राष्ट्रिय जनमुक्ति पार्टी विचारमा ठुलो छदैछ , संख्यामा पनी अब यो भन्दा सानो हुँदैन ।

Read Time:5 Minute, 9 Second

-पूर्ण बहादुर राना

३० वर्षमा जनमुक्तिकाे चट्टानी अाधारशिला(Foundation=जग) तयार भईसकेकाे छ ।

जनमुक्तिमा प्रवेश गर्न ढिला नगराैं । अाउनुहाेस मिलेर काम गराैं । कतिपय पार्टी जस्तो एउटा महाधिवेशन सम्पन्न गर्न नसकि एकीकरणकाे नाममा बिलय हुँदै हिंड्ने पार्टी हाेईन यसले ६ वटा महाधिवेशन सम्पन्न गरिसकेकाे छ । नेपालमा स्थाई शान्ति र नेपाललाई समृद्ध बनाउने बिकल्प बिहिन पार्टी राष्ट्रिय जनमुक्ति पार्टी हाे । जनमुक्ति रहरले खाेलेकाे पार्टी हाेईन अावश्यक्ता र बाध्यताले खाेलेकाे पार्टी हाे । याे पार्टी देशकाे भुगाेल, माटाे हावापानी, जाति, भाषा, धर्म सुहाउँदो छ ।

राष्ट्रिय जनमुक्ती नै किन रोज्ने ?

१. हाम्रो लक्ष्य महान छ । हाम्रो सपना ठूलो छ । हामी बहुराष्ट्रिय लोकतान्त्रिक समाजवादको महान लक्ष्य प्राप्तिका लागि यस महान गौरवशाली पार्टीमा संगठित भएका हौं ।
२. हामीले कुनै पनि जातिय समुदायसँग निषेध तथा प्रतिशोधको भावना राख्दैनौं ।
३. सबै जातिय समुदायको राजनीतिक, भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिक राज्यसत्तामा प्रत्याभुति(Guarantee)गर्ने अनुपम सिद्धान्त बोकेको पार्टी हो ।
४. जनमुक्तिहरुले राउटे राजदुत बनेको सपना देख्छ । जनमुक्तियनहरूसँग दलितहरु प्रधानमन्त्रि बनेको, आदिवासि जानजातिहरु राष्ट्रपति बनेको, महिला मुस्लिम मधेशी मुख्यसचिव, प्रधानन्याधिश राजदुत, अर्थमन्त्रि, गृहमन्त्री, नेता भएको सपना देख्छ र यसलाई साकार पार्ने जनमुक्ति पार्टीसँग राजनीतिक दस्तावेज छ ।
५.नेपाल चारजात छत्तिस वर्णको साझा फुलबारीमा अमिलोको रुख मात्रै फुलेको फलेको फुलबारी भयो । अब हामी यस फुलबारीमा सबै फलहरु कटहर, आँप, केरा, स्याउ, सुन्तला, मेवा आदि अन्य फल र फुलहरुको फुलेको र फलेको हेर्ने दृढ संकल्प र सपना छ । यो पुरा हुनेछ । यो दर्शन जनमुक्ति सँग छ ।
६. समानुपातिक प्रतिनिधित्व भनेको सहअस्तित्ववाद र पहिचानको उच्चतम विकसित रुप हो । हामी यसका पक्षधर हौं ।
७. जनमुक्तिले सबै जातिय समुदायलाई भाषिक न्याय, साँस्कृतिक न्याय, धार्मिक न्याय, आर्थिक न्याय, राजनीतिक न्याय प्रदान गरि समतामुलक समाज निर्माण र समृद्ध देश निमार्ण गर्न प्रतिबद्ध छ ।
८. जनमुक्तिले भ्रष्टाचारीलाई कित स्वर्गवास कित आैिजवन काराबासको व्यवस्था गर्नेछ ।
९. जनमुक्तिले नेता, कार्यकर्तालाई इमान्दार, कर्तव्यनिष्ठ, जवाफदेही र जिम्मेवार बनाउन प्रयत्नशिल छ ।
१०. माथि उल्लेखित बु्ँदामा जनमुक्तिका कार्यकर्ता र नेताहरु प्रष्ट र सचेत भईसकेका छन् । राजनीतिक र तार्किक अर्थपूर्ण बहस गरि जनतालाई बुझाउने क्षेमता बिकास गरिसकेका छन् । पार्टी बिगार्न नेताले पार्टी त्यागे पनि वा नयाँ आएर पार्टी त्यागेपनि बिचलन हुने चरण कार्यकर्ता र भोटरले पार गरि सकेको छ । जनमुक्तियनहरुले अब नेपाली नागरिकलाई सचेत गराउँदै जानेछ । र सबै नेपाली जनताले र विभिन्न पार्टीका नेता कार्यकर्ताले पहिचान, प्रतिनिधित्व र पहुँचको पहिलो आवाज उठाउने प्राङ्गारिक पार्टी जनमुक्ति पार्टी हो भन्ने महशुस(Realization)गरिसकेका छन् । यसको लागि जनमुक्तिले ३१ वर्षसम्म समय को कशिमा र दसीमा घोटिन पर्यो । यो चानचुने कुरा थिएन । जनमुक्तिे बाट कोहि गएर आत्तिने वा कोहि आएर मात्तिने हुँदैन । अब त कार्यकर्ता र मतदाताले बुझिसके ।

-पूर्ण बहादुर राना ,नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष हुन् ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %