सुर्खेत घाटगाउँका राजीहरू ४५ बर्षपछि वास्तविक जग्गा धनी बने !

Read Time:9 Minute, 20 Second

दिल प्रसाद मगर
 
घाटगाउँ, असोज १८ – यस्तो उमंग त हाम्रो जीवनमा कहिल्यै आएको थिएन ।” एक हातले जग्गाको लालपुर्जा अर्को हातले खुसीका आँशु पुछ्दै सुर्खेत घाटगाउँकी प्रमिला राजीले पत्रकार सम्मेलनमा बताइन् । “हामीलाई सुकुम्बासी भनेर हेला गर्ने गाउँका मानिसहरूको आज भोक निन्द्रा हराएको छ होला !” संगै बसेका फकिरा राजीले खुशीसंगै आक्रोश मिसिएको भावमा उल्लेख गरे ।

२०७३ साल असोज ९ गते सुर्खेत, घाटगाउँका राजी समुदायले ४५ वर्ष पछि  जिल्ला मालपोत कार्यालय सुर्खेतबाट जग्गा धनी पुर्जा पाएका छन् । झण्डै २५ लाख पर्ने ३५ रोपनी  जग्गा गुटुकी जानकी देवी जैसीले राजीहरूले पहिले देखि नै भोगचलन गरिरहेको जग्गा राजीनामा गरी दिएकी हुन ।

राजी समुदाय नेपालको लोपोन्मुख आदिवासी जनजाति समुदाय हो । यो समुदयाको बसोबास दाङ्ग, सल्यान, बाँके, बर्दिया, जाजरकोट, कैलाली र कंचनपुरमा रहेको छ । नेपालको जनगणना २०११ अनुसार राजीहरूको जनसंख्या ४,२३५  छ ।

सुर्खेत जिल्लाको घाटगाउँमा राजी समुदायको जम्मा ३५ घरधुरीहरू र जम्मा जनसंख्या २१३ रहेको छ । भेरी र कर्णाली नदीमा माछा मार्ने र डुंगा चलाउँने उनीहरूको मुख्य र परम्परागत पेशा हो । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता अन्तरगत गाविसबाट हरेक व्यक्तिले मासिक एक हजार पाउदै आएका छन् ।

यसवर्ष नेपाल सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेकोले दोब्बर पैंसा पाउँदै छन् । सुर्खेत जिल्लाको घाटगाउँ भेरी र कर्णालीको बीच भागमा रहेको बलौटे जमीन हो । माछा मार्ने र डुंगा चलाउने सीप भएको हुनाले उनीहरुको लागि यो ठाउँ बसोबासको लागि उपयुक्त भएकोले बाघ भालु जस्ता जंगली जनावरहरूको प्रवाह नगरी जंगल फडानी गरि बसेका हुन् ।

उपयुक्त ठाउँ देखे पछि विस्तारै सुर्खेत, अछाम देलैखका विभिन्न पहाडी भूभागबाट   केही मानिसहरू त्यहाँ बसाइँ सरे । विस्तारै उनीहरूको अरु मानिसहरूसंगको सम्पर्क र सम्बन्ध बढ्दै गयो ।

सुर्खेत गुटुका जैसी परिवारसंग उनको निकै घनिष्ट सम्बन्ध विकास भयो  । यती राम्रो सम्बन्ध बन्यो कि २०२७ सालमा नेपाल सरकारले जग्गाको नापी गर्दा सरकारी काम गर्न  झमेला हुन्छ, जग्गाको कर तिर्न गाह्रो हुन्छ भन्ने ठानी आप्mनै जग्गा गुटुका जैसी परिवारको नाममा जग्गा धनी पुर्जा बनाई दिए ।

जानकी देवी जैसीका छोरा गजराज जैसी भन्छन् “राजी परिवार र हामी एउटै परिवार जस्तै होे । राजीहरूले हाम्रा बुवालाई  तपाई कै नाममा  गर्नुहोस् भन्ने आग्रह गरे पछि मात्रै जग्गाको लालपुर्जा हाम्रो परिवारका नाममा आएको हो ।”

उनले थपे “धेरै पटक हामीले जग्गा तपाईहरूको नाममा गर्नुहोस् भन्यौ पछि गरौंला  भन्दा भन्दा ४५ बर्ष बित्यो ।״ जग्गा धनी जानकी देवी जैसीले भनिन् “राजीहरूको र हाम्रो सम्बन्ध परापूर्व कालदेखि नै माछा र पानीको जस्तो थियो ।

श्रीमान्ले मर्ने बेला धर्म नहार्नु भनेको हुनाले ३५ रोपनी जग्गा खुसीका साथ राजीहरूलाई दिएकी हुँ । बसेकै छौं खाएकै छौ त्यो लालपुर्जा भन्ने कागज किन चाहियो भनेर राजीहरू  ढुक्कै थिए । वरिपरिका मानिसहरू जग्गा किनबेच गर्न लागे । एक रोपनी जग्गाको ५० देखि ६० हजार पर्न थाल्यो । सानासाना केटाकेटीहरू हामी बसेको जग्गा हाम्रो होइन ? हामीलाई यहाँबाट कसैले लखेटे पछि कहाँ जाने ? भनेर आमा बाबुलाई प्रश्न गर्न  थाले । तै पनि उनीहरूले वास्ता गरेनन् ।

संस्थागत विकास संजाल ललितपुरले विगत केहि वर्ष देखि  सुर्खेत स्थित सदस्य संस्था अन्तरनिर्भर समाज मार्फत उनीहरूको आयआर्जनको लागि  विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको थियो । ती कार्यक्रमहरूले उनीहरूको आयआर्जन र जीजनस्तरमा केही परिवर्तन देखिए पनि त्यो जमीनको जग्गा धनीपुर्जा नहुने हो भने अरु कार्यक्रम गर्नको खासै अर्थ छैन भन्ने निष्कर्षमा दुबै संस्था पुगे ।

परिणामस्वरुप राजीहरूले जग्गा धनी  पुर्जा पाउनको लागि ब्रेड फर द वलर््डको जर्मनीको आर्थिक सहयोगमा संचालित गैर सरकारी संस्था ऐक्यबद्धता कार्यक्रम अन्तरगत विभिन्न क्रियाकलाप गरयो । राजी समुदायलाई भूमिको महत्वको बारेमा बुझाउन भूमि अधिकार सम्बन्धी तालिम र कयौं पटक उनीहरूकै गाउँमा गएर बैठक आयोजना थियो  । पैरवी गर्ने सीप विकासका लागि तालिम संचालन देखि पैरवी समूह समेत गठन यी संस्थाले गरेको थियो ।

राजीहरूले हरेक बैठक र छलफलमा “जग्गा धनीले जग्गा लैजाउ लेजाउ” भन्छन् हामीले नै लिन सकेका छैनौं भनेर बताउँथे । जग्गा धनीले जग्गा लैजाउ भन्ने तर राजीहरूले लिन नसक्ने कारण केहो ? यसबारेमा पटकपटक छलफल गरियो । जग्गा पास गर्न समेत पैसा नभएर उनीहरू भूमिहिन हुन बाध्य थिए ।

खास गरी ४५ वर्ष सम्मको राजश्व लाखौं होला, विरेन्द्रनगर आउन जान र, मालपोत कार्यालयमा लेखापढी गर्न समय लाग्ला पैंसा लाग्ला भन्ने उनीहरूको मनमा ठूलो डर थियो । पढ्लेखे नभएका राजीहरूले कति पैंसा लाग्छ भन्ने हिसाब गर्न सकेका थिएनन् ।

उनीहरूको लागि सहयोग कार्यक्रम गर्दै आएको सस्थागत विकास संजालले लालपुर्जा लिन उनीहरूलाई घाटसुर्खेतगाँउबाट आउन जान र लेखापढीमा लाग्ने खर्चको ब्यावस्था मिलाइदिने भएपछि उनीहरू खुसी भए । त्यसपछि पनि धरै पटक छलफल गरेर  कार्ययोजना बनाए पनि त्यसको कार्यान्वयन गर्न सकिएको थिएन ।

राजश्व नै कति लाग्ने हो भन्न अर्कौ डरले उनीहरूलाई सतायो । राजी समुदायका अगुवा नैन सिहं राजीलाई “अब पनि जग्गा नलिने हो भने जग्गा धनी बन्न राजीहरूलाई अर्को ४५ वर्ष लाग्ने र राजीका छोरा छोरीहरूले पछि धिकार्ने छन्, एक हप्ता भित्र यो काम गर्ने  भए संस्थाले सहयोग गर्ने नत्र त्यसपछि सहयोग गर्न नसक्ने” भने पछि बल्ल उनीहरको चेत खुल्यो ।

रातारात बैठक गरी १५ जना राजीहरू विरेन्द्र नगर (सुर्खेत सदरमुकाम) आए र मुख्य अंश लाग्ने  मध्येका नैन सिहं राजी, फकिरा राजी, खकेन्द्र राजी, पदम राजी, रत्ना राजी, हिमा राजी, हस्तना राजी, उदय राजी, प्रमिला राजी, रंग बहादुर राजी (जम्मा १० जना) ले ३५ रोपनी जग्गा गुटुकी जानकी देवी जैसीबाट आफ्नो नाममा गराए । 

अन्तरनिर्भर समाज सुर्खेतको कार्यालयमा संस्थागत विकास संजाल र अन्तरनिर्भर समाजले पत्रकार सम्मेलनको आयोजना गरी जग्गा धनी जानकी देवी जैसीलाई सम्मान गर्नुका साथै ४५ बर्ष पछि बास्तविक र कानूनी रुपमा राजीहरू जग्गाधनी भएकोमा उनहरूरीले एक आपसमा अबिर लगाएर हर्षोउललास मनाएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *