नेपालका राजनीतिज्ञहरु नटवरलाल हुन र ?

Read Time:4 Minute, 50 Second

केदार सिटौला

एक पटक भियतनामका राष्ट्रपति हो चि मिन्ह भारत भ्रमणमा आएका थिए । सो भ्रमणको समयमा एउटा मिटिंगका क्रममा भारतका मन्त्रीहरु संग उनको कुराकानी हुनथाल्यो ।

सो सम्बादका क्रममा हो चि मिन्हले भारतीय मन्त्रीहरुलाई सोधे – तपाईहरु के काम गर्नु हुन्छ ? भारतीय मन्त्रीहरुले सहज रुपमा जवाफ दिए – हामीहरु राजनीति गर्छौ । हो चि मिन्ह ले यो उत्तर बुझ्न सकेनन । उनले फेरी सोधे – मेरो मतलब तपाईहरुको पेसा के हो ? भारतीय मन्त्रीहरुले जवाफ दिए – राजनीति नै हाम्रो पेसा हो । हो चि मिन्ह ले अलिक चिडिदै भने – सायद तपाईहरुले मेरो भनाइको मतलब बुझ्न सक्नु भएन । राजनीति त म पनि गर्छु तर पेसा ले म किसान हु, म खेति गर्छु । खेति बाटै मेरो आजीविका चल्छ । बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु । र दिउसो रास्ट्रपतिको रुपमा आफ्नो दायित्व निर्बाह गर्छु । यो कुरा सुनेर भारतीय प्रतिनिधिमण्डल स्तब्ध भयो । उनीहरु संग यो कुराको कुनै जवाफ नै थिएन । अनि फेरी हो चि मिन्हले त्यहि कुरा सोधे पछि एक जना भारतीय मन्त्रीले लज्जित हुदै भने राजनीति गर्नु नै हामी सबैको पेसा हो ।

नेपालको अवस्था नै भारतको भन्दा खासै फरक छैन । यहाँ पनि राजनीति लाई आफ्नो मूल पेसा बनाउने व्यक्तिहरुकै हालीमुहाली छ । राजनीति कसैको पनि मूल पेसा हुन सक्दैन । आजीविकाको लागि व्यक्तिले केहि केहि काम गर्ने पर्छ । मान्छे किसान, मजदुर, ब्यापारी, कर्मचारी, शिक्षक, डाक्टर, इन्जिनियर वा अरु केहि हुन सक्छ तर, उसको पेसा राजनीति हुनुहुदैन । किनिकी राजनीति व्यक्तिको भरणपोषण गर्ने पूर्णकालीन पेसा त होईन । कसैले राजनीति गर्न चाहन्छ भने आफ्नो ब्यबसायिक काम बाट केहि सयम छुट्टाएर राजनीति गरे उत्तम हुनेथियो ।

पूर्व रास्ट्रपति रामबरण यादव आफ्नो पद बाट निबृत भए पछि उनले एउटा क्लिनिक खोलेर बस्दा के बिग्रिनेथियो र ? उनको गरिमा अझ उच्च हुने थियो । त्यसै गरि हालका प्रधानमन्त्री खड्कप्रशाद ओलीले बर्तमान देशको अवस्थालाई मध्यनजर गर्दै र राजनीतिक निकासकालागि पदबाट राजीनामा दिएर कुनै बिश्वबिध्यालयमा राजनीतिक शास्त्रमा पढाउँँनु जानु भए देशले काचुली फेर्ने मात्र नभई उहाँको नाम ईतिहासमा सुनौलो अक्षरले लेखिदिने थिएन होला र ? त्यस्तै डा बाबुराम भट्टराई प्रधानमन्त्री बाट हट्न साथ कुनै बिश्वबिद्यालयमा पढाउनु जानु पथ्र्यो । त्यसै गरि सुवासचन्द्र नेम्बाङ्गले फेरी अदालतमा फर्किदा उनको साथै पेसाको गरिमा पनि बढ्ने थियो । साथै अरु राजनीतिकर्र्मीले पनि आफु पहिला जे पेसा बाट राजनीतिमा आएका हुन त्यसैमा फर्किदा उचित हुनेथियो ।

राजनीतिलाई व्यक्तिको आजीविकाको श्रोत बन्न नदिने हो भने राजनीतिमा भ्रस्टाचार धेरै हद सम्म नियन्त्रण हुने थियो । र राजनीतिमा दशकौ सम्म एउटै ब्यक्ति हाबी रहने बातावरणको अन्त्य हुन्थियो । जसका कारण राजनीति जमेको फोहरी पोखरी (scum pond) बन्ने थिएन । राजनीतिमा एउटा व्यक्ति एक वा दुई कार्यकाल सेवा गरेर सक्रिय राजनीति बाट सन्यास लिन्थियो र अर्को नया अनुहार त्यो ठाउमा पुग्नेथियो ।
कुनै व्यक्तिले मेरो पेसा राजनीति वा समाजसेवा हो भनेर भन्छ भने त्यो नटवरलाल संग सतर्क रहनु होला ।
साभार : योगेश्वर रोमखानी मगरको फेशबुक बाट

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %