समाउ समाउ यसरिनै अरूकाे हात रमाउ रमाउ यसरिनै देउवा, दाहाल नेपालाई दिएर साथ !

Read Time:2 Minute, 31 Second

देउ साथ सास रहुन्जेल लास नहुन्जेल
देउ साथ बनवास नहुन्जेल, घरबास रहुन्जेल
सबैतिर देउ साथ ,
तिमीलाई साथ नदिए पनि
यसैमा तिमीले ठूलाे ठान, गर्व मान ।-पूर्ण बहादुर राना

कस्ताे ईमानदार तिमी !
अरूलाई हातमा हात साथमा साथ दिने तिमी
अाफ्नालाई घातमा घात लातमा लात हान्ने तिमी
हिजाे पृथ्वीनारायणकाे बन्दुक बाेक्ने पनि तिमी
बृटिश र ईण्डियाकाे बन्दुक बाेक्ने पनि तिमी
हिजाे टाेलनाथ पाैडेलकाे
खुट्टा ढाेग्ने
टाेलनाथकाे खेतमा काम र
गाईलाई घाँसकुँडाे गाेबरघसेटा गरिदिने तिमी
टाेलनाथकाे भाषा बाेलिदिने
सँस्कार चाड मानिदिने पनि तिमी ।
प्रचण्डकाे बन्दुक बाेक्ने पनि तिमी
ब्यारेक चाैकि ठाेक्ने पनि तिमी


तिमी जस्तै हामिले एकजुट हुनुपर्छ
अधिकार लिनुपर्छ भन्दा
हामिसँग झगडा गर्ने
हामिले त सक्दैनौं भन्दै
खाेक्ने भुक्ने पनि तिमी
अाफैले अाफुलाई
विश्वास नगर्ने र कमजाेर ठान्ने तिमी ।


तिमी त तिमी नै रहेछाै
अरूले जति धाेका दिए पनि
अरूलाईनै विश्वास गर्ने तिमी
अाफ्नाले जति विश्वास दिए पनि
अाफ्नालाई विश्वास नगर्ने तिमी ।

देउ ,देउ हात देउदेउ साथ खुवाई देउ माथ
दिनमा पनि देउ साथ
रातमा पनि देउ साथ
भातमा पनि देउ साथ
खाटमा पनि देउ साथ
देउ साथ बाेलिमा, लाेलिमा
देउसाथ झाेलिमा खाेलिमा
देउ साथ रेलिमा, चुनावमा
देउ साथ सास रहुन्जेल लास नहुन्जेल
देउ साथ बनवास नहुन्जेल, घरबास रहुन्जेल
सबैतिर देउ साथ
तिमिलाई साथ नदिए पनि
यसैमा तिमीले ठूलाे ठान, गर्व मान ।
समाउ समाउ यसरिनै अरूकाे हात
रमाउ रमाउ यसरिनै
देउवा, दाहाल नेपालाई दिएर साथ ।

-पूर्ण बहादुर राना

4 0
Happy
Happy
25 %
Sad
Sad
25 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
25 %
Surprise
Surprise
25 %