संघीय समाजवादी फोरम नेपालको विदेश बिभाग अन्तर्गत युएईमै पहिलो पटक कार्यक्रम आयोजना !

Read Time:7 Minute, 27 Second

तेज राई

युएई, डिसेम्बर १६ –  युएई दुबईको एभरेष्ट इन्टरनेसनल होटलमा संघीय समाजवादी फोरम नेपालको विदेश बिभाग अन्तर्गत कृयाशील संघीय समाज युएईले ” प्रवासी नेपालीहरुको मताधिकार” बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गत १६ डिसेम्बरमा सम्पन्न गरेकोछ।

नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा मानिएको रेमिटेन्स/बैदेसिक रोजगार, व्यापार ब्यवसाय तथा शिक्षा आर्जनको सिलसिलामा बिदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा हुने मतदानहरुमा भागलिन पाउने बारेमा आयोजित सो अन्तरक्रिया कार्यक्रमा युएईमा क्रियाशील विभिन्न सँघ सँस्थाहरुको प्रतिनिधिहरु सहभागी भै आफ्ना अभिमतहरु राख्नु भएको थियो । 

बक्ताहरुको रुपमा बोल्दै सबैले प्रबासी नेपालीहरुको मताधिकार बारे संघीय समाज युएईले प्रवासमा उठाएको यो बिषय अत्यन्तै सकारात्मक एवं महत्वपूर्ण भएको हुँदा, संबोधन हुनै पर्ने बिषय रहेको र आगामी दिनमा सफल पार्न आफू र आफ्नो संस्थाको तर्फबाट प्रतिबद्धता समेत जाहेर गरेका थिए। आफ्नो देशको नीति निर्माण र राज्यसञ्चालन गर्ने ब्याक्ती चुन्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको र यो मुद्धाको उठानलाई युएईको कानुन अनुशार अप्ठेरो नपर्नेगरी कसरी सहज र सजक रुपमा लाने भन्ने बारे अधिकांश बक्ताहरुले तर्क प्रष्तुत गरेका थिए।

नेपाली दूतावास युएईका कार्यबाहक महामहिम राजदूत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्य, संघीय समाजबादी फोरम नेपालका केन्द्रिय पार्षद डेरराज गुरुङ र केन्द्रिय प्रतिनिधि भुवन राईको विशेष आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रम संघीय समाज युएईको अध्यक्ष हरि घर्तिमगरको अध्यक्षता रहेको थियो साथै कार्यक्रम सन्चालन संघीय समाज युएईका महासचिव तेज राईले गर्नु भएको थियो भने प्रवक्ता उमेश राईले स्वागत मन्तब्य दिनु भएको थियो ।

सो कार्यक्रमको वारेमा आफ्नो बिचार राख्ने क्रममा प्रमुख अतिथि एवं युएईका लागि नेपाली कार्यवाहक महामहिम राजदूत नेत्र बहादुर टन्डन ज्युले यस विषयमा आफुलाई जानकारी भए अनुसार प्रवासी नेपालीको मताधिकार बिषयमा युएईमै यो पहिलो पटक आयोजित कार्यक्रम भएको बताउनु हुँदै यस बिषयमा सरोकारवालाहरु सँग छलफल गर्न नेपाल सरकार, निर्वाचनको तर्फबाट केही समय अघि एक टोली युएईमा समेत आएको जानकारी गराउँनु भयो । प्रवासीहरुको मताधिकार सम्बन्धमा सरकार र निर्वाचन आयोग सकारात्मक रहेको र मत गर्न पाउनु पर्छ भन्नेमा रहेको तर मताधिकारको बिधी प्रक्रिया के र कस्तो हुने भन्नेमा मात्र अड्किएको  तर सरकारलेचाहे कुनैपनी कुरा असम्भव नभएको बताउनु भयो ।

साथै सो कार्यक्रममा संघीय समाज युएईका अध्यक्ष हरि घर्तीमगर द्वारा प्रस्तुत कार्यपत्र अत्यन्तै महत्वपूर्ण र मेहेनत साथ तयारी गरिएको भन्दै अझै अन्य सँघ संस्था तथा ब्याक्तीहरु संग छलफल गरि निचोडमा पुराई दुताबास सम्म ल्याउनु भए संबंधित निकाय सम्म पुर्याउन दूतावासले सक्दो सहयोग गर्ने बचनबद्धाता जाहेर गर्नु भयो ।

सो कार्यपत्रमा हाल वैदेशिक बिभागको रिपोर्टको आधारमा १४२ राष्ट्रहरुमा २७,२३,५८७ जना वैदेशिक रोजगार अनुमती प्राप्त गरि कार्यरत रहेको आँकडा प्रस्तुत गरिएको छ । व्यापार ब्याबवाय र शिक्षा आर्जनको लागि अन्य मुलुकमा रहेका र खुला सिमाना रहेको भारतमा रहेका नेपालीहरुको आँकडा जोड्दा अझै धेरै हुने उल्लेख हुनेदावी गर्दै, संसारमा प्रचलित मतादानका विभिन्न बिधिहरु, मतदाता दर्ता प्रणाली र सो विधि लागू गर्ने मुलुकहरु समेत उल्यख गरिएको छ ।

तत्कालीन सङ्घिय समाजवादी पार्टी,नेपालले, आन्दोलनको क्रममा उक्तमाग समेत आन्दोलनको एजेन्डा भएकोले, उच्चस्तरीय राजनैतिक समिती र सङ्घिय समाजवादी पार्टी,नेपालविच भएको मिति २०७०भाद्र २१ गते भएको ५ बुदे सहमतिको बुदा नम्बर ४. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार प्रदान गर्ने सन्दर्भमा  यथासमय आवस्यक कानूनी व्यवस्तागरि सोको प्रक्रिया थालनी गर्ने। भनी भएको सहमती पार्टी एकीकरणपछि उक्त सहमति हाल सङ्घिय समाजवादी, फोरम नेपालले स्वामित्व ग्रहण गरेको छ।

नेपाल सरकारवाट उक्त सहमति हालसम्म कार्यनयन नभएकोले,  यस्लाई कार्यनयन गराउन एउटा पार्टीको मुद्धाको रुपमा भन्दा सम्पूर्ण प्रवासी नेपालीहरुको साझा मुद्धाको रुपमा आत्मसात गरिदिन अध्यक्ष हरि घर्तिमगरले सन्बन्धित सबैलाई आग्रह गर्नु भयो ।

सो कार्यक्रमका बक्ताहरुमा मणि भुर्तेल महासचिव (नेपाली समाज युएई), त्रीलोचन कोइराला (पत्रकार महासंघ युएई), समसुल हक “मुन्ना” अन्तर्राष्ट्रिय नेपाली समाज नयाँ शक्ति, गीतामणी पाण्डे (लुम्बिनी वेलफेर सोसाइटी), राज भन्डारी (नवलपरासी समाज), हरि प्रसाद चापागाईँ (रुपन्देही समाज), शुसी पुलामी मगर नेपाल मगर संघ युएई, हर्क मणि राई (किरात राई यायोख्खा युएई शाखा), दईन्द्र राई किरात मन्च युएई, मौशम सुब्बा (नेपाल आदिबासी जनजाती परिषद् युएई), बाबुराम लोप्चन संघिय समाज यएई तथा बरिष्ठ समाजसेबी छबिलाल विश्वकर्माले बोल्नु भएको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %