नेपालमा आदिवासी जनजातिहरु माथि हिन्दुवादको दमन ।

Read Time:25 Minute, 36 Second

विश्वमा नेपाललाई, “गोर्खा” “शेर्पा” “एभरेष्ट” र “बुद्ध” को नामले बढी चिनिन्छ । तर विडम्बना के छ भने यीनै चार र यी संग सम्बन्धित जनजातिहरु वा धार्मिक समुदायहरु नेपाल भित्र पिडित र शोषित छन् । अझै स्पष्ट रुपमा भन्ने हो भने श्री ५ पृथ्वी नारायण शाहको राज्य स्थापना पछि राज्य स्तरबाट गैर–तागाधारी अनार्यहरु उपर सांस्कृतिक रुपमा सुनियोजित दमनकारी षडयन्त्र शुरु भएको छ । राज्य सत्ता बिना कुनै पनि धर्मको विकास हुन सक्तैन । ईस्लाम, ईसाइ, हिन्दु वा हालको यहुदी धर्मको विकास राज्य शक्ति कै आडमा विकसित भएको छ ।

विश्व इतिहासले यहि शिक्षा दिएको छ । सन् १२१५ मा भारतमा मुस्लिम आक्रमण पछि ज्यान वा धर्म जोगाउन नेपालमा पहाडि क्षेत्रमा शरणार्थीको रुपमा पसेका भारतीय हिन्दुहरुले आफु संगै तत्कालिन नेपालको भन्दा विकसित संस्कृति बोकेर नेपाल पसेका थिए । राज्य व्यवस्थामा पोख्त र राज्य षडयन्त्रमा खप्पिस यी हिन्दुहरुले नेपालका तत्कालिन प्राकृतिक अवस्थामा रहेका जनजातिहरु र विशेषगरी तत्कालिन रजौटाहरुलाई सर्वप्रथम आफ्नो सांस्कृतिक प्रभावमा पार्ने काम यिनीहरुबाट भयो । यी पृथ्वी नारायण शाहले नुवाकोट, किर्तिपुर, भादगाउँ, पाटन र बनेपा गरी यी मुख्य ५ वटा राज्य जिते पछि मात्र चक्रवर्ती राजाको रुपमा देखाउन श्री पृथ्वी नारायण शाहलाई हिन्दु बाहुनहरुले “श्री ५” पगरी गुथाएको देखिन्छ । काठमाडौं उपत्यका विजय भन्दा अघि श्री पृथ्वी नारायण शाहलाई “श्री ५” भनी सम्बोधन गरेको इतिहास फेला पर्दैन । तर हिन्दु बाहुनहरुको नीति निर्देशनमा र षडयन्त्र एवं राजाको बाहुबलले राज्य कायम गरेको हिन्दु बाहुनहरु यस राज्य विजयलाई राजाको भन्दा आफ्नो ठूलो हात रहेको संझिएकोले आफुलाई राजा भन्दा माथि र ठूलो देखाउन स्वयं बाहुन पुरोहितले आफुलाई “श्री ६” घोषित गरी राजालाई समेत ढोग्न बाध्य गराएको नेपालको इतिहास जिउँदै छ । यसरी नेपालमा राजा “श्री ५” भन्दा हिन्दु बाहुनहरु “श्री ६” भै राजाको आडमा राजालााई माध्यम बनाई राज्य शक्ति आफ्नो हातमा लिए पछि मात्र राज्य स्तरबाट नेपालमा क्रमबद्धरुपमा जनजातिहरु उपर हिन्दुवादको यी दमन र शोषण बलियो रुपमा शुरु भएको छ । यी दमनको संक्षेप्त वर्णन निम्नानुसार छन् ।


१. धार्मिकः– नेपाल उपत्यकामा किराँत कालिन राज्यकालमा बौद्ध धर्म नै यहाँको मुख्य धर्म थियो । पछि भारतबाट शंकराचार्यको आगमन पछि बौद्ध धर्मको दमन र हिन्दु धर्मको स्थापना शुरु भएपछि पनि यहाँका बासिन्दाहरुमा बौद्ध धर्म प्रति आस्था रहेकोले एवं प्रथमतः बौद्ध धर्मलाई विकृत गर्ने तर्फ हिन्दुहरु लागे । पहिल्यै नेपाल पसेका हिन्दु बाहुनहरु नेपाल प्रवेश पछि यहाँका जनजातिहरु संग बिटुलिएको महसुस गरी पशुपतिको पुजारीमा नेपाल बाहुन नराखी दक्षिण भारतको अलिना भट्ट बाहुन पुजारी राखेता पनि प्रत्येक वर्ष कार्तिक ८ गतेका दिन पशुपतिको “लिङ्ग” माथि बुद्धको प्रतिमा राखिने परम्पराले बौद्ध चैत्य माथि पशुपतिको “लिङ्ग” हिन्दुहरुले खडा गरेको त हैनन? भन्ने प्रश्न उठ्न आउछ । हिन्दुहरुले “बुद्धलाई शिवको सालो(A Study of Caste-P. LAKSHMI, MAKASU. P. 67) विष्णुको नवौं अवतार घोषित गरी नेपाली बौद्ध समाजलाई भ्रष्ट पार्ने प्रयास गरे र “बुद्धको पूजा गर्नु नै शिवको पूजा गर्नु हो” (नेपाल माहत्म्य) भनी प्रचार गरी नेपाली बौद्धहरुलाई हिन्दुवाद तर्फ ढल्काउन प्रयास गरिएको नेपाली इतिहास छ ।

नेपाली जनस्तरमा पनि धार्मिक घुसपैठ गरिएको छ । ठाउँ ठाउँमा हिन्दु देवी देवताको नाउँमा जात्रा मनाउने र गैर हिन्दुहरुलाई हिन्दु चाड पर्व मनाउन बाध्य गराएको वा गैर हिन्दु चाड पर्वलाई हिन्दुकरण गरेको छ । ऋगवेदको नायक “इन्द्रलाई राम र वृत्रालाई रावणको कल्पनागरी(A Study of Caste-P. LAKSHMI NAKASU P. 84) वा बौद्धराजा अशोक छोरा कुणाललााई “राम”को कल्पना गरी पछि (बौद्धिक मतका मुख मर्दन–भिक्षु निर्गुणान्द पृष्ठ १०) सन् १५२९ पछि तुलसीदासले आर्य रामका अनार्य रावण माथि विजय प्राप्त गरेको रामायणको कथलाई नेपाल पसेका हिन्दु बाहुनहरुले ठूलो प्रचार प्रसार गरे । नेपालमा भानुभक्त पहिलो षडयन्त्रकारी बाहुन हो जसले आर्य हिन्दुहरुको काल्पनिक रामायणको कथालाई खस भाषामा उल्थागरी नेपाली जनजातिहरुलाई हिन्दुवादको भ्रष्ट दलदलमा फसाए । दशैं नेपाली जनजातिहरुको चाड पर्व होइन । यो पर्व राज्य सत्तामा रहेका हिन्दुहरुले यहाँका जनजातिहरुलाई जवरजस्ती मालसिरी गाउन लगाई मारकाट गराई दशैं मनाउन लगाएको हो । पृथ्वी नारयण शाहाको राज्य स्थापना पछि नेपालका जनजातिहरुलाई दशैंको बेला मारकाट गरी मारेको जीवको रगतमा हात चोपली घरको दैलो र भित्तामा पाँच औंलाको रगतको छाप लगाउने आदेश दिई राजाको आज्ञा अनुसार मारकाट गरे वा गरेनन् भनि राज्यका कर्मचारीहरुले घर गाउँमै जाच्ने गर्थे र जसको घर दैलोमा रगतको पाँच औंला देखिन्थ्यो उसले राजाको आज्ञाा मानेको मानिन्थ्यो हालसम्म पनि गाउँमा जनजातिहरुमा दशैेंको दिन रगत लागेको पाँच औंलाको छाप घरदैलोमा लगाउने चलन भेटिन्छ ।


दिपावली (तिहार) चाड पनि विकृत गरिएको छ । किुराँतहरुको मुन्धुम धर्म अनुसार हिन्दुहरुको प्रवेश भन्दा धेरै अघि वर्तमान पोखरा देखि भारतको गोरखपुर सम्मको क्षेत्रमा मगर राजा बलि हाङ्गको शासन थियो । बलि हाङ्ग राजालाई जनताले कालगतिबाट बचाएको खुशियालीमा बत्ति बाली दिपावली मनाएको हो । प्राचिन मगर भाषामा “फाइलो” भनेको हामीले सहयोग गरेको वा बचाएको भन्ने हो र “देउसी” भनेको “पूजारी” एवं “रे” भनेको “राजा” हो । कालान्तरमा यो प्राचीन “फाईलो” मगर शब्द अपभ्रंस भै “भैलो” भएको हो (HISTORY OF KIRAT PEOPLE-IMAN SING CHEMJUNG-P.30) । आजकल पनि तिहारमा “देउसी” वा “भैलो” खेल्दा “हामी त्यसै आएका हैन बालि राजाले पठाएको हो” भनि भट्याउने चलन छ । तर त्यसमा बाहुनहरुले “गाईको तिहार” भनि सिकाई घुसाई भ्रष्ट गरेको छ । यस प्रकार जनजातिहरुलाई कतै जबरजस्ती “दशैं” मनाउन लगाइएको छ भने कतै “दिपावली” लाई विकृत पारेको छ । बिगत ०३१ सालमा पोखरामा मिन बहादुर गुरुङ्गले बौद्ध गुम्बा निर्माण गर्दा सो गुम्बा प्रशासनले जगै उखाली भत्काई फालेर नीजका बाबाु छोरा १४ महिना जेल परे भने लुम्बिनी विकासर परियोजना विदेशमा मागी खाने भाँडो बनाएको छ । यस प्रकार सत्ताको आडमा हिन्दुहरुले गरेको धार्मिक दमनको हजारौं कथा व्यथा नेपालमा पाईन्छ ।


२. बाल विबाहः– बाल विबाह पनि हिन्दुहरुको जनजाति माथि दमनको एउटा ठूलो हतियार हो । हिन्दुहरुको रामायण, महाभारत वा अन्य पुराणहरुमा बाल विबाहको वर्णन पाइन्न । भारतमा बौद्धवादको विरुद्धमा बाहुनहरुले बाहुनवादी मनुस्मृतिको रचनापछि बाल विवाह शुरु भएको छ । कालन्तरमा भारतमा मुसलमानहरुले हिन्दुहरुबाट बहिष्कृत तथाकथित अछुत शुद्रहरुलाई धमाधम मुसलमान बनाउन शुरु गरेपछि बाहुनहरुले आफ्नो जनसंख्या वृद्धि गर्न बाल विबाह शुरु गरको हो । नेपाल प्रवेश पछि अल्प संख्यामा रहेका बाहुनहरुले यहाँका जनजातिहरुको जनसंख्या सँग दांजा दांज गर्न नेपालमा पनि बाहुनहरुले व्यापकरुपमा बाल विबाहको प्रचलन ल्याएको हो । हाल नेपालमा परिवार परियोजना अन्तर्गत लोग्ने छोराले गर्ने अप्रेशनमा ०४५÷०४६ मा २,४१७९५ मध्ये ११४३५ (४.७३%) मात्र बाहुन छन् । खसी परेको हातबाट पितृ र देवतालाई पानी नचढने भनेतापनि भित्री मनासय आफ्नो जनसंख्या नघटाउने बुझिन्छ र त्यर्सै सालमा २,३४,८०९ महिलाहरु मध्ये २१७४२ (९.२६%) बाहुन स्त्रीहरुले अप्रेशन गरेको देखिन्छ । (ECONOMIC SURVEY-1989-90) यसबाट के प्रष्ट हुन्छ भने परिवार नियोजन गर्ने हिन्दु बाहुनहरु भन्दा यहाँका जनजातिहरु बढी छन् र यो पनि हिन्दुवादको दमनको एउटा हतियारको रुपमा नेपालमा प्रयोग भै रहेको छ ।


३. शिक्षाः– नेपालमा हिन्दु बाहुनहरुले प्राचीन समय देखि अहिले सम्म जनजातिहरु माथि शिक्षामा पूर्णतः उपेक्षा गरेको छ । प्राचीन कालदेखि सरकारी अनुदान र छात्रवृत्तिमा विभिन्न ठाउँमा संस्कृत विद्यालय खोली बाहुन मात्रले पढेका अरुले पढ्न नपाउने व्यवस्थालाई त केही नेपालीहरुले बुझेकै हो । तर विश्वको कुनै मुलुकमा पाँच छ सौ जनाले मात्र पढ्नको लागि विश्व विद्यालय खोलेको तपाईहरुलाई थाहा छ? यो विचित्रको नेपालमा सत्ताधारी हिन्दु बाहुनहरुले सरकारी अनुदान र छात्रवृत्ति दिई दाङमा महेन्द्र संस्कृत विश्वविद्यालय खोलेको छ । तर संस्कृत विश्वविद्यालय अन्तर्गत बाल्मीकी विद्यापीठ(क्याम्पस) जस्ता आठ विद्यापीठहरु(CAMPUS) मा उत्तर मध्यमा देखि आचार्य सम्म जम्मा ६३५ विद्यार्थीहरु पढ्छन्(आर्थिक वर्ष ०४८।०४९ सालको खर्च ३ करोड ५१ लाख ३९ हजार छ (गोराखापत्र ०४८ असार २७ गते) । यसमा वेद विद्या आश्रय, गौशाला, तिनधारे संस्कृत पाठशाला, रानी पोखरी लगायत विभिन्न जिल्लामा रहेका हाई स्कुल स्तरसम्मका संस्कृत विद्यालय र त्यसको खर्च सामेल छैन । जबकि त्रिभुवन विश्वविद्यालयमा हाल ७६०२६ विद्यार्थी छन् (आ. व. ०४८।०४९ को वार्षिक विकास कार्यक्रम पृ. १०१) गजब छ, विचित्र नेपाल । एकातिर दुनियाँको ७६०२६ जना छोरा छोरी पढ्ने त्रि. वि. र एकातिर ६३५ जना (एउटा हाई स्कुलका विद्यार्थीको संख्या भन्दा कम) बाहुनले मात्र पढ्न पाउने महेन्द्र संस्कृत विश्वविद्यालय । अझै बढी विचित्र त यो छ कि संस्कृत पढ्ने बाहुन विद्यार्थीलाई छात्रावास, निशुल्क खाना, पुस्तक र त्यसैमा मासिक रु ५००÷– पनि छात्रवृत्ति पाउने । संस्कृत पनि पढ, अंग्रेजी पनि पढ, मासिक रु ५००÷– ले मनोरंजन पनि गर । हाल नेपालको संविधानमा अन्य जातिहरुको मातृभाषामा प्राइमरी स्कुल सम्म पढाउन पाउने व्यवस्था छ तर सरकारले त्यो वास्ता गरेको छैन । हामीले माग गर्दा साम्प्रदायिक कुरो भनि तर्साइ रहेको छ । हिन्दुवादको दमनको यो एउटा उच्चतम् रुप हो ।


४. जग्गाबाट हटाउनेः– धार्मिक रुपले बाहुनले हलो छुन हुँदैन । तर जस्को धर्मले नै हलो छुन हुदैन आज त्यो विशाल जग्गाको मालिक छ । राम्रो राम्रो पानी लाग्ने खेत र उब्जाउ बारी उसैको छ । तर जसको धर्म नै जोत्ने हो ती “भूमिपुत्र”हरु जग्गा बिहिन छन् । इतिहास हेर्दा, नोकरी, व्यापार वा कुनै व्यवसाय नगरेको जातिहरु यत्रो जग्गाको मालिक कसरी बन्न पुग्यो त्यो सबैले बुझेकै हो । जाली तमसुकमा सुन्ना थप्नु, झुट्टा मुद्धामा फसाउनु र जुवा खेलाउने जस्ता अपराध कर्मले नपुगी राजाबाट “विर्ता बक्स” गरी जग्गा हडपेको सबै सामु छर्लङ्ग देख्न सक्दछ । अहिले सम्म नेपालमा हिन्दु बाहुनहरु तीन प्रतिशत पनि पुगेको छैन तर एक अनुमान अनुसार नेपालमा ४८% भन्दा बढी जग्गा यीनै तीन प्रतिशतको हात परेको छ ।


५. इतिहास लेख्न र साहित्यः– इतिहास भनेको तत्कालिन जातीय समाजको लेखा जोखा हो । तर नेपालमा इतिहास लेख्ने काम शिक्षित हिन्दु बाहुनहरुको हातमा रह्यो । नेपालमा किराँती राजाहरु थिए, बाईसे चौबिसे राजाहरु थिए, सबैले बुझेको हो तर को को कुन राजा थिए कति वर्ष शासन गरे ति सबै कसैलाई यथार्थ ज्ञान छैन । यसरी वास्तविक नेपालीहरुको इतिहास लोप गरियो । भारतबाट हिन्दुहरु नेपाल आउनु भन्दा पनि पहिलो यस ठाउँको नाउँ नेपाल थिए तर यिनीहरु नेपाली भए । यहाँका जातीहरु नेपाली नभइ थारु, तामाङ, लिम्बु, जाति नै रहे । भारतको हिन्दु संस्कृति नेपाली संस्कृति भए यहाँको नेपालीहरुको संस्कृति मगर, गुरुङ, शेर्पा, थारु आदि जातीय संस्कृति भए । एउटा खस जातिको भाषा नेपालको राष्ट्र भाषा भए । अरु नेपालीहरुको भाषा जातीय भाषा भएको छ । त्रिभुवन विश्वविद्यालयमा पढाईने “शिलन्यास” नाटकमा भीम नीधि तिवारीले गोर्खाका राजा मानसिंह मगरलाई अत्याचारी, व्यभिचारी, क्रुर र जड्याह देखाएको छ भने वि. पि. कोइरालाले “सुम्निमा” उपन्यासमा किराँती नारीलाई बाहुनहरुको विलासिताको खेलौना देखाएको छ । रेडियो नेपालमा लोकगितको रुपमा बजाइने विश्वराज अधिकारीको गीतमा–“कस्तो नक्कली मोरी नेप्टी मोरीले” भनी लोकगीत बजाइन्छ । चुरोट त “चुच्चि” ले पनि खान्छन् तर “चुच्ची मोरीले” भनी गीत गाइदैन । त्यस्तै “हेलुम्वुकी शेर्पीनी, काठमाडौंकी नेवारनी, कस्ती नक्कली…भनी कुमार बस्नेतले गाएको गीत सबैले सुनेकै होला । दिनहुँ नुहाउने बाहुनको नाउँमा “बाहुन साबुन” नराखी हिमालमा बस्ने शेर्पाको नाउँमा “शेर्पा साबुन” राख्नुलाई के भन्ने । भोलि तामाङ जुत्ता, मगर कटु र थारु “टवाईलेट पेपर” राखेमा कति आश्चर्य मान्नु पर्ने छैन । यी सबै हिन्दुवादीहरुले गरेका साहित्यिक, इतिहास लेखन र गीत आदिबाट गरिएका जातीय दमन र अपमान हो ।


६. जातीय विभाजन र जात परिवर्तनः– हिन्दु ग्रन्थमा “म्लेच्छ” भन्ने शब्द आउछ । यो शब्दको उनीहरुकै व्याख्या अनुसार अनार्य र गैर हिन्दु हुन्छ । त्यस्तै “शुद्र” शब्द पनि छ । संस्कृत शब्दमा शुद्रको अर्थ, विदेशी, बाहिर, बेग्लै र विजातीय हुन्छ । ईरान र अफगानिस्तानको पठारबाट भारत पसेका आर्यहरुले अनार्यलाई “म्लेच्छ” र आफ्नो हिन्दु ब्रह्मण भन्दा बाहिरको विदेशी र विजातीयहरुलाई “शुद्र” भन्ने थाले र आफुले भारतका प्राचीन बासिन्दा भन्दा श्रेष्ठ संझी सत्ता कब्जा गरे पछि यी म्लेच्छ र शुद्रलाई आफ्नो सेवामा लगाए पछि “अछुत” घोषित गरे । यसको प्रतिकार र प्रतिरोध भारतका आदिवासीहरुले गर्न सकेनन् । ईरानबाट भारत प्रवेश गर्दा आफुसंग पर्याप्त आईमाईहरु नल्याएको हुँदा ती प्रवासी आर्यहरु भारतमा आफ्नो आवश्यकतानुसार भारतका आदिवासी जातिहरुका महिलाहरु सँग विवाह संबन्ध गांसे र कालान्तरमा आफ्नो आवश्यकता पूर्ति हुन सक्ने गरी महिलाहरु संग विवाह वंद गरी आफ्नै जातमा विवाह शुरु गरे । यसरी आफु संग महिला नल्याई भारतका आदिवासी महिलाहरु संग विवाह गरेकाले यी आर्य हिन्दु बाहुनहरुले आफुलाई श्रेष्ठ ठानी भारतका अनार्य महिला स्वास्नीलाई गोडाँमा ढोग्न लगाई, गोडाको जल खुवाई, आफुलाई श्रेष्ठ र भारतका आदिवासी स्वास्नीलाई निकृष्ट बनाएका हुन् । यो प्रचलन नेपालमा पसे पछि यिनीहरुले नेपालमा चलाए । नेपालमा प्रवेश पछि नेपालका जनजातिहरुका महिलालाई विबाह गरी त्यसबाट जन्मेकालाई “क्षेत्री” बनाए । आमासंग सुत्न हुने, छोरालाई जातमा मिसाउनन नहुने, एउटा छोरा चुल्हा बाहिरको “बहादुर” अर्को छोरा चुल्हा भित्रको “प्रसाद” बनाए । वास्तवमा भन्ने होा भने नेपालमा बाहुनबाट खसेका छोराहरुले सबै भन्दा बढी बाहुनवादको दमन र जातीय अपमान सहेको छ । भारतबाट नेपाल प्रवेह भन्दा पहिले नेपालमा जातिवादी र छुवाछुतको तगारो थिएन । यी सबै हिन्दु बाहुनहरुको देन हो । बाहुनहरुले गैरतागाधारी सत्ताधारीहरुलाई क्षेत्रीकरणको अभियान चलाए । भिमसेन थापा र अमर सिंह थापा मगरहरुलाई क्षेत्री बनाए । यीनिहरु मगरै हुन(GORKHAS-E. VANISTARAT P.67) . यस्ता अनेकौं सत्ताधारी जातिहरुलाई क्षेत्री बनाई तागा लगाएको अनेकौं उदाहरण मेरो लेख “स्वतन्त्र अस्तित्वको पहिचान–एक अहम् प्रश्न” नामक लेखमा उल्लेख गरेको छु ।


७. देश निकालाः– यद्यपि विना अपराधमा नेपालीहरुलाई देश निकाला गर्ने कानून बनाएका थिएनन् । तर पनि यहाँका जनजातिहरुलाई रोजगार विहिन र जग्गा विहिन बनाई विदेश पस्नु बाध्य गराएका थिए । चन्द्र शम्शेरले करिया मोचन गर्दा कमाराहरुलाई जग्गा र रोजगारको व्यवस्था नगरी कमाका मालिक हरुलाई मात्र आर्थिक मुअब्जा दिएका थिए । आर्थिक मुअब्जा गरीब कमाराहरुलाई दिनु पर्नेमा उल्टो मालिकलाई दिईयो । यी स्वतन्त्र भएका मध्ये धेरै भारत पसे । ब्रिटीश इण्डिया संग सन् १८१५ मा संधी गरी यहाँका विशेषगरी मगर, गुरुङ, राइ, लिम्बुलाई विदेश जान बाध्य गसरी त्यसबाट पैसा कमाए । ब्रिटीश गोर्खा फौजमा भएका नेपालीहरु दोस्रो विश्व युद्धमा ६० हजार भन्दा बढि मारिए । १५ भदौ १९७७ मा नेपालको जनसंख्या ५५,७३७८८ थियो भने दोस्रो युद्धपछि ५५,३२५७४ मात्र रहयो –केन्द्रीय तथ्यांक विभाग नेपाल) अर्थात ०७४% जनसंख्या घट्यो । त्यसमा घट्नेमा गुरुङ मगर, राई लिम्बु र तामाङहरु विशेष गरी पर्छ । यसमा षडयन्त्र के भयो भने देशमा जग्गाबाट बेदखल गरीदिएमा र रोजगारको व्यवस्था नगरिदिए पछि बाध्य भई मानिस विदेश पस्छन् र देशमा रजाई गर्न पाइन्छ । यसरी विदशीनेमा सबै भन्दा बढी जनजातिहरु र दलितहरु नै छन् । यो पनि शासन गर्ने एउटा तरिका हो ।


यसरी उल्लेख गर्दै जाने हो भने नेपालका जनजातिहरु माथि हिन्दुवादको दमनको लामो फेहरिस्त बन्छ । यस लेखको मनसाय हिन्दु बाहुनलाई देश निकाला गर्ने वा घृणा उत्पन्न गर्ने नभै वास्तविकतालाई झलकाइएको हो । यो देशमा सबैले स्वतन्त्र भै बाँच्ने अधिकार पाउनु पर्छ । यसको लागि स्वयंम् हिन्दु बाहुनहरुबाट नै सुधार र सहयोगको कदम चालिनु पर्छ र यी कमी कमजोरी रहन दिन हुदैंन । स्वयंम हिन्दु बाहुनबाट यसमा सहयोग नभएमा भविष्यको परिणाम स्वयम् उनिहरुको निम्ति सकारात्मक नहुन सक्दछ । तसर्थ सबै बाँचौ र बाँच्न देउ भन्ने धारणा लिइ एक भइ अगाडि बढ्नु पर्छ ।

कइरन मासिक संकलन
Kainbar, Monthly
September 1991 अशोज, २०४८

प्रस्तुत लेख कइरन मासिक पत्रिका २०४८ सालमा छापिएको थियो । समय सान्दर्भिक भएकोले यहाँ पुन :प्रकाशन गरिएको हो ।–पूर्ण बहादुर राना

4 0
Happy
Happy
33 %
Sad
Sad
67 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *