तनहुँमा बुद्ध शिक्षाको प्रभाव बढ्दो – (फोटो फिचर)!

Read Time:4 Minute, 29 Second

राज्यसत्ता ,

काठमाण्डौ, सावन १९ – तनहुँको ब्यास नगरपालीका वडा नं. १४ स्थित केशबटार र बन्दिपुर गाउँपालीकामा बुद्धको मुर्ति स्थापना हुने भएको छ ।

केशबटारमा भिक्षु मेधंकर स्थबिर द्धारा धर्मदेशना दिनुहुदै ।

बुद्ध शिक्षा विकाश (BSB Foundation Nepal) नेपालले तनहुँमा यहि सावनको १६ र १७ गते दुई दिने बुद्ध शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केशबटारको वडा सभाहल,बन्दिपुरको बौद्ध सदन शाक्यमुनी मोनेस्ट्री र दुलेगौडाको बौद्ध शान्ति सदन धम्महलमा बुद्ध शिक्षा प्रशिक्षण दिईएको हो । बुद्ध शिक्षा विकाश नेपालका संयोजक भिक्षु मेधङकर स्थविर र सदस्य एबं पूर्ब मन्त्री डा.केशबमान शाक्यले बुद्धदर्शनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

बन्दिपुर बौद्ध सदनमा डा. केशबमान शाक्य द्धारा बुद्ध शिक्षा बारे प्रशिक्षण दिनु हुदै

कार्यक्रमलाई ब्यबस्थापन र सहजिकरण गर्नुहुने मगर संघ यू.केका निबर्तमान अध्यक्ष एबं चेरीउडका काउन्सीलर नेम थापा मगर , बन्दिपुर गाउँपालीकाका अध्यक्ष पुर्ण सिङ थापा मगर साथै ब्यास नगरपालीका वडा नं. १४ केशबटारका वडा अध्यक्ष काजिमान श्रेष्ठ र तनहुँको शुक्लागण्डकी – ४,दुलेगौंडा,पुलचोक स्थित बौद्ध शान्ति सदनका अध्यक्ष सु.सुर्य बहादुर थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी उत्साहजनक उपस्थिति रहेको थियो भने धर्मदेसना सुनेर सबै उत्साहित भएका थिए ।

धर्मदेशना र बुद्ध शिक्षा प्रशिक्षणमा सहभागी केशबटारका बासिन्दाहरु ।
बौद्ध शान्ति सदन दुलेगौडाका अध्यक्ष सुर्य ब.थापा र भिक्षु मेधंकर ।
बौद्ध सदन शाकयमुनी गुम्बा बन्दिपुरमा गा.पा.का अध्यक्ष पुर्ण सिंग थापा मगर द्धारा अथितिहरुलाई स्वागत गर्दै ।
धर्मदेसना पश्चात भिक्षु मेधंकर, श्रामणेर सान्त समाल,डा.केशबमान शाक्य,पूर्ब डि.एस.पी.नर ब. थापामगर , हुम ब. थापा मगर र केशबटारका वडा अध्यक्ष काजिमान श्रेष्ठ ।
बन्दिपुर गा.पा.का अध्यक्ष पुर्ण सिंग थापा मगर ज्यू बाट बन्दिपुरको १५ तले क्वीनटावर अवलोकनको लागी अगाडी बड्दै ।
केशबटारको लागी बुद्धमुर्तीको प्रस्तावित जग्गा ।
तनहुंको दुलेगौडा स्थित बौद्ध शान्ति सदनमा अध्यक्ष लगाएत वापा मापा द्धारा भिक्षु ज्यु लगाएत अतिथिहरुलाई स्वागत गर्दै ।
तनहुंको दुलेगौडा स्थित बौद्ध शान्ति सदनमा अध्यक्ष लगाएत वापा मापा द्धारा भिक्षु ज्यु लगाएत अतिथिहरुलाई स्वागत गर्दै ।
बिएसवि फाउन्डेशनका सस्य डा. केशवमान शाक्य, संयोजक भन्ते माधङ्कर, कोषाध्यक्ष हुम बहादुर थापा र वडाअध्यक्ष काजीमान श्रेष्ठ, केशवटारमा बौद्ध गुम्बा निर्माणको लागि प्रस्तावित जग्गा माथि छलफल गर्दै ।
तनहुंको बन्दीपुर, बौद्ध सदन शाक्यमुनी गुम्बाका लामागुरु तथा गुम्बा अध्यक्ष गणेश
गुरुंग द्धारा स्वागत गर्दै ।
तनहुंको बन्दीपुरमा निर्मित १५ तले क्वीन्स टावर भवन निमार्णको
अन्तिम चरणमा ।

भिडियोको लागि लिङ्कमा थिच्नुहोस

4 0
Happy
Happy
43 %
Sad
Sad
0 %
Excited
Excited
57 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %