गोर्खा राज्य

Read Time:13 Minute, 37 Second

—त्रिलोक सिंह थापा मगर

नेपालको राजधानी काठमाण्डौंबाट पश्चिमतर्फ अनुमानित १५६ किलोमिटरको दुरीमा गण्डकी प्रदेश अन्तरगत“जिल्लागोर्खा” अवस्थित छ । प्राचिन समयमागोर्खा राज्यअत्यन्त सानो तथा स्वतन्त्र राज्यथियो । यस राज्यको अधिकांश जनसंख्या नेपालकाआदिबासीभुमिपुत्र मगर तथा गुरुङ्गजनजातीथिए ।

वास्तवमा यो राज्य बृहत मगरात राज्यको अभिन्नअंगथियो ।
कालान्तरमाबिस्तारै बिस्तारै गोर्खा राज्यतथा यस राज्यको वरिपरि खस आर्य, बाहुन क्षेत्री, ठकुरी, शाही, महत, कुंवर, बिष्ट, कार्की, खत्री, पाण्डे, नेवार, दलितआदीअन्यजातजातीतथाजनजातीका जनसंख्याआवादहुनथाल्यो । यसरी गोर्खा राज्यनेपालअधिराज्यको मिश्रित जातजाति, जनजातिएवं संस्कृतिको थलो बन्नथाल्यो । विगतको २० औं शताब्दी सम्म यो सम्पूर्ण क्षेत्रलाई गोर्खा राज्यको नामले चिनिन्थ्यो । काठमाण्डौंउपत्यकालाई नेपाल खाल्टो वाचार भञ्ज्याङ्गभनिन्थ्यो । पृथ्वी नारायण शाहले काठमाण्डौं उपत्यकामाथिविजयप्राप्त गरे । त्यसपछिगोरखा राज्यबाट राजधानी काठमाण्डौं सारे । अनि सम्पूर्ण क्षेत्रलाई नेपालअधिराज्यभन्ने चलन शुरु भयो ।

गोर्खा राज्यको केही विशिष्ठता

(क) गोर्खा राज्यआफ्नो सुनौलो ईतिहास, संस्कृति, परम्परा, आधुनिकनेपालको निर्माता
(ख) विश्वमा प्रसिद्धि प्राप्त गरेको बीर गोर्खाली सैनिकहरुको उद्गम स्थलकालागिप्रख्यात रहेको छ ।(ग) विश्वको सैनिक ईतिहासमा युद्धस्थल एवं रणभुमिमा बीरगोर्खा सैनिकको जोशिलाउद्घोष “आयो गोर्खाली जय महाकाली” को मुहानपनिगोर्खा राज्य नै हो ।
(घ) विश्व प्रसिद्ध गोर्खाली सैनिकहरुको शस्त्र “खुकुरी” को आविष्कार बृहत मगरात राज्यमा नै भएको किवदन्ती छ ।
(ङ) नेपालको प्रजातान्त्रिकआन्दोलनमाआफ्नो जिऊज्यानको पर्वाह नगरिकन आहुतिदिने पहिलो सहादतप्राप्तगर्ने प्रथमशहिदलखनथापा मगर पनिगोर्खा राज्यकाबीर गोर्खालीथिए । जस्ले जन सहयोगमाजन सहभागितातथाजन सक्रियतामा राणा शासकहरुकोनिरंकुश, तानाशाही र जहाँनियाशासनको विरुद्ध सन १८७६ ई. सं माविद्रोह गरे । साथै तत्कालीन राणा शासकहरुले उनको निर्ममता पूर्वक हत्या गरेका थिए ।

भौगोलिक सीमा
गोर्खा राज्यको उत्तरी सीमामाहिमाल र भोट (तिब्बत) पर्दछ । पश्चिम सीमा मस्र्याङदी नदी र पुर्वमात्रिशुलीनदी रहेको छ । यसै क्षेत्रमा चेपे, दौरदी र बुढीगण्डकी नदिहरु बग्दछन् । यस राज्यको सीमा समय समयमाकहिले बढ्ने र कहिले घट्ने भई रहन्थ्यो । प्राचिन समयमागोर्खा राज्य सामरिक तथाभोट तिब्बत संग ब्यापार सम्पर्कको लागिपनि महत्वपूर्ण थलो थियो भनेर भनिन्छ ।

धार्मिक एवं पुरात्वतिक महत्व
गोर्खा राज्यको माझकोट टाकुरामा खड्का थरको मगर राजाको कोट वाकिल्लाथियो । जुनहालअवशेष मात्रबाकी छ । त्यसै स्थलमाशाहबंशवाशाहराजाको ऐतिहासिकएवं पुरात्वातिकमहत्वको प्रसिद्ध गोर्खा दरवार छ । सोहीगोर्खा दरवारको परिसरमाहिन्दु धर्मको नाथ सम्प्रदायकामहान सन्त बाबा गुरु गोरखनाथको एउटा सानो गुफा (मन्दिर) छ । त्यसैमा लिच्छवी काल७५५ ई. सं. को शिलालेखमापनि देख्न सकिन्छ । रमर्णायिकप्राकृतिक सौंन्दर्यले भरिपुर्ण गोर्खा राज्यमाप्रख्यातमनकामनामन्दिर, गोरखकालीमन्दिर, चण्डेश्वरी मन्दिर, विरमकालीमन्दिर तथाअन्य प्रसिद्ध देव स्थलहरु छन् ।गोर्खा राजदरवारको मूलढोका निर एउटा दर्लानमा सानो टुक्राभएको ठाउँ छ । राजाद्रव्यशाहले खड्का थरका मगर राजामान सिंह खड्का मगरलाई तरवारले हान्दालागेको जो चिनो अझ सम्मत्यहाँ देख्न सकिन्छ । प्राचीनगोर्खा राज्यआफ्नो ऐतिहासिकएवं सांस्कृतिक विशिष्टताका लागिप्रख्यात रहेको छ ।

मगर जनजातिकापुजारी
मगर जनजातिपुर्वकाल देखि प्राकृतिकपुजक, पितृ पुजक, बोनधर्मालम्बी, एनिमिजमएवं झांक्रिबादमाआस्था राख्ने समुदायहुन् ।शारिरिक बनावटले मगरहरु मंगोलियनप्रजातीअन्तरगत पर्दछ । तिब्बती बर्मन भाषाअन्तरगत मगर समुदायको मातृभाषा पर्दछ । यिनीहरुको आफ्नो छुट्टै सामाजिक, सांस्कृतिक, रितिरिवाजएवं पहिचान छ । तर गोर्खा राज्यका सम्पूर्ण मठ मन्दिर, देवस्थल, तथागोर्खा दरवारमामन्दिरहरु समेत आदिकाल देखि नै केवल मगर जनजातिकापुजारीहरु मात्र छन् । ती मठ मन्दिर, देवस्थलहरुको रेखदेख, व्यवस्थापन, पुजाअर्चना, आराधनाआदीको आधिकारिक जिम्मा केवल मगर जनजातिकापुजारीहरुमा नै हुन्छ ।
मगर पुजारीहरुले आफ्नो तान्त्रिकबिधिहरु विकसित गरेर ती देवस्थल र मन्दिरहरुमापूजा पाठ र आराधनागर्दै आएका छन् । मगर पुजारीहरुको यस धार्मिक कर्मकाण्ड, तान्त्रिकविधि, पूजा पाठमा मगरातीविधिहरु माथिविश्व भरिका हिन्दुहरुको प्रगाढ आस्थाअझ सम्मकायम छ । युगौं युग देखि खस, आर्य, बाहुन, क्षेत्री, नेवार र अन्यजनजातिहरुले मगर पुजारीहरुको धार्मिक कर्मकाण्ड माथिगहिरो विश्वास र आस्था राखेका छन् । यसरी मगर जनजातिकापुजारीहरुले आफ्नो छुट्टै तन्त्रविधिको विकाश गरेको पाईन्छ । आजपनि यो चलनएवं परम्परा आधुनिकयुगमायथावतकायम छ । यसलाई तत्कालिनगोर्खा राज्यको विशिष्ठता हो भनेर भन्न सकिन्छ ।

गोर्खा राज्यको नामाकरण:

जनश्रुतिकाअनुसार हिन्दुधर्मका नाथ सम्प्रदायका महानमहात्मा मत्स्येन्द्रनाथका शिष्य गुरु गोरखनाथको नामबाट गोर्खा राज्यको नामाकरण भएको हो भन्ने मानिन्छ । यो किवदन्तीहो । तैपनि प्रमाणको रुपमागोर्खा दरवार संगै जोडिएको दक्षिण पट्टि महान सन्त गोरखनाथबाबाको सानो गुफा छ । सो गुफावामन्दिरमामूर्तिका साथबाबाको चरण पादुकापनि राखिएको छ । लिच्छवी कालका राजा जयदेवकाबाबु शिवदेव द्वितियको शिलालेख पनित्यहाँ देख्न सकिन्छ । गोरखनाथबाबाको गुफामाभक्तजनले दैनिकपूजाआजागर्ने चलनअझ सम्मकायम छ । साथै प्रत्येक बैशाख पुर्णिमाको अवसरमागोरखनाथगुफामाभक्तजनहरुले ठुलो भेला र उत्सवमनाउने चलन छ । सो अवसरमागोरखनाथ गुफाबाट तयार पारिएको रोट भारतको गोरखपुर स्थित गोरखनाथमन्दिरमा पठाएर चढाउने चलनलाई अझ सम्मनिरन्तरतादिईएको छ । गोर्खाबाट पठाएको रोट प्रसाद पछि मात्र अरु भक्तजनले गोरखनाथमन्दिरमा प्रसाद चढाउन पाउंछ भन्ने सुनिन्छ । सत्य तथ्य के हो? तर प्राचीन समय देखि गोर्खाको गोरखनाथगुफातथाभारतको गोरखपुरको गोरखनाथमन्दिर संग ऐतिहासिकधार्मिक तारतम्य रहेको बुझिन्छ ।

बाबागोरखनाथको आगमन:

किवदन्तीअनुसार भनिन्छ छैठों वा सातौं शताब्दीको समयमा महायोगी गोरखनाथबाबा (गौ रक्षक नाथ) शैव दर्शन, बौद्ध दर्शन तथा हठयोगको अध्यात्मिक सिद्धान्तको खोजीमाहिमवत् खण्ड र हिमालय क्षेत्रमाभौतारिंदै थिए । तान्त्रिक साधना, हठयोगको अभ्यास, शैव र बौद्ध दर्शनको विषयमाचिन्तन, मनन , ध्यान, तपस्यागर्न शान्त स्थिर, एकान्तएवं रमर्णयिक स्थानको खोजीमाथिए । त्यहिं सिलसिलामानिर्जन र सुनसानवातावरणमा स्थित माझकोट डाँडालाई बाबागोरखनाथले रोजेका थिए । त्यसै समय देखि माझकोट डांडाको नामगोरखनाथबाबाको नामबाट “गोरख डाँडा” पछि गएर “गोर्खा राज्य” र हाल“गोर्खा जिल्ला” को नामबाट रुपान्तरण भएको भनेर भनिन्छ । हुनतगोर्खा राज्यको नामाकरण बारेमा अरु पनिकिंवदन्तीहरु छन् ।

राष्ट्र देउता:

ई. सन् १५५९ को हाराहारीमागोर्खा राज्यमाशाहवंशको विधिवतअधिपत्य स्थापितभयो । शाहवंशले गुरु गोरखनाथलाई गोर्खा राज्यको विधिवत राष्ट्र देउता (State God) स्थापितगरि उन्को नामतथाचित्र (फोटो) अंकितविभिन्नसिक्कामुद्राहरु प्रचलनमाल्याएको पाईयो । यसरी गुरु गोरखनाथ त्यस बेलागोर्खा राज्यको तथाशाहबंशको ईष्ट देउताको रुपमाप्रतिस्थापितथिएभनेर बुढापाकाहरुको भनाई सुनिन्छ । केही बुढापाकाहरुको भनाई अनुसार तत्कालिनगोर्खा राज्यबाट भारत, श्रीलंका, बंगलादेश, सिक्किम, पाकिस्तान र अफगानिस्तान सम्मनाथ सम्प्रदाय र गोरखधुनिको प्रचार तथा ठाउँ ठाउँमा गोरखधुनीको स्थापनाभएको थियो । धेरैगैर हिन्दुहरु पनिनाथ सम्प्रदायको भक्तथिए । सुनिन्छ,पाकिस्तानको कराचीशहर भन्दा ४२३ किलोमिटर उत्तरमा एउटा अग्लो डाँडामा पनियोगीभौतारिंदै पुगेका थिए । स्थानियलोकगाथाअनुसार उन्कै नाममा स्थानियबासीहरुले त्यस डाँडा वा टाकुराको नामगोरखहिलनामाकरण गरे । आजपनित्यो नाम“गोरख हिल”यथावतकायम छ । तर त्यहाँ रहेको “गोरख धुनी ” भग्नावशेष अवस्थामावालोप भैसकेको छ भनेर सुनिन्छ ।
भनिन्छ बंगालीकवि फैजलाले आफ्नो रचनामागोरखनाथको विषयमाउल्लेख गरेका छन् भने मैथली साहित्यकाप्रख्यात साहित्यकार विद्यापतिले “गोर्खा विजय”नामकएकांकी लघुनाटकको रचना गरेका थिए ।
भारतको विभिन्न ठाउँहरुमागोरखनाथबाबाको आधुनिकमन्दिरहरु भेटिन्छन् । तर कुनै पनि स्थानहरुमाबाबाको समाधी, स्तुपा, गुम्बा र गुफाहरु प्रायः भेटिंदैन । तर नेपाल राज्यको गोर्खा जिल्लाको माझकोटमा मात्र गुरु गोरखनाथबाबाको गुफार सो गुफाभित्रप्रतिकको स्वरुप चरणपादुकालाई आज सम्म देख्न सकिन्छ । त्यसै लागिनाथ सम्प्रदायकामहान सन्त बाबाश्री गोरखनाथमहाराज नेपालअधिराज्यकाभूमिपुत्रथिएभनेर अड्कलपनिगर्न सकिन्छ । कारण उनको जन्मस्थानकोे बारेमा कसैले पनिविधिवत प्रमाण आज सम्म पेश गरेको देखिन्दैन ।सत्यतथ्य के हो ?खोजीगर्न सकिन्छ । (सुनेको आधारमा)

लेखक: माष्टर मित्रसेन प्रष्ठिानका अध्यक्ष हुनुहुन्छ ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleppy
Sleppy
33 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *