निरज गुरुङले हङकङ प्रहरी विभागमा सपथ लिए

Read Time:2 Minute, 54 Second

मुककाजी (काजी) गुरुङ हङकङ

गत अक्टोबर २०१५ मा हङकङ पुलिसको छनौटमा परेका निरज गुरूङले सफलातापूर्वक ६ महिनाको तालीम सकेर विधिवत रूपमा आज (३० अप्रिल २०१६) मा सपथ लिएका छन् । एबरडिन स्थित पुलिस एकेडेमीमा आज हङकङ पुलिसकै ईतिहासमा हंगकंग पुलिसको पोशाकमा पहिलो पटक नेपालीको रुपमा प्रवेश गर्दै हङकङ पुलिस फोर्समा पाईला टेक्ने पहिलो नेपाली युवा भएका छन।
उनको परिश्रमले पाएको सफलताले नै वीर गोर्खालीको नाममा कमाएको ईज्जतमा एउटा नयाँ अध्याय थपेका छन। हङकङबासी सिंगो नेपालीको गौरव बनेका छन। लागू दुर्ब्यसनमा नेपाली युवाको चढ्दो तथ्याङ्कमा नेपाली पुस्ता जेहेन्दार पनि छन भन्ने सन्देश दिंदै युवाहरुको रोल मोडेल बनेका छन । यसरी तपाई हामीलाई यती धेरै खुशी दिने पिता भिम गुरुङ र माता गंगा गुरुङको ज्येष्ठ सुपुत्र १९ बर्षिय निरज गुरुङ गण्डकी अञ्चल स्याङ्जा जिल्ला माझकोट शिवालय ५ रानीश्वारा निवासी हुन ।
यसै सन्दर्भमा, हामी हङकङ लगायत देशबिदेशमा बस्ने तमाम नेपालीहरुको तर्फबाट निरज गुरुङ लगायत वहाँको परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं । यसैगरी बिदेशी भूमिमा ठूलो होस या सानो, यसरी स्थानीय सरह सरकारी तहमा पुग्नु भनेको अवश्य पनि सानोतिनो कुरा होईन । कोशीस गरे अवश्य सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण बनेका छन निरज गुरुङ ।
अबको दिनहरुमा हामी पनि केही न केही नयाँ कामको लागि अगाडि बढौं जागौं प्रायसः महिनै पिच्छे जसो आयोजना गरिने बीबीक्यु कार्यक्रम, नेपालबाट आमन्त्रित कलाकारहरुको त्यो साङ्गीतिक कार्यक्रम र फिल्मी प्रदर्शनी भन्दा नयाँ पिंढीहरुको लागि भावी कार्यक्रमहरुको तर्जुमा गरौं । जसबाट अवश्य भोलिका दिनहरुमा हाम्रा सन्ततीहरु पनि स्थानीय सरह नै उच्च ओहोदामा पुग्न सकुंन । स्मरण रहोस, निरज गुरूंग युनलोंगस्थित हिमालय परियोजनाबाट पूर्व तयारी गरि हंगकंग पुलिसमा छनौट भएका हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %