बहुलाहा बाउले आफ्नी आमाको लुङी च्यातिदिदा अबोध बच्चाहरु रमाएर हासेझै हासी रहेका छन लठुवाहरु !

Read Time:1 Minute, 38 Second

 बलदिप राई,

मालिकले नाेकरलाई सबै सेवा सुविधा दिन्छ, खुसी भएर राम्राे काम गरिदियाेस भनेर ।मालिकले नाेकरदासलाई आराम गराेस भनेर विदा छुट्टी पनि दिन्छ । अलि बलियाे हाेस् भनेर मासुभात पनि दिन्छ । अलि राम्राे देखियाेस भनेर सुट पनि किनिदिन्छ । राम्रै ठाउँमा सुताेस भनेर बैठक काेठामा रहन पनि दिन्छ । काेही बेला रमाईलाे नि गराेस भनेर डान्सबार लगेर आँखाकाे स्वाद पनि दिलाउँछ । मदिरापान पनि गराउँछ । तर मालिकले नाेकर दासलाई एउटा कुरा दिन्न । त्याे भनेकाे विराषद सम्पतिकाे अंश । अर्थात अंशियार हक । अंशियार हक त मालिककाे आफ्नै दाजुभाइमा मात्रै हुन्छ ।


हाे, ओली, दाहाल र देउवा दाजुभाई मालिकहरू मिलेर जनजाति हलीगाेठालाे नाेकरहरूलाई राम्रै बम्पर उपहारकाे सेवा सुविधा दिएका छन् । कसैलाई मेयर, कसैलाई अध्यक्ष त कसैलाई वडा प्रमुख दिएका छन् । रमाएका छन् , हलिगाेठालाेहरू ।

बहुलाहा बाउले आफ्नी आमाकाे लुगा च्याती दिदा आफ्नी आमाकाे लाजी देख्दा बच्चाहरू खुव मज्जाले रमाएर हाँसे झै लठुवाहरू हामीलाई पाे हासिदिन्छन्, उल्टाे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %