विश्व नारी दिवस र बेल्पाली नारी !

Read Time:11 Minute, 24 Second

– विजयहितान


हामीले हाम्रो संस्कार सर्लक्कै बोकेर आएका छौँ नेपालबाट बेलायतमा । विशेष गरेर संघसंस्थाहखोल्ने र तिनलाई सञ्चालन गर्ने ढङ्गहरु । भनिन्छ, बेलायतमादुई सयभन्दा बढी नेपाली संघसंस्थाहरु स्थापित छन् । मलाई लाग्छ, व्यस्त र कठोर आप्रवासीजीवनबिताइरहेका बेल्पालीकायति धेरै सङ्ठन हुनु समयको मागहो । यी सङ्गठनले जात, धर्म, राजनैतिक पार्टी, गोर्खा पल्टन र निवृत्त लाहुरे, नम्बरी इन्टेक, नेपालकागाउँ, भेग र जिल्लाहरुको प्रतिनिधित्व गर्छन् । प्राय सबैका छाता र सहायक सङ्गठन पनिविस्तार गरिएका छन् । जहाँनेपालीको बसोबास छ तीशहरमा नेपाली समाजखोलिएका छन् । नर्स, डाक्टर, इञ्जिनियर, पत्रकार, साहित्यकार, सिनेमाकर्मी, सङ्गीतकारजस्ता पेसागत, व्यावसायिक, प्राविधिक र सिर्जनात्मक ज्ञान भएकाहरुको पनिआआफ्नै सङ्गठन छन् । प्रायःयी सबै संघसङ्गठनका भातृ वा सहायक संस्थाका रुपमामहिलाअर्थात् आमा समूहपनिनिर्माण गरिएका छन् ।

तर विडम्बना, मूलधार अर्थात् माउ सङ्गठनहमा महिलाको नेतृत्वनगन्य छ । केहीमहिलाले मात्रै तिनमाअध्यक्ष पद सम्हालेर काम गरेको पाइन्छ । अधिकाङ्श महिलाउपाध्यक्षसम्मउदाएर अस्ताउने गरेका छन् ।

मलाई सधैँ खुलदुलीलागेको एउटा प्रश्नहो, सर्वोच शिखर सगरमाथा चढ्न सक्ने महिलाकिन नेतृत्वको शिखरमा चढ्न सक्दैनन् ?१०९ औँ विश्व नारी दिवसको अवसर पारेर यस विषयलाई गहन रुपले सोेच्नुपर्ने देखिन्छ ।

आधाआकाश ढाकेका, एक रथकादुई पाङ्ग्रा, पचास प्रतिशतभन्दा बढी जनसङ्ख्याओगटेका जस्ता नाम र विशेषणले महिलालाई चिनाउने काम गरिन्छ । तर यो एक्काइसौँ शताब्दीमाआएर पनिमहिला सधैँ पुरुषको सहायकमात्रै बनेर बस्नुपरेको छ । कस्तो विडम्बना यो महारानीको देशमापनि ! हो, बेल्पालीमहिलाको इतिहास पन्ध्रबीस वर्ष मात्रै लामो छ । तर यस अवधिमादुई तीन सय सङ्गठन स्थापनाहुँदाकिनयसको नेतृत्वप्रायः पुरुषहरुले मात्रै गर्ने ?

नारी दिवसजस्ताकार्यक्रममा पुरुषहरु’नारीलाई समानहकअधिकार दिइनुपर्छ ।’ भनेर भाषण छाट्छन् । तरसङ्गठनको चुनाबआउँदामहिलालाई पन्छ्याउँदै पुरुषआफैँ नेतृत्वको कुर्चीमा विराजमान हुन्छन् ।

मैले विगतमादुई संस्थाको नेतृत्वप्रदान गरेँ । पहिलो संस्था छोड्दा, संस्थाभित्रगहन सङ्घर्ष र सरसल्लाहपश्चात एक नारीलाई नेतृत्व हस्तान्तरण गरेँ । जसमा म अति नै गर्व गर्छु । दोस्रो संस्था छोड्दा पनि मैले महिलाउपसमितिको निवर्तमानअध्यक्षलाई मूल संस्थाको अध्यक्षहुनुहोस् भनेर प्रोत्साहननगरेको होइन । तर मैले भनेजस्तो हुन सकेन, अन्ततःएक पुरुषले नै मलाई बदला गर्नुभयो । मैले भन्नखोजेको यो हैन कि पुरुषले सङ्गठन हाँक्नहुन्न । मेरो भनाइ के मात्रै हो भने महिलालाई नेतृत्वमाल्याउन पुरुषले प्रोत्साहन गर्नुपर्छ । अनिमात्रै समाजरुपी रथ भविष्यको गोरेटोमा कतै नअड्किएर सजिलै गुड्न सक्छ ।

केही ठूला र क्रियाशील संस्थाहरुमाअहिले महिलाको नेतृत्व छ । किरात राई यायोक्खामाकल्पना राई, तामाङ सोसाइटीमा अन्जु तामाङ, बाग्लुङ समाजमा छविमाया पुन, जिगेसोमा लीलादेवी गुरुङ, फोनिजमाप्रमिलालाबुङ राईले अध्यक्षको कार्यभार सम्हाल्दै हुनुहुन्छ । यीमहिला नेतृहलाई निश्चय नै त्यो गरिमामय र जिम्मेवारपूर्ण पदमापुग्न सजिलो भएनहोला । पुरुषप्रतिद्वन्द्वीहसँग ठूलै युद्ध गर्नुपरेको थियो होलावा पुरुषले तीमहिलालाई ससम्मानआफ्नो स्थान छोडिदिएर नेतृत्वको कुर्चीमा बसालेका पनिहुन सक्छन् । जे होस्, ती समुदायकापुरुष र महिलादुवैले गर्व महसुस गरेको हुनुपर्छ ।

यिनै उदाहरण बेल्पालीअन्य सङ्गठनहरुमा पनि दोहोरिन प¥यो भन्ने मेरो मूलआशयहो ।

मगर संघ युकेलाई पनिचुनावको रौनकताले छाएको छ । अप्रिल, २०१९ मा छैठौँ अधिवेशनले नयाँकार्यसमितिको चयन गर्ने छ । यसभन्दा अघि अध्यक्षपदकालागि एक मगर महिलाचुनावको मैदानमाउत्रेकीहुन् । आखिरमा नतिजा पुरुषको पोल्टामा पुग्यो । यसपालिअति नै अनुभवी, क्रियाशील, सशक्त र लामो समय सपरिवार नै आफ्नो समुदायलाई अर्पेकीवर्तमानउपाधक्ष्यअनिता रानामगर अध्यक्षपदकालागिदावेदार देखिनुहुन्छ । एकै रथकादुई पाङ्ग्रामान्ने महिलालाई पुरुषले ससम्मानउच्चपदमाआसिन गराउनुपर्छ । यदि मगर संघ युकेले यो सौभाग्यचुकायो भने आधाआकाश नै कालो बादलले बेरिने छ । पुनःयत्तिको सक्षम मगर महिलापाउनदशकौँ कुर्नुपर्ने छ ।

आदिवासी वुुज्रुकहरु विश्व नारी दिवसजस्ता भेलामा ‘हाम्रामहिलालाई हामी धेरै स्वतन्त्रता, हक र अधिकार दिन्छौँ । हिन्दू धर्मावलम्बीमहिलाहजस्तो बन्धन छैन ।’ भनेर आश्वासनदिएको सुनिन्छ । घरेलु र स्थानीय स्तरमा यो कुरा साँचो हो । होला, घरमा बुहारी सासुससुरा र लोग्नेको अधिनमा बस्न पर्दैन, घरको तालाचाबीबुहारीको हातमा हुन्छ । तर आदिवासीजनजातिकाक्षत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सङ्गठनमा यो कुरो व्यवहारमा लागू भएको विरलै पाइन्छ । कार्यसमितिको माथिल्लो पङ्क्तिमा पुरुषहरुकै हालिमुहाली देखिन्छ । सच्चाआदर र सम्मान गर्ने हो भने उपाध्यक्ष भैसकेका महिलालाई अध्यक्षपदमा बसेर काम गर्ने वातावरण बनाइदिनुपर्छ । पुरुषजत्तिकै सक्षमनहोलान् तर पुरुषले साथ र सहयोग दिएर सङ्गठन सञ्चालन गरियो भने भविष्यमामहिलाहरुमा स्वतःक्षमता वृद्धि भएर आउने छ ।

महिलाहकअधिकार र नेपालमाआदिवासीजनजातिकाहकअधिकारका आन्दोलनका स्वरुपह एउटै देख्छु म । समावेसीय अनि जनसङ्ख्याको सिद्धान्तलाई आधार मानेर राज्यले आदिवासीजनजातिलाई हकअधिकार दिनैपर्छ भनीमाग गरिन्छ । त्यही सिद्धान्त आदिवासीजनजातिका सङ्गठनमा महिलाहकअधिकारको विषयमापनिलागू हुनुप¥यो भन्ने मेरो मान्यताहो । सक्षममहिलामात्रै सङ्गठनको नेतृत्वमा आउनुपर्छ भन्ने मान्यता राख्ने हो भने आदिवासीजनजातिले राज्यसत्तासँग समानहकअधिकारको मुद्धा नउठाए पनिभयो नि ।

बेल्पालीमहिलालाई सङ्गठनको नेतृत्वमा बसेर काम गर्न न डोको नाम्लो न उकालीओरालीले बाधा पु¥याएका छन् । न छाउपडीको कुसंस्कार, न सासुससुराको कचकच र कुटीकोदालीजस्ता दैनिकीले छेकेका छन् । बेल्पालीमहिलाहको घरपरिवार सम्हाल्दै पनि पूर्ण रोजगारीमालागेर पुरुषकै समानआयस्रोत छ । हातमै कलेज, विश्वाविद्यालयअनि सीप र दक्षताका प्रमाणपत्र छन् । साथैमा गाडीको साँचो, स्मार्ट आइफोन र कम्प्युटरका किबोर्ड छन् । बेल्पालीमहिलालाई परिवारका एक दर्जन सदस्यलाई अगेनामा ढेडो र आटो ओडाल्न अगुल्डो ठोस्न परेको छैन । माइक्रो वेभ र ओभनको स्विच घुमाइदिए भैहाल्छ । ग्यासकुकर र राइसकुकरमा तताए र बफाएतीन चार परिवारको खाना एकैछिनमा पाक्छ । यहाँकामहिलालाई भालेको डाको नफुर्दै अँधेरीमा उठेर गाग्रीबोकीपँधेरी धाउनु परेको छैन । पानीको धारा खोले किचनमै पिउने पानी झर्छ । बेल्पालीदिदीबैनीहलाई घन्टौँ हिँडेर बिहीबारे बजार भर्न जानु परेको छैन । केहीमिनेटको हिँडाइ वा गाडीबाट आस्दा, टेस्कोमा सपिङ गरे एक हप्तालाई पुग्ने खाद्य सामग्री जोरिन्छ ।

यसरी हरतरहले नेपालकामहिलाभन्दा बेल्पालीमहिलाकुशलजिन्दगीबिताइरहेको अवस्थामाकिन सङ्गठनहमा नेतृत्वको जिम्मालिननसक्ने ?

दुई सयभन्दा बढी संघ, सङ्गठनहरुभएको ठाउँमा सिमितमहिलाहले मात्रै नेतृत्व सम्हालेको देख्दा यो गणितीय हिसाबले पनिमान्यभएन जस्तो लाग्छ मलाई । ५० प्रतिसतभन्दा बढी महिलाको जनसङ्ख्या छ भने कम्तिमापनि एक सय सङ्गठनहको नेतृत्वमहिलाद्वारा गरिनुपर्ने होइन र ?

यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो । विश्व नारी दिवसजस्तो दिनमा यस्ता विषयमाविमर्श गरेर समाधानकाउपायप्रभावकारी ढङ्गले कार्यान्वयन गर्नतिर हामी सबै बेल्पालीलाग्नैपर्छ ।               

(८ मार्च २०१९, १०९ औँ विश्व नारी दिवस– फक्स्टोन, केन्ट, युके)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %