खपाङ्गीका प्रबक्ता घर्तीमगरको कायरपूर्ण र आपराधिक ढङ्गले हत्या !

Read Time:1 Minute, 55 Second

शोक वक्तव्य तथा प्रेस विज्ञप्ति

Image may contain: 2 people, including Mahendra Thapa Magar, people standing and outdoor

काठमाण्डौ, मंसिर १४ – गोरेबहादुर खपाङ्गी फाउन्डेशनका हामी सम्पूर्ण पदाधिकारीहरू यस संस्थाका संस्थापक तथा कार्यसमितिको सक्रिय सदस्य एवम् नेपाल मगर संघका पूर्व उपाध्यक्ष तथावर्तमान सल्लाहकार र राजनीतिक विश्लेषक नन्दबहादुर घर्तीमगरको कायरपूर्ण र आपराधिक ढङ्गले मिति २०७५ मंसिर १३ गते भएको आकस्मिक हत्याको खबरले शोकमग्न, भावविह्वल भई स्तब्धभएका छौँ ।

यस संस्थाका बौद्धिक व्यक्तित्व, जसले गोरेबहादुर खपाङ्गीकै दुर्घटनाको सम्बन्धमा सबैजसो सार्वजनिक भेलामा शङ्कास्पद हत्या भनी शङ्का व्यक्तगर्दै आउनुभएको थियो, सोही क्रममा निज घर्तीमगरको पनि गोरेबहादुर खपाङ्गीकै शङ्कास्पद दुर्घटनाको सेरोफेरोमा हत्या भएको फाउन्डेशनले ठहर गरेको छ ।


निज घर्तीमगरको हालको हत्या जेसुकै आवरणमा भएको भएता पनि फाउन्डेशनको शङ्का सुनियोजित तवरले उहाँको निडर, हक्की स्वभावसँग डराएर कायरपूर्ण हत्याभएको निष्कर्ष निकालेको हुँदा यस हत्याको सत्य तथ्य रहस्य पत्ता लगाई हत्यारालाई हदैसम्मको सजाय गराउन सम्बन्धितनिकाय, सरकारसँग जोडदार आह्वान गर्दछ र शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्राप्तहोस् भन्ने कामनापनिगर्दछ ।

मिति २०७५ मंसिर १४ गते

हुमबहादुर थापा
अध्यक्ष

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %