नेपाल बहुराष्ट्र राज्यनै हाे !

Read Time:7 Minute, 48 Second

पूर्ण राना मगर /तनहुं

”राष्ट्र” (Nation) र देश (Country) भनेको एउटै हो” भन्ने भ्रम छ । बहु भनेकाे धेरै हाे । राष्ट्रियता वा राष्ट्र भनेकाे जाति हाे । त्यसैले त बहुजातीय राज्य भन्छ ।

देश र राज्य भनेकाे माटाे हाे । १४७,५१६ वर्ग किलाे मिटर क्षेत्रफल देश हाे । (पहिला १४७१८१ वर्गकिलाेमिटर थियाे अहिले लिपुलेक , लिम्पियाधुरा, कालापानि जाेडेर १४७५१६ वर्ग किमि भएकाेछ) । हाम्राे राष्ट्रियता – मगर, गुरूङ राई, लिम्बु मधेसि आदि हाे र नागरिकता – नेपाली हाे । राष्ट्रकाे खास निम्न फरक छन् ।

क) राष्ट्रका आधारभुत तत्व :
१. माैलिक भाषा: अहिले भ्रम सिर्जना भएकाे खास कारण मुलतः राज्यसत्तामा एउटै भाषा, नेपाली खसलाई मात्र मान्नु हाे । याे देशकाे राई, लिम्बू, मगर, गुरूङ, शेर्पा, नेवार थारू, धिमा, सनुवार, राउटे, कुसुण्डा आदि भाषाहरूलाई, जंगली भाषा, बुद्धि नहुनेहरूकाे भाषा, जिब्राे बाक्लाे गराउने असभ्य भाषा भन्ने भ्रम छ नेपाली खसभाषिहरूलाई । सबैले हेक्का राख्नुपर्ने कुरा केछ भने सबै भाषाका आआफ्नै विशेषता हुन्छ । जस्तै नेपाली खस भाषासँग त, थ, द, ध, र ट, ठ, ड, ढ अक्षर(वर्ण)हरू छन् । तर , डगरा थारू, नेवार, मगर भाषामा “त, थ, द, ध,” अक्षरहरू छैनन् । यसरिनि भाेटबर्मेलि भाषा परिवारसँग कुनै भाषासँग “त, थ, द, ध” अक्षरहरू छन् तर “ट, ठ, ड, ढ” अक्षरहरू छैनन् तर कतिपयसँग दुवै हुनसक्छ । त्यसैले नेवार, मगर, थारू भाषिले ” दराज” भन्दा “डराज” भन्छन् “थाल” भन्दा” “ठाल” भन्छन् । जस्तै जापानिज भाषामा “ल” अक्षर छैन नेपाल भन्दा “नेपारू” भन्छन् । यसरी भाषाकाे आफ्नाे विशेषता र स्वभाव हुन्छ । यस्ताे स्वभाव व्यक्तिगत मानिसकाे शारीरिक बनावटमा पनि देख्न सकिन्छ । जस्तै जस्तै ओलि र देउवालाई तुलना गर्दा देउवा र ओलिकाे विशेषता(characteristic) फरक छ । देउवाकाे जत्राे नाक ओलिकाे छैन । ओलिकाे रङ्ग र देउवाकाे रङ्ग फरक छ । ओलिकाे जत्रै टाउकाे देउवाकाे छैन । राजेश हमाल जत्राे निखिल उप्रेती छैन । राजेश र निखिलकाे अनुहार फरक छ । यसरी भाषाका आआफ्नै विशेषता हुन्छ । यहि विशेषतालाई चिन्न नसकेर नेपाली खस भाषा बाहेक अरू भाषालाई जंगली नामाकरण गरियाे । देशकाे कामकाजि भाषा नेपाली खस भाषा बाहेक अरू हुनै सक्दैन भन्ने घमण्ड छ नश्लवादिहरूलाई । राष्ट्र हुनकाे लागि त्यो मानव समूहसँग भाषा हुनु अनिवार्य छ ।

२. माैलिक सँस्कृति नेपालका १२३ जातिका आआफ्नै माैलिक प्रथा, सँस्कृति छ । राई, लिम्बू, मगरलाई सँगुरकाे मासु देख्दा र्याल चुहुन्छ । गुरूङलाई भैंसिकाे मासु देख्दा र नेवारलाई राँगाेकाे मासु देख्दा र्याल आउँछ । बाहुन क्षेत्रिलाई खसिकाे मासु देख्दा र्याल आउँछ । याे खान्कि काे कुरा भयाे । पहिरन पनि फरक छ । मगर, गुरूङलाई मामाकाे छाेरि देख्दा बैँस आउँछ र बिहे गर्न मन लाग्छ । तर बाहुनलाई बहिनी जस्ताे लाग्छ अनि ढाेग्न मन लाग्छ । नाच पनि फरक छ मगर र गुरूङले घाटु, काैरा सालैज्याे नाच्न मन लाग्छ बाहुनले भजन ना्चछ । तामाङले तामाङसेलाे, नेवारले लाखे नाच्छ । बाहुनहरूले तिज, दशैं आउँदा खुसि हुन्छन । तामाङ, शेर्पा, गुरूङलाई ल्हाेसार आउँदा खुसि हुन्छन् भने घले, मगर थारूलाई माघि अनि राईलिम्बुलाई उधाैंलिउभाैलि ।
३. साझा मनाेविज्ञान: आदिवासि, मधेसि, मुस्लिम, दलित आदिकाे जीवन जगतलाई बुझ्ने मनाेविज्ञान जाति अनुसार फरक फरक छ ।
४. विशेष भूगोल ऐतिहासिक कालखण्डदेखि हालसम्म आदिवासि जनजाति र मधेसिकाे बसाइँ खास भुगाेलमा रहेकाे छ ।
५. विशेषआर्थिक सम्बद्धता: नेपालमा रहेका आदिवासि , खसआर्य, नेवार, मधेसि, मुस्लिम, दलित आफ्नाे माैलिक अर्थाेपार्जन तरिका फरक छ।
ख) नेपालले खस बाहेकलाई अन्यलाई सरकारि कामकाजिकाे भाषा बनाएन तर , छिमेकि मुलुक भारत लगायत अन्य मुलुकले सरकारि कामकाजिकाे भाषाहरू बनाईका छन् भारतकाे निम्न छन्;
१) असमी भाषा- आसाम राज्यकाे
२) बंगाली भाषा- बंगाल, त्रिपुरा, झारखण्डको
३) डोग्री भाषा -जम्मु-काश्मीरको
४) गुजराती भाषा- दर्द‍-नगर हवेली,गुजरात र महाराष्ट्रको
५) हिन्दी भाषा- बिहार, छत्तिसगढ, दिल्ली, हरयाणा, हिमाचल प्रदेश, झारखण्ड, लद्दाख, आदिकाे
६) कन्नड भाषा- कर्नाटकको
७) काश्मिरी भाषा-जम्मु-काश्मीरकाे
८) मराठी भाषा- गोवा र महाराष्ट्रकाे आदि
९) पञ्जावी भाषा- दिल्ली, हरयाणा, पञ्जाब आदि आदि छन् ।
ग) बेलायतमा मुख्यतः ४ वटा जाति छन् विदेशिमुलकालाई छाडेर
१) ईङ्लिस जाति
२) स्कटिश जाति
३) आईरिस र
४) वेल्स ।
यि जातिका आ-आफ्नै भाषा छ ।
घ) सिंगापुरको राष्ट्रीय भाषा ‘मले’ भाषा भएपनि कामकाजी भाषामा :
क) मले,
ख) अंग्रेजी,
ग) मेण्डरीन चाइनिज,
घ) तमील ४ वटै भाषाहरू मान्यतामा छन् । लिक्वानयुले सिंगापुरमा पनि ४ फरक राष्ट्रियता (Nationality) हरुलाई समेटेर विकसित राष्ट्र (Nation) सिंगापुर बनाएकाे छ ।
ङ) चाईनामा ५६ जातिहरू छन् । हान बहुसंख्यकमा छ भने बाँकि ५५ वटा जातिलाई अल्पसंख्यक जाति भनिन्छ । वा गैर-हान जातिलाई अल्पसंख्यक भनिन्छ यी जातिका आफ्नै भाषा छ ।
नेपाल बहुराष्ट्र राज्य हाे । नश्लवादिहरू हिन्दु बाहेक अरू धर्मनै हाेईन खस भाषा बाहेक अन्य भाषा नेपालिनै हाेईन । गुरूङ , मगर, राई, लिम्बू , तामाङ, शेर्पा, नेवार थारू , मैथिली भाषा आदि गैर-नेपाली वा अनेपाली भाषा सम्झने पागलपन(Mania) छ । याे राष्ट्रिय एकताकाे लागि घातक छ ।

5 0
Happy
Happy
75 %
Sad
Sad
25 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %