अस्मिता आलेमगर एस्टन भिल्लाको उत्कृष्ट महिला खेलाडी घोषित !

Read Time:2 Minute, 39 Second

राज्यसत्ता

काठमाडौं ,जेठ १३ – इंग्ल्यान्डको वुमन्स सुपर लिगमा एस्टन भिल्लाको महिला फुटबल टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरेकी नेपाली मुलकी १९ बर्षिय अस्मिता आले मगर एस्टन भिल्ला क्लबको २०२०/२१ को ‘प्लेयर अफ दी सिजन’ घोषित भएकी छिन । एस्टन भिल्लाको महिला फुटबल टोलीकी नियमित अस्मिता समर्थकहरुको मतदानबाट उत्कृष्ट खेलाडी चुनिएकी हुन ।

आलेसितै अलिसा एनडाउ,अनिता आसान्ते , जिडि हटन र लिसा वेइब पनि ‘प्लेयर अफ दी सिजन’ को दौडमा थिए । उनलाई गएको मंगलबार ‘प्लेयर अफ दी सिजन’मा उत्कृष्ट खेलाडीमा घोषित गरिएको हो ।

अस्मिताले यस सिजन १९ मध्ये १७ खेलमा सुरुआती टिममा स्थान बनाइन्। । अस्मिताले १६ वर्षमा सिनियर टिमबाट डेब्यू गरेकी थिइन्। । त्यस्तै अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन । अस्मिताले इङ्ल्यान्डबाट २०१९ मा यु–१९ युरोपियन च्याम्पियनसिप खेलिसकेकी छिन।

अस्मिता आठ बर्षको उमेर देखि एस्टोन भिल्ला क्लबमा आबद्ध हुदै १६ बर्षको उमेरमा सन २०१७/१८ देखि पहिलो टिममा खेल्न सुरु गरेकि हुन ।

उता भिल्लाकी प्रशिक्षक गेम्मा डेभिस अनुसार अस्मिता निकै क्षमतावान छिन र उनले सो कुराको पुष्टी मैदानमा समेत गरिसकेकी छिन । साथै एम्माले अस्मितामाथि आफूहरुले गरेको विश्वास खेर नजाने समेत उनले बताईन ।
इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन ।

तनहुँ दमौलीमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन । अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन । आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत आले मगर पनि रहेका थिए । अमृत आले र बशन्ती आलेको एक छोरा र एक छोरी अस्मिता आले मगर सहित हाल ननिन्टनमा बस्छन ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %