त्रिभुवन विश्वविद्यालयमा दुई दिने विदा बारे छलफल

Read Time:7 Minute, 19 Second

किर्तिपुर, काठमाडौ

२०७९ जेष्ठ ८

त्रिभुवन विश्वविद्यालयमा दुई दिन सार्वजनिक विदा दिने सन्दर्भमा त्रि. वि. सँग प्रत्यक्ष सराेकार राख्ने विद्यार्थी प्रतिनिधिहरूसँग छलफल कार्यक्रम निर्देशक प्रा. डा. पशुपति अधिकारिकाे संयाेजकत्वमा सम्पन्न भएकाे छ ।

विभिन्न पार्टीका भातृ संगठनका प्रतिनिधिहरूले दुई दिन विदा दिन हुने र नहुने बिच दुई कित्तामा बहस भएकाे थियाे । दुई दिन विदा दिन ठिक भन्ने विद्यार्थी संगठनहरूले अन्तर्राष्ट्रिय प्रचलन अनुसार ठिक भएकाे जिकिर रहेकाे थियाे । दुई दिन विदा दिंदा विद्युत र ईन्धन जाेगिने बताएका थिए । दुई दिन विदा दिन हुन्न भन्ने विद्यार्थी संगठनका नेतारूले हप्तामा कर्मचारीले पाँच दिन मात्र सेवा दिंदा जनतामा ठिक सेेवा प्रवाह नहुने बताएका थिए । हप्ताकाे पाँच दिन कार्यालय खुले पनि शुक्रबार गुड फ्राइडेकाे साेंचले जम्मा चार दिन मात्रै राम्राे काम हुने चर्चा भएकाे थियाे । भने कतिपयले अर्थशास्त्र अनुसार अार्थिक गतिविधि चलाएमान गराउन हप्ताकाे छ दिननै कार्यालय संचालन हुनु पर्ने बताएका थिए ।

मन्तव्य राख्ने क्रममा नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर रानाले हप्ताको एक दिन विदा गरेरै जानू पर्ने बताए । रानाले विकसित मुलुककाे तुलनामा नेपाल नपुगेकाेले अहिलेनै नक्कल गर्न अावश्यक नभएकाे बताए । खालि ईन्धन, विद्युत र खाजा खर्च जाेगाउने नाममा हप्ताकाे दुई दिन विदा गर्न उपयुक्त नभएकाे बताए । रानाले चियानास्ता, ईन्धन खर्च हुन्छ भन्ने बेकार भएकाे बताए । बिए बिएड र एमए एमएड गर्नेले महिनाकाे बाह्र हजार र पन्ध्र बीस हजारमा काम गरेका छन् । उनिहरूले त्यहि तलबबाट गाडि भाडा, काेठाभाडा, खाना बस्न र बच्चाकाे फि तिरेर जीवन गुजारिरहेकाे छ । तर सरकारि जागिर गर्नेहरूकाे कम्तिमा तीस हजार मासिक तलब छ । निजि विद्यालय, संघसंस्थामा काम गर्नेहरू न्यून तलब भएर सार्वजनिक यातायातका साधनमा यात्रा गर्न सक्ने तर सरकारि जागिर गर्नेलाई मात्रै पजेराे गाडि सुविधा, खाजा सुविधा किन चाहियाे भनी प्रति प्रश्न गरे । सरकारि जागिर खानेलाई मात्रै भाेक लाग्ने तर घाँस काट्ने गाेबर घसेटा गर्नेलाई भाेक नलाग्ने हाे र । त्यसैले सरकारि जागिर गर्नेहरूलाई गाडि फ्युल, खाजाकाे सुविधा अविलम्ब राेक्नुपर्ने बताए ।

अर्काे एक प्रसंगमा रानाले जागिर पाउने भनेकाे पढ्नेले मात्रै हाेईन । १८ वर्ष पूरा गरेका युवायुवतीलाई ६० वर्षसम्म सरकारले जागिर दिनुपर्ने दिन नसके बेरोजगारी भत्ता दिनुपर्ने बताए । अहिले हामीले गरेकाे बहस अनुसार जागिर पाउने भनेकाे पढ्नेले मात्रै हाे भन्ने तर्क नभई कुतर्क भएकाे बताए । याे त पढ्नेहरूकाे स्वार्थि बिचार हाे । कुराे यस्ताे हाेईन । १८ वर्ष पूरा गरेका नेपाली युवायुवतीलाई ६० वर्षसम्म अाफ्नाे कार्य क्षेमताकाे अाधारमा सरकारले अनिवार्य जागिर दिनुपर्ने र दिन नसके बेरोजगारी भत्ता अनिवार्य दिनुपर्ने बताए।

कथित हामी प्राज्ञिक भनेकाहरू पढेकाे यस पवित्र ठाउँ त्रिभुवन विश्वविद्यालयमा किन उत्पादनमुलक, अाविष्कारमुलक र म्यान्युफ्याक्चरिङ शिक्षा पढाउँदैनाैं । त्रिभुवन विश्वविद्यालयले अबका दिनमा राष्ट्रिय र विश्व बजारलाई अावश्यक म्यानपावर निकाल्नेमा ध्यानदिनुपर्छ । त्रि.वि. ले खाद्यान्न, अाैषधि, ईलाेक्ट्राेनिक ग्याजेट, भिईकल(बाईक, माेबाईल, गाडि जाहाज) र अाैषधि उत्पादनमा ध्यान दिन प्रडक्टिभ, ईनाेभेटिभ र म्यान्युफ्याक्चरिङ पाठ्यक्रमलाई निर्माण गरि अघि बढ्नु पर्ने छ । माेर्चाका अध्यक्ष रानाले अाफु भर्खरै स्थानीय तह निर्वाचनको उम्मेद्वार हुँदा अाफ्नाे प्रतिबद्धतापत्रमा अबका दिनमा गिठा भ्याकुर, ध्वासुट, फनेर पनेर, जमुना, क्यामुना अादि उत्पादनका लागि मातृ भाषामा शिक्षा लागू गर्न अावश्यक भएकाे विषय उठान गरेकाे बताए । विश्वविद्यालयले पनि मातृ भाषामा शिक्षाकाे व्यवस्था गर्नुपर्ने बताए ।

हिजाेका दिनमा यी बनका कन्दमुल र ढिंडाे गरिबले खाने खान्कि भनेर खिसिटिउरि गर्ने गर्दथे । तर गरिबहरूले झन अखाद्य चिज भन्दा पनि प्राकृतिक अाैषधि खाएकाे रहेछ भन्ने प्रमाण उहिलेका गिठा भ्याकुर ढिंडाे खानेहरूलाई क्राेनिक राेग सुगर, प्रेशर राेग नलागेकाेबाट प्रमाणित भएकाे बताए । बार्है महिना प्रकृतिले ऋतु अनुसार बनमा फलफुल कन्दमुल दिई रहेकाे प्रसङ्ग उठाए । अहिले अाएर धनी भन्नेहरू ढिंडाे र गाउँले(लाेकल) कुखुराकाे मासु खाना हेलिकप्टर चार्टर्ड गरेर जाने गरेकाे बताए । देश विकासका लागि अबका दिनमा सबैले ईमानदार, जवाफदेही र जिम्मेवार राजनीति गर्न अावश्यक रहेको रानाले बताए । कार्यक्रममा विद्यार्थी खेलकुद तथा निर्देशनालयका विशिष्ट प्रशिक्षक गंगा बहादुर मगर र उपप्रशासक सरस्वती गुरूङ उपस्थित थिए ।

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %