किल्ला काँगडामाथिगोर्खा फौजको घेराबन्दी (तस्विर सहित)

Read Time:11 Minute, 6 Second

– त्रिलोक सिंह थापा मगर

  • (सन १८०५–१८०९)
    क) काँगडा राज्यकातत्कालीन स्थानीय राजा संसार चन्दअत्यन्तशक्तिशाली राजाथिए । उनीआफ्नो शक्तिशालीतथाविशालफौजका साथकिल्लाकाँगडाभित्रप्रतिरक्षात्मकअवस्थामाथिए । किल्लाकाँगडाकुनै साधारण दुर्ग थिएन । अत्यन्तबलियो, अमेद्य, विशालतथा सुरक्षितदुर्ग एंवकिल्लाथियो । सोचे जस्तो सो किल्लामाथिविजयप्राप्तगर्न सजिलो र सम्भवथिएन ।
    ख) त्यसै कारणले गर्दा अनुभवी जनरल अमर सिंह थापाले त्यस किल्लामाथि एकै पटक आक्रमण गर्नु भन्दापनि घेरने रणनीति अपनाए । (१८०५–१८०९)किल्लाको कठोर नाकाबन्दी गरेर संसार चन्दलाई आत्म सम्पर्ण वा स्वेच्छाले किल्लाकाँगडाकिल्ला छोड्न बाध्यगर्ने प्रयास गरे । छेउ छाउमा साना सानाज्वालामुखी, नुरपूर विसौली, गुलेर, जसवन, दतारपुर, सिवाआदिराज्यहरूले अमर सिंह थापाको अधिपत्य स्वीकार गरि सकेकाथिए । तिनीहरू संसार चन्दसँग ?ष्ट पनिथिए ।
    ग) जनरल अमरसिंह थापा रणनीति सफलहुनथालेको थियो । राजा संसार चन्दआत्म समर्पणका लागिआफ्नो मनस्थितीबनाउँदै थिए । त्यही बेला राजा संसार चन्द कटोचले पञ्जावकामहाराजा रणजीतसँग गुहार गरे । भनिन्छ महाराजा रणजीत सिंहलाई राजा संसार चन्द कटोचसँगकुनै मायाथिएन । गोर्खा फौजले काँगडाकिल्लाफतहग¥यो भने पञ्जावतिर बढ्न सक्छ भन्ने शंकालाग्यो । साथै काँगडाकिल्ला पाउँछ भने लोभ पनिलाग्यो । अतःमहाराजा रणजीत सिंह आफ्नो फौजका साथ राजा संसार चन्दलाई सहयोग गर्न तयार भए । सो कुराको जानकारी समयमा अमरसिंह थापालाई भएन ।
    घ) भीषण युद्ध शुु?भयो । एकै पटक, एकै साथतथाएकै चोटी महाराजा रणजीत सिंहको शक्तिशालीसिखसेनातथा राजा संसार चन्द कटोचको विशाल सेनाको वि?द्ध गोर्खालीफौजलाई युद्ध लड्नु प¥यो । केहीइतिहासकारहरूको अनुसार युद्ध निणार्यक भएन । युुद्ध लड्दा लड्दा दुवै पक्षका सैनिकहरू थाकी सकेकाथिए । अतःदुवै पक्षका सेनापतिहरूले आ–आपसमा सम्झौता र सहमति गरे ।
    ङ) गोर्खालीफौजले किल्लाकाँगडाको घेराबन्दी समाप्त गरे । सतलजनदीको किनारमाआएर गोर्खालीफौजले आफ्नो शिविर खडा गरे । केहीगोर्खाली सैनिकहरूसिख सेनामासन्धिको धारा अनुसार स्वेच्छाले भर्ना हुनपुगे । भनिन्छ गोर्खाली सेनाले किल्ला काँगडामाथि यदिविजयप्राप्त गरेको भएगोर्खा राज्यको इतिहास आर्को ढंगले लेखिन्थ्यो । 
    मलाऊँको युद्ध (देवथल)
    (सन् १८१५ अप्रेल १६ तारिख)
    क) बुढा पाकाहरूको भनाई अनुसार बडाकाज िजनरल अमरसिंह थापाको अझपनि प्रसिद्ध किल्ला काँगडा माथिविजयहासिलगर्ने रहर र चाहना मेटिएको थिएन । उनी सैन्य शक्ति सञ्चयतथा सामरिक तयारीका साथकिल्ला काँगडा माथिपुनः आक्रमण गर्न रणनीति बनाऊँदै थिए । त्यसै समयमा ईष्ट इन्डिया कम्पनी सरकारले हिमवत खण्डमा जसरी भएपनिगोर्खाल िसेनाको बढ्दो विस्तारलाई रोक्ने तथा अव?द्ध गर्ने सामरिक नीतिअपनाएकाथिए । यसै नीतिअन्र्तगतअंग्रेजीफौज पूर्ण तयारीका साथ अघि बढ्दै थियो ।
    ख) त्यसबेलागोर्खालीफौजको सबभन्दा बढी शक्तिशालीतथा सुरक्षित गढ.मलाऊँको प्रसिद्ध किल्लाथियो । हालको हिमाञ्चलप्रदेशको सोलनजिल्लामा समुन्द्री तहबाट झण्डै तीनहजार मीटरको उचाँईमा स्थित मलाऊँमा सो शक्तिशालीकिल्लागोर्खालीफौजले निर्माण गरेकाथिए । सो किल्लाको गर्बुजाबाट चारैतिर दृष्टि पु¥याउन सकिन्थ्यो । सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मलाउँकिल्लाको परिसरमादुईवटा विशालतोपहरू राखिएको थियो । भनिन्छ तीतोपहरू सन् १८१५ ई.को हाराहारीमापञ्जाबप्रदेशको जालन्धर शहरबाट हात्तीमा राखेर किल्लाको परिसरमा पु¥याइएको थियो ।
    ग) सो किल्लाको चारै तिर शक्तिशालीतथाविशालपर्खालको निर्माण गोर्खालीफौजले गरेकाथिए । आजपनितत्कालीनगोर्खा राज्यको विशालतथाशक्तिशालीतोपहरू भारतीयगोर्खा सैनिकम्यूजियममा सुरक्षित राखिएको छ । मलाउँको प्रसिद्ध ब्रिटिश–गोर्खा युद्ध वास्तवमा देउस्थलको रणभूमिमा भएको हो ।
    घ) सन् १८१५ ई. अप्रेल १४ तारिखमाअंग्रेज सेनाले देउस्थलमाआफ्नो आधिपत्य स्थापित गरे । त्यसपछिउनीहरू मलाऊँनकिल्लामाथिहमलागर्ने तयारी गर्दै थिए । त्यसैबेलागोर्खाली सेनाका सेनानायक७३ वर्षीय सरदार भक्तिथापाले गोर्खालकिो प्रसिद्ध गढ मलाउँकिल्लालाई जसरी भएपनि सुरक्षित राख्न अठोठ गरे । सन् १८१५ ई. १६ अप्रेलमा केहीगोर्खालीहरू साथ देउथलमा रहेकाअंग्रेजी सेनामाथिजाई लागे । स्थानीयहरूको भनाई अनुसार अंग्रेज सरकारको शक्तिशालीएंवविशाल सेनाकाहजारौ सैनिकहरूको युद्ध स्थलमा मृत्यु भयो । मुठ्ठीभर गोर्खाली सैनिकहरूले अंग्रेजहरूको विशाल सेनालाई धेरै क्षति पु¥याए । फलस्व?पविश्व भरि गोर्खाली सैनिकहरूको वीरताएंवशौर्यताको त्यसबेलाव्यापकचचाँ परिचर्चा हुनथाल्यो ।
    ङ) भनिन्छ, सन् १९१५ ई. १६ अप्रिलमा साझपख ब्रिटिश सेनाको १६ पोण्डको गोलाको वर्षा गर्ने तोपलाई ध्वस्ततथा नष्ट गर्ने सरदार भक्तिथापाआफै अगाडी बढे । त्यही समयमाउनको छातीमा शत्रुको गोलीलाग्यो । तै पनिउनले आफ्नो टाउको पगरी फुकालेर छातीमा कसेरबाधे ।बग्दो रगतलाई रोके । अन्तिम समयसम्मशत्रुमाथिप्रहार गर्दै रणस्थलमा वीरगतिप्राप्त गरे । उनकै उक्तिहो “कायर हुनु भन्दा मर्नु वेश” ।
    च) भनिन्छ सेनानायकवीर सरदार भक्तिथापाले देउस्थलको युद्धमा वीरगतिप्राप्त गरे पछि गोर्खाली सैनिकहरूविचलनमा परे । सक्षम नेतृत्वको अभावमागोर्खालीफौजले अंग्रेज सेनालाई देउथलबाट धपाउन सकेनन् । उतागोर्खाल िसेनालाई थपहातहतियार खाद्यान्नएंव सैनिकहरूको आपूर्ति पनि समयमापुग्न सकेन । भनिन्छ काठमान्डौबाट आउँदै गरेको थप सहायता बाटोमाशत्रु पक्षले रोकीदियो । स्थानीय राजाहरूले पनिअंग्रेज सरकार रिसाउँछ भनेर अमर सिंह थापाको सहयोग गर्न अघि बढ्न ?चाएनन् ।
    छ) उताअलमोडाको पतन र गोर्खा सेनानायकबमशाहको आत्म सम्र्पणको खबर (१५ मई १८१५) प्राप्तभयो । काठमान्डौले पनिअंग्रेजसँग सन्धि गर भनी सन्देश पठायो । गोलीगठ्ठा, हातहतियार तथा सैनिकहरू सख्यापनिगोर्खालीफौजसँगकमथियो । कम्पनी सरकारको अनुभवीतथाचलाख जनरल आक्टरलोनीपनि सकेसम्मगोर्खालीफौजसँग युद्ध गर्नु भन्दापनि मैत्री सन्धिगर्न लागि परेकाथिए ।
    ज) भनिन्छ यता जनरल ओक्टर लोनीको सेनाले मलाऊँकिल्लातर्फ तोप गोलाहान्ने उता जनरल अमर सिंह थापा समक्ष सन्धि प्रस्तावपनि पठाउने । अन्त्यमाबाध्यतावशबडाकाजीलाई प्रस्तावित सन्धिमा सन् १८१५ मे महिनामा हस्ताक्षर गर्न प¥यो । स–सम्मान बडाकाजी अमर सिंह थापातथाउनका सुरक्षा सैनिक नेपालफर्किए तर केहीगोर्खालीहरू मलाऊँन सन्धिको धारा अनुसार ब्रिटिश सरकारले खडा गरेको गोर्खा पल्टनमा स्वेच्छाले भर्ना हुनथाले ।
    झ) सन् १८१५ ई. १५ मे देखि केहीगोर्खाली परिवार मलाऊँ, सुपाथु तथाशिमलाशहरको छेउछाउमा सपरिवार बसोबास गर्न थाले । आजपनिमलाउँ क्षेत्रमागोर्खाली बस्ती छ । गोर्खालीभाषाबोल्दछन् । गोर्खा सँस्कृति र परम्पराको पालनगर्दछन् ।
    ञ) गोर्खा सैनिकहरूले प्रयोग गरेकाहातहतियार अझसम्म स्थानीयहरूको घर परिवारमा देख्न पाइन्छ । त्यहाँको प्रसिद्धशहर सुपाथु हो । अर्थात गोर्खाली सुब्बाको थुम । गोर्खालीबसाएको सानो शहर थियो । यसरी हिमवत खण्डमा गोर्खालीहरूको बसाई सराईको कथा (बुढापाकाहरूको वार्तामाआधारित) हो ।
    ट) सन् १८१५को मलाउँ सन्धि पछि वलदेव विष्टका परिवार देउपल (मलाउँ) वसोवास गर्दै आएका छन् । उनको परिवारका सदस्यश्री अर्जुन सिंह विष्ट हिमाञ्चल राज्यको विधान सभाका सदस्यमा केहि वर्ष अघि निर्वाचितपनिभएकाथिए । उनीहिमाञ्चलप्रदेशकापहिलो गोर्खालीविधायक भनिन्छ ।
1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %