नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग (फोटो फिचर र दाताको नामावलि सहित)

Read Time:6 Minute, 3 Second

हुमबहादुर पचभैया थापामगर
ललितपुर, असोज १५ ।
नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

असोज १० गतेका दिन काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको कार्यकक्षमा पुगेर मगर भूपू सैनिक तथा प्रहरी संघका अध्यक्ष हुमबहादुर पचभैया थापामगरलगायत संघका पदाधिकारी सदस्यहरूसहित उनीहरूका परिवारहरूले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनमगरलाई रु. ४,२१,३६०/- (चार लाख एक्काईस हजार तीन सय साठी) सहयोग रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममै भ्वाइस अफ नेपाल सिजन ३ की फष्र्ट रनरअप तारा श्रीसमगरले पनि आफ्नो कमाइको पहिलो तलब रु. २०००० (बीस हजार) आविष्कार केन्द्रलाई प्रदान गरेकी थिइन् ।

रकम हस्तान्त्ररण कार्यक्रमलाई सम्बोधन गर्दै आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले धेरै लेखापढी गरेकाका आविष्कार र लेखापढी नभएका तर उद्यमशील बन्न चाहनेहरुका लागि आविष्कार केन्द्र स्थापना भएको जानकारी गराए । डा. पुनले विगतदेखि वर्तमानसम्मका तमाम तिता अनुभवहरू सुनाउँदै भविष्यका कठिनाइहरुका बारेमा पनि प्रष्ट्याए । आफ्नो कार्यमा होस्टेमा हैँसे थप्दै सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद पनि दिए ।

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैया थापामगरले समापन मन्तव्यका क्रममा राष्ट्रिय आविष्कार केन्द्र भविष्यमा नेपाल सरकारको स्वामित्वमा रहनुपर्ने विचार राखे । यसको कारण आविष्कार केन्द्रका अध्यक्ष पुनले हरेक निकायमा निशुल्क सहयोग पुर्याउँदै र काम गर्दै आएको वास्तविकताप्रति जोकोही अनभिज्ञ छैनन् भन्ने कुरा प्रष्ट पारे । यस्तो हुँदा हुँदै पनि नेपाल सरकारले आविष्कार केन्द्रको काम न त देखेको न त सुनेको कटु यथार्थलाई केलाउँदा देशका शासकहरू आँखा भएका तर अन्धा अनि कान भएका तर सुन्न नसक्ने बैरा भनी आलोचना गरे । अध्यक्ष थापाले सुँघ्न सक्ने शक्ति हराएको नाक र छोएर अनुभव गर्न नसक्ने नेपालका शासकहरूलाई तालिमप्राप्त कुकुरका माध्यमबाट राष्ट्रिय आविष्कार केन्द्रसम्म डोर्याउँदै ल्याउन बाध्य पार्न नपरोस् भन्दै आक्रोस पनि पोखे । नेपाल सरकारसँग आविष्कार केन्द्रलाई आवश्यक सहयोग गर्न थापाले जोडदार मागसमेत गरे ।

सैनिक जीवनमा आर्जेका ज्ञान र सीपहरूलाई सदुपयोग गर्नका लागि निवृत्त सैनिक तथा प्रहरीहरूलाई स्वदेशमै रोजगारी दिनसमेत नेपाल सरकारलाई अध्यक्ष थापाले अनुरोध गरे । अध्यक्ष थापाले नेपाली सेना, नेपाल प्रहरी, सिंगापुर पुलिस, ब्रिटिश सेना र भारतीय सेनामा काम गरी सेवानिवृत्त भएका सबै भूपूहरूलाई नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा आबद्ध हुन समेत आग्रह गर्दै राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने सबै सक्कल दर्जाका भूपू सैनिक तथा प्रहरीहरू र गैरभूपू साथै अन्य समुदायहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्दै आभारसमेत ज्ञापन गरे ।

यो कार्यक्रम नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष गङ्गा खासुमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनमगर, नेपाल बौद्ध सेवा समाजका अध्यक्ष क्या. देउबहादुर रानामगर र स्ांस्थाका संस्थापक संयोजक क्या. कृष्णबहादुर रानामगरको विशेष आतिथ्यता रहेको थियो ।

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघद्वारा आयोजित कार्यक्रमको सभापतित्व संघका अध्यक्ष हुमबहादुर पचभैया थापामगरले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष हस्तबहादुर किजिम थापामगरले स्वागत मन्तव्य राखेका थिए । महासचिव क्या. भीमबहादुर रानामगरद्वारा सञ्चालित कार्यक्रमको समापनपश्चात् आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्दै गरेका विभिन्न आविष्कारहरूका अवलोकन भ्रमण गराएका थिए ।

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने महानुभावहरूको नामावली यसप्रकार रहेको छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %