A+ A A-

मगर संघको ११ औ महाधिबेशनलाई नजिक बाट नियाल्दा !

देब पचभैया मगर

  हुन त १५/१६ बर्ष यता भएका मगर संघका महाधिबेशन लगाएत संघका महत्वपुर्ण कार्यक्रम हरु मैले छुटाएको छैन । जुन बेला देखि म पत्रकारीतामा संलग्न भए । तर अन्य स्थान र कार्यक्रममा भन्दा चितवनमा सम्पन्न ११ औ महाधिबेशनलाई नजिक बाट नियाल्ने अवसर पाए कारण म स्वयम् पत्रकारको तर्फबाट एक्लो पर्यबेक्षक थिए र महिनौ अघि नै एक हप्ताको समय मगर संघको कार्यक्रमलाई छुट्याएको थिए ।

चितवनको प्रचण्ड गर्मी छल्न म महाधिबेशनको उद्घाटनको दिन १८ गते मात्रै  चितवन छिरेको थिए । उद्घाटन अघि जव र्याली निश्कियो, देखियो मगरी पारा ।

सडकको किनारा किनारा बाट र्याली हिड्नु पर्र्यो । ट्राफिक संग समन्वय थिएन । बाटो जामको बाहानामा पुलिसले सिठ्ठी बजाउथे अनि र्यालीमा संलग्न किनारा च्याप्दै चिच्याउथे, अघि बढ्थे । हजारौ  शहभागी र्याली ब्यवस्थित थिएन ।

र्यालीकै बिचमा मगर संघका संगठन सचिब (हाल महासचिब ) ज्ञानेन्द्र पुन भन्दैथिए देब सर अलि पछि मगर संघको मुल ब्यानर आउदैछ, त्यसको राम्रो फोटो खिच्नुहोला हौ । मैले अघि देखि नै आयोजकको मुल ब्यानर खोजी गरिरहेको थिए । र्यालीमा सहभागी अघि बढे, सकिन लाग्यो अहं मुल ब्यानर नै  आएन । पछि मात्रै जानकारी पाए मुल ब्यानर त कार्यक्रम स्थल छिर्ने बेला मात्रै मिसाईएको थियो ।

र्याली भर्खर कार्यक्रम स्थल बिरेन्द्र क्याम्पसको प्राङ्गढमा प्रबेश गर्दे थियो, सौराहाका एक जना होटल ब्यवशायीको फोन गरे , सर मैले तपाईको रेडियोमा बर्षो देखि बिज्ञापन बजाईरहने । आज दर्जनौ मगरका गाडी सौराहा आएका छन् खै खाजा नास्ता र बसोबासको लागी हामीलाई संझिनु पर्र्यो नि ?

मैले  उनको चितm बुझाईदिए हाम्रो कार्यक्रम सौराहा हैन, पुल्चोक आसपासमै हो । तर साथीहरु बसे भने खबर गरौला नि !

मैले सोचे, मगर संघको कार्यक्रममा आएका हरु र्याली नसकिदै सौराहा पो पुगेछन् ? के सिक्लान् उनीहरु मगरको बारेमा । कमसेकम उद्घाटन शत्रमा बसिदिएको भापो अतिथिका बिचार  सुन्ने थिए । ईतिहास र बर्तमान जान्दथे !

फेरी मनमनै सोचे गाडी भर्न जिल्ला बाट ल्याएकालाई सायद सौराहा घुम्न जाउला भनेरै पो ल्याएका थिए कि ?

कार्यक्रमको उद्घाटन शुरु हुदै थियो । म कार्यक्रम स्थलको अगाडी केही पत्रकार बसेको स्थानमा पुगे र भुईमा बसे । त्यति बेला चितवनका दुई जना पत्रकार जम्मा भएका थिए ।  त्यहा दुईटा मात्रै कुर्चि राखिएको थियो । त्यो पनि प्रत्यक्ष प्रसारण गर्ने टिभिका क्यामेरा मेनको लागी । कार्यक्रमको प्रत्यक्ष प्रसारण सगर माथा टेलिभिजन बाट गरिएको थियो । मैले पछि बुझे २ लाख तिरेर चार घण्टा प्रत्यक्ष प्रसारण गरिएको रहेछ ।

कार्यक्रमका प्रमुख अतिथि समामुख ओनसरी घर्ती र  बिशिष्ट अतिथि बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापाको आगमन भो । बिस्तारै पत्रकारहरु पनि थपिदै गए ।

मन्च मा नाम बोलाईएका लाई समेत बस्ने कुर्ची थिएन । न त मन्च अगाडी नै ब्यवस्था थियो ।

कार्यक्रमको  संचालन महासचिब नबिन रोका ( हाल अध्यक्ष ) ले मगरी लवजमा गरेका थिए । उनी भन्दै थिए हाम्रा प्रमुख अटिठि, बिषिष्ठ अटिठि  आईसक्नु भएको छ । सबैले टाली बजाएर स्वागट गरौ ।

मेरो नजिकै बसेका गैर मगर पत्रकारहरु संचालकको लवजको खिल्ली उठाउदै थिए । मैले मनमनै सोचे यिनलाई मगरको बोली पनि मगरी पहिचान हो भन्ने के थाहा ! कार्यक्रम संचालकले चितवनमा प्रमुख जिल्ला अधिकारीलाई निकै पछि आसन ग्रहण गराए । चितवनका स्थानिय संघ सस्था भन्दा पनि पछाडी । सायद त्यसैले होला नाम आउदा उनी उठेनन् ।

त्यति बेला सम्म स्वागत भाषण सकिएको थियो, अव स्वागत  गितको पालो आयो । मगर कलाकारहरु पुरुष दाया र महिला बाया उभिएका थिए । एक जना स्थानिय टेलिभिजनका महिला पत्रकार भन्दै थिए आवुई मुना थापा र देबी घर्ती पनि आएका पो रछन् त ? ज्वोती कता पो हराएछन् कुन्नी ।

अर्को पुरुष पत्रकार भन्दै थिए । देबी घर्ती त कहाको मगर हुनु नि बाहुन संग बिहे गरेपछि पनि ? अर्को पत्रकार भन्दै भन्दैथिए त्यत्रो पैसा कमाउने पाएपछि कसले छोड्छ त ? एकै छिन उनीहरु गललल हासे ।

थपिदै गएका पत्रकारहरु दर्जन बढी पुगे ।

स्वगत गित सकियो । अव पालो शुभकामना भाषण को थियो ।

पत्रकार उभिएको स्थानमा दुई जना स्वयम् सेवक आए र भने ए सरहरु बसौ त ?

पत्रकारको तर्फबाट एक जना महिला बोले कहा बसौ भाई ? बस्ने कुर्चि नै छैन । फेरि हांसो भो । उनीहरु फर्किए गए ।

अतिथि बोल्ने क्रम जारी थियो । एक जना बोल्नेको फोटो खिचे र क्यामेराको

स्क्रीनमा हेरे । फोटो त आयो तर उनको आखा र निधार मात्रै । कारण पोडियम् निकै अग्लो रहेछ । मैले सोचे, अरु अतिथि पछि होचै छन् , कसरी फोटो खिच्ने र भिडियो रेकर्ड गर्ने ?

मैले तत्काल स्वमय्  सेवक प्रमुख मोहन थापा लाई बोलाएर भने । त्यसपछि कोक,  फेन्टा राख्ने भाडो ल्याईयो र घोप्ट्याईयो । हामीलाई पनि टाडै बाट फोटो र भिडियो लिन सजिलो भो ।

पत्रकार थपिदै थिए, कार्यक्रम स्थलको अगाडी । फेरी  दुई जना स्वयम सेवक आए र चेतावनीको शैलीमा कर्किए । ए साथीहरु तपाईहरु बस्नुस न । पछाडी छेकियो ।

कहा बस्ने ? कुर्चि छैन, धुलोमा बस्ने ? पत्रकार पनि के कम स्यमसेवकलाई  कडै जवाफ दिए ।

हामी त्यसै आएका हैनौ दाई । यि चिठ्ठी पठाएर आएका हौ, एक जना साथीले चिठ्ठी देखाउदै थिए ।

अर्को पत्रकार भन्दै थिए , अतिथि भनेर चिठि लेखेका छौ, न बस्ने ठाउ छ, न गर्मीमा पत्रकारलाई पानी समेत खान दिएका छौ ?

अर्कोले थपे हामी सभामुखको समाचार लिन आएका हौ । सभामुख बोलेपछि हामी बस्दा पनि बस्दैनौ , बरु हामीलाई धपाउने हो भने छिटो उनलाई बोल्न देउ ।

त्यति बेला सम्म स्वयम् सेवकहरु हिडि सकेका थिए । मैले सोचे आयोजकहरुले पत्रकारलाई बेवास्ता गरेकै हुन् वा ध्यान पुर्याउन नजानेकै हुन् ।पत्रकारलाई रिझाएपो समाचार आउछ । उद्घाटन कार्यक्रम सकियो,भरे बस्ने स्थानमा पुगियो ।

प्राय सबैलाई पोखरा बस पार्कको होटलहरुका बस्ने खाने ब्यवस्था थियो ।

अधिकांस साथीहरु होटलका बाहिरी कक्षमै थिए । रुम पुगेन उनीहरुको गुनासो यही थियो ।

होटल वाला भन्दै थिए आज बाट बस्नु पर्नेहरु हिजै आएर बसेका छन् , होटलका चाबी लिएर हिडेका छन् कसरी रुम पुर्याउ ?

बस्ने ब्यवस्था राम्रो थिएन । त्यस्तो गर्मीमा एउटा कोठामा ४ जना सुत्तुपर्ने । खाटमा र भुईमा गरी । गमी निकै थियो । बिजुली नहुदा पंखा चल्ने कुरै थिएन ।

न लामखुट्टे बाट बच्ने झुलकै ब्यवस्था थियो । मलाई खुब डर थियो किनकी चितवनमै डेङ्गुबाट केहीले ज्यान गुमाएको समाचार मैले समाचारमा पढेको थिए ।

पानी नभएर नुहाउन त के मुख धुन समेत मिनिरल वाटर किन्नुपर्र्यो साथीहरुले ।

खानाको लागी कुपन लिने ब्यवस्था थियो । कुपन दिने मगर संघकै नेता थिए ।

उनी अवेर  मात्रै होटल छिर्थे । त्यो पनि सोम रस लिएर । मैले कमेन्ट गरे भोलि देखि अर्कोले जिम्मा पाए कुपन बितरण गर्ने ।

धेरैले त पखाला लागेपछि त्याहाको खानै खान छोडे । होटल वालालाई ईन्क्वाएरी  गरे । होटलवालाको जवाफ थियो के गर्नु सर अहिलेको महङ्गीमा शय रुपिया छाक खाना खुवाउने अर्डर छ, त्यसैले जे पुग्छ त्यही दिने हो । त्यहा ईन्टरनेटको सेवा थिएन । घर बाट लगेको वाइ म्याक्सले काम गरेन ।  ईभिडियोले टावरै देखाएन । सायद बिजुली नभएर होला ।

जिल्लाका अध्यक्षले भन्दै थिए  १५ हजार बढी बुझाईयो खाने बस्ने ब्यवस्था बेहाल बनाएछन् । कार्यक्रमको उद्घाटन १८ गते भन्दा  ५ दिन अघि मात्रै काठमाण्डौमा बस्ने दाई हुम बहादुर पचभैया (भूपू सैनिक प्रहरी संघका अध्यक्ष ) ले भनेका थिए भाई तिमि र म कतै राम्रो रुम लिएर बस्नुपर्छ, एसी वाला , नत्र मरिन्छ ।

मैले दाईलाई भनेको थिए, हुदैन । साथीहरु संगै बस्नुपर्छ । धेरै कुराको जानकारी हुन्छ, अनुभव धेरै लिनु पर्छ । हुन पनि अनुभब निकै लिइयो कहिल्लै नबिर्सने गरी ।

अर्को दिन बन्द शत्र थियो, नारायणी कला मन्दिरमा । भित्र छिर्न कार्ड लाउनु पर्ने ।

गेटमै स्वमय सेवकको कडाई थियो । गिट भित्र छिरेर मात्रै कार्ड बनाउनु पर्ने ।

म संग कार्ड थिएन । किनकि पर्यबेक्षक शुल्क बुझाउन समय बल्ल शुरु भएको थियो । मैले सुचना बिभागको पत्रकारको कार्ड देखाए । स्वयम् सेवकले मानेनन् । पछि भित्र बाट आवाज आयो ए पत्रकारलाई छोडिदेउ, उहा पर्यबेक्षक हुनुहुन्छ ।

(चिच्याउने दाई हुम बहादुर थिए ) कार्ड बनाउन पर्यबेक्षकको रसिद काट्नु पर्ने । लाईन लामो थियो । कार्डको लागी मैले एक हप्ता अघि नै फोटो पठाएको थिए । तर फोटो मागियो , धन्न क्यामेराको ब्यागमा एउटा फोटो रैछ । दिए र बनाए ।

त्यतिबेला रुपन्देहीका साथीहरु लाईनमा हुनुहुन्थ्यो । कार्डबनाउन खटिएकाले उनीहरु संग फोटो नभई नहुने अडान लिए ।

मगर संघ रुपन्देहीका उपाध्यक्ष गिता सारु कड्किईन् एक महिना अघि नै पठाएको फोटो कता हराईयो, अहिले फोटो मागेर हुन्छ ?पछि मैले थाहा पाए उनीहरुको फोटो बिनाकै कार्ड बनेछ ।

बन्द शत्र शुरु भो । महासचिबले घण्टौ लाएर प्रतिबेदन पढे । अधिकांश साथीहरु निदाए । कोषाध्यक्षको प्रतिबेदन  आयो । प्रतिबेदन माथी सुझाब र सल्लाहाको लागी अंचल स्तरिय समिति बन्यो ।

भोली बिहान छलफल भयो, टोली नेताले सुझाब दिए र पारित गरियो । रात भर नसुतेर जिल्लाका साथीहरुले बन्द सत्रमा बुझाउन भन्दै आफ्ना जिल्लाका गतिबिधिहरु मसिनो गरी तयार पारेका थिए, उनीहरुले भन्नै पाएनन्, बुझाउनै पाएनन् । बन्द शत्रमै मैले माईक पाए र भने आज यत्रो मगर संघको अधिबेशन हुदा मुलधारका मिडियाले समाचार लेखेनन् , टिभिले देखेनन् । अव मगरले पनि मिडिया चलाउनु पर्ने अवस्था आयो । तर बिडम्बना मगर संघले मगर पत्रकारलाई नै चिनेको छैन । मगर मिडिया र मगर पत्रकारको ताकतलाई बुझेकै छैन । किनकी महासचिबको प्रतिबेदनमा मगर मिडिया र पत्रकारको बारेमा केही कुरा उल्लेख थिएन ।

बन्द शत्रमा बिधान परिबर्तनको कुरो चल्यो । गुल्मीमा सम्पन्न १० औ महाधिबेशनले बिधान परिबर्तनको लागी महाधिबेशन भन्दा राष्ट्रिय भेला कुनुपर्ने ब्यवस्था गरेको थियो । मगर संघको पदाधिकारीमा पुग्न एक कार्यकाल केन्द्रिय समितिमा हुुनुपर्ने ब्यवस्था थियो । भातृसस्थाका अध्यक्षहरु पदेन केन्द्रिय सदस्य हुने लगाएतको नियम थियो ।

बिधान परिबर्तनको आवाज हल भरी बाट उथ्यो ।

पर्यबेक्षक र प्रतिनिधिले अगाडिको रोष्टम  घेरे । स्वयम सेवक र उनीहरु बिच धकेला धकेल भो । माईकमा चिच्याएका कार्यक्रम संचालकको आवाज कसैले सुनेनन् । मन्च तिर पानीका बोत्तल फाले । पर्यबेक्षक र प्रतिनिधिलाई मिलाउनु साटो एक जना संघका निबर्तमान उपाध्यक्ष लड्नै  फिल्डमा झरे । धन्न उनलाई ४ जना स्वयम् सेवकले छोपेर लगे । (उनले औला उठाउदै बोलेको कुरा मैले भिडियो गरेको थिए । अहिले हेर्दा नि खुब हासो उठ्छ ।  )

बन्द सत्र बिथोलियो, संघका अध्यक्ष महेन्द्र थापाले स्थगित गरे र भने भोलि बिहान ७ शुरु हुने उद्घोष गरे ।

मन्चमा  बसेका पदाधिकारी र अतिथिलाई स्वयम् सेवकले सुरक्षित बाहिर लगे । पर्यबेक्षक र प्रतिनिधिले नारा जुलुस जारी राखे ।

पछि स्वयम् सेवले उनीहरुलाई बाहिर पठाउन हलकै लाईन बन्द गरे ।

अर्को दिन संघ र हलका तर्फ बाट बार्ता भयो । बिधान परिबर्तनका लागी समिति बन्यो । तत्काल केही निर्णय भयो ।मगर संघको अध्यक्ष पदमा बाहेक सबै पदमा जुन सकै प्रतिनिधि भिड्न पाउने ब्यवस्था गरियो ।

अनि निर्बाचनको महोलले अर्के मोड लियो । भोट हाल्न गएका प्रतिस्पर्धी बने, चुनाव लड्न ठिक परेका भोटर्स बने । त्यति बेला सम्म कार्यक्रम स्थल वरिपरि भोट माग्नेहरु लाईन लामो थियो ।  प्रतिस्पर्धीहरुको फोटो सहितका तुल ब्यानर जता ततै झुण्ड्याईएको थियो ।  हात हातमा भोटको अपिल बाडियो, प्रचारको लागी केही स्थान बाकी थिएन । भित्ता, रुख देखि ट्वाईलेटको ढोकामा समेत मलाई भोट दिनुहोला लेखिएको पर्चा टासिएको थियो ।

निर्बाचन आयोगले आफ्नो काम शुरु गर्र्यो । चुवाबी प्रतिस्पर्धाको लागी राजनितिक प्यानल बन्यो । काग्रेस एमालेमा बिचार राख्ने एकातिर, एमाओबादी, संघिय समाजबादी, जनमुतिm लगाएतका अर्को तिर बनेर प्यानल बनाए । उनीहरु आफुलाई पहिचान बादी भन्थे र चिच्याउदै भोट माग्थे, लौ पहिचान बादी आयो है, हामीलाई भोट दिनुहोला । पहिचान बिरोधी संग होशियार हुनुहोला ।

उनीहरुको नारामै लेखिएको थियो मगरात राज्य प्राप्तीको लागी ।

काग्रेस एमालेमा आस्था राख्ने समुहको नारा थियो हाम्रो र राम्रो मगर संघ बनाउने  ।

त्याहा लाग्थ्यो, मगर संघको होईन  राजनैतिक दल बिचमै निर्बाचन हुन लागेको छ । निर्बाचन सकियो । रात भरीको मतगणना पछि निष्कर्ण निश्कियो ।

प्रतिस्पर्धामा उत्रिए जस्तो राजनैतिक समिकरणले हारे । किनकी भोट दिने प्रतिनिधिहरु निकै चनाखो थिए ।

अध्यक्षमा संघिय समाजबादी, एमाओबादी, जनमुतिm लगाएतको प्यानलका नबिन रोकाले बाजी मारे । महासचिबमा एमाले काग्रेस प्यानलका ज्ञानेन्द्र पुनले जिते ।

अनि बरिष्ठ पाए काग्रेस निकट गुरु प्रसाद घर्तीले । जे होस, त्याहा मगरले जितेका थिए । मगरले हारेका थिए । तर जित्ने पनि दल र हार्ने पनि दल जस्तो जित्नेले नारा बाजी गरे, हार्नेले कुलेलम ठोके ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर