नेपाल मगर संघ र मगरात (एक विशलेषण)

Read Time:18 Minute, 39 Second

— त्रिलोक सिंह थापा मगर


नेपाल मगर संघको १२ औँ राष्ट्रिय महाधिवेशन फाल्गुन १५ गते २०७७ को हार्दिक शुभकामना र संघको छोटो परिचय तथा व्यक्तिगत केही सुझावहरु ।

ऐतिहासिक पृष्ठभूमि :

नेपालका आदिवासी, मूलवासी, मगर जनजातीमा सामाजिक जागरण, सामाजिक सुधारका साथै शैक्षिक विकासको उद्देश्यले वि.सं.२०१२ साल २६ गते काठमाण्डौमा “मगर समाज सुधार’’ संघ नामले सामाजिक संस्था स्थापित भएको थियो । सो संघको अध्यक्ष पदमा भाग्सु हिमाञ्चल प्रदेशका स्वर्गीय मेजर श्याम सिंह थापा मगर, उपाध्यक्ष पदमा गुल्मी जिल्लाका भीम बहादुर बुढाथोकी मगर, प्रमुख सचिवमा काठमाडौंका ढलक प्रताप राना मगर, सचिव पदमा पद्म सिंह थापा मगर, सदस्यमा देवान सिंह थापा मगर र अन्य सदस्यहरु चयन भएका थिए । गुल्मी जिल्लाको भार्सेमा वि.सं.२०१४ साल फागुन २७, २८ र २९ गतेमा मगरहरुको पहिलो पश्चिमाञ्चल महासम्मेलन सम्पन्न भयो । सो सम्मेलनका सभापतित्व पूर्व बडाहाकिम कप्तान गिरी प्रसाद बुढाथोकी मगरले गर्नु भएको थियो । सो सम्मेलनमा “मगर समाज सुधार संघ’’ केन्द्रीय कार्यालय काठमाडौंबाट पठाइएको “शुभकामना’’ पत्र पढेर सुनाइएको थियो । (उद्धृतः शोधमाला २०६८, पृष्ठ १२, “मगर अनुसन्धान केन्द्र, काठमाण्डौ) ।

वि.सं.२०१२ सालमा काठमाडौंमा स्थापित भएको “मगर समाज सुधार संघ”को विकत एवं परिमार्जित एवं संशोधित नाम वर्तमान नेपाल मगर संघ हो भनेर भन्न सकिन्छ । सामाजिक जागरुकता एवं जातीय पहिचानको क्षेत्रमा सबभन्दा पुराना तथा ऐतिहासिक सामाजिक संस्था “नेपाल मगर संघ’’ को नाम लिन सकिन्छ । तत्कालिन राजनैतिक परिवर्तनले गर्दा यस संघले आफ्नो गतिविधी विस्तार गर्न सकेन ।

सामाजिक संस्थाहरु :

सामाजिक संचेतनाका लागि मधेशमा थारु जनजातीले वि.सं.२००५ सालमा “थारु कल्याणकारणी संभा’’ स्थापित गरेका थिए । सो संस्थाको शाखा काठमाण्डौमा पनि गठन गरिएको थियो । वि.सं.२००७ साल पछि लिम्बुवान क्षेत्रमा “लिम्बुवान सुधार संघ”को स्थापना भएको थियो । काठमाण्डौमा अखिल नेपाल किरात लिग वि.सं.२०१२ सालमा गठन भयो । वि.सं.२०१३ सालमा “नेपाल तामाङ्ग समिति’’ को स्थापना भयो । त्यस्तै गुरुङ्ग, शेर्पा, राई तथा अन्य जनजातीहरुले क्रमशः सामाजिक संघ संस्थाहरु गठन गरेको देखिन्छ । यसै क्रममा तराईमा जातीय पहिचानका लागि वि.सं.२०१० सालमा “तराई का‘ग्रेस’’ खडा भयो र पछि गएर राजनैतिक स्वरुप ग्रहण ग¥यो ।

धर्म, भाषा एवं साहित्यिक संस्थाहरुः

काठमाण्डौ उपत्यकामा वि.सं.१९८३ सालमा नेवार समुदायले जेठो साहित्य संगठन “नेपाल भाषा साहित्य मण्डल’’ स्थापित गरेको पाईन्छ । वि.सं.२००२ सालमा “धर्र्माेदय सभा’’ वि.सं.२००७ सालमा “च्वसापासा’’ तथा सोहि वर्षमा “नेपाल भाषा परिषद’’ नामक भाषा, साहित्यिक संस्थाहरु गठन गरेर जागरण आन्दोलन संचालन गरेको भन्ने बुझिन्छ । वि.सं.२०३८ सालमा “किरात धर्म तथा साहित्य प्रतिष्ठान’’ स्थापित भएको थियो । त्यस्तै मगर जनजातीले “मगर बौद्ध सेवा समाज’’, वि.सं.२०५७ सालमा खडा गरे । क्रमिक रुपमा अन्य जनजातिहरुले आ—आप्mना समाजको सामाजिक एवं सांस्कृतिक विकास एवं सामुदायिक जागरुकतालाई अघि बढाउन संघ संस्थाहरु खोलेको पाईन्छ । यी सामाजिक संस्थाहरुले आप्mनो मौलिक हकहित तथा पहिचानका लागि प्रभावकारी प्रयास गरेको देखिन्छ ।

नेपाल मगर संघको क्रमिक विकास
(वि.सं.२०१२—२०७७)

नेपालमा वि.सं.२०१७ सालमा राजनैतिक परिवर्तन भयो । दलविहिन, एकतन्त्रीय पंचायत शासन प्रणाली लागु भयो । राजनैतिक तथा सामाजिक संस्थाह?को गतिविधि माथि पूर्ण ?पमा प्रतिबन्ध र बन्देज लाग्यो । वि.सं.२०१७ साल देखि वि.सं.२०२८ सालसम्म “मगर समाज सुधार संघ” को गतिविधि निष्कृय एवं निषेधित भयो ।

“नेपाल लाङघाली परिवार” संवत २०२८ सालमा परिवर्तित राजनैतिक पृष्ठभूमिमा पनि पूर्व आई.जि.पी.हर्क बहादुर थापा मगरको सरसल्लाहमा वरिष्ठ पत्रकार खिलध्वज थापा मगरको नेतृत्वमा मगर समाजलाई पुनः संगठित गर्न गराउन अठोट गरियो । वि.सं.२०२८ सालमा खिलध्वज थापा मगरको अध्यक्षतामा “नेपाल लाङघाली परिवार” विधिवत गठन भयो ।

“नेपाल लाङघाली परिवार” लाई अझ विस्तार गर्न गराउन डा.हर्ष बहादुर बुढा मगरको अध्यक्षतामा वि.सं.२०३६ सालमा “कानुङ लाङघाली परिवार” नामले मगर समुदायको सामाजिक संस्था गठन भयो । त्यसपछि वि.सं.२०३८ सालमा पूर्व अध्यक्ष बाबुराम राना मगरको अध्यक्षतामा” कानुङ लाङघाली परिवार” लाई विघटन गरि नया‘ तदर्थ समिति “नेपाल लाङघाली परिवार संघ” रुपन्देही बुटवलमा खडा भयो । सो संघको अध्यक्ष हेम बहादुर पुन मगर चयन हुनुभयो ।

“प्रथम राष्ट्रिय महाधिवेशन” (२०३९) नेपाल अधिराज्यका विभिन्न जिल्लाहरुका (३२ वटा भन्दा बढी) मगर संघ संस्थाहरु प्रतिनिधि एवं मगर अगुवाहरुको संलग्नता र सहभागितामा वि.सं.२०३९ साल फागुण १४, १५ र १६ गतेमा “नेपाल लाङघाली परिवार संघ” अर्थात “नेपाल मगर संघ” को प्रथम राष्ट्रिय महाधिवेशन तथा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । प्रथम एवं संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर सम्मेलन र महाधिवेशनका अध्यक्ष थिए ।

अधिराज्य ३२ भन्दा बढी जिल्लाहरुका मगर संघ संस्थाहरु, पहिलो पटक नेपाल लाङघाली परिवारसंग आबद्ध भएकोले संघले राष्ट्रिय स्तरको स्थान प्राप्त ग¥यो । सो महाधिवेशनमा अधिराज्य भरिका मगरहरु पर्यवेक्षक, प्रतिनिधि तथा सदस्यको रुपमा सहभागी भएका थिए । त्यसै कारणले गर्दा फागुन १५ गते लाई अधिराज्यभरिका मगरहरुले “लाङघाली दिवस”, “मगर एकता दिवस” वा “मगर दिवस”को रुपमा हर्ष बढाई गर्दछन् । सामाजिक उत्सवको रुपमा मनाउ‘दछन् । त्यस पछि नेपाल लाङघाली परिवार संघको गतिविधिहरुमा पूर्व अध्यक्षहरु कविराज पुन मगर (२०४२), ले.मानध्वज राना मगर (२०४५) दुवै जनाको योगदान उल्लेखनीय रहेको छ ।

संघको चौथो अधिवेशन (२०४८)

“नेपाल लाङघाली परिवार संघ” को चौथो अधिवेशन आदिवासी जनजाती तथा मगर समुदायका जनप्रिय एवं जुझारु नेता गोरे बहादुर खपाङ्गी मगरको सक्षम नेतृत्वमा सम्पन्न भयो । सो महाधिवेशनले सर्वसम्मतिबाट “नेपाल लाङघाली परिवार संघ” को नाम परिवर्तन गरेर “नेपाल मगर संघ” राख्ने निर्णय भयो । पूर्व अध्यक्ष गोरे बहादुर खपाङ्गीको कार्यकालमा सम्पूर्ण आदिवासी जनजाति, मूलवासीहरुको पहिचान एवं मौलिक हक अधिकारको आन्दोलन शिखरमा पुगेको थियो ।

“आठौं अधिवेशन” (२०६०) “नेपाल मगर संघ” का पूर्व अध्यक्ष क्या.यम बहादुर बुढाथोकी मगरले संघको भौत्तिक पूर्वाधार एवं अन्तराष्ट्रिय सम्पर्क र समन्वयमा पु¥याएको योगदान उल्लेखनीय देखिन्छ । पूर्व अध्यक्ष झक बहादुर थापा मगर (२०६४)ले मा “मगरात राज्य” को स्थापनाको आन्दोलन शुरुवात पाल्पा तानसेनबाट गरेका थिए । नेपाल मगर संघको इतिहासमा पहिलो पटक (२०६७, मंसिर २५ गते) तत्कालिन रुकुम, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, म्याग्दी, जिल्लाहरूको पुरै भू–भाग र नवलपरासी, तनहुँ, गोरखा, स्याङ्जा, लमजुङ्ग, पर्वत, दाङ, सल्यान, डोल्पा जिल्लाहरूको आशिंक भू–भागलाई समेटेर ऐतिहासिक मगरात प्रदेश घोषणा भएको थियो । सो आन्दोलनलाई पूर्व अध्यक्ष महेन्द्र थापा मगरले (वि.सं.२०६८) अझ प्रभावकारी रुपमा अघि बढाएका थिए ।

११ औँ महाधिवेशन (वि.सं. २०७७)

“नेपाल मगर संघ” का अध्यक्ष नवीन रोका मगर, महासचिव ज्ञानेन्द्र पुन मगर, उपाध्यक्ष गंगा खासु मगर, विदेश विभाग सचिव रक्षा रैका मगर लगायत केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरुको सक्रियतामा विविध कार्यक्रम संचालन भएको छ । विशेष गरी राहत, सामाजिक सुधार, मगरहरुको मौलिक हक, अधिकार तथा “मगरात राज्य” प्राप्तीका लागि संघर्ष एवं आन्दोलनका कार्यक्रमहरु आदि ।

“मगरात संयुक्त संघर्ष समिति” को तत्वावधानमा नेपाल मगर संघ” ले समय समयमा काठमाण्डौ बानेश्वर, बुटवल, पोखरा र अन्य ठाउ‘हरुमा धर्ना, प्रदर्शन र आन्दोलन संचालन गरेको देखिन्छ । समय, समयमा सरकारमा ज्ञापन पत्र बुझाएका छन् । लाखौं मगरहरुको हस्ताक्षर अभियान र लुम्बिनी प्रदेशको संसद सचिवालयमा प्रदेशको नाम मगरात राख्न दर्ता समेत गराएको पाईन्छ । गण्डकी र लुम्बिनी प्रदेशको नाम मगरात राख्न नेपाल मगर संघले मगरहरूलाई प्रभावकारी रुपमा परिचालन गरेको थियो ।

“नेपाल मगर संघको सहयोगी संस्था”

मगर समुदायले विभिन्न क्षेत्रहरुमा नेपाल मगर संघलाई सहयोग गर्न सहयोगी संस्थाहरु खोलेका छन् । प्राविधिक, साहित्यिक, साङ्गीतिक भाषा, अनुसन्धान, पर्यटन, व्यावसायिक, प्राज्ञिक पत्रकारिता, चलचित्र, पर्वतारोहण, खेलकुद, धार्मिक, कर्मचारी, खेलकुद, पत्रकारिता, मगर विभूति, सांस्कृतिक आदि संघ संस्थाहरु स्थापना गरेका छन् । आवश्यकतानुसार यी संघ संस्थाहरुले “नेपाल मगर संघ” लाई सहयोग एवं सहकार्य गर्दछन् ।

अन्तराष्ट्रिय मगर महासंघ

सन् १९९७ सालमा हंगंकगमा “मगर संघ हंकङ्ग” गठन भएको थियो । सो संघका पूर्व अध्यक्ष एवं संस्थापक सदस्यहरुमा अध्यक्ष भोलानाथ थापा मगर, सचिव विजय हितान मगर, मनोज सूर्यबंसी मगर,डा.चुरा थापा मगर तथा हुम बहादुर थापा मगर आदिको सक्रिय भूमिका थियो । सन १९९८ सालमा दान बहादुर घर्ती मगर र सुर्दशन थापा मगरको अगुवाईमा नेपाल मगर संघ मकाउ गठन भएको थियो । सन् २००२ सालमा पूर्व अध्यक्ष थर्क राना मगरको सक्रिय नेतृत्वमा “मगर संघ यू.के.स्थापना भएको थियो । ले.महेन्द्र थापा मगरको नेतृत्वमा सन २००५ सालमा अमेरिकामा मगर संघ अमेरिका गठन भएको थियो ।

हाल बिश्वका ३२ वटा भन्दा पनि बढी मूलुकहरुमा “मगर संघ” गठन भई सकेको छ । प्रवासमा बसोवास गरे पनि मगर समुदायले सदियौं देखि चलि आएका आप्mनो संस्कृति, सामाजिक, ऐतिहासिक एवं धार्मिक परम्परालाई संरक्षण, सम्बर्धन तथा संयोजनमा प्रयास गर्दैछन् । साथै आदिवासी मगर जनजातीको शैक्षिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक विकासमा सशक्त भूमिका खेलेको पाईन्छ ।

“मगर सामाजिक अभियन्ता”

नेपाल मगर संघको क्रमिक विकासमा धेरै मगर समाज सेवी, बुद्धिजिवी, प्राज्ञिक, राजनैतिक अभियन्ता सुरेश आले मगर, पूर्वमन्त्री एम.एस.थापा मगर, समाजसेवी जय बहादुर हितान मगर, समाजसेवी बम कुमारी बुडामगर, पूर्व कुलपति डा.केशर जंग बराल मगर लगायत धेरै मगर व्यक्तित्वहरुको योगदान उल्लेखनीय छ ।

“शक्तिशाली सामाजिक संस्था”

“नेपाल मगर संघ केन्द्रीय समिति अन्तर्गत सात वटै प्रदेशहरुमा “प्रदेश समिति” गठन भएको छ । ७५ वटै जिल्लाहरुमा “जिल्ला शाखा” छन् । सो मध्ये ६८ वटा जिल्लाहरुमा सक्रिय एवं क्रियाशिल छन् । जिल्लाहरु अन्तर्गत हरेक गाउ‘ विकास समिति, नगरपालिका र वडा वडाहरुमा प्रारम्भिक समितिहरु कार्यरत छन् । “नेपाल मगर संघ” को ६ वटा भातृ संस्था, (नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ, नेपाल मगर साँस्कृतिक संघ, नेपाल मगर संप्रक समन्वय समिति, नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ, नेपाल मगर युवा संघ) ३२ वटा भन्दा बढी मुलुकहरुमा “नेपाल मगर संघ” संग सहकार्य गर्ने अन्र्तराष्ट्रिय मगर संघ संस्थाहरु खोलिएका छन् । ती संघ संस्थाहरुका विभिन्न शहर नगरहरुमा शाखाहरु छन् ।
(क) “नेपाल मगर संघ” को भातृ सहयोगी एवं समर्थक संस्थाहरुको विशाल सञ्चालन छ ।
(ख) लाखौं मगरहरु “नेपाल मगर संघ” समर्थक शुभेच्छुक एवं सदस्यहरु समेत छन् ।
(ग) बौद्धिक, प्राज्ञिक, पूर्व कर्मचारी, व्यावसायिक, व्यापारी एवं राजनीतिक मगर व्यक्तित्वहरुको सहकार्य छ ।
(घ) विदेशका विभिन्न मुलुकहरुमा स्थापित मगर संघ, संस्थाहरुसंग सहकार्य र सम्पर्क छ ।
(ङ) मगरहरुलाई आर्थिक समृद्धीका लागी मगर ईन्भेष्टमेण्ट गुरुप (मिग)ले काठमाण्डौको पुरानो बसपार्क स्थित रत्नपार्कमा नेपालकै ईतिहासमा पहिलो र गौरबमय एबं महत्वकांक्षी योजना ३३ तले भवननिमार्णमा १० अर्बको लगानीमा करिब ५ हजार मगरहरु जुटिरहेका छन । रिडी ग्रुपले धनकुटाको भेडेटार थुम्कीमा रिसोर्ट , अतिथि गृह र आवासगृहमा लगानी गरि निर्माण कार्य अगाडी बडाईरहेको छ । लाफा ग्रुपले टाउनपलानिंग,रियलस्टेटमा तिब्रगतिमा आफ्नो लक्ष्यलाई अगाडि बडाईरहेको छ भने मगर बिजिनेश ग्रुपले पनि आफ्नो लक्ष्य अनुसारको काम गरिरहेको छ । मगरहरुले साना तिना अनगीन्ति ब्यापार बिजिनेश गरिरहेका छन जुन आफैमा जीबिकापार्जोन गर्न सजिलो भएको छ ।
(च)अधिराज्यभरि हरेक जिल्लामा मगर संघ फैलिएको छ ।
अतः “ नेपाल मगर संघ” अत्यन्त शक्तिशाली, विशाल, वैभवशाली एवं ऐतिहासिक सामाजिक संस्थाको रुपमा उदय भएको छ । अन्य संगठित र विस्तृत गतिविधी बढ्दै छ । नयाँ नयाँ क्षेत्रहरू समेट्दै छ । संघले अझ विस्तार, संठित, तथा छुटेका मगरहरूलाई समेटदै संगठनका साथै गतिविधी बढाई रहेको छ ।

क्रमश …………

लेखक : मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष एबं नेपाल मगर संघको सल्लाहकार हुनुहुन्छ ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %