झण्डै दुई बर्ष पछि विनु हत्याको टुङ्गो !

Read Time:4 Minute, 5 Second

अभियुक्त दिपेन्द्रलाई सर्वश्वसहित जन्मकैदको फैसला !

देब पचभैया

(ज्यान गुमाएकी पाल्पाकी बिनु पुलामी मगर्रनी)
पाल्पा, बैशाख ३० – अन्र्तरजातिय विवाहकै कारण ज्यान गुमाएकी पाल्पाकी बिनु पुलामीका श्रीमान् दिपेन्द्र बश्याललाई जिल्ला अदालत पाल्पाले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । साविक हेक्लाङ्ग गाविस–६ की २४ वर्षकी बिनु पुलामी मगरको हत्याका अभियुक्त दिपेन्द्र बश्याललाई जिल्ला अदालत पाल्पाका न्यायधीश शंकरराज बरालको इजलाशले सर्वश्वसहित जन्म कैदको फैसला सुनाइएको हो ।  मुलुकी ऐन १३ (३) नम्बर बमोजिम दिपेन्द्रलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको अदालतका तहशीलदार भेषराज खनालले जानकारी दिनुभयो । झण्डै दुइवर्ष पछि विनु हत्याकाण्डको टुङ्गो लागेको हो । 

(हत्यारा दिपेन्द्र बश्याल बाहुन)
 
Image may contain: 1 person, closeup

पाल्पाको साविक ताँहु गाविस–७ फुरुङ्गदीका २५ वर्षिय दिपेन्द्रले २०७३ साल असोज २८ गते विनुको हत्या गरेको पुष्टी भएको हो । हत्यापछि कालीगण्डकीको राम्दीपुल बाट विनुको शव फालिदिएको  दिपेन्द्र प्रहरीको बयानमा जनाएका थिए । बिनुको शब भने  २०७३ साल कार्तिक ४ गते साविकको हुँगी गाविस वडा नंम्बर २ अर्सेदी स्थीत कालीगण्डकी नदीको किनारमा फेला परेको थियो । बिनुको हत्या भएको हप्तौ सम्म पनि दिपेन्द्रले बिनुका माईतीपक्षलाई बिनु पढ्नका लागी भारत गएको भन्दै आएका थिए । महिनौ सम्म पनि बिनु माईतीको सम्पर्कमा नआएपछि माईतीले उनको खोजीका लागी प्रहरीमा निवेदन दिएका थिए ।जिल्ला अदालतले दिपेन्द्रका बुबा लक्ष्मण बश्याल र आमा पार्वती शर्मा (बस्याल) लाई समेत ६ महिना कैदको फैसला सुनाएको छ ।

मुलुकी ऐन १७ (३) नम्बर बमोजिम ६ महिना कैदको फैसला सुनाइएको तहशीलदार खनालले बताउनुभयो । तर उनीहरु दुबैको कैद भुक्तान भइसकेको छ । जिल्ला अदालतका अनुसार उनीहरु घट्नाको पुर्पक्षका लागि सात महिना थुनामा बसिसकेका छन । दिपेन्द्रका बुवा लक्ष्मण बश्याल साविकको हेक्लाङ– ८ स्थीत जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए भने पार्वती सोही विद्यालय पढाउने स्थायी शिक्षिका थिईन् । दिपेन्द्र जिल्ला शिक्षा कार्यालय, पाल्पामा शव इन्जिनियर पदमा कार्यरत थिए । विनुको हत्याहुनु भन्दा ४ बर्ष पहिले दिपेन्द्र संग अन्तरजातिय बिवाह भएको थियो । उनीहरु दुबै भगवतीटोल,तानसेन स्थित दिपेन्द्रको घरमा बस्दै आएका थिए । छोराको अन्तर्रजातिय विवाहलाई दिपेन्द्रका परिवारले भने अस्वीकार गर्दे आएका थिए ।

घटनामा संलग्न माथि कडा कारवाहीको माग गर्दे जिल्लाका मानब अधिकार कर्मी, महिला अधिकार कर्मी, बिनुका आफन्त लगाएतका जिल्लावासीले पहिले देखिनै माग गर्दे आएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %