नवनिर्वाचित आदिवासी जनजाती यु केका अध्यक्ष कर्मा शेर्पा विवादमा !

Read Time:7 Minute, 10 Second


राज्यसत्ता ,
बेलायत , ३ जुलाई २०२१ – शेर्पा संघ बेलायतले प्रतिनिधिहरु फिर्ता बोलायो ।

शेर्पा संघ वेलायतले नेपाल आदिवासी जनजाति महासंघ वेलायतमा प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । २७ जुन २०२१ मा बसेको भर्चुअल बैठकले नेफिन यूकेबाट संघको सम्पूर्ण प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ। हालै नेफिनको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित भएको थिए ।उनी शेर्पा समुदायबाट भन्दापनि तोक्पेगोला समाज अर्थात ढोक्प्या समुदायबाट प्रतिनिधित्व गर्दै महासंघको अध्यक्ष निर्वाचित भएको आरोप शेर्पा संघले लगाएको छ ।नवनिर्वाचित अध्यक्ष कर्मा शेर्पा भने आफु शेर्पा समुदायनै रहेको र कुनै विवाद नरहेको जिकिर गरेका छन ।

संघका अध्यक्ष आङ दावा शेर्पा च्यावा र महासचिव रिन्जी शेर्पाको संयूक्त दस्ताखतबाट जारी विज्ञप्तिमा शेर्पा संघबाट जोकोही प्रतिनिधी भनि गएपनि अनिश्चितकालसम्मको लागि फिर्ता बोलाएको उल्लेख छ ।

प्रेस बिज्ञप्ति मितिः 29/06/2021
गत २७ जुन २०२१ को दिन बसेको शेर्पा संघ बेलायतको भर्चुअल बैठकले नेपाल आदिवासी जनजाती महासंघ बेलायत (नेफिन यूके) बाट शेर्पा संघ बेलायतको सम्पूर्ण प्रतिनिधिहरुलाई संघको बैठकले अनिश्चितकाल सम्मको लागी फिर्ता बोलाएको छ ।
नेफिन यूकेको नव निर्वाचित अध्यक्ष श्री कर्मा पाहाडी शेर्पा ज्यू बिगतका लामो समय देखी शेर्पा संघ बेलायतलाई प्रतिनिधत्व गर्दै विभिन्न संघ संस्थामा अवाद्ध रही सामाजिक कार्य गर्दै आउनु भएको साथै बिगतको दिनमा शेर्पा संघ बेलायतलाई प्रतिनिधित्व गरि नेपाल आदिवासी जनजाती महासंघ बेलायतको महासचिव जस्तो जिम्मेवार पद ग्रहण गरि सक्नु भएको तर गत १९ जुन २०२१ को दिन सम्पन्न भएको नेफिन यूके को अधिवेशनको लागि शेर्पा संघ बेलायतले कर्मा पाहाडी शेर्पा ज्यूले बिगतको दिनमा शेर्पा संघ बेलायतलाई प्रतिनिधित्व गर्दै गर्दा संघको निर्णय बिपरित काम गरेको कारणले शेर्पा संघ बेलायतको प्रतिनिधिको रुपमा महासंघमा नपठाउने निर्णय गरेको र शेर्पा संघ बेलायतको सो निर्णय पछि वहाँले आफु शेर्पा समुदायको नभएर तोक्पे गोला समुदयको रहेको भनि नयाँ तोक्पे गोला समन्वय समिति यूके गठन गरि नेफिन यूकेमा दर्ता गरेको र सो समुदायलाई प्रतिनिधित्व गर्दै नेफिन यूकेको चुनावको लागि अध्यक्ष पदको उम्मेद्वारी दिई हाल नेपाल आदिवासी जनजाती महासंघ बेलायतको अध्यक्ष चयन भईसक्नु भएको अवस्थामा एक दशक भन्दा लामो समय देखि शेर्पा संघ बेलायतलाई प्रतिनिधित्व गर्दै आउनु भएको कर्मा पाहाडी शेर्पा ज्यू अचानक नयाँ जातीय समुदय स्थापना गरि नेफिन यूकेमा आवद्ध हुनु भनेको वहाँले बिगतको समयमा शेर्पा समुदायलाई पद र आफ्नो स्वार्थको लागि प्रयोग गरेको बुझिएकोले गर्दा वहाँलाई शेर्पा संघ बेलायत त्याग गरि नयाँ समुदाय स्थापना गर्नुको कारण खुलाई शेर्पा संघ बेलायत लाई अधिकारी पत्र लेख्न नेपाल आदिवासी जनजाती महासंघको चौथो अधिबेशनमा अनुरोध गरेको र कर्मा पाहाडी शेर्पा ज्यूले पत्र लेख्ने प्रतिबद्धत जाहेर गरेता पनि आजको दिन सम्म कुनै पत्र नलेखेकोले गर्दा वहाँलाई शेर्पा संघ बेलायतले महासंघको अध्यक्षको रुपमा स्वीकार गर्न नसक्ने भएकोले गर्दा संघको बैठक बसी आफ्नो प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निणर्य लिएको हो ।
बिगतमा शेर्पा संघ बेलायतलाई प्रतिनिधित्व गरि महासंघको महासचिव पद सम्हाली सकेको व्यक्तिलाई कुन आधारमा अन्य जातिय समुदायबाट प्रतिनिधिको रुपमा महासंघले स्वीकार गर्यो भनि महासंघको चौथो अधिवेशनमा प्रश्न राख्दा महासंघका अग्रज व्यक्तित्व हरुले यो महासंघको समस्या होईन शेर्पा समुदायको आन्तरिक समस्या हो भनि गैरजिम्मेवार जवाफ दिएको र महासंघको निर्वाचन समितिले पनि विचार, बिमर्श र अध्यान नगरी कर्मा पाहाडी शेर्पा ज्यूलाई अध्यक्षको उम्मेद्धवारीको रुपमा दर्त गराउनु गलत संगैठानिक अभ्यास भएको शेर्पा संघ बेलायतको ठहर रहेको छ । यही प्रेस विज्ञप्ती मार्फ़त नेपाल आदिवासी जनजाति महासंघ र नेपाल शेर्पा संघको ध्यानाकर्षण गराउन चाहान्छौं ।
आड॰ दावा शेर्पा
अध्यक्ष
शेर्पा संघ बेलायत
रिन्जी शेर्पा लामा
महासचिव
शेर्पा संघबेलायत


बोधार्थः

मगर संघ यूके

तमू धी यूके

किरॉत राई यायोक्खा यूके

सुनुवार सेवा समाज यूके

दुरा सेवा समाज यूके

किरॉत याक्थुड॰ चुम्लुड॰ यूके

किरॉत याक्खा छुम्मा यूके

बेलायत छन्त्याल संघ यूके

तामाड॰ सोसाइटी यूके

तोक्पेगोला समाज यूके

नेफिन यूकेको पूर्ब अध्यक्षज्यूहरू

नेपाल शेर्पा संघ

विश्व शेर्पा संघ

युरोप शेर्पा संघ

नेपाल आदिवासी जनजाति महासंघ

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
50 %