राज्यसत्ता,पुष १३
प्रधानमन्त्री ओलीले पानीजहाज ल्याइसकेका थिए,
प्रचण्डले नागढुंगामै रोकिदिए ।
रेल ल्याइसकेका थिए,
माधव नेपालले तातोपानी भन्सारमै रोकिदिए ।
घरघरमा ग्यास पुर्याउन ठिक्क थियो,
झलनाथ खनालले पाइपलाइन गाडनै दिएनन् ।
गोकुल बासकोटाले शुसासन ल्याउनै लाग्दा होहल्ला गरियो ।
विष्णु पौडेलले भूमिसुधारमा क्रान्ति नै ल्याउन खोजेका थिए,
मिडियाले खेदे ।
महेश बस्नेत र किसान श्रेष्ठले साम्सद अपहरण जस्तो
त्यत्रो साहसी काम गर्दा पुरस्कृत गर्न दिईएन ।
तत्कालीन मन्त्री योगेश भट्टराईको समेत साथ लिएर यति समूहमार्फत पर्यटनमा आमुल परिवर्तन हुनैलाग्दा अनेक बखेडा झिकीयो ।
भानुभक्तले ओम्नीमार्फत स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ल्याउन खोज्दा नानाभाँती अवरोध खडा गरियो !!
स्वास्थ सामग्री ख़रीदमा घोटाला छानबिन नगरौ भनेको
घेराबन्दीनै गरियो ।
लोडसेडिंग अन्त्यगरी नागरिकलाई ठूलो गुण लाएका र बिध्युत प्राधिकरणलाई उल्लेख्य नाफा दिलाएका कुलमानलाई पुनर्नियुक्ति नगरी आफ्नोलाई नियुक्ति दिंदा जयजयकार गर्नुको सट्टा धज्जी उड़ाइयो ।
प्रमज्यूले चन्द्रागिरी डाँडामा गएर कविता रची साहित्यमा नोबेल पुरस्कार नै आउन लाग्या थियो, त्यसको पनि उपहास गरियो ।
बाँसुरी बजाएर उस्ताद हरिप्रसाद चौरसीयालाई नै माथ गर्दै हुनुहुन्थ्यो, खिसिटयूरी गरियो ।
काठमाडौंको सडकमा बत्ती नभए पनि, खाल्डाखुल्डी नपुरिए पनि, जेब्रा क्रसिङ नभए पनि सडकका पोल पोलमा प्रधानमन्त्रीको तस्वीर झुण्ड्याएर शहर नै सफा, हराभरा, उज्यालो बनाउने र समृद्धि ल्याउने प्रयास गरियो । यसको समेत बिरोध गरियो ।
भारतीय गुप्तचरसग रातमा सुटुक्क भेट्दा समेत आलोचना गरियो ।
दिउसै भेटेको भए अझै के गर्थे होला ?
हरेक तरिकाले उहाँलाई कहिल्यै कामै गर्न दिइएन ।
अनि संसद् विघटन नगर्ने त ?
अब जे हुन्छ, ताजा हुन्छ !!
ताजा जनादेशमार्फत उहाँ सोझै पचास लाख मत ल्याएर देखाइदिनुहुनेछ, उहाँको शक्ति धेरैले चिनेकै छैनन् ,
बल्ल त उहाँको जुँगा कालो हुँदैछ !
फेशबुकबाट साभार