जनमुक्तिले ल्हाय मगरलाई सम्मानपत्र हस्तान्तरण गर्यो

Read Time:1 Minute, 38 Second

पूर्ण बहादुर राना
२०७८ असोज ८

राष्ट्रिय जनमुक्ति पार्टी तमुवान–मगरात(गण्डकी) प्रदेश समितिका अध्यक्ष मन्धरी आलेको नेतृत्वमा गोर्खा जिल्ला निवासी संघिय महासभा सदस्य क्या श्री ओम बहादुर ल्हायमगर ज्युलाई राष्ट्रिय जनमुक्ति पार्टी छैठौं राष्ट्रिय महाधिवेशनले सम्मान गरिएको सम्मान पत्र हस्तान्तरण गरिएको छ । पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन मूल तयारी समितिले बहुजातिय लोकतान्त्रिक समाजवाद(Multi-ethnic Democratic Socialism) प्राप्तिको महान यात्रामा ल्हाय मगरले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गरि पार्टीले सम्मान पत्र प्रदान गरिएको थियो । संघीय महासभा सदस्य ओम बहादुर ल्हाय मगरलाई सम्मान पत्र हस्तान्तरण गरिएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद(केन्द्रीय समिति) पूर्व उपाध्यक्ष हस्त बहादुर थापा र केन्द्रीय समितिका पूर्व सदस्य खेम बहादुर गुरुङको उपस्थिति रहेको थियो ।

स्मरण रहोस ल्हाय मगर भित्रको थर हो । मनकामनाका पुजारी पनि ल्हाय थरका मगरनै हुन् ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %