कि गर कि मर !

Read Time:2 Minute, 4 Second

पूर्ण राना मगर / तनहुं

तिम्रो व्यक्तिगत काम आफै गर्ने हो
दाम आफैं कमाउने हो
नाम आफै राख्ने हो ।

त्यसरी नै तिमी र तिम्रो समुदायको
भाषा जिवन
प्रथा र सँस्कृति जिवन
धर्म जीवन
अर्थ जिवन
राजनीति जीवन
राज्यसत्ता जिवन
तिमी र तिमी जस्तो
तिम्रो समुदाय र अन्य समुदाय बिच
बृहत एक्यवद्धता गरेर गर्ने हो
बृहत् मोर्चाबन्दी गरेर गर्ने हो ।

हालसम्म अरूको लागि गर्यौं, अरूकै लागि मर्यौं
अब आफ्नो लागि गर अरूको लागि पनि गर
देश र जनताको लागि गर देश र जनताको लागि मर ।

याद छ
अरूको लहैलहैमा लागेको कति भयो?
तर
तिम्रो अस्तित्व जोगिएन
तिम्रो भाषा सँस्कृतिलाई
बजेट आएन तिम्रो सत्ता आएन
अझ तिमी पत्याउँछौ
तिम्रो मालिकको घर झगडा
तिम्रो मालिकले पार्टी फुटाको
तिम्रो सत्ताको लागि हो
तर उनले जेगरेनि
उनकै सत्ताको लागि हो
खै तिमिलाई कसरी बुझाउने
खै तिमिले कहिले बुझ्ने?

मार्कसवाद र पुँजिवादमा मात्रै बौलाउने होईन
सत्तावाद र व्यावहारवादलाई आत्मसात् गर्ने हो
आफ्नो र आर्काको अस्तित्व स्विकारि
सहअस्तित्ववादलाई अँगाल्ने हो
सबैको लागि जित(जितको सिद्धान्त
समानुपातिकवाद लागू गर्ने हो ।

त्यसैले तिमी
ईमानदार, कर्तव्निष्ठ र जवाफदेहि बनि
कि गर कि मर
तर अरूको भर नपर
आफ्नै भर पर
किनकि तिम्रो काम तिमी आफै गर्ने हो ।

तिमि, म, उ, तँ, तपाई र हामी मिलि
सबैको हित र जितको लागि सर्वस्विकार्य काम गरौं ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %