जनताको हक अधिकार सुनिश्चित गरियोस सरकार

Read Time:5 Minute, 49 Second

हिरा गुरुङ पोखरा (हाल काबुल)

सबै संग सम्बन्ध नहोला शायद ! नेपालको दोश्रो पटक प्रधानमन्त्री पदमा आशिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ज्यु, म नेपालको दुर्गम भेगको नागरिक नेपालको कुनैपनि क्षेत्रबाट अथवा हरेक हक अधिकारबाट बन्चित र अधिकार बिहिन भएको एउटा नागरिक हुँ र बाध्य भएर मेरो परिवारको बातावरण वा उच्च शिक्षाको लागि २०४४ सालमा भारतीय सेनामा तपाइँ नेपाल सरकारले नै भारत संग गरेका १९५० को सम्झौता वा सन्धि अनुसार म त्यस देशको माटोलाई रक्षा गर्न बेचिएको थिएँ र १९ बर्ष त्यस देशको (भारत) को माटोको रक्षा गरिसकेपछि २०६३ सालमा त्यहाँबाट म अवकाश प्राप्त भएर आफ्नो देश नेपाल फर्किए र अझपनि मेरो देश नेपालको कुनै पनि क्षेत्रमा मेरो र म जस्तो साधारण नागरिकको हकमा कुनै परिबर्तन भएको पाइएन त्यहि सुशाशन, व्यवस्था र असुरक्षा कायम नै रहीरह्यो र मैले मेरो हैसियतले नेपाल मै आफ्नो रगत र पसिना बगाएर भएपनि आफ्नो परिवारको उच्च शिक्षा हासिल गराउन म असमर्थ भएँ र पुनः म आफ्नो रगत र पसिना बेच्न बाध्य हुदै २०६३ साल मै युद्ध ग्रस्त देश इराक पुगेँ र त्यहाको मेरो श्रमले परिवारको बातावरणमा केहि सुधार भएको महसुस गरें ततपश्चात म काम गरिरहेको कम्पनि नेपाली संवत २०६८ सालमा बिस्थापित भएपछी म आफ्नो देश नेपाल फर्किए अझैपनि नेपालको अवस्था र स्थितिमा म जस्तो साधारण नागरिकको हकमा कुनै परिबर्तन देखिएन र पाएन पुनः म फेरी बाध्य भएँ र २०६९ सालमा म यहाँ अफगानिस्तानको काबुलमा अवस्थित अमेरिकन एम्बेसीमा त्यहाँका कुटनीतिक कर्मचारीको सुरक्षाको लागि खटिएर आएको हुँ ।
अहिले सम्म यहाँ कार्यरत वा सेवारत छु । गत केहि महिना अगाडी क्यानेडियन एम्बेसीमा कार्यरत मजस्ता नेपाली साथीहरुको दुखद निधन हुन पुग्यो जसरी हामी सम्पूर्ण नेपालीहरु निशब्द भएका थियौ । नेपाल सरकारबाट यहाँ अफगानिस्तानको लागि नेपाली श्रम स्वीकृति बन्द गरियो पुनः केहि दिनपछि श्रम सचिव विष्णु प्रसाद लम्सालको नेतृत्वमा यहाँको सुरक्षा निकायहरुको स्थलगत अनुगमन गरि हरेक कम्पनिहरुको प्रतिबेदन तपाइँ समक्ष प्रस्तुत भइसकेको अवस्था छ ।
तर पनि अहिले सम्म तपाइँ नेतृत्वको सरकारले प्रतिबेदन उपर छलफल नै नभएको वा कुनै मित्र राष्ट्रबाट निर्णय नलिन दवाब पारिएको हो ? हामी अन्योलमा छौ । किन भने हामी हाम्रो कम्पनि पूर्ण रुपमा सुरक्षित छौ जुन अनुगमनको प्रतिबेदनले प्रष्ट पारिसकेको होला । हामी हाम्रो परिवार संगै बसेर आफ्नो घरपरिवारलाइ ब्यबस्थित बनाउन चाहन्छौ तर नेपालमा त्यस प्रकारको बातावरण र व्यवस्था अझैपनि भइसकेको छैन । यहाँ हामी काम गरिरहेको स्थान वा कम्पनिमा कुनै प्रकारको मानव अधिकार हनन भएको छैन म जस्तै सर्बसाधारण नेपालि लगभग ९०० जनाले सुरक्षा गार्डको काम गरिरहेका छौ र हामी जस्तो साधारण नेपालीको कहाँ कुन देशमा सुरक्षाको प्रत्याभूत छ र ? हरेक दिन त्रिभुवन अन्तर राष्ट्रिय विमानस्थलमा हामी जस्तै नेपालीको शव भित्रिएको छ त्यहाँ सरकार पक्ष मौन किन ? हामी नेपालमै श्रम गरेर आफ्नो परिवार पाल्न सक्ने बातावरण कहिले बन्ने ? के सरकारले नेपालमा हाम्रो सुरक्षाको ग्यारेन्टी दिन सक्छ र ? नेपाल सरकारले हामी जस्ताको सुरक्षा जिम्मा लिन मा लाज लाग्यो भने हामी स्वयम आफ्नो सुरक्षाको जिम्मेवारी आफै लिन्छौ ।
घर बिदामा भएको कतिपय साथीहरु कम्पनीको मापदण्ड अनुसार घर बिदामा जान नपाइरहेको अवस्था छ के सरकारले मानव अधिकार हनन गरेको ठहरिदैन र ? तपाइको सर्बसाधारण नागरिकको गाँस खोसीएन र ? त्यसैले प्रधान मन्त्रि पुष्प कमल दाहाल (प्रचण्ड) ज्यु हामी यहाँ भएका नेपालीहरुको एउटै स्वर र आवाज छ कि सरकारले जति छिटो हुन्छ तुरुन्त श्रम स्वीकृति दियोस आफ्नो जनताको व्यक्तिगत हक अधिकार कुनै अर्को राष्ट्रबाट नखोसियोस श्रम गरेर खाने बातावरण सुनिस्चित होस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %