इजरायलबाट फर्केपछि कृषिमा रमाउँदै कमला

Read Time:2 Minute, 36 Second

माया घले मगर

इलाम, असोज २० – आठबर्ष इजरायल बसेर फर्केकी कमला सेढाइ पाँचथरबाट इलाम झरेकी हुन् । चार बर्षअघि परिवार सहित इलाम झरेकी उनी अहिले इलामका लागि अगुवा कृषि उद्यमीको रुपमा चिनिन थालेकी छन् ।

इलामको बरबोटे ५ बसाई सरेपछि कमलाले श्रीमान महानन्द ओझासँग मिलेर अजय अबिजयपोल्ट्री फार्म एंव ओझा किवी फार्म शुरु गरिन् । इजरायलमा बस्दा दुःख सुखको अनुभव गरेकी उनले नेपालमा पनि विदेशमा पोख्ने पसिना पोखे उन्नती गर्न सकिने अनुभव गरेको सुनाइन् ।

त्यही अनुभवले उनलाई कृषिमा मेहनत गर्ने बनायो । बिहान देखि बेलुकासम्म पसिना बगाउन सिकायो । उनले सुनाईन “विदेशले कामलाई सम्मान गर्न सिकायो ।” विदेशको त्यही सिकाई नै उनका लागि कृषि उद्यमी बन्ने बाटो बनेको छ ।

इजरायलको मरुभुमीमा कृषिमा प्रगती गरेको देख्दा कमलालाई नेपालको उर्वरतामा सुन फल्छ जस्तै लागेको थियो । मेहनत गरेर टनेलमा उमारेको तरकारी फलेको देख्दा गरे के हुँदैन भन्ने प्रेरणा पाएकी उनले त्यही प्रेरणालाई पछ्याउने प्रयास गरिरहेकोे बताइन् ।

कमला र महानन्द मिलेर अहिले दैनिक ८ देखी १० जनाले रोजगारी पाएका छन् । अझै धेरैलाई रोजगार दिने योजना रहेको महानन्दले बताए । २२ रोपनी जमिनमा चार सय बोट किवी र अलैची खेतीगरेका उनीहरूले आफ्नै बलबुताले सबै गरिरहेका छन् । सरकारी निकायबाट भने उनीहरुले सहयोग पाएको छैनन् ।

उनीहरुले कुखुरा फार्म समेत संचालन गरेका छन् । अहिले एक हजार दुईसय कुखुरा अण्डाको लागि पालेका छन् । उत्पादन भएको अण्डा इलाम र आसपासको बजारमा खपत हुने गरेको बताए । मासुको लागि पाँच सय कुखुरा पालिएका छन् । लेयर्स खुकुराबाट दैनिक राम्रो कमाइ गर्न सकिने कमलाले बताइन् । २५ लाखको लगानी गरेका उनीहरूले यही व्यावसायबाट व्यवहार र बचत गर्दै आएको बताइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %