दाार्जिलिङमा मित्रसेन जन्मजयन्ती सम्पन्न

Read Time:2 Minute, 6 Second

राज्यसत्ता
दाार्जिलिङ, २९ डिसेम्बरका दिन मास्टर मित्रसेन थापाको १२७ औँ जन्मजयन्तीसमारोह मास्टर मित्रसेन थापा साहित्यकला संस्थाको तत्वावधामा भानु भवन प्रेक्षागृहमा भव्यताका साथ सम्पन्न भयो ।

पूर्वार्धको कार्यक्रममा मालरोड परिसरमा अवस्थित मास्टर मित्रसेन थापाको पूर्ण कदको सालिकमा विशिस्ट अतिथि अनि अन्य अतिथिगणद्वारा खादा तथा मालाले श्रद्धार्पण गरियो । त्यसपछि हलमा रङ्गारङ कार्यक्रम सम्पन्न भयो ।

यस जन्मजयन्ती कार्यक्रममा पवनमहिमा गुरुङले स्वागत सम्भाषण राखिन् भने गीतकार अजय थापाले संस्थाको उद्देश्य र औचित्यमाथि प्रकाश पारे । बाल कलाकारद्वय अदित्य गजमेर अनि रियेश शर्माले मीठो भजन प्रस्तुत गरेपछि नानी रसग्य गुरुङबाट मित्रसेनका कविता वाचन भयो ।

गायक प्रबल थापा अनि मनिष राणाले अन्य सहयोगीहरुका साथ मित्रसेनका बहुचर्चित गीतहरू प्रस्तुत गरे भने विख्यात सङ्गीतकार चन्दन लोमजेलद्वारा मास्टर मित्रसेनका शब्दहरूलाई सङ्गीतबद्ध गरी गीत प्रस्तुत गरियो ।

नमिता राई बलले सञ्चालन गरेको यस कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार हरेन आलेले गतेका थिए भने प्रमुख अतिथिको रूपमा सङ्गीतकार लेखक दलसिंह अकेला र विशिष्ट अतिथि गीतकार पुरण गिरी उपस्थित थिए ।

( मा . मित्रसेन प्रतिष्ठान नेपालका उपाध्यक्ष गायत्री राना मगरको सहकार्यमा प्रकाशित गरिएको लेख )

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %