गौरका सन्तान मोहम्मद गोरीले गजनी विजय गरे । उनले पनि ११७५ देखि मोहम्मद गजनी जस्तै भारतमा आक्रमण गर्न थाले । त्यस समय राजपूतहरुको प्रधान्य रहेको थियो र अजमेर र दिल्लीका चौहान राजा पृथ्वीराजको योजनामा हिन्दूहरुले संगठन गरी ११९१ मा गोरीसँग युद्ध लडेका थिए ।

त्यत्तिबेला त्यस झण्डामा माथिल्लो चुच्चोमा हनुमान र तल्लो चुच्चोमा सूर्यमा ओम लेखिने झण्डा फहराउने गरेका थिए । त्यत्तिबेला गजनीलाई पृथ्वीराजले हराएका थिए । तर त्यसको २ वर्षपछि उल्टै पृथ्वीराज चौहानको बध गरेका थिए – गोरी शासकले । पछि बख्तियार खिल्जीले कब्जा गर्दै गएपछि भागेर वर्तमान नेपालको पश्चिमी भेगमा जिउँ ज्यान बचाउन आएको सन्तान नै द्रव्य शाह, पृथ्वीनारायण शाहहरु हुन् । यिनीहरु भारध्वज गोत्रका थिए ।

भारध्वज गोत्र राजपूतहरुमा हुन्छ । र यिनीहरु पृथ्वीराज चौहानकै सन्तान हुन् । त्यसै भएकोले हालको २ चुच्चो चन्द्र सूर्य अंकित झण्डा आफ्नो गौरवको रुपमा खडा गरेका हुन् भन्न सकिन्छ । हुन त अनेक तर्कनाहरु हुने गरेका छन् । चन्द्र सूर्यको आफ्नै शैलीमा परिभाषित गरेको भए तापनि त्यसको उत्पत्ति कुन प्रयोजन र किन भयो रु यही कुरा चाहिँ महत्वपूर्ण हुन्छ । तसर्थ यो झण्डा हिन्दुवादी संरक्षण गर्नका निम्ति स्थापित भएका कारण यस भित्र मंगोलहरुको अस्तित्व इतिहास र संस्कृति अटेको पाइँदैन । भारतीय राजा महाराजालाई प्रतिनिधित्व गरेको यस झण्डा खारेज हुनु नै उपयुक्त देखिन्छ । यसप्रति राष्ट्रवादी चिन्तकहरुले मनन गर्ने हो कि ?

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर