जनमुक्तिको छैठौं महाधिवेशनबाट पालुङ्वा र सुर्यवंशी अध्यक्षमा निर्वाचित ।

Read Time:3 Minute, 15 Second

पूर्ण बहादुर राना


काठमाडौं,
राष्ट्रिय जनमुक्ति पार्टीको धरान सुनसरीमा २०७८ भदौ २६ देखि २८ सम्म सञ्चालित राष्ट्रिय महाधिवेशनले पार्टीको संघिय अध्यक्षमा खड्ग प्रसाद (के.पी.) पालुङ्वा लिम्बू र कार्यकारणीअध्यक्ष केशव सुर्यवंशी मगरलाई चयन गरेको छ । तीन दिनसम्म संचालन भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा कमला थापा र मोहन धिमाललाई चयन गरेको छ । संघिय समितिको उपाध्यक्षमा होमाया गुरुङ, बलदिप राई, भीमवहादुर राना, प्रकाश याङदेन, रविन्द्र उच्च नेपाली, हाँजी डा.मोहम्मद हसन, रविन्द्र सुनवार, मन्धरी आले र मनीराम चौलागाँई चयन भएका छन ।

त्यसैगरी पार्टीको महासचिवमा रामु परियार, टोप अस्लामी र पदम जवेगुलाई चयन गरिएको छ भने उप–महासचिवमा गंगा खासु र विष्णु थाम्देनलाई चयन गरिएको छ । संघिय समितिको सचिवमा शर्मिला महरा, गीता सारु, गजेन्द्र आङवुहाङ, मोजीव अली र ज्ञानवहादुर सलामी थापालाई चयन गरिएको छ भने कोषाध्यक्षमा मानवहादुर राईलाई चयन गरिएको छ । महाधिवेशनल सेंघिय समितिकको सदस्यहरुमा राजकुमार मोक्तान तामाङ, मनकुमारी मगर, विमला गुरुङ, धनराज वि.क., मोहन प्रसाद तिमल्सीना, इन्द्र वहादुर आङदेम्वे, धन बहादु गुरुङ गोकर्ण राई लगायत गरी ३१ जनालाई सर्वसम्वत रुपमा चयन गरीएको छ । निर्वाचन मण्डलका आयुक्त देउवहादुर रानाले पार्टीका नव–निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई पद तथा गोपनियाताको सपथ खुवाएका थिए ।
नयाँ संशोधित विधानअनुसार प्रतक्ष्य तर्फ संघिय सदस्यहरु खुला २२ जना र १२ जना महिला सहित जम्मा ५५ जना हाउसबाट निर्वाचित भएका छन् । मंगलवार विहान करिव ४ वजेसम्म चलेको बन्दसत्रबाट निर्वाचित संघिय समितिले ३ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपाध्यक्ष, ३ जना सचिव, १ जना सह–कोषाध्यक्ष गरी १० जना पदाधिकारी र २० जना संघिय सदस्य मनोनयन गरी जम्मा ३१ जनाको संघिय समितिका पदाधिकारी र ५४ जना संघिय समितिको सदस्य गरी जम्मा ८५ सदस्यीय मुल संघिय समितिको निर्माण हुने राष्ट्रिय जनमुक्ति पार्टीका नवनिर्वाचित संघिय अध्यक्ष केपी पालुङवाले राज्यसक्तालाई जानकारी दिएका छन् ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %