हामी नेपालको नाम नै परिवर्तन गर्न चाहदैनौ

Read Time:2 Minute, 34 Second

माया घले मगर



ईजरालय – हाम्रो देशको नाम  सुन्दै सुन्दर लाग्छ हेर्दै सुन्दर लाग्छ, जहाँ प्राकृतिकले दिएको सुन्दरता बिश्वको उच्च स्थानमा रहेको सगरमाथा नेपाल भागवान गौतम बुद्ध जन्मिएका स्थल हो सुन्दर शान्त नेपाल हाम्रो देशको लोकप्रिय नाम हो “नेपाल’ जहाँ मानब अधिकार हनन् भएको छ चेलीबेटीहरुलाई कौडीको भाउमा बेचबिखन गर्ने गरिएको छ, महिलाहरु लाई बोक्सीको आरोपमा मूलमन्त्र खुवाउने चलन चलीएको छ, हिंसात्मक गतिबिधि गर्ने देखि एउटा मानबले छुएको अर्को मानबले पानी नपिउने चलन चली आएको छ, मानिसहरु बिमारी हुदा धामी झाक्रीको विश्वास गर्ने र अकाल मै ज्यान जानेहरु कति छन् यस्तो चलन चलीआइरहेको छ, यस्ता रुढीवादी, अन्धबिस्वास चलनहरु,

हामी चाहदैनौ महिलालाई परिवर्तन गरेर पुरुष परिवर्तन गर्न
हामी चाहदैनौ ब्रामण जातीलाई परिवर्तन गरेर  दलित जाती परिवर्तन गर्न
हामी चाहदैनौ आदिबासी जनजातीलाई परिवर्तन गरेर ब्रामण जाती परिवर्तन गर्न
हामी चाहदैनौ नेपालको नाम परिवर्तन गरेर मिनी अमेरिका परिवर्तन गर्न
चाहदैनौ नेपालको नाम परिवर्तन गरेर मिनी युरोप परिवर्तन गर्न

हामी चाहन्छौ सर्वोच्चको न्यायपालिका, कार्यपालिका, व्यबस्थापिका बाट परिवर्तन गरेर स्थानीय निकाएको गाउपालिका सम्म सबै जाती, सबै भाषी, महिला/पुरुष, सबै धार्मिकहरुको अधिकारको सुनिश्चितता होस् सबै जनताहरुले बाच्न पाउने अधिकार होस् त्येसैले हामी चाहन्छौ समाजमा भएको अन्धबिस्वास, असमानता, पछाउटेपन, रुढीवादी लाई अन्त्य गरि सबै मानिसहरुले बाच्न पाउने अधिकारहरुको सुनिश्चितता गरि परिवर्तन गर्न चाहन्छौ | अनि मात्रै बिश्वले चिनीओस सुन्दर शान्त देश नेपाल भनेर |

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %