A+ A A-

मगर सांस्कृतिक संघ मगर कलाकारहरुको ढुकढुकी हो– अध्यक्ष रोका मगर

राज्यत्ता व्यूरो

असार,१७-नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगरात बिनाको नेपाल स्वकार्य नहुने बताउनु भएको छ । नेपाल मगर सांस्कृतिक संघको १३ औं वार्षिक स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि रोका मगरले ‘देश हाम्रो नेपाल हो, घर हाम्रो मगरात हो’ बताउनु भयो ।

उहाँले भन्नु भयो–‘मगर कलाकार साथीहरु कम्तीमा मगरात प्राप्तको आन्दोलन, मगर जातिको अघिकारका गीत गाइदिनु प¥यो । गीत समेत लेखि दिनुप¥यो ? तपाईहरुको कला र गलाबाट मगरात छ कि छैन भनेर खोजि गरोस् ।’ ‘मगर कलाकारहरु मगर समुदायको मात्र होइन देशको प्रतिष्ठीत कलाकारको रुपमा स्थापित हुन पुगेको छ ।

तर विडम्बना कलाकारहरुलाई राज्य चलाउने कुनै पनि राज्य संचालकहरुले पहिचान, सम्मान र सबैलाई समान आँखाले नहेर्दा कलालगायत सबै क्षेत्रमा विभेद हुँदा आज मगर कलाकार, मगर संस्कृति पछाडि परेको छ । नेपाल मगर सांस्कृतिक संघ कलाकारहरुलाई जम्मा गर्ने एउटा थलो मात्र होइन । कलाकारहरुलाई साँच्चिकै म को हुँ, म कुन अवस्थामा छु, मलाई जन्माउने को हो ? मलाई जन्माउनेहरु यो देशमा कस्तो हालतमा छन् । यो सिकाउने पाठशाला पनि हो ।

कला र गला मात्र होइन, कलाकारसंग समाज जोडिएको हुन्छ । समाजसंग देश जोडिएको हुन्छ । त्यसैले कलाकार कसैका लागि गाउने, मनोरञ्जन र पारिश्रमिक पाउनेका लागि मात्र होइन । कलाकारहरुले यो देशमा सम्मानित अधिकार प्राप्त गरेको छ कि छैन भन्ने गम्भीर सवाल उठाउन जरुरीछ । नेपाल मगर सांस्कृतिक संघ मगर कलाकारहरुको  ढुकढुकी हो । सबैले यसलाई संरक्षण गर्नुपर्दछ । त्यस्तै कार्यक्रमका विशेष अतिथि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का महाप्रबन्धक तथा मगर सांस्कृतिक संघका पूर्वमहासचिव राजेश थापा मगरले ‘भाषा हरायो भने संस्कृति हराउछ, संस्कृति हरायो भने इतिहास हराउछ ।’

 ‘इतिहास हरायो भने हाम्रो पहिचान हराउछ’‘ पहिचान हरायो भने हाम्रो राष्ट्र हराउछ ।’ ‘राष्ट्र हरायो भने हामी हराछौं ।’ उहाँले भन्नु भयो –‘नेपाल मगर संघले कलाकारहरुलाई गहना बनाउने होइन, आफ्ना सिंगारपटारका लागि र आफ्नो भब्यता सुन्दरताका निम्ति मगर कलाकारहरुलाई प्रयोग गर्ने मात्र होइन । यी कलाकारहरुलाई सांस्कृतिक समाजिक रुपान्तरणका लागि अभियन्ता बनाउनुपर्छ । योद्ध बनाउनुपर्छ ।

त्यस्तै अर्का अतिथि नेपाल मगर संघ केन्द्रिय विदेश सचिव रक्षबहादुर रैका मगरले नेपाल मगर संघले विदेश नीति बनाएको बताउनु भयो । उहाँले भन्नु भयो – ‘विशेष गरी कलाकारिता क्षेत्रका कलाकारहरुलाई विदेश भ्रमण गराउने सन्दर्भमा नीति बनाएको हो । कोही कलाकार एक वर्षमा १० पटक विदेश घुम्ने, कोही कलाकार एक पटक पनि विदेश जाने मौका नपाउने यस्ता खालका गुनासाहरु मसंग कलाकार साथीहरुबाट आएको हो । अहिले नयाँ कार्य समिति आएको छ, त्यस विषयमा फेरि पनि छलफल होस् ।

अन्य अतिथिहरुमा नेपाल मगर संघ उपत्यका संयोजक जीवन थापा मगर, माष्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोकसिंह थापा मगर, नेपाल मगर विद्यार्थी संघकी अध्यक्ष दिपा आले मगर, सांस्कृतिक संघका संस्थापक अध्यक्ष एव वरिष्ठ गायक खडग गर्बुजा मगर, सांस्कृतिक संघकी पूर्व अध्यक्ष एवं गायिका कविता आले मगरलगायत रहेका थिए ।

काठमाडौंको सोह्रखुट्टेस्थित हजुरको पार्टी प्यालेसमा भएको कार्यक्रमको स्वागत मन्तब्य सांस्कृतिक संघका सचिव राजेश थापा मगर, अध्यक्षता कार्यबाहक अध्यक्ष आकाश थापा मगर र संचालन महासचिव कविराज मगरले गर्नु भएको थियो ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर