राष्ट्रिय जनमुक्ति पार्टी प्रवास बिभागको जुम बैठक सम्पन्न

Read Time:2 Minute, 54 Second


राज्यसत्ता
काठमाण्डौ, माघ १६ राष्ट्रिय जनमुक्ति पार्टी प्रवास बिभागको प्रथम जुम बैठक सम्पन्न भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका नेता कार्यकर्ताहरु बिषेश कामले रोजगारीको लागी बिभिन्न मुलुकमा गएर पसिनाको खेति गरिरहेका छन ।

उनिहरुले बाँचेखुँचेको समय निकालेर पार्टीकोलागी समय र आर्थिक सहयोग दिदै आईरहेका छन । नेपालमा भएका नेताहरु संग जुम मार्फत भएपनि प्रतक्ष पार्टीको गतिबिधिको बारेमा चासो राख्दै आईरहेका छन । यसैको निरन्त्रता दिदै उनिहरुले ३० जनवरी अर्थात माघ १६ कादिन जुम मार्फत पार्टीको चाँसो लिएका हुन ।
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य एबं प्रवास बिभाग प्रमुख हुमबहादुर थापाको अध्यक्षतामा पार्टीका बरिष्ठ उपाध्यक्ष एबं पुर्ब प्रवास बिभाग प्रमुख कमला थापाको बिषेश उपस्थितिमा बैठक भएको थियो ।


जनमुक्ति मञ्च बेलायतका अध्यक्ष नारायण किशोर पुन ,पार्टीका बरिष्ठ नेता थर्क राना , भिम राना , प्रेम तामाङ , याङ्का आले ,पदम गाहा , जनमुक्ति मञ्च ईजरायलका अध्यक्ष माया घले , जनमुक्ति मञ्च हङकङका अध्यक्ष एम.बि. दर्लामी , साउदी अरबका ओमन दर्लामी लगाएतका उपस्थित थिए ।


पार्टीका बरिष्ठ उपाध्यक्ष एबं पुर्ब प्रवास बिभाग प्रमुख कमला थापाले पार्टीको बर्तमान अवस्था र पार्टीले सञ्चालन गरेको जनता जागौँ कार्यक्रम र गतिबिधि बारे जानाकारी गराउँनु भएको थियो । बरिष्ठ नेता थर्क रानाले बेलायतमा बस्ने नेपालीहरुको दोहोरो नागक्तिाको बारेमा धारणा राख्दै पार्टीले बिगतमा जस्तै जोडतोडका साथ आवाज उठाइदिन अनुरोध गर्नु भएको थियो । जनमुक्ति मञ्च बेलायतका अध्यक्ष नारायण किशोर पुनले ३६ हजार कुयसिल सदस्यले कम्तीमा पनि १० ÷ १० जना नयाँ सदस्य ल्याउन सकेमात्रै पनि हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्न सक्ने धाराणा राख्नु भएको थियो । बेलाएतका पदम गाहाको सहजिकरणमा बैठक सम्पन्न भएको थियो ।

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %